4/16/09

मैले सपना देखेको छु।

आमा अब मलाई जुठा भाडा माज्न अप्ठेरो लाग्ने छैन।
तिमीलाई हरेक बिहान बेलुका सगाउने (kitchen hand) छु।

दिदी तिमी अब मलाई घर सफा गरेन भनेर कराउने छैनौ।
म त एस्मा पोख्त (cleaning) पो भई सकेको छु।

बुवा तपाईं त जहिले पनि फोहरी भनेर गाली गर्नु हुन्थ्यो नि,
अब त मैले दिन दिनै नुहाउन(shower) सिकेको छु।

छि छि एस्को कोठा हेर त भनेर पाहुना हास्न पाउने छैनन ।
मैले त अब रामरी सफा गर्न (housekeeping) पो जानेको छु।

नेपालमा अब अली अली RAP पनि झार्ने छु।
किनकी मैले थोडा बहुत ईंग्लिश ( hello mite !!) पनि जानेको छु।

पैसा कमाउन खासै गार्हो हुन्न रैछ।
अब त २४ सै घण्टा(back to back) काम गर्न नि जानेको छु।

Girlfriend मोरी छोडेर गए नि पिर छैन ।
अब त अर्की पट्टौन नि जानेकै छु।

नेपालमा जादा कोही हिरो वा मोडेल भन्दा कम देखिने छैन म
किन कि अली अली कपाल पालेको छु, रङाएको छु अनी सानो तिनो ट्याटु नि खोपेकै छु।

छिमेकीहरुले यो आवारा, काम नभएको डुकु लन्ठो भन्न पाउने छैनन्
किन कि अब पोडेको (toilet cleaning) काम गरेर पनि बाउ आमालाइ पाल्ने भएको छु।

धन्न बा आमा बेलैमा रिन धन गरेर बिदेश पठाउनु भएछ।
किन कि दिमाखको बत्ती त यहाँ आएर
पो बालेको छु।

चोरेर खान्न, ढाटेर खान्न,अल्छि हुन्न
असल काम मिहेनत गरेर खान पो जानेको छु ।

Kfc खान्छु mc Donald खान्छु
परी आएमा ढिडो, सातु अनी सिस्नु पनि खान्छु।
पढि सकेर आमा म तिम्रो काखमा निदाउन अनी नेपालमै काम गर्न आउछु।

this one is dedicated to all the student, studying in abroad and to all lovely mothers of nepal.

12 comments:

Basanta said...

Nice one!

Anonymous said...

good advise to allboys and girls of nepal.
Right now I am touring in India and India is far better then Nepal in almost side

udaya said...

Archana ji,
Excellent Creation.

friendlyniraj said...

काम बढी
कम कुरा होस्
देखेको सपना
पूरा होस्
नव वर्षको शुभकामना

SyanjaliKancha said...

Hope Archana's article will encourage Nepali students to go to China, Singapore & India for study and obtain GLOBALLY RECOGNIZED DEGREE from the reputed Universities like CEIBS-China, INSEAD-Singapore, ISB & IIM of India, instead of going to EUROPE, US and AUSTRALIA by getting admission in NOT RECOGNIZED universited in the name of socalled student visa and working as DISHWASHER.

Dilip Acharya said...

What a writing!, what a composition!!
Wish your dreams comes true.

प्रबिण थापा said...

मन को कुरा लेखिदिनु भो अर्चना जि!हामी सबैको सपना पुरा होस्।

प्रबिण थापा said...

मनको कुरा लेखिदिनु भो अर्चना जि,हामी सबैको सपना पुरा होस्।

Sunny said...

Archana ji,

This poem is really excellent, it touches the hearts of the nepalease around the globe.

Keep on blogging.......

Iloveit said...

prob.........the best artical. keep it up. archana.

Bijaya Bhandari said...

Very Nice .... its the reality !!

शेखर said...

साह्रै घत लाग्यो, ऐना जस्तै छर्लङ्ग। तपाईले देखेको सपना सत्य होस। मेरो शुभ कामना छ।