11/17/08

बैंकिङ् सेवा होइन सास्ती



दुई दिन भई सक्यो इन्भेस्टमेन्ट बैंकको ebanking login गर्न खोजेको मरिगए भएको होइन। password नै चेन्ज गरेछन्। password लिन अफिस मै जान पर्ने रे अस्ती भर्खर पनि चेन्ज गरेका थिए २ महिनामा समय मिलाएर गएको थिए। अब म नेपाल नगए सम्म बैंक अकाउन्ट चलाऊन नपाउने भए । password सेट गर्ने बेला ईमेल लिन्छन, ईमेलमा किन password पठाउदैन? किन मान्छेहरु लाई दु:ख दिएका होलान? website बाट १० चोटि ईमेल गरे होला मरी गए रिप्लाई गर्दैनन्।
रिप्लाई नै नगर्ने भए देखाउन मात्रै किन ईमेल address राखेका होलान् । Password को कुरा त ठिकै छ सफ्टवेर upgrade गरे होलान, सुबिधा पाइएला, राम्रै हो।

तर त्यो बाहेक नेपाल इन्भेस्टमेन्ट बैंकको दिनहुको सेलरोटी जस्तो घुमेको लाइन मैले बिर्सेंको छैन। लामो लाइन देखेर बैंकमा पैसा झिक्न राख्न नपरे हुन्थ्यो जस्तो हुने। कती चोटि बैंक अफ द इयर अवार्ड पाए भनेर जता ततै टास्छन यसरी जनता लाई घण्टौ कुराउदा अवार्ड पाइने रैछ। हामी जस्ता लाई के थाहा?

एक चोटि म र मेरो बोय्फ्रेन्ड अती जरुरी परेर पैसा निकाल्न गएका थियौ बैंकको लामो लाइनले गर्दा ATM बाट पैसा झिकौ भने मैले। ३-४ वटा ATM डुल्दा पनि मरिगए पैसा निस्किएन। सार्है हैरान भएर पुतलिसडकको ब्रान्च भित्र गएर यो atm कती बेला बन्छ होला भनेर सोध्यौ। Customer service मा बसेकी महिलाले झर्केर मान्छे त कहिलेकाही बिरामी परिन्छ मिसिन त बिग्रिहाल्छ नी खोइ था छैन कती बेला बन्छ बन्छ भनिन्।

Customer service को बोल्ने सोमत देखेर केही बोल्न ठीक नलागेर सरासर माथि गयौ। माथि म्यानेजरको कि कस्को कोठामा पुगेर त मेरा बोय्फ्रेन्ड अङ्रजीमा भुत्भुताउन थाले। त्यस पछी त ति मान्छेले केही नबोली तुरुन्तै सानो स्लिप भराएर पैसा तुरुन्तै ल्याइदिए। service charge तिरी तिरी पैसा राख्नु छ तेही माथि चाहिएको बेला आफुले राखेको पैसा झिक्न नपाउदा कस्तो हुन्छ होला त?
Investment bank मात्रै होइन अधिकाश बैंकमा चेक साट्न, पैसा राख्न लामो लाइन बस्न पर्ने बाध्यता छ।

एकचोटि म standard charted bankमा चेक साट्न गएको थिए लाइन यती लामो थियो कि मेरो पालो करीब १ घण्टामा आयो। लाइन बस्नेहरु पनि एक्छिन थचक्क कुर्ची बस्न जान्थे फेरी लाइनमा बस्न आउथे
नाम मात्रै standard, service चाँही झुर छ भन्दै एकजना त मुर्मुरिदै थिए हुन पनि हो १ घण्टा भनेको चानचुने होइन customer धेरै भए पछी counter पनि बढाउनु नि। लाइन बस्ने ठाउँमा टि.भी राखी दिएको थियो त्यो टि.भी पनि झिर झिर आएर सबैको टाउको खाइरहेको थियो।

न्युरोडको नेपाल बैंकको सम्झना त अझै बिर्सी नसक्नु छ। एक चोटि साथी नारायण र मैले काम गरे बापत नेपाल बैंकको चेक पाएका थियौ। दङ्ग परेर साट्न गयौ। चेक दिएपछी एउटी आन्टीले टोकन दिएको १ घण्टामा पनि पालो आउँदैन त । अहो ! न्युरोड, संकटा पुरै घुमेर टन्न खाजा खाएर फर्कदा पनि पालो आएन। हाम्रा पुर्खाले जानेका रैछन खाल्टो खानेर पैसा राख्थे कम्सेकम यस्तो सास्ती त हुन्थेन भनी सोच्यौ। आखिर ३ घण्टा पछी हातमा पैसा पर्‍यो । चेक पाएको उमङ्ग कुर्दा कुर्दा उडिसकेको थियो। खिन्न मुख लिएर अफिस पनि नगई घर फर्कियौ।

नेपालको बैंकको सास्ती मनमा ताजै थियो अष्ट्रेलिया आए । आफ्ना भए भरका कागज बोकेर खाता खोल्न गए । सोचे अब ३-४ दिन त लागिहाल्छ। commenwealth भन्ने बैंकको ढोकाबाट छिर्न नपाउदै एउटि महिला ले म के सहयोग गर्न सक्छु भन्दै आइन्। मैले बैंकको खाता खोल्न चाहेको कुरा बताए। उनले बडो आदर गरेर सोफामा बसालिन र एक्छिन कुर्न लगाइन करिब एक मिनेट पछी अर्की महिला आएर एकदमै कुर्न परेकोमा माफि मागिन । म त छक्कै परे कुरेको १ मिनेट पनि भएको छैन कस्तो अप्ठेरो लाग्ने गरेर माफि मागेको होला भन्ठाने।

धेरै कुर्नु पर्‍यो कफी खाने भनेर सोधिन मैले घुटुक्क थुक निलेर जाडो जाडो मौसम थियो खान त मन थियो । तर आ!!! कती पैसा ठटाउने हुन भनेर .. म ठीक छु म खादिन भने। तर फेरी पनि उस्ले सोधी its part of our service भनी मैले नो भन्न सकिन उस्ले पनि कती सुगर भनी मैले टु भने एकै छिनमा कफी मेसिन बाट मेरो कफी पनि रेडी भयो । अनी कफी खाँदै खाता खोल्न एउटा रूममा गोप्य रुपमा बस्यौ। १५ मिनेटमा मेरो सारा काम सकियो करिब ५ चोटि उस्ले थ्यांक यू भनी होला। म त अलमल परे कस्ले thank you भन्नु पर्ने हो भनेर।

आफ्नो काम सजिलै भएको देखेर दङ्ग पर्दै बाहिर निस्के। आफु ग्राहक भएर मान सम्मान पाएकोले मक्ख पनि भए। तर म धेरै बेर मख्ख पर्न सकिन। म त नेपाल जानु पर्छ फेरी तेही बैंकको लाइन, कर्कस स्वर सम्झदा फेरी नमज्जा लाग्यो। मलाई लाग्यो कफी त के पानी पनि आश गरेको छैन तर बैन्किङ सेवा साच्चिकै सेवा प्रदायक होस् भन्ने आशा छ।

11/8/08

किताबी मोह - नेपाली किताब पढ्छु भन्न के को लाज?

सोच पढि सकेपछी सुटुक्क मैले बुवाको स्टडी टेबलमा सोच किताब राखिदिए भाषाका ज्ञाता मेरो बुवाले एक पाना पढेर भाषा मिलेको छैन भन्नु भयो त्यस्को करिब २ बर्ष पछी गत हप्ता मैले फोनमा कर्ण शाक्यको अर्को किताब खोज निस्केको छ मलाई जसरी भए पनि पठाइ दिनु है भन्दा उहाले “मैले खोज निस्केको हल्ला त सुनेको हो तर फुर्सद नभएर किन्न जान पाएको छैन” भन्दा मैले सजिलै अड्कल काटे कि सोच किताब उहालाइ मन परेछ र खोज पढ्ने मनस्थिती बनाउनु भएछ।

पत्र पत्रीका हेर्दा अक्सर नेपालीले बिदेशी र अङ्रेजी किताब पढेको र मन परेको कुरा भन्छन नेपाली किताबको नाम लिननै लजाउछन। होइन नेपाली किताब पढ्छु भन्न के को लाज ? मेरो एकजना साथी थिए नेपाली राम्रै बोल्ने, पढ्न पनि सक्ने तर उनी भन्थे नेपाली किताब पढ्नै झ्याउ लाग्छ, पढ्नै सक्दिन भनेर अङ्रेजी राइटरका किताब रोज्न उन्को बढी ध्याउन्न हुन्थ्यो।

लोडसेडिङ् बेला मैन बत्ती बालेर पढ्दै ~ दिनको २-३ घण्टा मैन बत्तिको उज्यालो पढ्दा त बिहान नाकमा कालो जम्ने सि सि गर्दैमा हैरान। एक चोटि त पढ्नमा मस्त थिए पढ्दा पढ्दै त अगाडिको कपाल डढ्यो त्यस पछी गाडीको ब्याट्रि ल्याएर बत्ती बाले एउटा ब्याट्रिले २ वटा सम्म चम्किलो बल्ब बल्दो रैछ।

मैले रोमियो एन्ड जुलिएट लिटरेचर पढ्दा पढे करिब ४-५ चोटि पढे होला तर मुना मदन आफ्नै रहरले किनेर ३ चोटि सम्म पढे मुना मदनमा कती रस छ। वाक्य वाक्य पढ्दा बाण सरी मुटु घोच्ने शब्द छन् कती बेला आँखाबाट धरधरि आशु आइदिन्छ थाहा नै हुँदैन । जसरी Shakespeare को Hamlet, King LearMacbeth पढ्दा मनको भित्री तहलाई छोयो त्यसै गरी लक्ष्मी प्रसादका कृतिले पनि मननै डामिने गरेर छोयो। कुनै कुनै नेपाली कृति त एती राम्रा छन् कि तपाईंले छाती फुलाएर गर्वका साथ नेपाली किताब पढ्छु भने हुन्छ।

२ बर्ष अघी मेरो एकजना राइटर कस्टमर थिइन् । उनले खुब राम्रा राम्रा बुक लेखेकी रैछिन । मैले उनको वेबसाईट बनाइदिएकी थिए अनी उनका सबै e-book अनलाईन बेच्न राखि दिएकी थिए। उनले मेरो काम मनपराइन् र e-book बेचेर पैसा पनि मगन्य कमाइन ।काम गर्दै जादा हामी साथी भयौ र उनलले उपहार स्वरुप थुप्रै थुप्रै e-book हरु मलाई पठाइ दिइन। मलाई लाग्यो अब यसरी इ-बूक कम्प्युटरमा आउन लागे पछी अबको केही बर्षमा किताब बोकेर पढ्ने चलन हराउने छ सबैले कम्प्युटर र मोबाईलमा पढ्ने छन् । जब यहाँ म आए यहाँको मान्छेको किताबी मोह देखेर द्ङ खाए । ट्रैन चढ्दा होस् या बसमा चढ्दा होस् वा बस/ ट्रैन कुरिरहेको अवस्थामा पनि पढ्न ब्यस्त हुन्छन् । कोही कोही त ट्रैनको भिडभाडमा पनि उभीइ उभिइ भए पनि पढ्न छाडदैनन् ।

अझ यहाँ जे के रोलिङ को ह्यारी पोर्टेर अन्तिम निस्केको दिन त सिटिमा मेला लागेको थियो रे सबैले हात हातमा ह्यारी पोर्टेरको किताब र तेस्तै ड्रेस अप गरेर सिटी घुमेका थिए रे। किताबको पात्रलाई पनि आफ्नो परिवार जस्तै माया गर्दा रैछ्न् । यसबाट पनि अड्कल काटे कि किताब पढ्ने रस अझै सय बर्ष सम्म पनि रही रहने छ।

11/3/08

Melbourne Cup~the race that stops a nation

मेल्बर्न लाई festivals र event को सिटी भनिन्छ। यहाँ दिनहु जसो केही न केही भई रहेको हुन्छ । आज यहाँ सार्वजनिक बिदा छ। नेपालमा घोडे जात्रा भने जस्तैयहाँ Horse racing हुने रैछ । यो Horse racing हेर्न बिभिन्न देशका सेलिब्रेटी देखी लिएर बिजनेसम्यानहरु र अरु थुप्रै थुप्रैले चाख लिएर हेर्न आउने रैछन् । यो एक किसिम को जुवा जस्तो पनि हुने रैछ । मनिसहरु घोडामा बाजि पनि राख्ने रैछन्। रेस जित्नेले मोटा रकम र कप पाउने रैछ । रेसको अर्को पक्ष भनेको फेसन हो आजको दिन सिटी नै फेसनमय भएको छ । केटा हरु सार्है फर्मल लुगा लगाएर जाने केटी हरु पनि ठुला ठुला hat अनी राम्रो डिजाइनका लुगा लगाएर race जाने हेर्न जाने रैछन् ।
रेस बाहेक फेसन प्रतियोगिता पनि तेही हुदो रैछ। रेसकोर्सहरुमा बिभिन्न फुलहरुले सजाएका हुने रैछन । ति मध्य पनि गुलाफको फूल बिशेष महत्वका साथ सबैले लगाएर हिंड्ने रैछन आजको रेसको फूलको कोड चाँही पहेलो गुलाफ(yellow rose) थियो ।