5/27/08

Happy गणतन्त्र

आज बिहानै म बाहिर निस्केको थिए सडक सुनसान थियो। पसलहरु पनि उती सारो खुलेका थिएनन् । सबै जना आज हुने एतिहासिक गणतन्त्रको घोषणा पछी उर्लिन तयारी जस्तो लाग्थ्यो। यो तन्त्र भन्ने चिज पनि बडो गजब हुदो रैछ। समय अनुसार चेन्ज भई रहने जस्तै प्रजातन्त्र, राजतन्त्र, लोकतन्त्र अब गणतन्त्र। अब यो गणतन्त्र पछी जनताको माग के हुने को त्यो त समय ले नै देखाउने छ।

हिजो सभासदहरुको सपथ ग्रहन कार्यक्रम थियो। अरु भन्दा पनि सभासदहरुको ड्रेसअप हेर्न लायकको थियो कुनै सास्कृतिक कार्यक्रम जस्तो लाग्थ्यो। मलाई त सभासदहरु ले आफ्नो मौलिक पोशाक लगाएको देखेर खुशी लाग्यो। तेस्तैमा हिसिला यमी रातो कोट र प्यान्टमा देखिइन् । यदी म सभासद भएको भए कम्तिमा पनि नेपाली ड्रेस लगाएर जान्थे किनकी नेपाल र नेपाली जनता नभएको भए सभासद कहाँ हुन्थ्यो र यस्तो एतिहासिक अवसरमा पक्कै पनि नेपाली पोसाकले आफुलाई लुट्पुटाउथे होला। हुन त लुगाले गणतन्त्रलाई केही असर नपारे पनि पाकिस्तानी नेत्री बेनिजिर भुट्टोले कहिले पनि कोट र प्यान्ट लगाएको देखिएन । उनी आफ्नो देश र रिति रिवाजको इज्जत गर्थिन त्यसैले त उनी तेती ठुलो नेत्री भइन। तेस्तै हिलारी किल्टनले पनि चुनाव अवधी भरी सभ्य लुगामा जोड दि इन् । तेही अनुरुप उनका ड्रेस डिजाईनरले कोट र लामो skirt बनाइदिएका थिए।

लौ यो भेषभुषाको गन्थन लाई थाती राखी सबैलाई आज घोषणा हुने संघिय लोक्तान्त्रिक्र गणतन्त्रको सबैलाई शुभकामना।

7 comments:

Anonymous said...

Archanaji, your webpage looks far more better and attractive. Hats off to you!

Anonymous said...

altho i didnt quite finish reading ur blog coz i cudnt read after few lines.
i see what u mean. things change with time. at one point we adore the one with power next everyone repents . all at once. this is a fickle world we live in and what is the peoples demands next, we clearly dont know.

nice blog.
visit mine
http://ajakokatha.blogspot.com

Anonymous said...

Archana Ji,
You are one of my Inspiration in web designing.

Srijana said...

Hi! Archana,
I agree with you about Hishila Yami. I have noticed the same before when she was taking oath of water resource minister, at that time she was also in the western attire. I think she is suppose to dressed as a Nepali women to represent all us at least during these remarkable and historic events. Her dress up is really amazing.

Sheetal Thapaliya said...

Your blog is looking very nice!! Have u created this template urself or using readymade template? I you r using ready made template could u give is it URL to download???

यदुनाथ ज्ञवाली said...

गणतन्त्र को शुभ-कामना अर्चना लाइ पनि। गणतन्त्रमा सबैको समाबेसी हुन्छ जस्तो हामीसबैको सोच हो। नेता चाहे जो कोही पनिहुन् जन्ताको हकहित बारे कुर्सी पाइसकेपछि भुल्छन् । तसर्थ उनिहरूलाइ सधै हामीहरूले खबरदार गरिरहनु पर्दछ।

Digital Sansar said...

अर्चना जी,
तपाइंको सिर्जनशीलतालाइ प्रशंसा गर्नैपर्छ । ब्लगको लेआउट परिवर्तन गर्नुभएछ, साह्रै राम्रो देखिएको छ । हिजोआज ब्लग लेख्न अली अल्छी गर्नुभएको हो ? कि कामले व्यस्त भएर ? काम भ्याइ नभ्याइ भएको भए हामी पनि सघाउँछौं नि ।