“तिमी बच्चै छौ भने अर्को बच्चा पाउने कोशीस नगर्नु। बच्चा पाउनु भनेको १८ बर्षे लामो प्रोजेक्ट हो । यो प्रोजेक्टमा रात, दिन, बिहानबेलुकी भन्न पाइदैन
। जती बेला पनि आफ्नो समय, धन, लगन, मिहेनत, माया र अरु धेरै कुरा खर्चिनु पर्ने हुन्छ।“ भनेर मेरो योगा सिकाउने गुरुले भन्नु
हुन्थ्यो ।
म र मेरो श्रीमानलाई पनि यस्तै लाग्थ्यो । एउटा
नयाँ जीवनलाई जीवन दिनु ठुलो जिम्मेवारी हो, त्यस्को लागि हामी पूर्ण
रुपमा तयारी हुनु पर्छ। मेरो उमेर पनि ३० काटी सकेको अवस्था र विवाह
भएको केही बर्ष बिती सकेकोले पनि आमा बुवा, साथीभाई सबैबाट ठुलो नै प्रेसर आइराखेको छ । बुवा आमाले हामी हुर्काइ दिहाल्छउ
नि, तिमीहरुले पाइदिए मात्र हुन्छ भन्नु हुन्छ तर हामीलाई यस्तो
लाग्छ कि छोरा छोरी जन्माउने जिम्मेवारी हाम्रो भए पछी हुर्काउने, सस्कार दिने जिम्मेवारी पनि हाम्रोनै हुन्छ जस्तो लाग्छ। हाम्रो बुवा आमाले आफ्नो जिम्मेवारी राम्रो सँग पुरा गर्नु भयो
र हामीले पनि आफ्नो जिम्मेवारी कतै पन्छाउन मिल्दैन।
मलाई लाग्छ पहिले पहिले भन्दा अहिले बच्चा हुर्काउन
सार्है गार्हो छ। अहिले बाहिर प्रभाव पार्नी चिज धेरै छ त्यसैले घरको बातावरण आमाबाउले
राम्रो राख्न जरुरी छ र राम्रो शिक्षा दिन पनि जरुरी छ । सबै भन्दा महत्व पूर्ण
कुरा त एक अर्काको सम्मान गर्न केटी मान्छेले केटाको र केटा मान्छेले केटीको । राम्रो
शिक्षा दिएको खन्डमा भोली गएर समाजमा नारी हिंसा, बलत्कार जस्तो घटना हुने
थिएन कि? मलाई लाग्छ हाम्रो समाजमा नारीले आफुले कम्जोर
ठान्नु र पुरुषले आफु बलवान ठान्नु नै नारी हिंसाको प्रमुख कारण हो जस्तो लाग्छ । नेपालमा
मात्रै १६ दिन मा १२ वटा (कान्तिपुर पेपर अनुसार ) महिला हत्या हिंसाका घटना
भए। भर्खरै नेपालमा र ईन्डियामा भएको केही घटनाले मेरो मन सार्है दुखायो। हामी बुद्दी भएका मानवहरु पशुहरु भन्दा पनि निचा देखिएका छौ।
पढेका हुन या निरक्षर, शहर होस् या गाउ सन्तान होस् त छोरा नै होस् भन्ने कामना गर्छन्। केटा मान्छेलाई केटी देखेर नि डराउने, स्वास्नी देखेर डराउने जोइटिङ्ग्रे,
छोरीलाई तेसै छाडा छोड्ने, छोरा मान्छे बलवान हुन पर्छ छोरी मान्छेले सहनु पर्छ भन्ने सस्कार घरबाट सुरु
हुन्छ। प्रसान्त भन्ने एकजनाले बडो इमान्दारी पुर्वक फेसबुकमा लेखेका छन
जब उनको पहिलो सन्तान छोरी भनेर अल्ट्रासाउन्ड बाट था' भयो तब उनी साह्रै दुखी भए रे।
छोरी पछी उनको लगतै छोरा पनि दोस्रो बच्चा छोरा पनि भयो रे तर छोरी भएको बेला घरको रौनक नै अर्कै हुन्छ रे उनी अगाडि लेख्छन मलाई आज लज्जा महसुस भएको छ कि तेती बेला मैले त्यस्तो पाप सोचे
तर अहिले उनिलाई छोरी सार्है मन पर्छ रे मेरी श्रीमतीले मानिन् भने म अर्को छोरी जन्माउन तयार छु।
अब धेरैनै ढिलो भई सक्यो समाजलाई हामी सबै मिलेर
बदलनु पर्छ। आफ्नो सोचाइमा परिवर्तन ल्याउन पर्छ। सभ्य समाजको सुरुवात घरबाटनै सुरु हुन्छ। छोरीलाई कोही भन्दा कम् नसम्झिन र छोरा लाइ नारी प्रति इज्जत गर्न घरबाटनै सिकाउनु पर्ने बेला भएको छ।
भनिन्छ बच्चा बच्चिले घर बाट सिकेको कुरा कहिले
पनि बिर्सिदैन हजुरहरु आँफै एक अर्का प्रती सम्मान, प्रक्रिती र हरेक प्राणी प्रती माया देखाउनु
होस सन्तानले हेरेर सिक्छन।
हजुरहरुको नयाँ बर्ष हरेक प्राणीको लागि
मायाले भरी पूर्ण होस्!! शुभ-कामना!!
with love
archana
3 comments:
And ur write up made me go through so many of the sentiments/ thoughts at the same time !!
अर्चना जी ... धेरै पछि तपाई को पोस्ट पढ्न आइपुगेछु ... निक्कै ओजस्वी लाग्यो टाइटल नै दमदार ...भाव पनि !
किन किन तपाइको लेखन शैलीले आत्मियता प्रस्तुत गरे झैँ लाग्छ !
लेखाइ जारीनै राख्नुस है !
Well written Archana.
Please update more often.
www.chhayakhanal.com
Post a Comment