5/24/09

नेपाली mate हरु मुख नछाडौ, ट्रैनमा सभ्य भाषा बोलौ

अष्ट्रेलिया आयो भन्दैमा जे पायो तेही जहाँ पायो तेही बोल्न पाईन्छ र? याद राख्नुस् तपाईंको भाषा अरुले नि बुझछन्।

८ बर्ष पछि एक जना दाईले आफ्ना बुढा बुवा आमालाई मेल्बर्न घुमाउन बोलाएका थिए कहिले थानकोट नकाटेका बुवा आमा सिधै hongkong हुँदै Melbourne airport आएका बाबुआमाको खुशीको सिमानै थिएन त्यही माथि आफ्नो तीन बर्षको प्यारो नाती हेर्ने खेलाउने सुम्सुमाउने रहर पनि पुरा भएको थियो।

उनिहरुले ठानेको स्वर्ग यही थियो । आफ्नो छोरोको बलबुताले यो बिरानो देशमा घुम्न पाएकोमा बाबुको शिर ठाडो थियो भने आमाको छाती गर्व ले फुलेर चोली को तुना फुत्किनै थालेको थियो।
३ महिनाका लागि आएका ति दाईका बाबु आमासँग बिताउने टाइम धेरै कम थियो त्यसैले बिदाका बेलामा स-परिवार जोल्टिएर घुम्न जाने प्लान गर्थे।

नेपालीहरु धेरै जसो upfield line, coburg, Brunswick, cragiburn line मा बस्ने गर्छन् । ति दाई पनि एक्दिन coburg, Brunswick हुँदै सिटी तिर घुम्न जान लागेका रैछन। त्यो लाइनमा नेपाली धेरै बस्ने हुनाले ट्रैनमा प्रसस्तै नेपाली भेटिन्छ।

बिरानो मुलुकमा अरु नेपाली नानीहरु देखेर बुढा बाउ, आमा पनि दङ्ग पर्दै रैछन। ट्रैन आफ्नै रफ्तारमा हिड्डै थियो, त्यो दाई लाई समस्या त तब परेछ जब अरु नेपाली भाईहरुले ट्रैनमा बोल्न थालेछन।
बोलीनै पिच्छे सार्है तल्लो स्तरको मुख छाडे पछी पर्नु आपत परेछ। आफ्ना आदर्णीय बुवा आमाका अगाडि यस्तो असभ्य भाषा सुन्न पर्दा लाजले पानी पानी भएछन। भर्खर नेपाली बोली सिक्दै गरेको छाउरोले कहाँ तिनीहरुले बोलेको सुनेर टिपी हाल्ला भनेर हत्तनपत्त म्युजिक सुन्ने बाबु भनेर कानमा i-pod ठोसाइ दिएछन।

साच्चै भन्ने हो भने त्यो दाईलाई आँफैलाई लाज लागेछ र तेती बेला कुरा अन्त अन्त लगेर भुलाउन खोजेछन् तर आफ्ना बाउ आमाले त्यस्तो तल्लो स्तरको बोली सुनेर के सोच्नु भयो होला भनेर बडा चिन्तित भएका रैछन।

ति दाई मात्रै होइन म आँफै पनि ट्रैन चढ्दा नेपाली केटाहरुको बोलाई नसुनेको होइन।
आइतबारको दिन थियो म upfield line Train मा चढेको थिए। एक ग्रुप नेपाली केटाहरु थिए। मेरो मुख झट्टै हेर्दा Chinese/ Korean जस्तो देखिने हुनाले होला मेरो अगाडिनै खुब मुख छाडी छाडी कुरा गरे कसम!! भनेको मैले एस्तो भद्दा र तल्लो स्तरको बोली त सुनेकै रैनछु।

मेरो दिमाखले काम गर्न छोड्यो मलाई लाग्यो। हे भगवान छि! छि! धन्नै म अरु कोही भाईबहिनीको अगाडि रैनछु। एक मन त मलाई एक झापड दिउ कि जस्तो नि लाग्यो तर आफु बडो सम्यमित भएर अर्को स्टेसनमा ओर्लेर अर्को डब्बामा चढे।

आफु नेपालमा बस, माइक्रो चढ्दा driver खलासिले पनि तेस्तो तल्लो स्तरमा गिरेर बोलेको सुनेको थिइन। के मेल्बर्नमा आउने भाइहरुको स्तर त्यो भन्दा तल हो?? हाम्रो नेपालको गर्ब गर्ने धरै कुरा छ। हामी मात्रै होइन, सारा संसार ले वाह! वाह! गर्ने चिज हरु छ । यस्तो आँफैमा गर्व बोकेको देशबाट आएका हामीले बिदेशमा आएर जे पायो तेही बोल्दा नेपालीले त सहलान तर जब नेपाली बुझ्ने बिदेशीले सुन्लान तब हामीलाई कती जङ्गली र अस्भ्य भन्लान।

जती जानाले यो ब्लग पढ्नु भएको छ तपाईं आफ्नो कोठा भित्र ढोका लगाएर जती मुख छाडे नि छाडनुस्, जती गाली गरे नि गर्नुस् तर प्लिज ट्रैनमा चाँही सभ्य भाषा प्रयोग गरी दिनुस्।

15 comments:

Aakar said...

यो समस्या सबैतिर कै हो । अझ, बाहिर त कसैले चिन्दैन भनेजस्तो गरि, यस्ता भाषा को प्रयोगमा बढोत्तरी भएको होला ।

भन्छन्, नि विदेशमा काम गर्दा जे गरे पनि भइहाल्यो कसैले चिन्दैन, त्यही मानसिकता यहाँ पनि देखिन्छ । बाहिर त हो, कसैले वास्ता गर्दैन, जे गरे पनि हुन्छ जस्तो गर्छन् ।

तर धिक्कार छ, तिनीहरुलाई जो सभ्यता देखाउनुपर्ने ठाउँमा झनै असभ्य र जंगली बन्दै गइरहेकाछन् । आशा, गरौँ, फेरी तपाईले सुन्नु हुनेछैन ।

Anonymous said...

ramro lagyo. huna ta bidhesh hunda afno bhasa kasaile bujhdaina bhanera ek kisimko freedom feel huncha. tara euta sima bhitra rahera bolnu parcha

Neeti Aryal Khanal said...

ramro lagyo

Anonymous said...

very true darling. you know once i was shocked in Mac. the white guy in the till said whatzz up MU**? what can i get for you my RA**A mate? though he sounded friendly. then my "tutor" friend poped out behind him who had just started to work there 3 days ago. believe me darling i couldnt stop laughing the whole day. now everybody use it wheneva they come across nepali customers...lol

Diness said...

गति छाडा काममा जहा सुकै गए नि नेपाली ले आफ्नो असली पहिचान छाडदो रहेनछ. टोकियो मा नि देख्न पाइन्छ .यदा कदा यस्ता कुकुरको पुच्छर सैली का नेपाली भाईहरु .

दिनेस

Anonymous said...

ति भाई हरुको कहिले आउला बुद्दी ?

Manyu said...

सार्वजनिक स्थलमा (चियापसल देखि ट्रेन स्टेशन सम्म) काई, साले, कुकुर, भाते, छुसी... ईत्यादी जस्तो playful banterसम्म बोले हुन्छ जस्तो लाग्छ मलाई चाहीँ, as long as its playful banter तर विदेशमा सार्वजनिक स्थलमा hardcore मुख छाड्न हुन्न भनेर सिक्नै पर्छ।

तर जत्ति भने पनि मान्छे नै हो क्यार,hehe, हग्ने भन्दा हेर्नेलाई लाज जस्तो भएछ तपाईँलाई।

बिमल गिरी said...

Malai paniyesto naramra lines haru padhda atinai dukha lagyo. Hamra sathiharuko kaile budhdhi palaula khai.

Anonymous said...

english manche, lebs & cheps... all ppl haru le mukh chadchan....after each word f*up bhanchan..

Unknown said...

Lekh ramro lagyo. Nepali haru ta navanu bisesh kta haru ko yo samsya purbi asia dekhi paschim urop samma yo samasya cha chini misri vanne chij nai guliyo vayara ho ki jasto lagyo. tara jasle jasle je vane pani malae chahi yasto bole aaudaeana lasta je vane pani "ma k vanchu ta yasto bolne lae"

Anonymous said...

Its same here in Brisbane.

shyam said...

archana g First time i read your blog i liked your article about vulger words.I know where goes nepali ketaharu they use such as vulger words perhaps never come "Dimag""

Unknown said...

Dear Aarchana Je.

Iam well here and i hope that you will be well there.Your Positive thinking and positive attituate is appreciate me. how much long you austrila. i listen they are many opportunities. if yes please write a mail. iam preparing abroad study.
My M.A is running here. so email me
bhumrajtiwari@gmail.com
yours

Bhumraj Tiwari
Belkot VDC 7 Amare Nuwakot Nepal

Binod Shrestha said...

Dear Archana Ji, it was nice to read ur article. Our civilization are going down the drain becoz of all such activities. Each n every corner of our country is facing problems. So plez we youths dont let our civilization go down the drain. Its up to us to hold our customs n civilization...

Norgen Norboo said...

very gud approach archana dd///
sayad hami nepali haru ko rog po ho ki...mukh chaadnai parne...thau ma aaye pachi thau ko chalan chalti ma bhijna nasakne....

malai ta kahile kahile k lagchha bhane,,,yo nepali , indian ani aru asians haru lai IElTS ko alaba MANNER test pani linu parchha...IELTS ma chai j bhaye ni,manner test ma chai pass huna garho nai chha hau...kita uniharu lai yaha aayepachi manner classes dinu parchha...so that they can transform themselves from animals to social being...

aru ta sabai ustai nai ho..they dont want to change themselves..sara sansar ma pralaya aaye pani....tehi bhaye ma bela bela samjhanchhu...tyo geet chha ni...JASO GARA J BHANA JATA SUKAI LAIJAU MALAI, YO MANN TA MERO NEPALI HO.. yo geet chai 1974 ad le ramrai lekheka hun...yo rastriye bhawana le otprot ta chadai chha...tesh ko maathi hamro attitude pani jhalkiyeko chha....jaha gayae ni menn ta mero nepali nai re ajhha...thikai chha nepali janwar bhayera basun tiniharu....
sadhubaad

norgen norboo