3/19/10

छ्यास् छ्यास् छुस छुस हररर

यतिका दिन ब्लग अपडेट नगरदा यो ब्ल्गर्नी कता दमपच् भैछ भन्ठान्नु भएको होला। नेपाल गएकै दिन घरमा झोला फालेर न्यूरोड घुम्न गै हालियो। भोलीपल्ट देखी त रुघा खोकी सुरु। अनी त बाँदरको...…जस्तो रातो नाक लिएर भए पनि घुमियो । मेरो नेपाल पुग्ने बित्तिकै ३ वटा कुरा गर्ने टार्गेट थियो।
एक न्यूरोडको सि मो.मो खाने, दुई मुङ्लिङको चना चट्पट खाने, अर्को नेवारी खाना खाने । यि सबै कुरा त पुरा गरे। आमाको गन गन बाँकी नै थियो। एक दिन घर बसेन लखर लखर हिडि राख्ने। यसो गफ पनि गर्न पाइएन भन्ने। धन्न सोमबारको दिन थियो राप्रपाले त नेपाल बन्द गरिदियो अनी त घरमै जोमसोमको सम्झना लेखेको गलैचा माथि घाम ताप्दै आमासँग गफ मार्दै ढाड्को पाता सेकाउदै आमाको इच्छा पनि पुरा गरियो।

काठमाडौंजादै हुनु हुन्छ भने ४ कुरा सम्झनु होला।

१. काही कसैलाई भेट्न जानु छ भने १ घण्टा अगाडि निस्किनु होला अथवा तपाईंको घडी जाम अनुसार चलाए पनि हुन्छ।

२. एअरपोर्टबाट ओर्लने बितिकै मास्क लगाउनु होला नत्र भने रातो नाकको पिडा तपाईंले पनि खप्नु होला।

३. यती पैसा भए त पुगी हाल्छ नि भनेर डलर convert गर्दै मक्ख नपर्नु होला महङीले आकाश छोएको छ पैसा अली अली कोप्चे खल्टीमा पनि जगेडा राख्नु होला।

४. बिदेशमा दिन दिनै सावर लिने बानी छ भने, काठमाडौंमा त्यो सपना नदेख्नु होला, perfume र bodyspray छ्यास् छ्यास् छुस छुस पारेर हररर बासना आउने भएर हिंड्नु होला।

इती


pic: c momo :)

9 comments:

शब्दतरङ्ग said...

हैन काठमाडौं यति सरो भाईसक्यो भन्या ? तर हामी त सधैं यहाँ नै बस्ने भएर होला नाक र दिमागलाई बानी परेको । तर कुरा चै ठीक हो अर्चना जी , हे काठमाडौंका बसिन्दा हो लौन केही गरौ ? नेतालाई भनौ भने कुरा उही हो ।

Nepalean दौंतरी said...

न्युरोडको सि म:म खाएर सि सि गरेको मैले अझै भुलेको छैन।
ल ब्लगर्नी जी दम्पच हुनुभएन,कलम कापी लिएर कहिले कांही झुल्किनु पर्यो।

Anonymous said...

Hi Archajana jee,

Thank you for your new article. yeti dherai gayeb hunu bhayena.
ani tapai lai naya dampatye jivan ko shivakamana.

--Laxman

वसन्त बलामी said...

हा हा हा काठमाडौंको नियती "छ्यास् छ्यास् छुस छुस हररर"। जे होस् आफ्नै देशमा पाहुना हुन जाँदा चाहिने आधारभूत टिप्स चाहिँ यहि नै होला सायद ।

Anonymous said...

अर्चना जी welcome back. I love your writting so please pay the time for your beautiful blog.
- Meronagan

Anonymous said...

अर्चना जी welcome back. I love your writting so please pay the time for your beautiful blog.
- Meronagan

Basanta said...

:)) राम्रा सल्लाह रहेछन्, प्रिण्ट गरेरै राख्नुपर्ला जस्तो छ:)

Anuz Kulung said...

Archana Ji tapaiko blog address bhulera ma google ko herek kuna ma search gardai khoje tara bhetina....tapaiko blog ta maile aratishrestha.blogspot.com po haldai khojda rahechhu....pachhi po manma aayo archanashrestha.blogspot.com bhanera...Naya kura update garnu bhayechha...khusi lagyo aba ma jahile pani tapaiko blog kholera padhnechhu.....ani yasari nai manko kura badirakhnu hola

Ashish Lohorung said...

tapaiko writing saili ma comedeypan ramro laggyo.. yestai posts haru lekdai garnuhos mero subhakamana..