2/19/12

आदियोगी शिव - योगीहरुका प्रथम गुरु

शिव जि बडा बिन्दास देवता हुन । उनी साच्चै हुन या जे के रोलिन्ङले लेखेको ह्यारी पोर्टर जस्ता पात्र हुन त्यो त शिवजि देख्नेलाई नै था होला तर जे भए नि मलाई चाँही इन्टेरेस्टिङ नै लाग्छ ।

शिवजीका बारेमा केही था नभए पनि हाम्रा युवाहरु माझ बिशेष कारणले पपुलर छन् तर योगिक कल्चर अनुसार पहिलो योगी आदी योगी गुरु हुन । योगा र ध्यान बिषयमा उनको बिशेष महत्व छ।

शिव महापुराण अनुसार जब शिव जि शुन्य ॐ बाट प्रकट भए उनी प्राणी कल्याणको लागि सिधै पृथ्वीतिर हानिए अरु देवता र दानब चाँही स्वर्ग लोक तिर र पातल तिर लागे भने शिव जि कैलाशमै सतीदेबी र केही आउरे बाउरेका साथ मोज गर्दै बसे।

कहिले काही सोच्छु अहिले त माउन्ट कैलाशमा यस्तो जाडो थियो भने त्यो बेला कती जाडो थियो होला त्यही माथि नाङै भुतुङै कती जाडो भो होला तर योगा, ध्यान र बेफिक्री नाच्ने हुनाले उनले जाडो पचाएको हुन सक्छ।

शिवजि मन पर्नुको अर्को कारण पनि छ । त्यो हो पत्नी प्रेम उनी सती देवीलाई असाध्यै प्रेम गर्थे र उनको मृत्‍यु पछी सतीको शरीर बोकेर सारा ब्रमान्ड घुमे अहिले कहाँ त्यस्तो हुन्छ र मर्न नपाउदै who is next ; ) ? पछी सती देबीलेनै अर्को जन्म पार्वतीको रुपमा लिए पछी फेरी पार्वतीलाई विवाह गरे।

शिवको पहिलो योगा शिश्य पार्वती थिइन। उनले बडो माया पुर्वक सुन्दर तरिकाले योग सुत्रहरु सिकाएका थिए र पछी पार्वतीको बिशेष अनुरोधमा सम्पूर्ण मानव हितका लागि भनेर पहिलो योगा क्लास केदारनाथ
नजिकै कान्ती सरोबरमा सप्त ॠषिहरुले लिएका थिए।

तिनै सप्त ॠषिहरुलेनै योग ज्ञान अरु मानब समक्ष पुराए। तेही योगानै अहिले विश्वभर पपुलर छ। अष्ट्रेलियामा पनि टोल टोलमा योगा सेन्टर देखिन्छ तर हाम्रो महादेबलाई केही क्रेडिट छैन । who is mHadeeva भन्छ्न बाबै।

जब महादेब आए उनी सम्पूर्ण प्राणी जगतका लागि आए तर पछी उनलाई हिन्दू धर्मको बिल्ला लगाइदिएर सिमित पारीयो जब कि उनले पत्ता लगाएको योगा ध्यान विश्व भरी अपनाइन्छ।

आज महाशिव रात्री शिवजिको मन पर्ने दिन र पार्वती सँग विवाह भएको दिन। शिवरात्री तत्वानुसन्धानको मार्ग , ज्ञानको प्रारम्भ र बोधको साक्षात्कार को रात हो । हामीमा रहेको शिवत्व जागृत गर्ने रहस्य बुझ्ने र बुझाउने रात को रुपमा पनि लिन सकिन्छ ! अन्धकारमा अर्थात् रातमा अरु चिज वस्तुको अस्तित्वको ज्ञान नभए पनि आफु भने रहेको ज्ञान हुन्छ !अन्धकारमा आफु परेको ज्ञान भए पछी उज्यालो खोज्ने प्रयास हुन्छ !शिवरात्रि ले प्रयासस्वरूप बोध को साक्षात्कार गराउने प्रेरणा समेत दिने गर्छ!

आजको एक दिन भए नि जनावर खुशी सुखी बाँच्न पावोस भनेर यो दिन मासु माछा नखानु भन्छन तर मो.मो , KFC त खुलेकै छन हामी सुखी खुशी भए जनावर को के मतलब? :(

मेरो बिचारमा शिव यदी महान बेक्ती हुन भने सबैको लागि हुन र सबैले मान्न पाउनु पर्छ मेरो भन्नुको अर्थ पशुपतीनाथ हो त्यहाँ हरेक प्राणी जाती पस्न पाउनु पर्छ। हुन त शिव मन्दिर मन्दिर चाहरेर पाइने होइन , आफैभित्र शिव समाधि लिएर बसेको शिवत्व लाई जागृत गरे पुग्छ तर पनि एउटा धर्म को आधारमा रोक टोक कती लाज मर्दो छ म बयान गर्न सक्दिन। जब मानिस जन्मिन्छ उसले कुनै धर्म लिएर जमेको हुँदैन तर उसको परिवार समाजले धर्मको ट्याटु लाइदिन्छन यही आधारमा रोक टोक गर्छौ भने हामी कती सम्म मुर्ख रहेछौ आँफै बिचार गरौ।

एक जना बोधित्व प्राप्त गरेका गुरुले भनेका थिए मन्दिर भनेको पूजा गर्न, भगवानलाई अनेक रङले पोत्न, लद्दु कोचाउन, पैसा चढाउन होइन त्यहाँ गएर ध्यान बस्न आफ्नो दिन भरको काम गर्नु अगाडि बिहान शुद्दमनले आफुलाई मनन गर्नु हो भनेका थिए ।





Om Namoha Shivaya
Om Peace

- some points reference from Dhananjay Shiwakoti

2/18/12

नराम्रो काम गरे सबैले गाली गर्छन्, राम्रो काम गरे सबैले माया गर्छन्

मेरा अष्ट्रेलियन साथीहरुले खासै भ्यालेन्टाइन डे मनाएनन्, it’s a American Culture भन्दा रैछन् तर अरु देशको त कुरै नगरौ , नेपालमा त उधुम नै भै गो। सबै दिवस मनाउनै पर्ने अझ प्रेम दिवस त छोड्ने कुरै भएन ;) तपाईंहरुले मेरो ब्लग पहिलादेखी हेर्नु भएको भए मेरा बितेका प्रेम दिवसको बारेमा अवश्य पढ्नु भो होला। तर यसपालीको प्रेम दिवस मलाई बिशेष प्रकारले मनाउन मन थियो र आफु संगै अरुले पनि सहयोग गर्छन् कि भन्ने आशले नेपाल मेल्बर्न अन्तर्गत भ्यालेन्टाइन बिशेष कार्यक्रम आयोजना गरे र तेही अनुरुप केही नगद जम्मा गरे। हाम्रो भ्यालेन्टाइन डे नेपालमा दिल शोभा श्रेष्ठले खोलेको आमा घरका बुढा बुढी तथा अनाथहरुको सँग wireless valentine day मनाउने बिचार गरियो।

दिल शोभा श्रेष्ठ सुन्दर नारीहरु मध्य सुन्दर ह्र्दय भएकी नारी हुन। जब उनी ३८ बर्ष कि थिइन् उनको श्रीमानले छोरा नपाएको निउमाअत्यन्त निर्मम्ता पूर्वक घरबाट निकाली दिएको र आफ्नै छोरीको बिहागर्न जम्मा पारेको पैसाले उनीको श्रीमानले अर्को बिहा गरे। केही दिनको रुना धुना पछी उनीले यस्तो निर्णय गरिन जस्ले गर्दा आफ्नो छोरा छोरी तथा परिवारबाट निस्कासित बुढा बुढी तथा अनाथहरुको साहारा बनिन ।

दिल शोभालाई कुनै समयमा लाग्थ्यो, मानिसको जिन्दगीमा बुढेशकालको साहरा कि छोराछोरी हुन्छ कि लोग्ने हुन्छ तर उनीको जीवनमा न छोरा थियो न त लोग्ने नै थियो तर उनलाई अन्त्यमा जिन्दगीले पाठ पढाएर छोड्यो कि बुढेशकालको साहारा कुनै नातागोता भन्दा पनि निस्वार्थ सेवाको भावना हो।

तेही निस्वार्थ सेवाले गर्दा मलाई उनी सार्है मन पर्छ। हाम्रो सुन्दर जीवन हासी खुशी रमाउन र अरुलाई सहयोग गर्न पाएका हौ तर कहिले काही मानिस को स्वार्थ ले यसरी आँखा छोपी दिन्छ कि अर्काको छाती माथि लात हान्न पनि पछी पर्दैनौ तर दिल शोभाले बलियो छाती बनाएर लडेरनै आफ्नो बहादुरी प्रस्तुत गरेकी छिन् ।


तिनै दिल शोभालाई भेट्न तथा उनीको घरमा रहेका आमा बुवा तथा अनाथ केटा केटी भेट्ने प्लान 14th
February दिउसो २ बजे थियो।
जानु एक दिन अगाडि हाम्रोतर्फबाट एक जोडी बुज्रुकलाई अगाडि लगाइ हर्लिक्स र बिस्कुट लगिदिने थियो तर दिल सोभाको सल्लाह अनुसार अहिले उनीहरुको आवश्यता भनेको बिहानको हात मुख जोडनु रहेछ । ३२ जना आमाहरु, ५ जना बुवाहरु र ४८ जना अनाथ बच्चाहरुलाई बिहान बेलुकाको खाना धौ धौ परेको कुरा सुने पछी हामी ले हाम्रो सामानमा परिवर्तन गरेका थियौ खाद्य सामान र केही नगद लिएर हाम्रो टोली १२ बजेनै पुग्यो ।

नेपालमा २ बज्दा यहाँ ७ बजी रहेको थिए तर त्यो दिन बिहान देखी नै मलाई एक किसिम को आनन्द अनुभव भैरहेको थियो जुन यहाँ म ब्यक्त गर्न सक्दिन।
त्यहाँ पुगेर सबैजना बुढा बुढीलाई हाम्रो टोलीले भेट्यो र धेरै केटाकेटी स्कुल गएको हुनाले केही केटाकेटी मात्रै
भेटियो र सबै सामान दिल सोभालाई जिम्मा लगाएर फर्कियो र त्यहाँ पुग्दा हाम्रो टोलीले एक किसिमको आनन्दको महसुस गर्‍यो, बुढा बुढीले सहयोग गर्ने सबै लाई धेरै धेरै आशिस रे।

हुन त यि सब कुरा मलाई लेख्न मन थिएन तर तपाईं हरु लाई पनि केही प्रेरणा मिल्छ कि भनेर राखिकी हुँ।

2/16/12

सम्पन्नताको भुत

परिवारलाइ छोरा छोरी बिदेशमा छ भनेर फर्शी जत्रो नाक गर्दै ठिक्क छ,
नेताहरुलाई बिदेशबाट टन्न रेमिट्यान्स आएकै छ भनेर कुर्शी लुछाचुड गर्दै ठीक्क छ,
मान्छेको इज्जत, मान, मर्यादा घरको तला अनुसार मापन हुन्छ,
मान्छेको खुशी, सुख कती जग्गा जमिनको परीधि छ त्यस्मा मापन हुन्छ,
मान्छेको धन बिबाह्, बर्तबन्ध,पार्टीमा कती खर्च गर्‍यो भनेर मापन हुन्छ,
मान्छेको सुन्दरता कती महँगो लुगा लायो र कती गहना लगायो भनेर मापन हुन्छ, त्यस्तो देशका हामी!!


मलाई कहिलेकाही सोचेर अजिब लाग्छ हाम्रो समाज कता तिर गै राखेको छ? किन यती बिग्न हामी देखावटी गर्न लागेम नै था छैन ।

मेरो एक जना अष्ट्रेलियन साथी नेपालको दुर्गम ठाउमा कामको लागि गएकि थि र फर्कने बेलामा काठमाडौंको नेवार परिवारको बिहा देखेर तेरो देशमा मान्छेलाई लन्च/डिनर गर्ने पैसा छैन कोही कोही चाँही १ केजीको सुन लगाएर अलिशान भब्य पार्टी गर्दा रैछन भनी ।

हाम्रो समाजमा राम्रो मान्छे पनि नभएका होइनन् । ति राम्रो ह्र्दय भएका मान्छेलाई कोटी कोटी नमस्कार छ । प्रक्रितीले पनि दिएको नै हो। बिदेशीहरुको नेपाल जाने सपना हुन्छ । सुर्य पनि दिन दिनै उदाएकै छ, चन्द्रमा पनि हरेक पुर्णिमामा झल मल भएकै छ । कसैले आफ्नो रङ फेरेका छैनन् ।
किन यो औधी अचाक्ली सम्पन्नताको भुत चढेको नै मैले बुझेको छैन ।

मेरो पनि नेपाल चाडै फर्कने मनस्थिती भएकोले मेरो आमालाई घर चलाउन कती खर्च लाग्छ आमा भनेर सोध्छु। आमाले मिनिमम २५०००-३५००० रे । मेरो त झन्डै सातो गएको । मेरो आमा भन्नु हुन्छ महङ्गीले आकाश छोएको छ । त सानो हुँदा तेरो बाउको ५००० तलबले छ जनाको परिवार पालेर पनि मैले अली अली जम्मा गर्ने सक्थे अहिले त २०,००० पनि केही न केही भन्नु हुन्छ।

यस्तो चरम महङ्गीमा पनि ॠण काटेर भए नि देखावटी गर्न छोड्दैनौ । संसारलाई था’ कि हामी विश्वकै गरीब देश मध्य ३२ औ स्थानमा पर्छौ यस्तो अवस्थामा नचाहिने ढाचा बनको भालुले मखमली जुत्ता लाए जस्तै हो।