3/28/08

भोट हाल्ने भाग्य

नेपालमा चुनाबी चहलपहलको रमिता सुरु भई सकेको छ। नेताहरु बाजा गाजा सहीत घर दैलोमा आएको रमाइलो पनि हेर्न लायकको छ। मेरो पनि जिबनमा पहिलो पल्ट भोट हाल्ने भाग्य उदाएको छ । भोटर लिस्टमा नाम पनि लेखाएर ठीक्क छ तर आफुलाई राजनीति र राजीतिक दलहरुका सिदान्त, निती नियम त्यति थाह नहुनाले कुनमा भोट हाल्ने भन्ने दुबिदा पनि रह्यो । कोही साथीहरुले रुखमा हाल्न पर्छ भने, कसैले झ्याम्म सुर्यमै है भने, कसैले यस्पाली भोट रेडियोलाई भने कोही साथीले उनका बुवा हलोमा उठेकोले हलोमै हाल्न भनेका छन् । मैले पनि हुन्न कसैलाई भनेकी छैन, सबैलाई हुन्छ नै भनेकी छु। :)

एकदिन यस्ता कुराले भएनन आँफै decide गर्नु पर्‍यो भनेर मुख्य मुख्य पार्टी घोषणा पत्र मज्जाले पढे। आमै नि!! घोषणापत्र त एक्से एक राम्रा थिए लाग्छ कि चुनावमा जिते पछी नेपाल त स्वर्ग हुन्छ। कुनै कुनै पार्टिका घोषणा पत्र हेरेर त म लाजले पानी पानी भए हन त्यो लेखेका कुरा साच्ची पुरा गर्लान त?

मेरा एक बिदेशी मित्रले भनेका थिए नेपालमा धेरै राजनीतिक चेतना छ जुन नेपालीले पनि राजनीतिका बारेमा बोलेको देखेर गम खाएका रैछन तर आफु चाँही कुनमा भोट हाल्ने कुरा finalize गर्दै थिए । मलाई लाग्यो मेरो एउटा भोट राम्रो मान्छे /राम्रो दल लाई जावोस्। त्यसैले मैले त सोची सके, के मा र कस्लाइ भोट हाल्ने भनेर। के तपाइले पनि सोचिसक्नु भयो?

I like to see a man proud of the place in which he lives.
I like to see a man live
so that his place will be proud of him. ~Abraham Lincoln
-------------------------------------------------------------------
I have no country to fight for;
my country is the earth,
and I am a citizen of the world. ~Eugene V. Debs

3/20/08

जोनको प्रेरणा

Fortune favors the creator

माइक्रोसफ्ट देखी बाहुनडाडासम्म(Leaving Microsoft to Change the World) भन्ने किताब पढ्दै थिए । किताबका हरेक शब्दले मलाई तरङ्गीत् गरी रहेको थियो । मैले केबल १५ पेज मात्र पढेको हुला John Wood को प्रेरणाले म छताछुल्ल भैसकेको थिए
उनको नेपाल प्रती निस्वार्थ रुपले केही गरु भन्ने भावना अनी जोश देखेर म चकित
परिरहेको थिए ।

रातिको समय थियो बत्ती थिएन अध्यारोमा सिरकमा गुट्मुटिएको थिए सोचे आफ्नो कार्य बेस्तताले अरुको लागि गर्न सक्ने काम कुरो पनि भुलिदो रैछ। तेतिनै बेला हेलन केलर को भनाइ याद आयो
“ I cannot do everything but still I can do something,
and because I cannot do everything
I will not refuse to do something that I can do. "


हेलेन मलाई मन पर्छ । उनको यो कुरा सम्झेर त झन मलाई औडाहा बनायो । मलाई त्यो रात काट्न बडा मुस्किल पर्‍यो । थाहा थिएन किन यस्तो भै रहेको थियो । आफुले के गर्न सकुला भनेर
सोचमा मग्न भए। सात समुन्द्रपारिका जोन आफ्नो देश, माइक्रोसफ्ट जस्तो कम्पनी जस्ले मासिक तलब मात्र $५०,००० दिन सक्थ्यो, छोडेर नेपालका केटाकेटिलाई पढाउन आउछन । अरु देशका मान्छे चाँही सबै कुरा छोडेर नेपालीका लागि मरी मेटेका छ्न् भने हामी त नेपालमै छौ किन यतिबिधी छुच्चो भै रहेका छौ आफ्नै देशलाई बिर्सेंर नेपाली किन बिदेश तिर हानिएका छ्न? जोन आए जस्तै अरु नेपाली बिदेश बाट किन आएका छैनन वा किन आउन चाहदैनन्? बिदेशिलाइ चाहि तेही उकालो उरालो राम्रो लाग्ने हामीलाई चाँही त्यहि घाडो लागेर सुख् सुबिधा खोजेर अन्त अन्त जाने यस्तै यस्तै कुराले मनमा घोची रह्यो। भोली पल्ट करिब २ बजे तिर साप नेपाल कि शिखा जि लाई ईमेल लेख्न पुगे।

शिखा जि,
तपाईं सञ्चै हुनु हुन्छ होला। म निसुल्क कम्प्युटर ट्रैनिङ दिन चाहन्छु जस्मा २०-५० जना बिभिन्न ठाउँको कम्प्युटर भएको गाउबाट एउटा एउटा लिडरलाई लिनेछौ र ग्रफिक्स्, बेभ, साधारण प्रोग्रामैङ्, हार्डवेर सम्बन्धी ट्रैनिङ दिनेछौ । मलाई आशा छ कि ति लिडरहरुले आफ्नो गाउमा फर्केर अरुलाई पनि अवश्य सिकाउने छन् जस्ले गर्दा आजको आधुनिक युगमा कमसेकम कम्प्युटर सँग नजिक हुने छन् र दिनदिनै कम्प्युटर सम्बन्धी परी आउने समस्या हल गर्न पाउने छन्। मलाई विश्वाश छ कि यो काम को लागि पनि अघिल्लो पटक जस्तै यस्का लागि पनि फन्ड उपलब्ध गराइदिनु हुनेछ।
अर्चना

सोचे एक हप्ता भित्र जवाफ पाउने छु त्यसपछी ट्रैनिङ को लागि चाजो पाजो मिलाउने छु। कम्तिमा पनि अहिले ५० जना लाई सिकायौ भने ५० जनाले प्रती बेक्ती १० जना लाई आफ्नो गाउमा सिकाए भने पनि ५०० ले कम्प्युटर शिक्षा पाउथे ति ५०० सय ले फेरी १०-१0- जना लाई सिकाए भने ५००० पुग्थ्यो अहो!!! आफ्नो गुनन हेर्दै आँफै मक्ख पर्दै थिए।

तेस्तैमा साप नेपाल बाट फोन आयो। शर्मिला बहिनीले गरेकी रैछिन उन्ले अघिल्लो पटकको ट्रैनिङमा पनि खुब सहयोग गरिकी थिइन। फोनमा उनको चुनाव पछी ट्रैनिङ गर्ने कि भन्ने कुराले त मलाई दङग् पारी दिइन । फोन राखे पछी ईमेल चेक गर्दा शिखा जि ले ईमेल पठाइ सकेकी रैछन

अर्चना जि,
तपाईं जस्तो मान्छेको सधैं हामीलाई सहयोगको खाचो छ यस कामको लागि हामी सहयोग गर्न तयार छौ। एक दुई जना लाई ईमेल गरेर ट्रैनिङ को लागि पक्का गर्ने छु।
शिखा

मैले सोचेकि पनि थिइन यति चाडो रिप्लाई पाउछु भनेर । अप्ठ्याराहरु त अवस्य आउछन तर मलाई विश्वाश थियो यि गाह्रो सारो अवस्य काटिन्छ । जो शहरमा आएर कम्प्युटर पढ्न नसक्ने थिए उनिहरुको लागि निसुल्क कम्प्युटर प्याकेज सिकाउन पाउने कुराले म हर्षित भए । मलाई यो कुरा कस्लाई सुनाउ कस्लाई सुनाउ भयो तुरुन्त आफ्नो bf लाई फोन गरे उनको बेस्त समयमा पनि ५ मिनेट आफ्नो कुरा सुनी दिन हठ गरी रहे र सुनाए पनि। मेरो कुरा सुने पछी उनी दङ्ग पर्दै भने हो यस्तो काम गर्दै जानु म अझ धेरै माया गर्छु नि। वाह!! वाह!! यो कुरा ले त म झन खुशी भए। नहुनु पनि किन आखिर मैले धेरै माया पाउने वाला थिए । आज दिन राम्रो रैछ राम्रो सोच्नु पर्दो रैछ राम्रो हुने रैछ र भगवान् पनि उनैको साथ हुन्छन जस्तो लाग्यो ।

Wining Horse doesn’t know why it runs in race.
It runs because of BEATS and PAINS.

Life is a race, God is your rider.
So if you are in pain think God wants you to WIN.

3/16/08

सूचना तथा सञ्चार प्रविधिमा महिला(Women In ICT)

जापानका साथीले 2 गिगा वाइटस् पर सेकेन्ड स्पिडमा इन्टरनेट चलाइरह“दा हामी नेपालमा ६४-१२८ किलोवाइट्स पर सेकेन्डको स्पिडमा छौं । यसबाटै थाहा हुन्छ कि सूचना तथा सञ्चार प्रविधिमा हामी कहँ“नेर छौं भनेर । हाम्रो इन्टरनेटको स्पिड कम भए पनि अरू विश्वले चलाउने जस्तै क्षमतावान ल्यापटप चलाउछौं । हामी विभिन्न सफ्टवेयर डेभलप गर्न, ग्राफिक्स एप्लिकेसन तयार गर्ने र टेक्निकली इ-बैकिङ, इ-गभर्नेन्स, इ-कमर्समा छिटोभन्दा छिटो जाने प्रयास जारी छ ।

संसारकै सबैभन्दा धनी बिल गेट्स यही सूचना प्रविधि क्षेत्रकै छन् र उनको मासिक आम्दानी लाखौं डलरमा छ । नेपालमा आई सिटीमा लाग्नेहरूले राम्रै आय भएको पाइएको छ । देशलाई सूचना तथा प्रविधिमय बनाउने र भोलिको इ.-नेपाल बनाउने प्रयासमा महिला सहभागिता कति छ त - साह्रै न्यून, न्यून डाटा पनि सहरमा बस्ने महिलाले मात्र थेगेका छन् । कम्प्युटरमा काम गर्ने महिलामा रिसेप्सनिस्ट, कम्प्युटर अपरेटर लेभलमा काम गरेको पाइयो ।

निर्ण्ायक तहमा एकदम कम महिलाले काम गरेको पाइयो । पुल्चोक इन्जिनियरिङ कलेजमा १.३ प्रतिशत महिलाले मात्र सूचना प्रविधिसम्बन्धी कोर्स पढेको पाइयो । निजी कलेजमा ५-२० प्रतिशतसम्म महिला आईटी विषय पढिरहेका छन् । त्यस्तै गरेर अर्का survey अनुसार हरेक एक हजार नेपालीमा ३२ जनालाई टेलिफोन, छ जनालाई मोबाइल फोन, आठ जनालाई टीभी र ३९ जनालाई रेडियो र पा“च जनालाई कम्प्युटर पुगेको छ । यसमा पनि महिला प्रयोगकर्ता एकदम थोरै छन् ।


महिला पछाडि पर्नुका कारण

-क) आत्मविश्वासको कमी
महिला प्राविधिक काम भन्नासाथ अलि डराउ“छन् । उनीहरू फेसन, सजावट, सिलाइ बुनाइ, कुकिङ, पब्लिक रिलेसन जागिरमा जस्तो सहज महसुस गर्दैनन् । आफूलाई नया रूपमा प्रस्तुत गर्न महिलामा आत्मविश्वासको कमी भएको पाइयो ।

-ख) सामाजिक संरचना
हाम्रो सामाजिक संरचना यस्तो प्रकारले बनेको छ कि घरमा बिजुली, टीभी, रेडियो, धारासम्बन्धी वा केही प्राविधिक मर्मत् गर्नुपरेमा पुरुषलाई बनाउन प्रोत्साहन गर्ने र महिला पछाडि राखिन्छ । यस्तै कुराले पनि महिला टेक्निकल विषय रोज्न हिचकिच्उछन् ।

-ग) अशिक्षा
जनगणना २००१ अनुसार सहरी क्षेत्रमा महिलाको साक्षरता दर ६१.५ प्रतिशत एवं ग्रामीण क्षेत्रमा ३६.५ प्रतिशत छ । सूचना प्रविधि क्षेत्रमा पनि त्यस्तै रूपमा कम सहभागिता भएको पाइन्छ । पर्याप्त ज्ञान र रोल मोडेलको अभावमा यो क्षेत्रमा लागेर के गर्न सकिन्छ भन्ने नबुझेकाले र रोल मोडल नदेखेकाले पनि यो क्षेत्रमा आउन प्रेरणा नमिलेको हुन सक्छ ।

-घ) बेरोजगारी समस्या
नेपालका आईटी कलेजबाट २ देखि ३ हजारसम्म yearly विद्यार्थी निस्कन्छन् । त्यसमा पनि २०-३० प्रतिशतले मात्र आफूले पढेको क्षेत्रमा राम्रो जागिर पाएका छन् । बेरोजगारीले पनि आईटी सम्बन्धित विषय रोज्न रुचि कम भएको हुन सक्छ ।

-ङ) लैंगिक विभेद

कुनै कुनै कम्पनीले महिला भएकै कारणले यो क्षेत्रमा क्षमता भए पनि अवसर नदिएका यदाकदा साथीहरूबाट सुन्न सकिन्छ । धेरैजसो हार्डवयरको काममा क्षमता भए पनि महिलालाई भन्दा पुरुषलाई बढी प्राथमिकता दिइन्छ ।

-च) स्रोत, साधन र सूचनाको अभाव

टेक्निकल विषयबारेमा सही सूचना एवं तालिम अभाव भएको पाइयो र त्यसको साथसाथै स्रोत तथा साधन अभावमा पनि यो क्षेत्रमा महिला पछाडि परेका छन् ।

-छ) नीति नियम

सूचना तथा सञ्चार प्रविधिसम्बन्धी लचिलो नियम तथा कानुन नहु“दा र प्राविधिक स्रोत तथा साधन गाउ“गाउ“मा नपुगेकाले पनि पछि परेको देखिन्छ ।

महिलालाई किन चाहिन्छ -
जसरी पुरुषलाई सूचनाको हक छ त्यस्तै महिलालाई पनि सही सूचना पाउने बराबर हक छ । प्रविधि आफैंमा महिला या पुरुषका लागि भनेर छुट्याएर बनाइएको हुदैन । महिलालाई पनि विकास गर्न, उत्पादन गर्न, सामाजिक कार्य गर्न, व्यापार गर्न, आफ्ना परिवार, काम र समाजका लागि सजिलो स्रोत भेट्टाउन, दैनिक जीवनयापन सहज बनाउन, आफ्ना आवाज र सूचनाहरू सारा समाज, सरकार र विश्वसामु बाड्न र आफ्ना समस्या समाधान भेट्टाउन सूचना तथा प्रविधि चाहिन्छ ।


कसरी अगाडि ल्याउने -
यससम्बन्धी आवश्यक फाइदा बताएर । शिक्षा तथा आईसीटीसम्बन्धी तालिम दिएर, जति पनि कम्पनी छन् उनीहरूले महिलालाई क्षमताको हिसाबले जागिरको अवसर दिएर ।
"Poor People need good health, not computers" said Bill Gates.
But poor women face a double disadvantage
in access to resources and voice as
they are both poor and they are women. - Wict Book