5/25/08

archana update

केही समयको लागि कम्प्युटर, ईन्टरनेट र मोबाईलनै नभएको ठाउँमा पुगेको थिए। मलाई त ति दिनहरु बन्धन मुक्त लागे अरुको लागि अवस्य यो कठिन छ तर मलाई केही दिनका लागि tension मुक्त दिनहरु भए ।


तामाकोशीमा हाइकिङ गर्दै।

आफ्नो सानो यात्रा बाट फर्केर आएपछी आफुलाई मन परेका २ वटा चिज गरे।

ज्योतिश बिज्ञान
केही बर्ष अगाडि मलाई हात हेराउनेमा (Palm Astrology) खुब interest लाग्थ्यो र त्यो दिनहरुमा खुब palm astrology सम्बन्धी कुराहरु Internet मा खोजी खोजी पढे। तेती बेला जस्का पनि हात हेर्ने मन लाग्ने कुनै कुनै त ठ्याक्कै पनि मिल्थ्यो कोही कोही कुरामा चाँही रफ्फु पनि भर्नु पर्थ्यो। पछि पछि बेस्ततासँगै यि कुराहरु सेलाउदैगए। तर धेरै समय पछी मलाई फेरी हात हेराउने होइन ज्योतिश बिज्ञानतिर कौतुहल्ता बढ्दै गयो। यस्पाली मैले समय निकालेर कारिब १० जना बिभिन्न ज्योतिश सँग भेटे । सबै ज्योतिश बिज्ञानका धुरन्धुर ज्ञाता थिए।

सामान्यतय कसैले ज्योतिश बिज्ञानलाई ग्रहको गती सँगै मनुस्यको भाग्य अदल बदल हुने बैज्ञानीक आधार मानेर अत्यन्त विश्वाश गरेको पाईन्छ भने कसै कसैले यो सबै अन्धबिश्वास र रुढिबाढी कुरो भन्दै भाग्य भन्दा कर्ममा बढी जोड दिन्छन।

बिभिन ज्योतिश सँगको मेरो भेटघाट अत्यन्त रमाइलो भयो। आफ्ना भबिस्यमा हुने कतिपय गोप्य कुरा थाहा पाइयो। म गएका अधिकाश ठाउँमा भिडम भिड थिए कोही कोही ठाउमा त ६ महिना अगाडि देखी नाम लेखाउन पर्ने। (सायद नेपालका प्रधानमन्त्री लाई भेट्न पनि यति धेरै कुर्न पर्दैन होला :))

अचम्म लागेको कुरा त के भने धेरै जसो ज्योतिशकोमा त young generation को भिडभाड देखियो। धेरै जसो लाई बिदेश जान कहिले जुरेको छ। विवाह कहिले हुन्छ। पैसा कमाउन सक्छु कि सक्दिन भन्ने टन्टो हुदो रैछ्।

देखाउन आउनेमा नेता देखी अभिनेता सम्म, business man देखी house wife सम्म , जागिरे देखि बेरोजगारे सम्म आउँदा रैछन। मै हु भन्ने मान्छे पनि गुरुलाइ नदेखाइ डेक नचल्ने रैछन्।

अर्को मलाई अचम्म लागेको कुरा के भने नि १००% मा ९०% लाई त दशा लागेको हुने रैछ। राहु, केतु, उल्का, साँढे साती , संकटा त सामान्य दशा रैछ जस्लाई पनि लाग्न सक्ने । यसो सोचे देशलाइनै संकट लागेको बेला जनतालाई त आफ्से आफ लाग्ने भै हाल्यो नि । अनी अर्को कुरा यो दशा लागेको पनि treatment हुने रैछ जस्तै पूजा, पाठ, जप गर्ने र stone का औठी लगाउने। भिन्न भिन्न ज्योतिशले एउटै जन्मकुन्डली हेरेर पनि भिन्न कुरा भनेको देखेर म त दङ् परे। कस्ले भनेको पत्याउने र मान्ने निर्णय गर्नै गार्हो।

अझ अचम्म को कुरा त भन्नै बाँकी छ त्यो के भने नि टुना लगाउने जस्तै कसै को बुढा अर्की केटी सँग लाग्यो भने आफ्नै बुढा लाई टुना मुना लगएर आफ्नो बसमा पार्ने। (aaphnai budha laai aaphani basma paarna parne !!!LOL :O) साथि संगत नराम्रो छ भने, साथिहरु सँग कुरै गर्न मन नलाग्ने बनाउने, रक्सी खानेलाई नखाने बनाउने आदी, इत्यादी ।

ज्योतिशलाई हेराएर हेराउनेको भाग्य तेही अनुसार चम्कन्छ कि चम्कदैन् थाह छैन तर ज्योतिशको भबिस्य चाहि दक्षिणाले अवस्य चम्कने मैले देखे।

Learning driving
सरर गाडि चलाएर हिंड्ने रहर सानै देखीको हो। तेही अनुरुप गाडि सिक्दै छु । स्कुटर चलाऊन आए पनि मलाई जिन्दगी यो २ पाङ्रे चलाएर हिंड्न मन लागेन तर कार चलाएर हिंड्न पनि म तेती सजिलो देख्दिन । काठमाडौंको कच्याक् कुचुक परेको बाटो त्यही माथि धेरै सवारी साधन, भाडाको माइक्रोको हुइकाइ, बाटो हिंड्नेको भिड, पेट्रोलको ब्यापक समस्या । यसो सोच्दा त बरु हिंड्नै बेश जस्तो लाग्ने फेरी यो air pollution ले त आधा उमेर पो घटाउने हो कि अथवा कलिलै उमेरमा श्वास प्रश्वास सम्बन्धी रोग लाग्ने पिरलो पनि छदैछ्।

Bloggers.com.np को प्रगती
करिब १३० ओटा blog link बाट सुरु गरेको nepalese blogger directory अहिले ५४४ ओटा पुगि सकेको छ । यि मध्य करिब ५४ जना महिला ब्लगर छन् र दैनिक् २-५ ओटा नया blogger ले आफ्नो ब्लग submit गर्छन् यस्को मत्लब नेपालि जनमानसमा ब्लगको महत्व बढ्दै छ ।

8 comments:

मदन मणि अधिकारी said...

Hey great Job.......

Anonymous said...

Yes, But think that majority of nepalese live without mobile, internet, telephone and other facilities. Any way nice post.

Anonymous said...

नमस्ते अर्चना जि

ईन्टरनेटको कोजी सगै माइसंसार बाट हजुर को पनि ब्लग फेला परे अनी हजुर को वेब साइट पनि!

साईट मा दिएको नम्बर म फोन गर्न त नखोजेको होइन तर फोन नै ब्यस्त भएपची कसको के लाग्छ र

धेरै भूमिका नबादी कन दुई वटा समस्या भन्न चाहन्छु

समस्या नम्बर १:

म पनि तपाईं लगयत माइसंसारको उमेश दाई को प्रेरणा बाट ब्लग बनाउन सिके जहाँ सम्म लाग्छ यो महिले गल्ती गरिन होला! अनी ब्लग बनाउन आवश्यक ठानेको जिमेल ठेगाना पनि बनाए अनी मलाई पनि जिमेल मा खता खोल्न मन लाग्यो

र गूगल अफ्सेन्स मा गएर खत खोले तर

मेरो त्यो खाता खोलिएको चाइना जस्तो लगेको छ मलाई र फेरी खाता खोल्न गयो तर मएरो

मेरो भाई सकेको छ भन्छ तर मेरो ब्लग मा कुनै गूगल को अद्द्रेश छ नत खाता नै म पनि सामान्य नागरिक को हैसियत ले ब्लगको काम गर्न चाहन्छु अनी त्यस बाट पैसा कमाउन चाहन्छु

त म तपाईंको चेला भएअको नाताले मलाई एच.टि.एम.एल को बारेमा बाटइदिनु हुन्छ भन्ने ठुलो आस राखेको छु

समस्या नम्बर २

म एक १९ बर्ष को किसोर हुँ । म हाल काठमाडौं को साधारण क्याम्पस मा कक्षा ११ को परिक्षा दिएर भसिरहेको छु मलाई ईन्टरनेट बाट अफोनो भविस्य कसरी हेर्ने भन्ने बारे थाहा चाइना कृपया मलाई सहयोग गर्नु हुन्छ भन्ने आसा लिएको छु

यो र यस्ता सम्स्यको बारेमा मलाई जानकारी दिनु हुन्छ होला भन्ने ठुलो आस लिएको छु

माती उल्लेखित वाक्य हरु मा कही कतै गल्त्ती भएमा म माफ गरिदिनु होला

म हजुर को राम्रो ईमेल को प्रतिक्षा मा छु

पवन पोख्रेल

ठमेल काठमाडौं

archana said...

pawan, It may take 1 week to get reply from google adsense and you need to fill up true information and mainly P.O.Box info, when you open the google adsense.

Pawan, if you want to learn Html, I suggest you to learn from good computer institute so that you can get tech. knowlege.

For daily free horoscope, you can suscribe to www.astrocenter.com.

Anonymous said...

ज्योतिशी को बिश्लेशन रमाइलो लाग्यो, शायद दशा लागेको जस्तो भए पछी मात्रा मान्छे हरु ज्योतिशिको मा जान्छन होला । तर ज्योतिशी सँग जे कुरा पनि मिलाउने पूजा पाठ हुन्छ । खै मानु कसरी मानु नमानु कसरी नमानु । तर एकदमै vague कुरा गर्छन्, पछी अर्थौउने बेला मिले जस्ताइ लाग्छ .

उदाहरणको लागि
छोरा पाउन्छु कि छोरी भन्दा: बेटा ना बेटी भनिदियो
छोरा पाए: बेटा.........ना बेटी
छोरी पाए: बेटा ना........ बेटी :)

Basanta said...
This comment has been removed by the author.
Basanta said...

It was interesting to read this post.

For me, astrology is superstition and superstition only. Future is unknown, so life is mysterious. That is the beauty of life.

But it is true that astrology is one of the 'biggest' industries of this world, developed and developed countries alike. Twisting John McCain's words, "There is no superstition that people don't get indulged in."

And I want to thank the bloggers.com.np team for the great work they are doing.

Unknown said...

Hi Archana ji,
Nice post about astrology.Really being a astrologer is a nice job.