
यो लकेट को कति हो ?
१७५
मह्गो रैछ है?
उसो भए १३० मा लैजानुस
शायद मलाई त्यो लकेट एकदमनै मन परेर हुत्तिदै आएको बसन्तपुर नाइट मार्केट कि ति साउनीले भेउ पाइछिन क्यारे खुरुक्क आँफै डिस्काउन्ट गरेर दिइन।
सांझको ७ बजिसकेको छ आज गूड् फ्राइडे मनाउने मुड्मा निस्किएको छ ।
झमक्क अध्यारो भई सकेको छ अध्यारो सँङै बसन्तपुरमा भिड बाक्लिदै छ। म पनि कतै हराउछु कि भनेर मायालुको हात मायाले च्याप्प नै समातेको छु।
भोक पनि लागि सकेको छ बसन्तपुरको बाटोमा राखेको ठेलाबाट खानाको पनि निकै मिठो बास्ना आएको छ वाह!! वाह!! कता बाट के सुरु गर्नेनै अलमल्लमा परीयो सबै खाने ठाउँमा भिड नै छ कोही उभिएर खाएका छन कोही बाइकमै बसेर खाएका छन कोही भुइमै बसेर बेफिक्री सँग खाएका छन ।
लौ छोइला र आलु नै खाउ त पिरो पिरो वाह मिठो, बस्ने ठाउँ थिएन उभिएर खाँदै थियौ फिल्ममा खेल्ने दिनेश डि.सि पनि आफ्नो साथी सँग आइपुगे हतार हतार एउटा बर्गर दुई जनाले आधा आधा खाएर अध्यारोमा कता हराए था भएन उफ् कस्तो पिरो अब हाम्रो छोइला र आलु पनि सकि सकेको थियो, त्यसपछि अली माथि गयौ । टिकिया चाटले भब्य स्वागत गरि रहेको थियो! ट्राइ गरौ न त ! हाम्रो चाट २ मिनेटमा तयार हुन्छ । ठिकै रैछ चाट त ।
क्या मोबाईल ख्वाइ भो घुमी घुमी बेपरबाह खान पाइने अब फेरी अर्को ठाउँमा गएर चिकेन लेग तार्न लगाइयो लौ एस्पालि त बस्ने ठाउ पनि भेटियो बसेर खान मात्र के लागेको थियौ एउटा सडक बालक आएर दिदी म पनि खान्छु नि भन्यो । त्यसरी मागेपछी कसरी खान सकिन्थ्यो र? आफुले खान लागेको खुरुक्क उस्को हातमा थमाएर हामी ठमेल तिर लाग्यौ करीब ८ बजी सकेको थियो अब मलाई तातो मस्रूम सुप खानु थियो ठमेलमा निकै चहल पहल थियो वाह! क्या! रमाइलो हाम्रो लागि newroad चाहि Newyork र Thamel चाहि Thailand थियो । बाटो सम्म पसल थियो सबै पसल खुल्ला.. टुरिस्ट पनि बेफिक्र हिडि रहेका थिए ।
मेरो ध्यान सुप मै थियो यसो माथि हेरेको Maya’s Cocktail Bar देखे कहिले पनि अल्कोहल नखाए पनि ककटेलबारमा सुप त अवस्य पाउला नि भन्दै माथि उक्लियौ । उफ् सबैतिर टुरिस्ट बसेका थिए एकदमनै प्याक थियो बस्ने कतै ठाउँ नै थिएन ।

त्यस पछी हामी OR2K तिर लाग्यौ ओहो त्यहा पनि प्याक रैछ पहिला पहिला त तेही ठाउमा कस्तो खाली हुन्थ्यो जता बसे पनि हुने यसो सोचे यस्पाली टुरिस्ट टन्नै आएछन । हुन पनि हो यो साल त
बिगतको ५ बर्षमा सबै भन्दा बढी टुरिस्ट आएका रैछन । visit Nepal ’98 पछी यही साल रैछ होटेल ब्यबसाय गर्नेहरु बेफुर्सदी भएका ।
तेतिकैमा रेस्टुरेन्टको मान्छेले भन्यो म ठाउँ मिलाइदिहाल्छु नि के गर्ने adjust गरेर बस्न पर्छ आज भोली यस्तै प्याक हुन्छ । लौ ठिकै छ राम्रै खेति भै रहेको रैछ भन्ठाने अनी दुई जापनिज सँग टेबल सेयर गर्न पुगियो उनीहरु जापनिज भाषामा खासखुस गर्थे अनी खिस्स हास्थे, हामि पनि जवाफी फिस्स हासिदिन्थौ तेतिकैमा अर्को टेबल खाली भयो र हामी अर्को तिर स-र्यौ र खानेकुरा आराम सँग खाएर हिडयौ धेरै पछी आएको ठमेल देखेर दिपावली आइसकेछ कि भन्ने भान हुन्थ्यो, म्युजिक को धुन सुनिन्थ्यो, झिलिमिली थियो । ठमेल राम्रो होइन राम्री देखिएकी जस्तो लाग्थ्यो ।
९:१५ भई सकेको थियो घर चाडो आउनु भनेर मोबाइलमा बोलावट पनि आइसकेको थियो घर पनि टाइममा पुग्नै थियो अब ठमेललाई बाइ बाइ गर्दै Himalayan java को बाटोबाट घर तिर लाग्यौ । तेतिकैमा रातो सारी, चुरा अनी हरियो पोतेमा चटक्क परेको देखेर तीज त सकियो होइन र? भनेको त सङैका साथी भन्छन हिजडालाई त सकिएको छैन नि । हा हा ……. लामो हासो………….