यि कुरा गर्दा मन प्रसन्न हुन्छ। प्रसन्नको कुरा गर्दा आज मेरो मन त्यस्को उल्टो छ। बिहान देखी आमाको खुब याद आइ राछ । फोन गर्दा तपाईंले प्रयास गर्नु भएको मोबाईलमा आगमन कल निषेध गरिएको छ भन्छ बा!!! ल्यान्ड लाइनमा फोन गर्दा किन यसो भनेको होला भनेर बिहान देखि मलाई तिरिमिरी झ्याइ भई रहेको छ।
हिजो पनि खाना बनाउन अल्छि लाग्यो , नुडल्स भुलुक्क उमालेर खाइयो। आमा भएको भए कस्तो कर गरी गरी खुवाउनु हुन्थ्यो जस्तो नि लाग्यो। आज पनि यहाँको घडीमा १२ बजी सक्यो पेटले आ' गरी सक्यो तर जागर चलेको छैन।
खानाकै कुरा गर्दा यहाँ घरको काम अथवा खाना बनाएर कोही पनि आईमाई घरमा बस्दैनन। बिहान अफिस जादा पुरुष र महिला बराबर देखिन्छ। त्यो हिसाबले यहाँ सबै जना काम गर्छन् । घरको काम मिली जुली सबैले गर्छन्।
मिली जुली कामको कुरा गर्दा नेपालमा किन घरको काममा आईमाईलाई मात्रै जोताएका होलान नि । एउटा तन्नेरी छोराले आमाले बनाएको खाना मिठो मानी मानी खान्छ तर उस्ले खाइसके पछी खाएको थाल नउठाएर फोहोरी तालले जहाँ खाएको तेही छोडेर हिड्छ। खाना बनाएर पनि दिनु छ जुठा भाडा नि माझ्नु छ। हे प्रभु!! तिमीले एउटा खाएको थाल माझ्दैमा तिमी सानो त हुँदैनौ अथवा तिम्रो हात त खिइदैन होला अथवा तिम्रो मान पदबी त गुम्दैन होला। बरु आमा, दिदी बहिनी वा घरका अरु आईमाई सदस्यलाई कती सजिलो होला। कती माया गर्लान।
त्यती मात्रै होइन, हामी नेपालमा पाहुना भएर कसैकोमा बस्न जान्छौ, धेरै जसो पाहुनाको सत्कार बडो राम्रो सँग गरिन्छ । मिठो मिठो खुवाइन्छ तर त्यो खाएर घिन लाग्दो तरिकाले फोस्रो आडम्बर पालना गरेर जहाँ खायो तेही थाल छोडेर हिंड्ने मान्छे देखेर चाँही मलाई वाक्स आउछ।
अहो!! भाषन लामै भयो तपाईंले अझै सम्म पढि रहनु भएको भए, म भन्न चाहन्छु कि यो मैले आफ्नो पिता बाट सिकेको कुरा हो आज फुर्सद हुनाले मेरो दिमाखमा टिङ्ग बज्यो र अहो यो त राम्रो कुरा हो भनेर लेखनमा आयो। खासमा कुरो के भने मेरो घरमा काम गर्ने मान्छे कोही राखेको छैन, काम गर्ने राख्ने कुरामा मेरो आमाले कहिले पनि सहमति जनाउनु भएन आफ्नो स्वार्थ पुर्तीको लागि अरु लाई कजाउने, आफ्नो सुखको लागि अरु लाई दु:ख दिने काम महा पाप भन्नु हुन्थ्यो। उहाको कुरा धार्मिक भावले ओतप्रोत भएको हुन्थ्यो तर अन्तमा लजिक लगाएर कछुवा बुद्धीले सोच्दा बडो ठीक लाग्थ्यो। सोही अनुरुप घरमा आफुले खाएको भाडा आँफै माझ्ने, आफ्नो लुगा आँफै धुने र आफ्नो रुम आँफै सफा गर्ने नियम छ।
एकचोटि नेपालमै छदा भर्खर बिहा भएको नयाँ ज्वाँई साहेबलाई हाम्रो घरमा खाना खान बोलाएको थियो । यो अब ज्वाँईलाई किन साहेब भन्छन, त्यो आँफै पत्ता लगाउनु होला अथवा ज्वाँईभई सक्नु भएकोले प्रस्टाउनु होला। हाम्रो घरमा पाहुना बोलाँउदा सबै जना मिली जुली बिशेष तरिकाले पकाइन्छ र सोही अनुरुप सब पकवान रेडी भयो। खाना खादा खेरिको बिशेष हेर बिचारको इन्चार्ज म थिए।
खान पान सकियो मेरो बुवाको त खाए पछी थाल माझ्ने बानी। बुवा थाल उठाएर माझ्न लाग्नु । बिचरा ज्वाँईलाई पर्नु फसाद पर्यो , नयाँ ज्वाँई म तिर पुलुक्क हेरेर केही भन्छ कि वा थाल तेही राख्नु भन्छ कि जस्तो लाग्यो होला तर म परे सैतान। म किन तेसो भन्थे तेतिकै मा बुवाले हेर्नुस् ज्वाँई यो थाललाई यसरी माझ्नु पर्छ भनेर घुमाइ घुमाइ माझेर देखाउनु भयो ति ज्वाँईले के सोचेछन कुन्नी उनी पनि माझ्न कस्सिए र खुब राम्रो सँग थाल माझे।
मैले सोचे मलाई कती सरापेका होलान, अब फर्केर नआउलान् भनेर हासो उठी रहेको थियो। त्यो दिन तेतिकै बित्यो त्यस्को केही हप्ता पछी बहिनीले फोन गरी दिदी अस्तिन उहा जाउलाखेल गएर आएदेखी त आफुले खाएको थाल आँफै माझ्नु हुन्छ र अरु लाई नि माझ भन्नु हुन्छ भनी। अहिले त हामीलाई खुब सुख भएको छ भनी। मलाई खुब हासो पनि उठ्यो तर ज्वाँई बुझ्झकि रहेछन भनेर मननै आनन्दित भयो।
हुन त यि साना कुरा हुन तर यस्ले जिबनमा पारिवारिक जिबनमा ठुलो प्रभाब पार्छ। परिवारमा एक अर्का प्रती बोझ होइन सपोर्ट हुन पर्छ जस्तो लाग्छ। बोझ दिने, टेन्सन दिने त बाहिरी कुरा काफी छन।
untill next time
love you mom..
love you all…
Jahimah: how do I go to paradise?
The prophet: is your mother alive?
Jahimah: yes
The prophet said: Hold fast onto her as paradise lies near her foot - islam saying.