3/26/09

हल्लै हल्लाले सबै अष्ट्रेलियाका युबती शन्काको घेरामा


म सोची रहेको थियो यो बिषयमा केही लेख्दिन किन कि यो यस्तो सम्बेदनशील बिषय हो जुन कुराको ठोस प्रमाण नभेटी हावा को भरमा लेख्दा आफ्ना घर परिवार, आफन्त र देशलाईनै चिन्तिन बनाउन सक्छ।

जब नेपालमा अष्ट्रेलियामा नेपाली युबतीहरु देह ब्यापारमा लागेको भनेर पत्र पत्रीकामा छापियो। जवान छोरीहरु पढ्न अष्ट्रेलिया पठाएका बाबु आमा र आफ्न्तका मुटुमा ढयाङ्रो ठोकियो । नेपालबाट धेरै जसो छोरी चेलीको घर बाट के हो एस्तो हल्ला सुनिन्छ नि भनेर फोन आयो। देश मात्र नभएर अरु बिदेशबाट पनि आफ्न्तहरुले फोन गरे। यो समाचारले अष्ट्रेलियामा भएका सबै केटीहरु शन्काको घेरामा परे। यहा पनि नेपाली समुहमा खैला बैला मच्चियो । अहो!!! कस्ले यस्तो काम गरेछ ह !!! एस्तो किन राजदूताबास जस्तो ठाउँ बाट यस्तो गरजिम्मेबारी पूर्वक समाचार ठोस प्रमाण नभै नेपाल पुरयायो भनेर हल्ली खल्ली मच्चियो।

खासै भन्ने हो भने नेपाली दुताबासपनी यहाँ छ है भन्ने जब सम्म एस्तो खबर निस्केन यहाँका नेपालीलाई सुइको सम्म थिएन आफ्नो दु:ख त यहाँ आएका नेपालीहरु आँफै सँग छ। नेपाली दूताबासले साधारण इन्फर्मेसन पनि नेपालीको हितमा दिएको पाइदैन। जस्तो मैले ईण्डियन दूताबासको एउटा पत्रीका पढेको थिए जस्मा विद्यार्थीहरुलाई बिभिन्न जानकारी दिएको थियो जस्तै

" ५ बर्ष अघी मेल्बर्न सुरक्षित मानिन्थ्यो तर अहिले विद्यार्थीले अली सचेत हुनु पर्ने भएको छ । राती हिडडुल गर्दा, राती काम बाट फर्कदा laptop, ipod, महँगो मोबाईल , क्रेडिट कार्ड, डेबिट कार्ड र धेरै पैसा नबोकन्ने, सजिलै job कसरी पाउने, job पाउन के के ट्रैनिङ लिने र ट्रैनमा समुहमा चढदा ठुलो ठुलो स्वरले नबोल्ने" आदी इत्यादी जानकारी थियो।

तर खै नेपाली दूताबासले त अहिले नेपालीको हक हितमा सिन्को सम्म भाचेको सुनिएको छैन।

धन्न नेपाली दाजु भाई दिदी बहिनीहरु बहादुर हुनु हुन्छ र जस्तो सुकै दु:ख आए पनि संघर्श गरेर जीवन यापन गरी राख्नु भएको छ।

यदी कोही रहरले नभएर बाध्यताले त्यस्तो पेशामा लागेको छ भने दूताबासले मात्र होइन हामी सबै अष्ट्रेलियामा बसेका नेपाली मिलेर उद्धार गरेर समस्या सुल्झाउन तत्पर हुन पर्छ । बिदेशमा आए पछी हरेक नेपालीहरुले आफ्नो देशको इज्जत काधमा बोकेर हिंडेको हुन्छ र एक नेपालीले गरेको गल्तीले सबै नेपाली र देशकोनै इज्जत खराब पार्न सक्छ। एन आर एन अस्ट्रेलियाले पनि नेपाली महिला विद्यार्थीको सवालमा चलेको हल्ला माथि छानविन गर्ने तयारीमा छ रे अष्ट्रेलियामा बसेका नेपालीहरुले समाचारको बारेमा दुतावासको स्पस्टिकरण माग पनि गरेका छन्।

3/19/09

भगवान तिमीलाई कसरी खुशी पार्ने? कुनै shortcut पो छ कि?

हाम्रो भगवान प्रती आस्था स्वार्थी छ । एक रुपैयाँको ढ्याकले परै बाट भगवानको टाउकोमा ट्वाक्क् हानेर बडा बडा कुरा मागिन्छ। गणेश भगवानको सुड भित्र बासी ठस्स परेको गनाउने लड्डु कोचाएर बडो धर्म कमाए भन्छन । अझै बसन्तपुरको काल भैरबको बडेमाको मुर्तिमा सकी नसकी भर्‍याङमा उक्लेर पेडाले मुखनै ट्याप्प पारीदिएका हुन्छन् । काठमाडौंको गल्लि गल्लिमा मन्दिर अगाडि फोहोरको थुप्रो देखेर त अहो !!! प्रभु कसरी यहाँ बिराजमान हुन सकेका होलान् जस्तो नि लाग्छ।



कहिलेकाही शनिबार मन्दिर गएर टिकासिका लगाइन्थ्यो। भोली पल्ट मुख धोइ ओरी अफिस जादानी निधार त रातै । अफिसमा ल… स्वम्भर गरेर आउनु भयो कि क्या हो भनी साथी भाई जिस्काउथे। त्यो मोरो अखाध्य रङ २ चोटि साबन लाएर धुदा नि नजाने त्यस्ता रङले भगवान कसरी खुशी होलान जस्तो लाग्थ्यो।

मेरो आमा सार्है धर्मात्मा, पूजापाठ मेरो घरमा भई राख्छ। एक चोटि रुद्री लगाउदा म पनि पूजामा बसेकी थिए। ५ जना बाहुन आएका थिए। ति बाउन बाजेले त यहाँ ५ रुपैयाँ चढाउनु। यहाँ १० चढाउनु भनेको सुन्दा मेरो कन्चेट ताती सकेको थियो तर अब किन छुच्ची हुनु भनेर म तेतिबेला चुप लागे।

तर अहिले सम्म पनि त्यो कुरा बिझी रहेको छ। पण्डितहरु पनि अब अली प्रोफेसनल् हुन पर्‍यो आजकालको जमानामा सित्तै कसैले काम गर्दैन। जस्तो मैले १ घण्टा काम गरे भने मैले कती लिने मलाई था हुन्छ तेस्तै पण्डितहरुको पनि association होला नि उनिहरुले फिक्स रेट बनाउनु पर्‍यो। ईच्छा हुनेले बोलाउछन् नहुनेले बोलाउदैनन् तर पूजा गरी रहेको बेला यहाँ ५ यहाँ १० भनेर जजमानको मन खिन्न पार्नु भन्दा स्मार्ट तरिकाले फी लिन राम्रो होला ।

जस्तै:
रुद्री लगएको - १०००
कोटी होम- १ लाख
न्वारन गरेको- ५००
बर्तबन्ध गरेको- ५००
सराध्य गरेको- २००

मैले बुझे अनुसार हिन्दू धर्म को मुल आशय मोक्ष्य पाउनु हो। यो २ किसिमले पाउन सकिन्छ।
१- आद्यात्मिक रुपमा योग, ध्यान र भगवान प्रती लिन भएर
२- समाजमा निस्वार्थ रुपले दिन दुखी र हरेक प्राणी को हित को लागि काम गरेर

तर यो बेढङ्गले लड्डु, पेडा कोचारेर, अक्षता र पैसाले भगवानको टुटुल्को उठ्ने गरेर हानेर मोक्ष्य पाउने त मैले कतै भेटिन। त्यसैले हामी कुनै पनि धर्म मान्छौ भने, त्यो धर्मको मुल मर्म के हो र किन त्यो धर्म अपनाएका छौ र धर्म अनुसार के के गर्नु पर्छ, बेसिक कुरा चाँही था पाउनु पर्छ जस्तो लाग्छ है।

3/7/09

कत्ती दिवस मात्रै मनाउने?


कतिनै ठुलै मेडल जिते जसरी नारी दिवसका शुभकामनाहरु भकाभक ईमेलमा आइ रहेको छ । नारी हुँदैमा दिवस मनाउनु पर्छ र? किन, कसरि मनाउनु पर्ने हो मैले पट्क्कै बुझेको छैन्। अब आफुले गर्दा नारी भएको हो र? बाबु आमाले जन्माए, आफु जन्मियो यस्मा के को हर्ष के हो बिस्मात।

साचै है तपाईहरु रिसाए रिसाउनु, म त यो दिवस मनाउनुको कुनै तुक देख्दिन। नेपालको दुर्गम भन्दा दुर्गम गाउमा म गएको छु। जस्तै सल्यान, जाजरकोट, मुस्ताङ, पर्बत, म्याग्दी, जुम्ला जहाँ पनि घरमा आईमाईकै शासन हुन्छ है । घरको बुढीले भने पछी त्यो फाइनल!! हन् म त बरु कता कता केटा मान्छे पो पिल्सिएको पाउछु। यि नारीहरु पनि अब अल्छि हुन लागे बुढोले पाली हाल्छ नि भनेर धनी बर खोज्ने अनी आफु चाँही केही नगरि दिन भरी टि.भी हेरेर मोज सँग बस्ने दाउ हुन्छन्। तेस्ता लाई के को नारी दिवस नि?? ल्वाप्पा खुवाउन पर्ने!!

खाने मुखलाई जुङ्गाले छेक्दैन भनेको जस्तै घर परिवारको जती नै जिम्मेवारी भए पनि अरु बाहिरी काममा पनि सफल भएको थुप्रै नेपाली आईमाईहरु छन्। लौन सबै नेपाली नारी रणभुमिमा उत्रनु पर्‍यो । हामी पनि सफल नारी मध्य एक बन्न सक्छौ। केही गरेर देखाउन सक्छौ अनी यस्ता उत्सब जती पनि मनाउला।

"Do not wait for leaders; do it alone, person to person." -Mother Teresa

"I'm not afraid of storms, for I'm learning to sail my ship."--Louisa

"I am only one, but still I am one.
I cannot do everything, but still I can do something;
And because I cannot do everything
I will not refuse to do the something that I can do." --Helen Keller