1/21/09

चित्रमा रेल देख्नु र साँच्चै चढनु फरक हुन्छ नि हो


रेल चढ्न पाएकी ब्लगर्निको अनुभव यही हो। यस्तो रे उस्तो रे सुन्नु र आँफैले अनुभव गर्नुमा फरक हुने रैछ। पैसाले भ्याए सम्म म अरु देश नि घुमेर त्यहाको बारेमा जानकारी गराउन प्रयास गर्ने छु। म नेपालमा वेब होस्टिङ्को पनि बिजनेस गर्थे। यो पनि अचम्म कै बिजनेस थियो। १० mb स्पेस लाई ५०० पनि पार्न सक्नु हुन्थ्यो ५००० पनि पर्न सकिन्थ्यो। यो सबै बोलीको कला हुन्थ्यो।

रे रे कै भरमा होस्टिङ बेचिन्थ्यो। मैले usa बाट बल्कमा hosting किन्थे। किन्नु अगाडि तेस्को reliability हेरिन्छ । फर्स्ट डाटा सेन्टर क्यलिफोर्निया, सेकेन्ड डाटा सेन्टर टेक्सास भनेर कन्ठै पारीन्थ्यो।

हाम्रो सर्भर स्मोक फ्री, डस्ट फ्री इधर उधर भनेर कस्ट्मरलाई चित्र मात्र हेरेर जान्ने पल्टेर कती गफ दिनु भनेर वाक्क पनि लाग्थ्यो।

मर्कनटाइलमा काम गर्ने अती राम्रो मुना भन्ने साथी थिइन्। एकदिन उनले मलाई वास्तविक रुपमा त्यहाँ भएको डाटा सर्भर, ठुला ठुला स्याट्लाइटहरु देखाइन । तर पनि मैले बिदेशी चित्रमा जस्तो डाटा सेन्टर त्यहाँ पाइन । तर जब म अष्ट्रेलिया आए यहाँ मैले चाहेको अनुसार डाटा सेन्टर देखे र आफ्नै हातले ति सर्भर छुन पाउदा म हर्षले गदगद भए। मैले खुब हेरे । खुब प्रश्न पनि गरे अनी एक छिन् बसेर सर्भर आँफै मोनिटर नि गरे। १२ कक्षा पढ्दा सम्म कम्प्युटर छुन नपाएकी मैले यहाँ आएर घर जत्रा सर्भर किबोर्डको भरमा मोनिटर गर्न पाउदा त्यो रात म खुशीले निदाउन सकिन। मलाई सपना नै हो कि जस्तो पनि लाग्यो।

मैले यहाँ देखेका केही कुरा लेख्दै छु।

- नेपालमा जस्तै यहाँ पनि महिला आइटी प्रोफेस्नल सार्है कम रैछन्। यहाँ पनि पुरुष सरह आईमाईलाई तलब दिएन भनेर आईमाईहरु उफ्रिदा रैछन।

- जिन्दगीभर मैले यती धेरै sorry thank you सुनेको छैन होला त्यो भन्दा धेरै मैले यहाँ आएर सुने। जे गरे नि सरी र थ्यांक यू चै भनी हाल्ने रैछ्न र अर्को कुरा तपाईं होटेल, रेस्टुरेन्ट, मल जहाँ सुकै जानुस् hi, how are you? भन्छन्। कहिले काही बोल्न मन नलागेको बेला त आपत नै पर्छ।

- अरु ठाउँमा त था भएन तर Melbourne मा बाटोमा हिड्दा नचिनेको मान्छे पनि हास्छन र बिहान छ भने good morning भन्छन्।

- यहाका मान्छेहरु लाई जे सोधे पनि भरसक राम्रो तरिकाले भनिदिन्छन्। एकदिन त मैले आफ्नै घर आउने बाटो बिर्सें एउटो खैरेले घर सम्म ल्याइदियो।

- खैरेहरुहरु चुम्मा चुम्मी गरेको देखेर होला ईण्डियनहरु पनि तेस्तै सिको गर्छन्। हामि पनि सितैमा दर्शक हुन पाईन्छ।

- यहाँ का नागरिक तथा स्थानिय बासिन्दाले पहिलो घर किन्दा $२४००० (first home grant ) सरकार बाट पाउदो रैछ।

- नेपालमा नेताहरुले सुत्केरी भत्ता खाए भनेको त सुनेको थिए तर यहाँ चाहि बच्चा पाउने बितिकै $७००० पाउदा रैछन।

- यहाँका बुढी हरु सार्है नक्कली यती मेकअप गर्छन् कुरै नगरौ। अझै तिनी हरु लाई त hi ! young lady भन्नु पर्ने बा !! बा!!

- यहाँ कुकुर पाल्न सार्है महँगो। अस्ती एउटा सानो कुकुर लाई कती भनेर सोधेको $८५० रे । अब कुकुरलाई छुट्टैखाने कुरा खुवाउन पर्ने। कुकुरलाई पिट्न तथा हेप्न नपाईने नत्र भने जनावर सम्बन्धी कानुन लाग्ने। फेरी आफ्नो कुकुरले अरु लाई टोक्यो भने त $१२००० तिर्न पर्ने।

- यहाँका young generation सार्है छुक्छुके चक चक नगरि हल्ला नगरि बस्नै नसक्ने। अझ जडियाहरुको चटक नि ट्रैनमा हेर्न लायक हुन्छ।

- एक जना नेपाली भाईले यहाँ मेलबर्न सेन्ट्र्ल भन्ने सपिङ् मलमा थुकेछन्। सिभिल ड्रेसमा भएको पुलिस तुरुन्त आएर किन थुकेको भनेर सोधेछ? थुक आयो अनी थुके भनेछन् नेपाली भाईले? बल्ल बल्ल जालमा परेको माछा के छोड्थ्यो $२६० को पुर्जा त्यो भाईको हातमा थमाइ दिएछ। जिन्दगी थानकोट नकाटेका एकै चोटि मेल्बर्न आएका भाईलाई थुकेर करिब नेपालि रुपैया १३,२३० तिर्न पर्ला भनेर हेक्कै नरहेको बताए।

- अर्का भाईले पनि मेलबर्न सेन्ट्र्ल अगाडि बसेर मज्जाले फ्वा फ्वा चुरोट खाएर बाटोमा ठुटो फालेछन् तेस्पछी त साधा ड्रेस लगाएका पुलिसले मज्जाले फाइन लगाइदिएछ। अब जसरी ILTS/TOFEL को जाच दिन अनिबार्य हुन्छ त्यसै गरेर नेपालीहरुलाई नि यस्ता साधारण नियम कानुन पनि पढाएर बिदेश पठाउनु पर्छ जस्तो मलाइ लाग्छ।

क्रमस:

6 comments:

उजेली said...

धेरै धन्यवाद यति रमाईला जानकारीका लागि । पछि हामी विदेश जानुपर्ने भयो भने काम लाग्छ होला । सिक्दै गर्नुपर्यो नि मान्छे बन्न ।

Anonymous said...

अर्चनाजी राम्रो अनुभब...राम्रो लेख, अनि क्रमश... म अब १०/१० मिनेटमा तंपाईको ब्लग क्लीक गर्न मन लाग्छ तर लोडसेडिङ।
अब भोली बिहानै तंपाईको ब्लग क्लीक गर्छु।
*मेरो आँगन

दीपक जडित said...

तपाईंले USA बाट बल्कमा Hosting किनेर बेच्ने कस्लाई हो ? १० एमबि स्पेसलाई ५०० मा बेच्दा पक्कै घाटा हुन्थेन होला अनि त्यसैलाई ५००० म बेच्दा त त्यो क्रेता(स्वदेशी?)लाई भुसुक्कै पार्नुहुने रहेछ नि । हुनत तपाईंको विजनेश हो र पनि सुन्दै कस्तो कस्तो लाग्ने क्या ।

archana said...

साधारण विद्यार्थी केही गर्न सिक्न चाहने तर पैसा नहुनेले सस्तोमा पाउथ्यो कत्ती मेरा कम्प्युटरका विद्यार्थी र सेवा मुलक सस्थाले त सित्तैमा नि पाउथे।

बिजनेस हाउस, अफिसलाई छुट्टै रेट। अहिले सम्म त कोही भुसुक्कै भएका छैनन बाचि राखेका छन्।
:)

दीपक जडित said...

त्यसो त वेब स्पेसहरु तपाईं मार्फत सित्तैमा उपलब्ध भएको पनि थाहा पाएको थिएँ तर माथी कुरा निक्लिए अनुशार स्पस्ट हुन चाहेको मात्रै हो । यसले मैले प्रश्न उठाए झैं गरेर सोच्ने अरुलाई पनि बुझ्न मद्दत पुग्ला अझ अर्को कुरा भुसुक्कै भएछन भन्नुको अर्थ मरेछन भन्ने त होइन होला हौ ? जे होस धन्यवाद स्पस्ट पार्नुभएकोमा ।

नेपालियन said...

ल अर्चना जी तपाइ त ब्लगर बाट ब्लगर्नी हुनुभएछ। थाहा छ डाक्टरनी हुनु डाक्टर नै पढ्न पर्दैन डाक्टर संग बिहे गरे पुग्छ, तर तपाइ त आफै काम गेरेर ब्लगर्नी हुनुभएछ। अस्ट्रेलिया पुरै घुमाउनुभएकोमा धन्यबाद।
तपाइ त ब्लगको धुरन्धर, मैले नेपाली ब्लगको इतिहास नालीबेली खोतल्न खोज्दैछु। तपाइ र तपाइका पाठकले यसमा पक्कै सहयोग गर्नुहुनेछ। ब्लगको नालीबेलीकको लिंख
http://dautari.org/2009/01/blog-post_4621.html