4/15/17

slave of technology

पहिला मोबाइल, इन्टरनेट नहुदा बसमा हिड्दा होस् या पैदल यात्रामा होस्
अन्जान मान्छे सँग कुरा गरिन्थ्यो तर आजकाल कि त मोबाईल हेरिन्छ कि त कानमा हेडफोन ठोसेर गाना सुनिन्छ। पहिला पहिला मेरो आमा बुवा बिहान उठ्ने बितिकै सुख दु:ख भबिस्यका योजनाका बारेमा कुरा हुन्थ्यो भने आज काल उठ्ने बितिकै बुढाबुढीनै मोबाइल हेर्न बेस्त भैइन्छ।
हामी सानो छदा चुङी, बल, गोट्टा, घ्वाइ, लुका मारी, पुतली खेलिन्थ्यो र त्यो खेल र साथिहरु अझै याद आउछ। अहिले बच्चाहरु कि टि.भी हेर्छन कि आइप्याड हेर्छन कि भिडियो गेम खेल्न बेस्त हुन्छन्। साथिहरु सँग तेतीसारो याट्याच्मेन्ट देख्दिन। हामी सात समुन्दरबाट आएको ईमेल, फेसबुक मेसेज रिप्लाई गर्छौ तर घर मै भएको मान्छेको हाल के छ सोध्दैनौ। बिहान उठ्ने बितिकै संसारमा के भयो थाहा पाउछौ तर आफ्नै घर भित्र के भै राखेको छ थाहा हुँदैन । फेसबुकमा दुनियाँलाई क्या राम्रो भनेर प्रसन्सा गर्छौ तर नजिक भएकालाई राम्रो भन्न हिच हिचाउछौ । टेक्नोलोजीले टाढाको लाई त नजिक बनायो तर नजिकको लाई धेरै टाढा बनाइ रहेको छ । खासमा हामीले टेक्नोलोजी लाई युज गर्नु पर्ने हो तर अहिलेको अवस्था हेर्दा त टेक्नोलोजीले हामी लाई युज गरी राखेको छ ।

No comments: