1/1/09

सबै न्यू इअर मनाएर नि साध्य हुन्छ र?


हामी नेपाली सार्है उदारबादि
छौ। कुन चाड मनाउने कुन नमनाउने लेखा जोखा नै छैन। भ्याए सम्म सबै मनाएर उधुम छ। दसैं तिहार त सामान्य भए। भ्यालेन्टाइन डे, Christian नभए नि क्रिस्मस डे, फ्रेन्डशिप डे, रोज डे आदि इत्यादि डे। न्यू इअरको कुरा गरौ नेपाली न्यू इअर कसैलाई बाल मत्लब छैन। ईंग्लिश न्यू एअरको कार्डले मेरो सबै इमेल टना टन छ। सबैका ब्लग, फेसबुक, हाइ फाइभ न्यू इअरको शुभ कामनाले भरी भराउ छ। हन् कुन न्यू इअर मनाउने कुन नमनाउने , कुन न्यू इअरमा साथीहरुलाई शुभकामना पठाउने दुबिधामा परियो।

बैशाकको बिक्रम सम्बत् नया बर्ष बिदा हुने मनाउनै पर्ने, नेवार हरुको नेपाल सम्बत् पृथ्वी नारायण शाहले उपत्यका जित्नु भन्दा अगाडि देखी मनाउदै आएको पुरानो सम्बत् छोड्नै नहुने। ईस्बी सम्बत् भन्नै परेन, , जनवरी २५ तारिकमा चाइनाको नयाँ बर्ष, त्यस बाहेक नेपाल भित्र बिभिन्न जात जातीको आफ्नै नयाँ बर्ष जस्तै लोसार आदि इत्यादि। बा बा हो सकिन मैले त ।

भए भरको सबै मनाएर आँफै कती गाईजात्रे हुनु । लौ त तेही भएर मैले त नेपाल को बिक्रम सम्बत् मात्रै धुम धामले मनाउने र तेही न्यू इअरमा मात्रै शुभ-कामना पठाउने निर्णय गरे। कस्तो लाग्यो मेरो बिचार तपाईंहरु लाई?

8 comments:

Anonymous said...

बिचार ठिक हो। भन्ने नै हो भने Everyday is New Year.....

कलमबीर_घोताने said...

तपाईको बिचार नि राम्रै हो तर अहिले ग्लोबलाइजेसनको जमानामा मेरो बिचारमा यसरी ग्लोबल चाड मनाउनु केही नराम्रो होइन। तर बिचार र धारणा आ-आफ्नै हो, त्यसैले म त जे पनि मनाउने गरिरहेको छु, त्यही हो विदेशमा भएपछि घरतिरको चाडपर्व छुट्छ नत्र यसैमा छ रमाइलो :)
जेहोस् तपाईलाई भने मेरो तर्फबाट नयाँ साल को हार्दिक मंगलमय शुभकामना!

Basanta said...

रमाईलो कुरा गर्नुभयो। विदेशमा बसेपछि विदेशीले मनाउँदा अलि-अलि त्यसैपनि घूलमिल भईँदो रहेछ। अनि आफ्नो नयाँ वर्षमा चाहिँ नेपालीहरु भेला भएर मनाउनै प-यो।

'पीनेवालोंको पीनेका बहाना चाहिए--' भन्या यहि होला:)

Anonymous said...

कुरा ठिक गर्नुभयो तपाइले । त्यसैले यो वर्ष मैले खैरेको नयां वर्ष बहिष्कार त नभनिहालौं तर अवज्ञा चै गरे ।

Anonymous said...

ha ha, at least half a dozen. We the people are lucky!

bishal gurung said...

archana ji same as me i also agree with ur view

Anonymous said...

Archan ji
please update your blog with new artical because i do click your blog all the time

AR said...

if we didn't use the Roman calendar in Nepal, I would agree with you. But when we begin to use this calendar more than our own, it is logical that we celebrate the "English" New Year. This is an age of pragmatism. In this increasingly connected world, we cannot ignore the influence of the west that dominates the internet. When the entire world celebrates, it is always fun to join in on the celebration. As long as we are not ignoring our own festivals, I don't see a problem with celebrating non-religious events with the rest of the world. If you do not use the Roman calendar, there's no reason to celebrate. But if you do, why ignore what is already a big part of you!