7/1/09

दाईजो लिने केटालाई kick out गरौ

- दाईजो खाटमा लाज पचाएर सुत्नेलाई खाट बाट घचाडी दिए कस्तो होला?
- छोरी पनि लिने दाईजो पनि लिने? दुबै हातमा लड्डु? ल हेर कस्तो नामर्दहरु?
- विवाह पछी दुलही ले त नयाँ साथी पाउछिन, कमाउन, मोज गर्न जिन्दगी बाँकी हुन्छ तर बुदेशकाल लागेका बाउ आमालाई खै के त?
- बाबु आमाले मात्रै छोरीको सोच्नु पर्छ भन्ने छैन, छोरीले पनि बाउ आमाको सोच्नु पर्‍यो नि त?
- खाली छोरीले लिने मात्रै, दिने कहिले त?
- अब बाबु आमाले छोरी ज्वाँई लाई दिने होइन छोरी ज्वाँईले चाँही बुढा बा-आमा लाई दिन पर्छ , परी आएको बेला हेरचार गर्न पर्छ।
- तपाईंले भुलबश वा परिबन्धमा परेर दाईजो लिनु भयो होला तर तपाईंले त्यस्को साटो के सेवा गर्न सकिन्छ सोच्नु होला।


असारमा धेरै जनाको लगन गाठो बाधिदै होला। हरेकको जीवनमा यो सबै भन्दा महत्वपूर्ण क्षण हो। मेरो एकजना बहिनीको साथी पनि विवाह यही असारमा छ । उनी ईन्जिनियर हुन र उनको विवाह हुन लागेको केटा पनि ईन्जिनियर नै हुन रे। उनको विवाह भन्दा एक महिना अगाडिनै सबै दाईजोले घर भरी भराउ पारी दिए रे। दुलही आउनु अगाडि दाईजो पाएका ज्वाँई त पक्कै मख्ख परे होलान, दुलही सुम्सुमाउनु अघी दाईजो सुम्सुमाउन पाएकाले खुशीको सिमै नहोला तर मेरो नजरमा ति ज्वाँई सधैं तल नै भए।

जती सुकै केटी पक्षका धनी नै किन नहोस आफ्नो गक्ष अनुसार दिदा गार्हो नै हुन्छ। यहाँ दिने भन्दा पनि नराम्रो चलनको उन्मुलन गर्ने कुरा आउछ । आफ्नो मात्रै होइन पुरै समाजको सोच्न पर्छ। धेरै दाईजो लिएर वा दिएर ठुलो मान्छे हुने होइन समाजमा राम्रो काम गरेर ठुलो भैइन्छ भनेर बुझ्न पर्छ। अहिले त विवाह अगाडि केटा र केटी पक्कै भेट हुन्छ पहिले नै केटाले म कुनै पनि किसिमको दाईजो लिन्न र दाईजो लिने भए म विवाह गर्दिन भन्यो भने वाह!! वाह!! कुन चाँही केटीका बुवा आमा दङ्ग नहोलान र?

केटीले पनि प्रस्टै मुख फोर्न पर्‍यो म विवाह गरेर आउँदा दाईजो ल्याउदिन भनेर, यदि यसोभन्दा
अधेरो मुख लगाए भने तेस्ता केटाहरुलाई kick out गर्नै बेश।
तेस्ता हुतिहाराको फेरी अनुहार नहेर्नु नै बेश।
तेस्ता सँग बिहा गर्न भन्दा बुढी कन्या बस्नै बेश।

30 comments:

Basanta said...

एकदम चित्त बुझ्दो कुरा गर्नुभयो!"दाईजो लिने केटालाई kick out गरौ"

पुष्प said...

मैले त दाइजो दिनखोज्ने केटीलाई किक आउट गरेँ ।

Unknown said...

Very good article!!!
मानिसको धारणा, बिचारमा आमूल परिवर्तन ल्याउन सकेमा मात्रै यसको समाधान हुनसक्छ ।समाजमा नसुहाउने यो दाइजो प्रथाको पूर्ण अन्त्यको लागि कानूनी व्यबस्थाको साथै त्यसको कार्यान्वयन अहिले नै जरुरी छ ।

bishal gurung said...

ya archana sis i also agree with ur view 99%......By the time passes all people will get educated and then it would be eradicated dont worry be happy we can change this traditional unnecessary things

Aagan Team said...

Nice blog post, Lets say NO to Dowry!

Anonymous said...

म नि दाइजो लिने दिने पक्षमा कहिले पनि छैन ... तर यो आक्रामक पोष्ट पढ्दा लाग्यो ... दाइजो लिउँ झगडा गर्नैको लागि भए नि ! केटाको पनि भेल्यु हुन्छ नि यार ..! अर्काको छोरी ल्याएर पालिदिनु छ ... त्यै नि सँधै किच किच ..?

मैले दाइजो चाहियो भनेको होइन है फेरी...

HAWA said...

कुरो त एकदम मनासिब् गर्नु भो अर्चना सिस, तपाईंले पो के गर्नु भो कुन्नी ?...हिहिहिही

HAWA said...

अनी बिशाल ब्रो तपाईं ९९% मात्रै अग्री गर्ने ?..आफुलाई चाँही १% मा राखेको ?.. कस्तो बाठो मान्छे

Himalal said...

ekdam ramro kura garnu vo archana jeele. yo daijo vanne kurako unmulun nai hunuparchha.

Unknown said...

तपाईंको ब्लगको आर्टिकल पढ्न अवसर पाए। नेपालमा दाईजोको प्रचलन धेरै पुरनो हो। मलाई तपाईंको को त्यो "दुलही सुम्सुमाउनु अघी दाईजो सुम्सुमाउन पाएकाले खुशीको सिमै नहोला " कुरा साह्रै चित्त बुज्यो। तर समाज चेन्ज हुन गार्हो छ र त्यो पनि नेपाल जस्तो देश मा। यता खाली शान, धाक, र आफ्नो पहिचान पैसा, गाडी, बङला मा सिमित राखने मान्छे थूप्रै छन्। दाईजो एक प्रचलन हो र प्रचलन निकाल्न शायद गाह्रो पर्ला। तर समाज एक दिन अवस्य चेन्ज हुन्छ।

Post more!

Nogen Hang said...

आफुले यहाँ मरुञ्जेल काम गर्दा पनि नपुगेर...... एउटी दाइजो दिने खालकी केटी खोजीरा बेलामा ... बिरालोले बाटो काटे जस्तो ब्लगपोष्ट यार तपाइको... उफ्....

Anonymous said...

तपाईंको कुर चित्त बुझ्यो। दाईजो लिनु को अर्को बे फाईदा दुलही लाई आफ्नो दाईजो को मात्र माया हुने रहेछ। दाईजो ले भरिएको कोठामा बस्ने अनी अन्त ध्यान नदिने। अनी आफ्नो टि.भी हेर्‍ेर बस्ने सगोल मा नहेर्ने, जस्ले गर्द परिवार म माया नबस्ने रहेछ।
अनी self independent हुने नाममा ४००० को जागिर खाने अनी घरको लाखौंको ब्यापार मा बुढालाई सहयोग नगरने आजकल को बुहारी हरुको बारेमा तपाईंको कस्तो बिचार छ नि ?

atish said...

अर्चना जि बिचार राम्रो लाग्यो ...
दाईजो प्रथामा
परिवारत्तन ल्याउन केटीहरु होइन , केटाहरु अगाडि बढ्नु पर्छ झै लाग्छ मलाई त् ..

atish said...

अर्चना जि बिचार राम्रो लाग्यो ...
दाईजो प्रथामा
परिवारत्तन ल्याउन केटीहरु होइन , केटाहरु अगाडि बढ्नु पर्छ झै लाग्छ मलाई त् ..

pralads harma said...

चित बुज्दो कुरा छ निकै राम्रो लाग्यो |

shyam said...

hi .archana sis,
i am very very impressive by reading this article about the "Dowery" in my view must be eradicated from main root.

Anonymous said...

अति उत्तम बिचार खै कती सम्म मन जितना सक्छ तिम्रो यो भाबनात्मक लेख ले अरु को मन जितोश नाजितोस मेरो मन चै पक्कै जित्यो
thanks for nice writing....

Chandra Shrestha said...

ho ta ni Archana sis! Dowry system is the bad system of your culture.. which is appearing sometimes with cruel...........................
so, I must join our hands with strongly to avoid this custom..

Terhathum said...

yes that's right

chyangba1 said...

Hatterika ma ra jhanai bore bhae yar Tanna daaijo liu bhaneko ta sidhai galaamaa paaso hane jasto hune rahechha.

Anonymous said...

teso bhaye, saudia arabia ma bihe garna ramro, kina bhane, saudi arabia ma keti bihe garne ho bhane 60000 dekhi 100000SAR tirnu parchha ani matra keti painchha, kaso

Dautari Admin said...

Archana,blogger bhela auna lagyo hai(नेपाली समयमा साउन १७ बिहान ११ देखी १ बजे दौंतरीमा ) . Khabar gareko matra.

Sarita Neupane said...

Yeah, Archana Sis Im 100% agree with your view not 99% only. Tara Archana Sis yeta ta manish haru jati educated vaye tetinai badi daijo magna po thaleka chha ta.Ajha tarai tira ta dherai padeko ketale ta padna lageko kharchha uthne gari daijo linchhan re!!!!!!!!!! testalai ta goli thokerai udaidinu parne ho........ki kaso??????????

Anonymous said...

DAIJO should stop but it won't stop. I recently married in Nepal I was disagreed for DAIJO but my wife's parents want to save their IJAT. I don't who what is that at last I took a couple of gold materials. so I came to know even the woman want to produce the DAIJO. It should stop and sertain thing should leave for the time. After the generation change all this things will stop.
Bodh Raj lamsal www.bodhrajlamsal.blogspot.com

Anonymous said...

Daami/babwaal/awesome/gr8.com

www.flickr.com/samirpradhananga said...

daami.com

Meeting said...

Ok It is to nice decision and good article If every boady must think about it posetively. I am Searching same power having girl also wedding is one of important but dewerry system is blacck dark so I give inspiration to write same article from each other . ok bye

purna shrestha said...

Wau .,archana g ..yo samaj ma tapai jasto 6ori ko pani janma hudo rahe6...dhanya 6 hai ....but aut kura archina gduniya badalnu 6 suruwat aafai bata garnuhos ....hami tapaiko saath ma 6au...suvakamana hamilai.,n gud bless u...

Anonymous said...

धेरै दाईजो लिएर वा दिएर ठुलो मान्छे हुने होइन समाजमा राम्रो काम गरेर ठुलो भैइन्छ भनेर बुझ्न पर्छ।

prakash man said...

सबै ठिक,
केटा को सम्पति हेरेर बिहेगर्ने कति लाइ (गरिदिने बाउ आमा लाइ ) के गर्ने होला?