:: खोइ अहिले सम्म declare गरेका छैनन् ।
मैले बिदेशमा जानुभएको बुवालाई यसरी ईमेल गरी रहदा चैत्र २८ गते चुनाव हुने भनेर घोषणा भएको अत्तो पत्तो पाएनछु । पछी थाहा पाएर हत्त न पत्त बुवालाई email गरे
:: चुनाव चैत्र २८ गते
फेरी ईमेल आयो चुनाव घोषणा पछी केही त्यस्तो घटना त भएको छैन नि?
:: भयो आमसभा भएको थियो त्यसपछि बसमा बम पड्काए ।
गिरिजा लाइ अहिले कस्तो छ?
मलाइ त खुब हासो पनि उठेर आयो जिवनमै पहिलो पटक मैले आफ्नो बाबुसँग राजनैतीक भालाकुसारी ईमेलबाट गरेकी थिए अरु अरु बेला यसरी गर्दैन थिए ।
:: मैले पनि जवाफ दिदै गए- गिरिजा सञ्चै छ । टि.भी मा देखियो अनी मैले पनि मिडिया कै भाषामा भने आज बिहान नास्ता पनि गरे रे।
के गर्ने बुढो गोरु जस्तो काधमा नेपाललाई बोकेर अगाडि जोतिनु परेको छ । केही गर्लान कि भनेर सबैको आशा छ । फेरी ईमेल आयो ल राम्रो सँग केयर गर्नु बाहिर गएको बेला careful हुनु । बिदेशमा बसेकालाई कस्तो त्राश छ है? हामी त यहाँ बेफिक्री हिड्छौ जती बेला जे भए पनि सहन तयार भएर।
उमेश जि को ब्लगमा पढेको थिए हामी नेपाली गैंडा भैइ सकेका छौ कुन अर्थमा भने नेपालमा अब जती नै मान्छे मरे पनि, जती नै बम पड्के पनि जब सम्म आफु र आफ्ना आफन्तलाइ त्यो घटना नपरेसम्म वास्ता गर्न छोडि सकेका छौ। तेसैले त हामी कती सहजै बम पड्केको कुरा ईमेलमा लेख्ने गर्छौ।

हिलारीको गुणगान एकछिन ईन्टरनेटमा पढे पछी सुजाता बिरुद्द सबै पत्र पत्रीकामा पढेर मलाई त अजिब लाग्यो कत्ती को त सुजाता लाई मन नपराउने कुनै कारणनै थिएन सायद सबै मिडियाले उनको राम्रो राम्रो कुरा केलाएर लेखिदिएको भए अहो! सुजाता दङग् परेर अब उप्रान्त राम्रो राम्रो काम गरेर देखाइदिन्थिन कि?

साचिकै उनले यसरी नेपाली महिलाहरुको जीवन स्तर माथि उठाइ दिइन् भने त नाम अनुसारनै सुजाता हुने थिइन्।
मलाई त असम्भब पनि लाग्दैन यदि उनले चहिन भने अरुले उनलाई के के भन्छन था छैन तर मलाई उनी Bold र कुनै कुरा पनि मनमा नराखी frankly भन्दिने र criticism सुन्न तयार रहने निडर खाल्की जस्ती लाग्छ।
हेरौ, सुजाताले नेपालीको लागि केही गरे पनि नगरे पनि हिलारीले जितिन भने अमेरिकामा बस्ने नेपालीको लागि अवश्य गर्लिन दुबैलाई मेरो शुभकामना।