क्यानाडा भ्यान्कोभरमा हकी म्याच भयो । खेलमा हार र जितकोकुरालाई लिएर ठुलो हुलदङ्गा भयो। खेलका पक्ष बिपक्ष बिच ठुलो तनाब भएर सडकमा टोड फोड भए अस्रु ग्यासनै छोड्नु पर्यो र हुललाई तहलाउन पुलिसले कत्तीलाई लछार पछार समेत गर्नु पर्यो । भोली पल्ट सबै पत्रिकामा हुलदङ्गाका ठुला ठुला न्युज छापिए तर यो हुलदङ्गालाईनै मात गर्ने गरेर एउटा फोटो पत्रिकामा छपियो जुन ईन्टरनेट र सोसल मिडियामा भाईरलको रुपमा गएर तहल्कानै मच्चायो।

त्यो फोटो थियो त्यस्तो तनाब बिच पनि एक जोडी बिच सडकमा बेफिक्री सुतेर किस गर्नु। त्यो फोटो देखेर मान्छेले आफ्नै आफ्नै अड्कल काटे, कसैले हिट हुन यस्तो गरेको भने कसैले यो साचो हुन सक्दैन भने तर खास कुरा के हो त्यो त फोटोमा भएको जोडीले नै भन्न सक्थे। भोली पल्ट यसरी जताततै पत्रिका, ईन्टरनेटमा आफ्नो फोटो देखेर ति जोडी एकदम चकित परेछन् र त्यो फोटो यती हिट भयो कि उनीहरुले मिडियामा आएर के भएको थियो भन्नै पर्ने भयो।
केटा अष्ट्रेलियाका Scott Jones थिए भने केटी क्यानाडाकि Alex Thomas थिइन्। उनीहरुको प्रेम भएको केही महिना भएको रहेछ र उनीहरु पनि गेम हेर्न गएका रहेछन् । फर्कदा बाटोमा हुलदङ्गा भए पछी केटी बाटो मै लडिछन र केटाले साहनुभुति दिन मायाले किस गरेका रहेछन । त्यो केबल १-२ सेकेन्डको मोमेन्ट रहेछ तर क्यामरा म्यानले(Rich Lam) झ्याप्पै कैद गरेछन्।

Scott Jones र Alex Thomas टि.भीमा इन्टरभिउ दिदै अर्को फोटोमा केटी लडेको
जुन कैद गरेको फोटोले त्यहाँ भएको ठुलो तनाबको समाचारलाईनै ओझेल पारी दियो। यो फोटो देखेर धेरैले माया गर्नु पर्छ झगडा होइन, मायाको माझ झगडा फिक्का छ भने । केटा अष्ट्रेलियन हो भन्ने था' पाएर अष्ट्रेलियाले नि ठुला ठुला अक्षरमा अष्ट्रेलियन मायालु हुन्छन भनेर छाप्यो।
त्यो फोटोले गर्दा ति जोडी यती हिट भए कि बिस्वभरका पत्रकारको फोनको ओइरो लागेको छ रे , फेसबुकमा पनि चिन्नु न जान्नु मान्छेहरुले साथीको लागि अनुरोध पठाएका पठाइ छन् रे।