यो काहानी चाँही प्युठान बस्दा को हो। त्यहाँको एउटा स्कुलको टिचर सार्है सन्की, प्रश्न सोध्थ्यो आएन भने पिट्ने अनी बाहिर सबैले देख्ने गरेर चौरमा कुखुरा बनाउथ्यो । त्यो दिनकडा प्रश्न सोध्ने वाला थियो। मलाई अहिले सम्झदा लाग्छ क्लासमा first boy/second boy अलाबा सबै जना सार्है मानसिक तनाबमा हुन्थे। कोही कोही त सेतो दुबो क्लास् बाहिर राख्यो भने पिटाइ खाईदैन भनेर ढुङ्गा मुनीको सेतो दुबो खोज्न जान्थे। त्यो चौरमा कुखुरा बन्नु भन्दा त घरमा आनन्दी मनले खम्बामा बाधीनु धेरै इज्जतको बिषय थियो । मलाई बाधिएको डोरी साह्रै खुकुलो थियो, चाहेको भए, म सजिलै फुत्किन सक्थे तर किनकिन म गर्बका साथ डोरी भित्रै आँफै अल्झिएर बसे। तेसै तेसै हासो फुरेको थियो आफु बचियो भनेर किन कि त्यो मास्टरले पक्कै अडबाङ्गे प्रश्न सोध्थ्यो जुन मेरो सोच बाहिरको बिषय थियो। डोरि भित्रै आफुलाइ अझै कस्दै अहिले सम्म त कती जना कुखुरा भै सके होलान भनेर दङ्ग परेर अड्कल काट्दै थिए।
के ठुलाको मात्रै इज्जत हुन्छ र ? बच्चा बेला पनि आफ्नो कती इज्जतको ख्याल हुन्छ। त्यसरी सबैको अगाडि कुखुरा बन्नु पर्दा त्यो बालक मस्तिकमा कती चोट पुग्छ। आफ्नो सङ्गै हास्ने खेल्ने साथि सङी अगाडि आफ्नो स्वाभिमान र आत्मबिश्वास हराउछ। त्यो कुरा त्यो मास्टरले बुझेको खै?
उसको नमुना बिद्यार्थी first boy थियो। त्यो मोरोलाई जे सोधे पनि आउने अरु सबै कुखुरा बन्न पर्ने । मलाई कहिले काही अजिब लाग्छ मास्टरको मन पर्ने विद्यार्थी किन फर्स्ट boy अथवा फर्स्ट girl नै किन हुन्छन होला? ति मात्रै किन प्रिय हुन्छन होला?
म नेपालको करिब १५ वटा जती स्कुलमा पढे होला। धेरै स्कुल चेन्ज गर्नाले म स्कुले पढाईमा कहिले पनि तेज हुन सकिन, मलाई किताबी ज्ञान फलो गर्न सार्है गार्हो भयो। अहिले पनि कुनै पनि नयाँ कुरा बुझ्न मलाई टाइम लाग्छ भने बच्चा बेलामा त सोधेको कुरा नआउनु स्वाभाबिक हो जस्तो लाग्छ।
तर न आएको कुरा सिक्न हौसला दिनुको साटो कुट्ने मानसिक रुपमा बेज्जत गर्ने हो भने साच्चीनै बच्चाहरु हिन भावनाको सिकार हुन्छन जस्तो लाग्छ र जीवनमा म केही गर्न सक्छु भन्ने आशानै धमिलो हुन्छ जस्तो लाग्छ।
अस्ती म एउटा workshop मा गएको थिए। powerpoint presentation गर्ने पालो John Fitzgerald को थियो। उनी पढाईमा सार्है कम्जोर रे । पढ्न पनि स्कुल मात्रै पढेका सार्है average बिद्यार्थी रे । तर स्कुल पछीको उनको जीवन उनको अर्को प्रतिभाले(sales/marketing/investment) गर्दा उनी जीवनमा सफल भएका रहेछन् । उनको अष्ट्रेलियामा 300 वटा घर रहेछ ।
त्यो त उदाहरण मात्रै हो स्कुलमा नर्मल बिद्यार्थी हुने पछी धेरै राम्रो प्रगती गरेको सुनिन्छ र स्कुलमा सार्है तेज हुने पछी तेही अनुपातमा खासै प्रगती नगरेको नि देखिन्छ ।
त्यसैले मास्टरहरुले पनि त्यो कुरा बुझ्न पर्यो । सबै बिद्यार्थीलाई समान रुपले हेरेर समान रुपमा हौसला दिन पर्यो। जान्ने त जान्ने भई हाल्छ नि नजान्ने लाई पो प्रोत्साहन गर्नु पर्छ नि हो। खै कुरा बुझ्या!!!