10/3/08

Made in china

खासाको माल भन्ना साथ हामि नाक खुम्चाउछौ। हुन पनि ४००० मा रेडियो, टी भि, क्यामरा सबै भएको मोबाईल पाइने, ५ रुपैयामा टर्च लाइटर भएको पाइने तर भर चाँही पर्न नसकिने ४००० को मोबाईल २ बर्ष पनि टिक्न सक्छ २ दिनमै बिग्रन सक्छ। तेस्को ग्यारेन्टी कसैले नलिने। म एकचोटि खासा सिमाना काटेर चाइना सम्म पुगेको थिए। सामान कती राम्रो कती सस्तो जे देखे पनि किन्न मन लाग्ने। ज्याकेट र झोला किनेको थिए। ज्याकेट किनेर लाउन नपाउदै खल्ती भ्वाङ् परी हाल्यो। झोला को पनि फित्ता चुडिएर कामै नलाग्ने भो। पैसा को सत्यास! होइन एस्ता कमसल सामान बनाएर कस्तो नेपालीलाई झुकाउन सकेका होलान भनेर म मनमनै सोच्थे तर यहाँ पनि यत्र तत्र सर्बत्र चाइनिज सामानले भरिएको रैछ नेपाल लैजाने, नेपाल पठाउने केही सामान किनौ भने पनी सबै made in china लेखेको मात्रै हुने। I love australia लेखेको टीसर्ट छ made in china को ट्याग देखेर त्यती टाढा बाट पनि खासा कै माल ल्याइदिछ भनेर खिल्ली उडाउने हुन कि भन्ने पनि मनमा छदैछ।

तर पनि म चाइनालाइ चान्चुने रुपमा हेर्दिन तिनिहरुले जुनरुपमा बिकसित र बिकासन्मुख देशलाई सम्पूर्ण रुपमा आफुमै नपत्याउदो किसिमले भर पारी सकेका छन्। केही दिन अगाडि म टि.भी हेर्दै थिए चाइनिज सामान नभए यहाँका घर रित्तै हुने देखायो। दराज देखी खाट सम्म, कप प्लेट देखी बाथ टब सम्म सबै चाइनिज हुने। अझ यस्पाली भएको बेजिङ ओल्म्पिक गेम हेरेर त अरु देश चकित परेर हेरेको हेर्यै भए। एसियालाईनै प्रतिनिधित्व गरेर ओलम्पिकमा जुन प्रदर्शन गर्‍यो तेस्लाई सबै देशले वाहा वाही गरे। वहा वाहीको ताली सकिन नपाउदै ५० सौ हजार केटाकेटीको ज्यान जाने गरेर दुध बजारमा बेचेको देखेर चाइना आर्थिक रुपमा अगाडि बढ्न निकै हतार गरेर सामान्य गुणस्तर पनि ख्याल नगरेको पाइयो।

ज्याकेट र झोला त अर्को किन्न सकिएला तर यसरी पैसा छिट्टै कमाउने धुनमा सामान्य गुणस्तरमा समेत ध्यान नदिएर मान्छेको ज्याननै जाने गरेर सामान बेच्न थाले भने एक्दिन No Chinese product भन्ने दिन पनि आउन सक्छ।

3 comments:

bishal gurung said...

great research brings you ahead
its be bishal gurung your follower

S Kafle said...

This is a great blog.

I have created a Nepali social bookmarking site like digg.com. Its goreto.co.cc . You can share your blog posts on this and get more traffic to your site.

I would like to invite you to join this site goreto.co.cc and start sharing news now.

Anonymous said...

अर्चना जी लेख त राम्रै लाग्यो आजकल तपाईं पनि अष्ट्रेलिया मा नै हुनु हुदोरहिछ खुशी लाग्यो
तर चाइनिज समान को कुर गर्नुपर्दा चाइना ले सबै किसिम को समान बजार मा ल्याएको छ् र यो हाम्रो
एसिया मा मात्रै नभै बिकासमुलक देश हरुमा पनि आफ्नो समानहरुको बजार व्यबस्थापन गरेको छ्
अनी चाइना ले देश अनुसार को गुणस्तर अनी त्यस्को मुल्य तोकेको छ् !
हाम्रो नेपाल गरीब राष्ट्र छ् त्यसैले सोही अनुसारको गुणस्तर अनी मुल्य तोकेर बजार मा पठाउछ
अब अष्ट्रेलिया धनी राष्ट्र छ् त्यसैले सोही अनुसारको गुणस्तर अनी मुल्य तोकेर बजारमा पठाको छ्
त्यसैले नेपाल मा आयात हुने समान र अष्ट्रेलिया मा आयात् हुने समान को compare गर्नु मिल्दैन
धन्यवाद !