5/9/09

म आफुले सकेको गर्छु

ब्लग , फेसबूक, न्युज साइट सबैले आ-आफ्नै अड्कल काटेका छन् । सबै जना एक अर्का लाई वाक्क लाग्ने गरेर दोषारोपण गरिरहेका छन् । परिवर्तन धेरै जसो राम्रोको लागि हुन्छ। अहिले हाम्रो देशमा भैरहेको परिस्थितीमा अरुलाई ठाडे हात नलगाइ आफ्नो तर्फबाट सकेको गर्नु हो।

दरबार हत्याकाण्डकाताका ईन्टरनेट थिएन, आइटिमा काम गर्ने लाई नभै नहुने चिज थियो । तैपनी काम सुचारु रह्यो, हुने भै सक्यो आफ्नो काम सुचारु राख्नुपर्छ है यदी कुनै काम आफुले गर्न सकिन्छ बाँकी नछोड्ने। तेस्तै जन आन्दोलनताका करिब एक महिना काम सुचारु रुपले गर्न सकिएन । सबैजना अफिस जान नसके पनि घर मै बसेर आ- आफ्नो तरिकाले काम गरियो। मेरा साथीहरु भन्थे अब देश नै नरहे के हामी रहन्छौ? काम न साम गोली मारिदिउ भन्थे तर अह आफु जुन ठाउँमा बसेर आफुले जे गर्न सकिन्छ त्यसलाई त्यसै छोड्न हुँदैन। त्यो सानै रुपमा किन नहोस् भन्थे। आजभोलि मलाई अर्चना जि तपाईं त बिदेशिनु भयो तपाईंलाई नेपालको के मतलब भन्छन्। साच्चै त्यस्तो भन्ने मान्छे लाई सफाइ दिइ राख्न पर्छ जस्तो मलाई लाग्दैन किन कि मलाई था छ् म केही उदेश्यका साथ आएको छु र आफ्नो लक्ष्य पुरा भए पछी फर्कने छु।

एकदिन म धेरै देश बिदेश घुमेका बा सँग च्याट गर्दै थिए । अष्ट्रेलियाको सुख सुबिधाका बारेमा गफ दिदै थिए । कहिले काही मलाई लाग्छ म आफ्ना परिवार सँग सार्है फन्टुस् कुरा गर्छु ; ) यहाँ बत्ती कहिले जान्न, पानी सधैं आउछ । पैसा नि खुब कमाइन्छ, घर किन्न सरकारले पैसा दिन्छ, बुढो भए पछी पेन्सन आउछ आदी इत्यादी । मेरा बा ले के सोच्नु भएछ क्यारे धेरै बेर सम्म रिप्लाई गर्नु भएन यसो हेरे मैले धेरै नै टाइप गरी सकेको रैछु। म एक buzz दिन्छु किन किन म च्याटमा रिप्लाई कुरेर धेरै बस्नै सक्दिन।

धेरै बेरमा केही टाईप गरिरहेको जस्तो लाग्यो। म कुरी रहे । उता बाट जवाफ फर्काउनु भयो, पहिला आफ्नो क्यारिएर बनाउनु पर्छ, असल काम गर्नु पर्छ , ईज्जत कमाउनु पर्छ। पैसा, घर-जग्गा भनेका गौण कुरा हुन ति सबै आँफै हुँदै जान्छन भन्नु भयो। म त लाजले भुतुकै भए साच्चै भन्ने हो भने केही जवाफ फर्काउने आट्नै गर्न सकिन तर मलाई भित्र भित्र गर्व लाग्यो मैले असल संस्कार चाँही पक्कै पाइरहेको छु र म जहाँ छु आफुले सकेको पक्कै गर्ने छु।

10 comments:

Aakar said...

सबैले आफूले सकेको ठाउँबाट गर्ने हो । तपाई को कुरा साह्रै मनपर्‍यो है, मलाई !

Basanta said...

अर्चनाजी, बाबुआमाले बच्चाहरुका लागि गर्नुपर्ने सबैभन्दा ठूलो काम भनेकै यस्तै असल संस्कार दिनु हो। तपाईँको यो टाँसो पढेर साह्रै खुशी लाग्यो।

Prabesh Poudel said...

सबैले आफ्नो ठाउँबाट गर्नुपर्ने काम यस्तै हो । सबैमा यस्तो सचेतना आयो भने देश धेरै उँभो लाग्छ !!!

wordflows said...

sabai le sake ko kaam garne ho.ramro kaam garne ho. ijjat bhaneko ta testai ho. maile interview suneko thiye fm ma may be koili devi ko ho ki thaha bhayen. she said hamro ijjat chha jasto lagdaina geet gauda samma stage ma sabai le taali dinchhan bahira bhetda kasaile nameste samma pani gardainan. and this is true in kamaladi outside my office prem dhoj pradhan singer/ musician hidirako hunchha aafnai dhanga bata na kasaile samman dinchha na kasaile namaste bhanchha aafnai sur ma hidi rakheko hunchha. khoi ta ijjat kaha chha


yaha ramro kaam garne ho tara ijjat ko lagi hoina bachna ko lagi

दूर्जेय चेतना said...

मलाई पनि खुब मन पर्‍यो। छोटो तर धेरै कुरा अरु एक साथ।

Shekhar said...

एकदम सहि

Anonymous said...

हाम्रोमा आफुले नसक्ने कुरामा गफ दिने चलन बढ़ी छ | आफुले सक्ने मात्रै गरिदिए नि कति राम्रो हुन्थ्यो होला...|

Eternal said...

...I totally agree with you...
Really nice reading you...

Anonymous said...

एक्दम ठीक हो दिदी। जे होस् सबै नेपालीले नगरेनी केही नेपालीको सस्कारले गर्दा यो टिक्दै छ।

Nepal said...

आफ्नो अस्तित्व नबिर्सिनू र सदा फेमिलीलाई सम्झनू ।

sorry I posted this message again in another post. :P