संसारकै सबैभन्दा धनी बिल गेट्स यही सूचना प्रविधि क्षेत्रकै छन् र उनको मासिक आम्दानी लाखौं डलरमा छ । नेपालमा आई सिटीमा लाग्नेहरूले राम्रै आय भएको पाइएको छ । देशलाई सूचना तथा प्रविधिमय बनाउने र भोलिको इ.-नेपाल बनाउने प्रयासमा महिला सहभागिता कति छ त - साह्रै न्यून, न्यून डाटा पनि सहरमा बस्ने महिलाले मात्र थेगेका छन् । कम्प्युटरमा काम गर्ने महिलामा रिसेप्सनिस्ट, कम्प्युटर अपरेटर लेभलमा काम गरेको पाइयो ।
निर्ण्ायक तहमा एकदम कम महिलाले काम गरेको पाइयो । पुल्चोक इन्जिनियरिङ कलेजमा १.३ प्रतिशत महिलाले मात्र सूचना प्रविधिसम्बन्धी कोर्स पढेको पाइयो । निजी कलेजमा ५-२० प्रतिशतसम्म महिला आईटी विषय पढिरहेका छन् । त्यस्तै गरेर अर्का survey अनुसार हरेक एक हजार नेपालीमा ३२ जनालाई टेलिफोन, छ जनालाई मोबाइल फोन, आठ जनालाई टीभी र ३९ जनालाई रेडियो र पा“च जनालाई कम्प्युटर पुगेको छ । यसमा पनि महिला प्रयोगकर्ता एकदम थोरै छन् ।
महिला पछाडि पर्नुका कारण
-क) आत्मविश्वासको कमी
महिला प्राविधिक काम भन्नासाथ अलि डराउ“छन् । उनीहरू फेसन, सजावट, सिलाइ बुनाइ, कुकिङ, पब्लिक रिलेसन जागिरमा जस्तो सहज महसुस गर्दैनन् । आफूलाई नया रूपमा प्रस्तुत गर्न महिलामा आत्मविश्वासको कमी भएको पाइयो ।
-ख) सामाजिक संरचना
हाम्रो सामाजिक संरचना यस्तो प्रकारले बनेको छ कि घरमा बिजुली, टीभी, रेडियो, धारासम्बन्धी वा केही प्राविधिक मर्मत् गर्नुपरेमा पुरुषलाई बनाउन प्रोत्साहन गर्ने र महिला पछाडि राखिन्छ । यस्तै कुराले पनि महिला टेक्निकल विषय रोज्न हिचकिच्उछन् ।
-ग) अशिक्षा
जनगणना २००१ अनुसार सहरी क्षेत्रमा महिलाको साक्षरता दर ६१.५ प्रतिशत एवं ग्रामीण क्षेत्रमा ३६.५ प्रतिशत छ । सूचना प्रविधि क्षेत्रमा पनि त्यस्तै रूपमा कम सहभागिता भएको पाइन्छ । पर्याप्त ज्ञान र रोल मोडेलको अभावमा यो क्षेत्रमा लागेर के गर्न सकिन्छ भन्ने नबुझेकाले र रोल मोडल नदेखेकाले पनि यो क्षेत्रमा आउन प्रेरणा नमिलेको हुन सक्छ ।
-घ) बेरोजगारी समस्या
नेपालका आईटी कलेजबाट २ देखि ३ हजारसम्म yearly विद्यार्थी निस्कन्छन् । त्यसमा पनि २०-३० प्रतिशतले मात्र आफूले पढेको क्षेत्रमा राम्रो जागिर पाएका छन् । बेरोजगारीले पनि आईटी सम्बन्धित विषय रोज्न रुचि कम भएको हुन सक्छ ।
-ङ) लैंगिक विभेद
कुनै कुनै कम्पनीले महिला भएकै कारणले यो क्षेत्रमा क्षमता भए पनि अवसर नदिएका यदाकदा साथीहरूबाट सुन्न सकिन्छ । धेरैजसो हार्डवयरको काममा क्षमता भए पनि महिलालाई भन्दा पुरुषलाई बढी प्राथमिकता दिइन्छ ।
-च) स्रोत, साधन र सूचनाको अभाव
टेक्निकल विषयबारेमा सही सूचना एवं तालिम अभाव भएको पाइयो र त्यसको साथसाथै स्रोत तथा साधन अभावमा पनि यो क्षेत्रमा महिला पछाडि परेका छन् ।
-छ) नीति नियम
सूचना तथा सञ्चार प्रविधिसम्बन्धी लचिलो नियम तथा कानुन नहु“दा र प्राविधिक स्रोत तथा साधन गाउ“गाउ“मा नपुगेकाले पनि पछि परेको देखिन्छ ।
महिलालाई किन चाहिन्छ -
जसरी पुरुषलाई सूचनाको हक छ त्यस्तै महिलालाई पनि सही सूचना पाउने बराबर हक छ । प्रविधि आफैंमा महिला या पुरुषका लागि भनेर छुट्याएर बनाइएको हुदैन । महिलालाई पनि विकास गर्न, उत्पादन गर्न, सामाजिक कार्य गर्न, व्यापार गर्न, आफ्ना परिवार, काम र समाजका लागि सजिलो स्रोत भेट्टाउन, दैनिक जीवनयापन सहज बनाउन, आफ्ना आवाज र सूचनाहरू सारा समाज, सरकार र विश्वसामु बाड्न र आफ्ना समस्या समाधान भेट्टाउन सूचना तथा प्रविधि चाहिन्छ ।
कसरी अगाडि ल्याउने -
यससम्बन्धी आवश्यक फाइदा बताएर । शिक्षा तथा आईसीटीसम्बन्धी तालिम दिएर, जति पनि कम्पनी छन् उनीहरूले महिलालाई क्षमताको हिसाबले जागिरको अवसर दिएर ।
"Poor People need good health, not computers" said Bill Gates.
But poor women face a double disadvantage
in access to resources and voice as
they are both poor and they are women. - Wict Book
1 comment:
The issue must be raised from grassrrot level. In Politics, only one women candidate from Karnali although Political parties cry for women empowerment, they practically do not erform any such activities. Even in US we have to see if American people will let Hillary become first president of US. In ICT, women participation is poor as seen fromstatistics presented in the report. Thanks to the Author for raising women specific issues everyday.
Post a Comment