1/24/11

चड्कनले देबी बाजे नेपालीहरुको हिरो


देबीबाजेको झापड अहिले नेपालीहरुको कुराको हट टपिक बनेको छ। जनताहरु कुखुरा खाने स्याललाई झटारो हान्न पाए जस्तै
मेख मारेर आहा भनी रहेका छन्। उनको फेसबुक पेजमा धेरैले उनको प्रसंशा गरेका छन् । उनी जेल जान होइन फुल माला अबिर लगाइ दिएर शहरमा घुमाउन पर्ने र हातमा हतकडी होइन म्वाइ खान लायक भएको लेखिएको छ।

हुनत मैले पहिले नै लेखी सकेको छु तरिका गलत भएनी निशाना सहि हो,त्यो सहनसिलताको चरम बिन्दुको फल हो। झल नाथको ठाउमा म भएको भए र आफुले गल्ती गरेको भए उनकै अगाडि कान समातेर उठ बस गर्थे र आफु बिचलित् भएर बाटो बिराएकोले धन्यबाद् दिदै माफि माग्थे। झापड हान्नुको कारण सोधेर आफुलाइ सुधार गर्न प्रयास गर्थे। यस्तो कार्यले मेरो गौरब अझै चुलिन्थ्यो कतै घत्थेन । किन कि उनी उमेरले पनि बढीनै थिए र आफ्नो गल्ती आत्म साथ गर्नु नै ठुलो कुरा हो न कि त्यस लाई ढाक छोप गरेर मेरो गोरुको बार्है टक्का भनेर चक्काजाम गराएर उत्पात मच्चाउनु हो। सबै भन्छन नेता ठुला मान्छे हुन इज्जत गर्न पर्छ म त यही भन्छु तिमीलाई अरुले जतीनै इज्जत गरे पनि तिमी कहिले पनि ठुलो मान्छे हुन सक्दैनौ यदी तिमी आफ्नो नजरमा सधै सानो छौ भने बस् तिमि आफुले आफुलाइ मुल्याङ्कन गर। मलाई लाग्छ गरीब निरिह किसानीलाई थुनेर ठुलोनै पुरुषार्थ गरे भन्ठानेको भए एउटा बाघले कमिलालाई हातको पंन्जामा राखेर दङ्ग पर्नु जस्तै हो ।

नेपालमा चडकाउनु कुनै नौलो कुरा होइन कहिले कसले, कहिले कसले चड्कन खाएको सुनी रहन्छ तर जेलमै बसेको चाँही सुनिएको थिएन तर देबी बाजे लाई शक्ती को आडमा जेलमा राखिएको छ ठुला लाई चैन साना लाई एैन भन्या जस्तै । तर पनि उनको सहयोगको लागि बनाएको वेब साइटबाट उनलाई छुटाउन रकम उठ्दै गरेको देखिन्छ। अब सबै जनाले कुन ठाउँमा कस्लाई कसरी कस्तो प्रकारको झापु लाउदा झेल्ली हुन्न भन्ने बुझी सकेका छन।

सबै भन्छन देबी बाजेले हामीले गर्न नसकेको तर गर्नैपर्ने काम गरेका छन त्यसैले उनी देशको हिरो हुन।

1 comment:

bimal (ana) said...

गौरबका साथ देवी बाजे लाई स-धन्यवाद दिदै ब्रिद्द अवस्था सम्म गोरु सम्म नकुटेका देवी बाजेले राजनैतिक नेता लाई चड्कन लगाउनु लाई बहादुरी मान्नु पर्दछ / यो त जनताको सामु नमुना मात्र हो फेरी पनि नेता हरुले चेत नखाएर बाटो बिरौउछन् भने माहादेवीको उत्तपति हुन्छ / बाटो बिरायको नेता हरुले ( भाग्य मानीले देखेर चेत्छ) भन्ने उखानको सत्य साबित बेलैमा होस् पुर्याउनु उचित होला / त्यसैले देवी बाजे अहिलेको परिप्रेक्ष्यमा नेपाली हिरो मानिन्छ /