भनिन्छ कसैको जिबनमा प्रभाब सानै कुराले पनि पार्न् सक्छ तेस्तै मेरो जिबनमा पनि हरेक सानो कुरा बडो महत्वपुर्ण छन्। मलाइ एउटा बाल गीत एकदम मन पर्छ कसरि मेरो कम्प्युटर आयो पनि थाहा छैन तर मलाइ त यो गीतले सार्है घत पार्यो त्यो गीत को केहि हरफ म राख्छु है ।
इलमिको गोठमा दुहुना गाई
अल्छिको आखामा निन्द्रा र हाइ
इलमिको बारीमा अगुरका झुप्पा
अल्छिलाई ख्वाउछन लोप्पा
इलमिको घरमा धान र मकै
अल्छिको छोरा छोरी भोकै
परिश्रमीको कुरा गर्दा गर्दै भजन गाउने सँग पो यो शनिबार भेट्न गैयो त्यो पनि लगभग १०० बर्ष कि बुढी आमा लाई भेट्न गएको मलाई त यो बुढा बुढी को एक्दम माया लाग्छ आफु पनि भबिस्यमा बुढी हुनु पर्ने भएको ले होला।
हामी ११ जना जती भक्तपुरको कमलबिनायकको खोचमा आमा लाई भेट्न हुरियौ उनको कुटी सुनसान ठाउँ मा थियो। त्यहा जादा एकछिन भए पनि मन आनन्द भयो।
आमा त बडो साहसिलो र फुर्तिली रैछिन। आमाको कुटि नजिक त मान्छे जलाउने घाट रैछ करिब ५ मिटर को दुरिमा। त्यहा त मसान पनि आउछ भन्न थाले। एकजना साथिले त राति तेहि कुटि मा बस्दा देखेको रे। सेतो करिब ६ फीट को थियो रे अबुइनि एक्छिन को लागि सबै डराए तर पनि मैले आट गरेर भने म त बिस्वास गर्दिन मसानमा, नदेखे सम्म बिस्वास गर्ने कुरा पनि आएन। अब मसान हेर्न र बिस्वास गर्न त्यो रात तेहि घाटमा बस्नु पर्ने भो तर त्यो दिन मलाइ तेति धेरै आट पनि आएन। साएद कुनै दिन त्यहा बसे भने अनी मसान देखे भने ब्लगमा अवस्य बेलिबिस्तार लगाउला।ति आमाले घरबार छोडेर बसेको पनि ५०-६० बर्ष भै सकेछ। उनले बिभिन्न ठाउमा तपस्या गरेर नाथ
भन्ने उपाधि पनि पाइ सकेकि रैछिन् सम्भव त उनि नेपालम पहिलो महिला होला यो उपाधि पाउने। अहिलेसम्म गोरख्नाथ र आदिनाथ मात्रै सुनिएको थियो wikipedia हेर्दा त यसको अर्थ गहिरो रैछ।फेरी अर्को कुरा उनले ले चाहयो भने बाघ पनि उतिनै खेर कुटी वरपर आउछ रे। यो कुराले त म एकदमै एक्साइटेड भए मलाई त बाघ मन पर्ने र ल बोलाउन लागाइ हालम भनेर भने तर यो कुराले त साथी हरुको सातो पुत्लो गयो कहाँ बाघ बोलाउने हुँदैन भनेर डराए। अब साथीहरु को मनको कुरा पनि बुझ्नै पर्यो। गफ सुन्दा सुन्दै दिन पनि बितेको पत्तै भएन छ १०० बर्ष कि बुढी आमाले पकाएको मिठो चिया र रोटी खाएर आशिर्बाद लिएर फेरी भेट्न आउने बाचाका साथ काठमाडौं तिर फर्कियौ।
आदेश !!!






