मैले पनि भने मलाई नि कम्प्युटरनै सजिलो लाग्छ, तातो डाडु पन्योउ समात्नु भन्दा माउसनै चलाऊन सजिलो अनी तरकारी पाक्यो कि पाकेन भनेर हातनै डाम्ने ढोकन उठाएर चियाउनु भन्दा कम्प्युटरमा ईन्टरनेटको झ्यालबाट संसारलाई चियाउनु नै रमाइलो।
नेपालको जनसंख्याको ४% महिलाहरुले मात्रै अहिले कम्प्युटर चलाऊन र सिक्न पाएका छन् । यो डाटा पनि सहरमा बस्ने महिलाले मात्र थेगेका छन् । कम्प्युटरमा काम गर्ने महिलामा पनि रिसेप्सनिस्ट, कम्प्युटर अपरेटर लेभलमा काम धेरै गर्ने छन् । हुन त धेरै महिलाहरु टेक्निकल बिषय हो भनेर यो क्षेत्रमा आउन डराउछन् । महिलाहरु फेसन, सजावट, सिलाइ बुनाइ, कुकिङ, पब्लिक रिलेसन जागिरमा जस्तो झट्टै आउन सहज महसुस गर्दैनन् र टेक्निकल विषय केटाहरुले मात्र पढ्ने हो भन्ने सामाजिक संरचनाले गर्दा पनि महिलाहरु हिचकिच्उछन्। त्यस बाहेक अशिक्षा, सहि स्रोत, साधन र सूचनाको अभाबमा पनि यो क्षेत्रमा महिला पछाडि परेको देखिन्छ।
नेपाल मात्रै होइन मैले केही महिना अगाडि अष्ट्रेलियाको मेल्बर्नमा अष्ट्रेलियन कम्प्युटर सोसाइटिले(Australian Computer Society) अर्गनाइज गरेको सेमिनारमा भाग लिदा विश्वभरनै यो क्षेत्रमा लाग्ने महिला कम रहेछन । विश्व सामु सूचना तथा प्रविधि क्षेत्रमा बढी भन्दा बढी महिलालाई कसरी अगाडि ल्याउन सकिन्छ भनेर पहल हुँदै रहेछ।
म आफु पनि यो पेशामा भएकोले मेरो अनुभबमा, यो पेसा महिलाहरुको लागि सजिलो, धेरै हिड्डुल गर्न नपर्ने, आफ्नो सिप तथा दक्षता एकै ठाउँमा बसेर देश तथा बिदेशमा देखाउन मिल्ने र ईन्टरनेटबाट पनि कार्य गर्न मिल्ने हुनाले गर्भवती र अरु बिशेष अवस्थामै पनि घरमै बसेर काम पुरा गर्न सकिन्छ।
बिल गेट्सले भनेका छन् “गरिब जनतालाई राम्रो स्वास्थ चाहिन्छ कम्प्युटर होइन"
तर विक्ट बूकले भनेका छन “कोही महिला हो र गरीब पनि हो भने उस्ले दुई गुणा दु:ख पाउछ यदी तिनले सहि स्रोत र आवाज पाइनन् भने।“
"Poor People need good health, not computers" said Bill Gates.
But Wict Book says “poor women face a double disadvantage in access to resources and voice as they are both poor and they are women.”
जसरी पुरुषलाई सूचनाको हक छ त्यस्तै महिलालाई पनि सही सूचना पाउने बराबर हक छ । प्रविधि आफैंमा महिला या पुरुषका लागि भनेर छुट्याएर बनाइएको हुदैन ।
मेरो आशय भातनै पकाउन छोडेर कम्प्युटर सिक्न जानु भन्ने पनि होइन तर कम्प्युटरको ज्ञान द्वारा तपाईंहरु पनि विकास गर्न, उत्पादन गर्न, सामाजिक कार्य गर्न, व्यापार गर्न, आफ्ना परिवार, काम र समाजका लागि सजिलो स्रोत भेट्टाउन, दैनिक जीवनयापन सहज बनाउन सकिन्छ। त्यस्तै गरेर आफ्ना आवाज र सूचनाहरू सारा समाज, सरकार र विश्वसामु बाड्न र आफ्ना समस्या समाधान भेट्टाउन सूचना तथा प्रविधि माध्यमबाट अत्यन्त सजिलो हुन्छ।