1/27/08

पोल्टिक्स, सुजाता र श्रीमती हिलारी

- छोरी चुनाव कहिले हुने भयो?
:: खोइ अहिले सम्म declare गरेका छैनन् ।
मैले बिदेशमा जानुभएको बुवालाई यसरी ईमेल गरी रहदा चैत्र २८ गते चुनाव हुने भनेर घोषणा भएको अत्तो पत्तो पाएनछु । पछी थाहा पाएर हत्त न पत्त बुवालाई email गरे
:: चुनाव चैत्र २८ गते
फेरी ईमेल आयो चुनाव घोषणा पछी केही त्यस्तो घटना त भएको छैन नि?
:: भयो आमसभा भएको थियो त्यसपछि बसमा बम पड्काए ।
गिरिजा लाइ अहिले कस्तो छ?
मलाइ त खुब हासो पनि उठेर आयो जिवनमै पहिलो पटक मैले आफ्नो बाबुसँग राजनैतीक भालाकुसारी ईमेलबाट गरेकी थिए अरु अरु बेला यसरी गर्दैन थिए ।
:: मैले पनि जवाफ दिदै गए- गिरिजा सञ्चै छ । टि.भी मा देखियो अनी मैले पनि मिडिया कै भाषामा भने आज बिहान नास्ता पनि गरे रे।

के गर्ने बुढो गोरु जस्तो काधमा नेपाललाई बोकेर अगाडि जोतिनु परेको छ । केही गर्लान कि भनेर सबैको आशा छ । फेरी ईमेल आयो ल राम्रो सँग केयर गर्नु बाहिर गएको बेला careful हुनु । बिदेशमा बसेकालाई कस्तो त्राश छ है? हामी त यहाँ बेफिक्री हिड्छौ जती बेला जे भए पनि सहन तयार भएर।

उमेश जि को ब्लगमा पढेको थिए हामी नेपाली गैंडा भैइ सकेका छौ कुन अर्थमा भने नेपालमा अब जती नै मान्छे मरे पनि, जती नै बम पड्के पनि जब सम्म आफु र आफ्ना आफन्तलाइ त्यो घटना नपरेसम्म वास्ता गर्न छोडि सकेका छौ। तेसैले त हामी कती सहजै बम पड्केको कुरा ईमेलमा लेख्ने गर्छौ।

अब अर्को कुरा नेपालमा एउटा महिला सुजाता कोइराला बिना बिभागीय मन्त्री हुँदा नेपाली मिडिया/ब्लगहरुमा भत्तेश्राप गरी रहदा अमेरिकामा एउटा महिला हिलारी क्लिन्टन लाई अमेरिकामा फेब्रुअरी ५ को चुनावमा जिताउन नेपालीको चुरी फुरी देखेर त रमाइलो नै लाग्यो। नेपालमा चैत्र २८ गतेको चुनाव को लागि खासै पोस्टर नदेखे पनि अमेरिकामा बस्ने नेपालीहरुले मस्त ईन्टरनेटमा पोस्टर छापेका रैछन।

हिलारीको गुणगान एकछिन ईन्टरनेटमा पढे पछी सुजाता बिरुद्द सबै पत्र पत्रीकामा पढेर मलाई त अजिब लाग्यो कत्ती को त सुजाता लाई मन नपराउने कुनै कारणनै थिएन सायद सबै मिडियाले उनको राम्रो राम्रो कुरा केलाएर लेखिदिएको भए अहो! सुजाता दङग् परेर अब उप्रान्त राम्रो राम्रो काम गरेर देखाइदिन्थिन कि?

कोही कोही ले त के पनि लेखे भने अब सुजाता मन्त्री भईन अब नेपाली चेलीले पनि उनले जस्तै ६० हजारको चस्मा लाउन सक्ने छन, ३४ हजार को पर्स बोक्नेछन र १ लाख ३४ हजार सम्मको hand bag बोक्न सक्नेछन् रे। :) :)

साचिकै उनले यसरी नेपाली महिलाहरुको जीवन स्तर माथि उठाइ दिइन् भने त नाम अनुसारनै सुजाता हुने थिइन्।

मलाई त असम्भब पनि लाग्दैन यदि उनले चहिन भने अरुले उनलाई के के भन्छन था छैन तर मलाई उनी Bold र कुनै कुरा पनि मनमा नराखी frankly भन्दिने र criticism सुन्न तयार रहने निडर खाल्की जस्ती लाग्छ।

हेरौ, सुजाताले नेपालीको लागि केही गरे पनि नगरे पनि हिलारीले जितिन भने अमेरिकामा बस्ने नेपालीको लागि अवश्य गर्लिन दुबैलाई मेरो शुभकामना।

5 comments:

Navin said...

tehi bhanya, yoh sab, lokney manchey ko khel ho.. nanathari ko guff lagayera samachar lekhchan.. ehehehe..

ek choti, aai-mai lai pani ta chanas dinu paro ni, ki kaso, archana ji, hoina ra??

K thaha, bharey Ghaas kaatney didi-bahini ley pani pajero po chadna pauney ho ki?? mahanga mahanga props haru po bidhney hun ki..

regards
Navin

Anonymous said...

hahaaha.........i don't have to say anything

Basanta said...

हिलारीको 'रामधूलाई' हुने छाँट छ चुनाउमा! हाम्री सुजाताको पनि 'रामधूलाई' हुने दिन त आउला नि कुनै दिन!

Anonymous said...

अर्चनाजी,
तपाईका कुराहरुसँग सहमत छु। हिलारीले चुनाव जितोस र विश्वको सर्वशक्तिमान राष्ट्रपतिमा महिला आओस भन्ने मेरो पनि आकँक्षा छ। नेपालको सन्दर्भमा भन्ने हो भने सुजाता कोइराला त्यति बेठीक मान्छे होईनन। पुरुष प्रधान यो सँकूचित समाजले महिलालाई हेप्न र अप्ठेरोमा पार्न अनेकौँ लान्छना लगाँ्््उ्छन। सुजाता कोईराला पनि कुनै हद सम्म यस्तै लान्छनाको शिकार भएको देखिन्छ। सैद्धान्तिक हिसाबले हेर्ने हो भने गिरिजा प्रसादको नातावाद भने ठीक देखिन्न। गिरिजा प्रसादले छोरीलाई प्रमोट गर्न जुन बाटोमा हिँडेका छन, त्यसले अन्तत: सुजातालाई नै घाटामा पारेको छ। जे होस, नातावादीहरुकै भीड रहेको नेपालमा गिरिजालाई मात्र किन गाली गर्ने भन्ने प्रश्न पनि आ्उ्न सक्छ। त्यसैले,मेरो शुभकामनामा सुजाता कोईरालाले गरेर देखाओस भन्ने मात्र छ। यसो हुने हो भने सबैले भोली ्््उ्नलाई नै नेता मान्ने छन।

परिवर्तन

Anonymous said...

Aarchana, Sujata bata Aash garnu bhanda ta Goru (OX) byaula ki bhanera aash garnu thik hunchha. She is damn sorrow of Nepal. Married but Sushri Sujata Koirala (Jost) is again by demanding restore of 2047th constitution.