7/3/12

जसले सिकायो उसैलाई धन्यवाद

एक जना बुज्रुकले भने हाम्रो शरीर खानानै खानाको थुप्रो हो किन कि हामि जे खान्छौ तेही नै शरीर बन्छ र हाम्रो सोचाइ पनि हामीले जे देख्छौ, सिक्छौ अथवा पढ्छौ त्यसैको उपज हो। मैले केही राम्रो कुरा लेखेछु भने मलाई जसले सिकायो उसैलाई धन्यवाद दिनु होला यदी नराम्रो लेखेछु भने मलाईनै गाली गर्नु होला ताकी मैले सही सोच्ने र सुधार गर्ने मौका पाउनेछु

ति बुज्रुकले भने जब सम्म त अहकारी छस, जब सम्म झुक्दैनस , जब सम्म खाली दिमाख लिएर आउँदैनस तब सम्म अरु कुरा भर्न सक्दिन भने। आफु सधैं बच्चा जस्तो केही जान्न उत्सुक हुनु र सदा ज्ञानको लागि झुक्नु भने अहिले त हामी म जान्ने, मै सुन्ने, मै ज्ञानी भावना छ। मलाई पनि कतीपय अरुको कुरा फिट्टिकै सुन्न मन लाग्दैन।
तर पनि मेरो जीवनमा सिकाउने, बुझाउने, पढाउने सबै मानिस , जनावर, प्रक्रिती, उड्ने, गूड्ने, हिंड्ने, पौडिने सबै गुरुलाइ मेरो प्रणाम र Thank you.

3 comments:

anuz kulung said...

अर्चना श्रेष्ठले जहाँबाट जे कुरा सिक्नुभयो त्यो उहाँको आफ्नो बौद्धिक एबम् आर्थिक रुपले आफु सबल र सक्षम हुनको लागि सिक्नुभयो । जसले गर्दा आज एक नेपाली नारीले सीमापारी बसेर पनि एउटा सुचना तथा सञ्चार क्षेत्रमा ठुलो योगदान दिई आफ्नो जीबनलाई सुम्पिनु भएको छ । त्यो मेरो लागि मात्र नभई सम्पुर्ण नेपाली नारीहरुको निम्ति एउटा प्रेरणादायी कुरा हो ।
म अनुज कुलुङले धेरै भन्दा धेरै प्रेरणा अर्चना श्रेष्ठबाट पाएको हुँ । मैले उहाँबाट धेरै कुरा सिक्न पाए । प्रत्यक्ष रुपले अप्रत्यक्ष रुपले दुवै तरिकाबाट मैले यो पेशामा अहिले पनि अडिग छु । उहाँकै उदाहरण दिएर मैले मेरा साथीहरुलाई यो पेशामा अंगाल्न कोशिष गराउछु । गुरुपुर्णिमाको दिन मैले अर्चना दिदिलाई धेरै सम्झेको थिए । र मैले मेरो कम्प्युटर सिक्ने बिद्यार्थीहरुलाई भनेको थिए कि उहाँको ब्लग खोलेर “यि दिदि मेरो गुरुमा हुन्, उहाँको सुरुवाती जीबनकथा निकै रोचकलाग्दो र प्रेरणादायी छ । उहाँको प्लस सकेपछि डाटा इन्टिबाट रु.१५०० तलब खानुभएको थियो रे अहिले त्यसको बदलामा धेरै भन्दा धेरै तलब खानुहुन्छ” मैले उदाहरण दिएको थिए ।
जे भए पनि तपाईको अनुभब मेरो लागि पाठ बन्दै गएको छ । यो जहिले पनि कायम नै रहोस् ।
अनुज भाई

archana said...

My best wishes are always with you Anuz. dherai pragati garnu.

Yumesh Pulami said...

Great view ...i luv it....