5/17/09

धर्म शर्म छैन रे, कम्युनिष्ट रे, डार्बिन थ्योरी पो मान्छन रे त

बुढेसकाल लागेछ कि क्या हो आज भोली भगवानलाई खुब सम्झन्छु कहिले काही त लाग्छ आ.. यो सबै positive vibes को लागि हो। कम्से कम भगवानलाई सम्झे पछी मान्छेले नराम्रो कुरा त सोच्दैन, हामी राम्रा राम्रा कुरा सोच्छौ, आफ्ना सपनाका कुरा सुनाउछौ, पुरा गरी दिन सहयोग गर्नुस् भगवान भन्छौ । यस्ले त हामीलाई आशाबादी पो बनाउदो रैछ त्यही आशाको लर्कोमा हाम्रो जीवन बित्छन्।

पहिलो पटक अष्ट्रेलिया आउँदा त झुक्किन्छ नि चाइना पो आए जस्तो लाग्छ। श्याउ श्याउ चाइनीज देखिन्छन् नि। यहाँ आएर मैले पनि अली अली चाइनीज साथी बनाएको छु। फेरी धेरै चाइनीजका जसोको धर्मनै नहुने रैछ धर्म शर्म छैन रे, कम्युनिष्ट रे, डार्बिन थ्योरी पो त मान्छु भन्छन् बा। अब तिनीहरु देवता नमाने पनि तिनका प्रगती देख्यो भने जिल खाइन्छ। तर यिमिङ भन्ने चाइनीज भन्छन् कहिले काही जीवनमा एकदम निराशा आउछ रे कत्ती कुरा अरु सँग बाड्न नमिल्ने हुन्छ रे त्यो बेला मेरो पनि कुनै भगवान भएको भए कम्ती मा उनको सामु दु:ख बिसाउन त पाइन्थ्यो भन्छन्। म सोध्छु जस्तै कस्तो दु:ख भगवानलाई मात्रै भन्न हुने। उनले ठटेउली पाराले भने गर्ल फ्रेन्डले ढोका दि भने।


phillip, me, michael - माइकलको चाइनिज नाम यिमिङ हो तर यहाँ सबैले ईंग्लिश नाम राख्दा रैछन् बोलाउन सजिलो हुन्छ भनेर । चाइनिज नाम सोध्यो भने त बाफरेबाफ कसैकसैको उच्चारण गर्नै गार्हो । फिलिप चाँही डोमेन कम्पनीमा काम गर्छन्

तर उनी साच्चै कुनै धर्म अपनाउने पक्षमा छन। धेरै जसो आजकालका युवा युवतीले Christian धर्म अपनाउछन रे, बिहा चर्चमा गर्न, सेतो गाउन लगाएर लिमोमा चढ्न तर त्यो धर्मको नियम खासै अपनाउदैन रे । त्यसैले यो देखसिकी पनि उनलाई पटक्कै मन परेको रैनछ । कुनै कुनै बुढापाकाको चाइनामा बुद्ध धर्म छ रे त्यो पनि उनलाई खासै मन परेको छैन रे। हिन्दू धर्म चाँही उनका लागि नयाँ रैछ। मैले उनलाई हिन्दू धर्मका बारेमा प्रसस्तै भनेको छु अनी अनगिन्ती लिन्कहरु पनि अनलाइन पढ्न भनेर दिएको छु। हिन्दू धर्म मन पर्‍यो भने उनी लिन्छन रे। बरु हिन्दू धर्म लिन के छ process ह?? त्यो त था मरु नि त :)

9 comments:

Dilip Acharya said...

जिवनको उत्तरार्धमा पुग्दा 'अब के त?' भन्ने प्रश्न आउने तर जबाफ नपाएर भौंतारीएका केहि धनाड्य चिनीयाँ नास्तिकहरुलाई मैले पनि भेटेको थीएँ ।

हुन त हिन्दू धर्ममा छिर्ने कुनै पनि universally acceptable process त छैन, किनकि यो धर्म भन्दा पनि Way of life हो । अझ प्रष्ट गर्दा यो अन्तिम सत्यमा पुग्ने दर्शन वा Philosophy हो, जसलाई बेला बेलामा :
Hinduism, in absolute reality, is not a religion, but mere spirituality

पनि भनिन्छ । तर संसारभरी रहेका आर्य समाज र शंकराचार्य मठले भने गैह्र हिन्दूलाई हिन्दू बनाउने गरेक छन ।

एकदम रमाईलो पोष्ट ।

inashrestha said...

मेरो विचारमा धर्म अपनाउनको लागि कुनै नियम हुँदैन । धर्म भनेको नै आस्था हो, विश्वास हो । कसैले "हरे राम, हरे कृष्ण" भन्दैमा या मन्दिरको घन्टी दिनदिनै बजाउँदैमा हिन्दू होइदैन । सच्चा मनले भगवान, बुद्ध, जिसस या मोहम्मद जे सम्झे पनि हुन्छ । जुन नामले पुकारे पनि यी सबै एकै हुन् । अर्काको कुभलो नगर्नु, नराम्रो नसोच्नु, बिगार गर्ने या खुट्टा तान्ने नसोच्नु साँचो अर्थमा धर्मको पालना हो । अरुको प्रगति, सफलताको रिस गर्ने होइन, बरु कामना गर्नु बेस । दु:ख पर्दा मात्र भगवान सम्झिने होइन, सुखमा भगवानलाई धन्यवाद दिनु पनि हाम्रो कर्तव्य हो ।

NKM said...

hindu dharma le convert gardai hideko ta thaha thiyeni ni!

Anonymous said...

So far as I know, There is no certain process to be a hindu, it is very flexible, it is more than a civilization than religion, you can accept as many god as u want, u can treat tree, animal, snake, earth or planet as god ,if anybody. any thing can be treated as God ,
God is not only good or but all good is also God
if you follow the some of the following philosophy then u can be claim as hindu such as
respect to parents
respects to guest
love to younger and respect to older one, help poor and helpless
never lie at least not for bad purpose
so on so on

Binod

दूर्जेय चेतना said...

एक पटक गीता पढन दिनुस, शायद तपाईंको साथीले आफ्नै कुरा बुझ्ने छन्

Anonymous said...

धर्म नैतिकता र अनुशासनको पाठ सिकाउने राम्रो माध्यम हो | कुनै पनि धर्म सही बाटो देखाउने हुनुको साथै User Friendly पनि हुनुपर्छ | शायद अपनाउने प्रकिया सजिलो भएर पनि होला मलाई पनि हिन्दूवाद मनपर्छ |

तर बुझेर स्वइच्छाले लाग्छन भने बेग्लै कुरा नत्र अनुचित प्रभाब दिएर कसैलाई हिन्दू वा कुनै अन्य धर्ममा परिबर्तन गराउने बनाउने काम चाहीं गलत हो |

HAWA said...

धर्म गर्न पनि कसैले धर्मिक संगठन को सदस्यता दिनु पर्छ र ?
सदस्यता लिएर मात्र गर्न पाइने त धर्म हैन राज्नीतिक संगठन हो...

subash chandra poudel said...

hmmmm.
What I think is religion is just a civilisation. religion is no more than just a way to live a life!
Then Who tells someone is not a follower of religion! And I also think thers no god the one and only god is our work.

Anonymous said...

I like it..