4/13/08

नयाँ नेपालको लागि नयाँ प्रतिनिधि

चुनावको नतिजा धमाधम आइ रहेको छ। मावोबादीहरुले भकाभक जिती रहेका छन। जनता/ नेताहरु मावोबादीका धेरै ठाउँको जितले चित खाइरहेका छन्। झन् काग्रेस र एमालेका नेताहरु त सपना हो कि भनेर चिमोट्दा हुन्। कहिलै नाम नसुनेका झक्कु प्रशाद सुबेदीले काठमाडौं क्षेत्र नं २ बाट जित्दा त बिचरा एमालेका महासचिब माकुनेको होसै उडेर राजिनामा सम्म दिए।
राजनीतिको प्रत्यक्ष असर देशलाई परेको हुनाले होला, बच्चा देखि बुढा सम्मलाई अब के हुने होला भनेर चासोको बिषय भएको छ । झन् अहिले नेपालका ५-६ वटा टि.भी च्यानल हुनाले पनि छिन् छिन् को अपडेट फनफनि रिमोट घुमाएर हेर्न कम्ता गजप भएको छैन। नयाँबर्षको आगमन सँगै नसोचेको नतिजाले सबैलाई रोमान्चित पारेको छ कत्तिले त ठीक्क पर्‍यो अब जनताले सबैलाई ठीक पार्छन “मौका आउछ पर्खदैन, बगेको खोला फर्कदैन" भने जस्तै सबै दल लाई एक एक मौका दिईसके अब मावोलाई हेर्ने पालो भनेका छन् अब यिनले पनि गतिलो काम गरेनन् भने फेरी यिनलाई पनि जनताले घोक्राउने छन् र नयाँ नेता एंवम रुपले चुन्ने छन् ।

नयाँ बर्षमा नयाँ नेपाल बनाउनको लागि छानिएका नयाँ प्रतिनिधि र नयाँ उमङ्ग लिएर बसेका सबैलाई मेरो शुभकामना!!

4/10/08

election update

विश्व लाई नै चकित पार्ने गरेर एतिहासिक चुनाव सम्पन्न भयो। जिम्मी कार्टर लगायत सारा विश्वले नेपालको शान्ती पूर्वक सन्चालन भएको चुनाव हेरेको हेर्यै भए।

चुनावको अघिल्लो दिन सम्म पनि के के न होला भनेर सबैमा त्रास थियो तर नेपालमै पहिलो पटक भएको सम्बिधान सभाको चुनावमा सहभागी हुन उत्साह पनि कम त थिएन। मेरो क्षेत्र न. ३ पर्दछ त्यहाँ करीब ६:३० बजे देखी लाइनमा मानिसहरु बसेका थिए । बिहान पख एकदम भिड थियो सबै जना समयमै भोट दिएर ढुक्क भएर बस्न चाहन्थे।
म करिब ११ बजे तिर भोट हाल्न जादा लाइन लामै थियो। पुरुष को भन्दा महिला को लाइन लामो थियो। के बुढा के युवा के जवान सबैको अनुहारमा एक किसिम को उत्साह देखिन्थ्यो । टाइफाइड् भएर बिरामी परेका पनि आफ्नो अमुल्य भोट खसाल्न आएका थिए ।


गर्मीले गर्दा सबै जना छाता ओढेर बसेका थिए र बेला बेलामा त्यहाँका volunteer ले पानी पनि सप्लाई गरी रहेका थिए। रातो घेरा भित्र म। करिब १ घन्टामा मेरो पालो आयो। लाइनमा बस्दा आइमाइहरु गफिदा समय बितेको पत्तै भएन।

यि ७० बर्षका बुढाले त एक घण्टा त्यस्तो प्रचन्ड गर्मीमा लाइनमा बसेर भोट हाले ।

केटा केटी हरु पनि आफ्नो आमाहरुको पछी लागेर रमाइलो हेर्न आएका थिए। बुढा बुढीहरुलाई बिशेष रुचीका साथ आएका थिए कसलाइ बोकेर ल्याइएको थियो कसैलाइ हात समातेर ल्याइएको थियो। उनी हरु भन्दै थिए आफु मर्ने बेलामा भबिस्यका सन्ततिलाई उज्जल नेपाल छोडेर जान चाहेको इच्छा राखे ।

3/28/08

भोट हाल्ने भाग्य

नेपालमा चुनाबी चहलपहलको रमिता सुरु भई सकेको छ। नेताहरु बाजा गाजा सहीत घर दैलोमा आएको रमाइलो पनि हेर्न लायकको छ। मेरो पनि जिबनमा पहिलो पल्ट भोट हाल्ने भाग्य उदाएको छ । भोटर लिस्टमा नाम पनि लेखाएर ठीक्क छ तर आफुलाई राजनीति र राजीतिक दलहरुका सिदान्त, निती नियम त्यति थाह नहुनाले कुनमा भोट हाल्ने भन्ने दुबिदा पनि रह्यो । कोही साथीहरुले रुखमा हाल्न पर्छ भने, कसैले झ्याम्म सुर्यमै है भने, कसैले यस्पाली भोट रेडियोलाई भने कोही साथीले उनका बुवा हलोमा उठेकोले हलोमै हाल्न भनेका छन् । मैले पनि हुन्न कसैलाई भनेकी छैन, सबैलाई हुन्छ नै भनेकी छु। :)

एकदिन यस्ता कुराले भएनन आँफै decide गर्नु पर्‍यो भनेर मुख्य मुख्य पार्टी घोषणा पत्र मज्जाले पढे। आमै नि!! घोषणापत्र त एक्से एक राम्रा थिए लाग्छ कि चुनावमा जिते पछी नेपाल त स्वर्ग हुन्छ। कुनै कुनै पार्टिका घोषणा पत्र हेरेर त म लाजले पानी पानी भए हन त्यो लेखेका कुरा साच्ची पुरा गर्लान त?

मेरा एक बिदेशी मित्रले भनेका थिए नेपालमा धेरै राजनीतिक चेतना छ जुन नेपालीले पनि राजनीतिका बारेमा बोलेको देखेर गम खाएका रैछन तर आफु चाँही कुनमा भोट हाल्ने कुरा finalize गर्दै थिए । मलाई लाग्यो मेरो एउटा भोट राम्रो मान्छे /राम्रो दल लाई जावोस्। त्यसैले मैले त सोची सके, के मा र कस्लाइ भोट हाल्ने भनेर। के तपाइले पनि सोचिसक्नु भयो?

I like to see a man proud of the place in which he lives.
I like to see a man live
so that his place will be proud of him. ~Abraham Lincoln
-------------------------------------------------------------------
I have no country to fight for;
my country is the earth,
and I am a citizen of the world. ~Eugene V. Debs

3/20/08

जोनको प्रेरणा

Fortune favors the creator

माइक्रोसफ्ट देखी बाहुनडाडासम्म(Leaving Microsoft to Change the World) भन्ने किताब पढ्दै थिए । किताबका हरेक शब्दले मलाई तरङ्गीत् गरी रहेको थियो । मैले केबल १५ पेज मात्र पढेको हुला John Wood को प्रेरणाले म छताछुल्ल भैसकेको थिए
उनको नेपाल प्रती निस्वार्थ रुपले केही गरु भन्ने भावना अनी जोश देखेर म चकित
परिरहेको थिए ।

रातिको समय थियो बत्ती थिएन अध्यारोमा सिरकमा गुट्मुटिएको थिए सोचे आफ्नो कार्य बेस्तताले अरुको लागि गर्न सक्ने काम कुरो पनि भुलिदो रैछ। तेतिनै बेला हेलन केलर को भनाइ याद आयो
“ I cannot do everything but still I can do something,
and because I cannot do everything
I will not refuse to do something that I can do. "


हेलेन मलाई मन पर्छ । उनको यो कुरा सम्झेर त झन मलाई औडाहा बनायो । मलाई त्यो रात काट्न बडा मुस्किल पर्‍यो । थाहा थिएन किन यस्तो भै रहेको थियो । आफुले के गर्न सकुला भनेर
सोचमा मग्न भए। सात समुन्द्रपारिका जोन आफ्नो देश, माइक्रोसफ्ट जस्तो कम्पनी जस्ले मासिक तलब मात्र $५०,००० दिन सक्थ्यो, छोडेर नेपालका केटाकेटिलाई पढाउन आउछन । अरु देशका मान्छे चाँही सबै कुरा छोडेर नेपालीका लागि मरी मेटेका छ्न् भने हामी त नेपालमै छौ किन यतिबिधी छुच्चो भै रहेका छौ आफ्नै देशलाई बिर्सेंर नेपाली किन बिदेश तिर हानिएका छ्न? जोन आए जस्तै अरु नेपाली बिदेश बाट किन आएका छैनन वा किन आउन चाहदैनन्? बिदेशिलाइ चाहि तेही उकालो उरालो राम्रो लाग्ने हामीलाई चाँही त्यहि घाडो लागेर सुख् सुबिधा खोजेर अन्त अन्त जाने यस्तै यस्तै कुराले मनमा घोची रह्यो। भोली पल्ट करिब २ बजे तिर साप नेपाल कि शिखा जि लाई ईमेल लेख्न पुगे।

शिखा जि,
तपाईं सञ्चै हुनु हुन्छ होला। म निसुल्क कम्प्युटर ट्रैनिङ दिन चाहन्छु जस्मा २०-५० जना बिभिन्न ठाउँको कम्प्युटर भएको गाउबाट एउटा एउटा लिडरलाई लिनेछौ र ग्रफिक्स्, बेभ, साधारण प्रोग्रामैङ्, हार्डवेर सम्बन्धी ट्रैनिङ दिनेछौ । मलाई आशा छ कि ति लिडरहरुले आफ्नो गाउमा फर्केर अरुलाई पनि अवश्य सिकाउने छन् जस्ले गर्दा आजको आधुनिक युगमा कमसेकम कम्प्युटर सँग नजिक हुने छन् र दिनदिनै कम्प्युटर सम्बन्धी परी आउने समस्या हल गर्न पाउने छन्। मलाई विश्वाश छ कि यो काम को लागि पनि अघिल्लो पटक जस्तै यस्का लागि पनि फन्ड उपलब्ध गराइदिनु हुनेछ।
अर्चना

सोचे एक हप्ता भित्र जवाफ पाउने छु त्यसपछी ट्रैनिङ को लागि चाजो पाजो मिलाउने छु। कम्तिमा पनि अहिले ५० जना लाई सिकायौ भने ५० जनाले प्रती बेक्ती १० जना लाई आफ्नो गाउमा सिकाए भने पनि ५०० ले कम्प्युटर शिक्षा पाउथे ति ५०० सय ले फेरी १०-१0- जना लाई सिकाए भने ५००० पुग्थ्यो अहो!!! आफ्नो गुनन हेर्दै आँफै मक्ख पर्दै थिए।

तेस्तैमा साप नेपाल बाट फोन आयो। शर्मिला बहिनीले गरेकी रैछिन उन्ले अघिल्लो पटकको ट्रैनिङमा पनि खुब सहयोग गरिकी थिइन। फोनमा उनको चुनाव पछी ट्रैनिङ गर्ने कि भन्ने कुराले त मलाई दङग् पारी दिइन । फोन राखे पछी ईमेल चेक गर्दा शिखा जि ले ईमेल पठाइ सकेकी रैछन

अर्चना जि,
तपाईं जस्तो मान्छेको सधैं हामीलाई सहयोगको खाचो छ यस कामको लागि हामी सहयोग गर्न तयार छौ। एक दुई जना लाई ईमेल गरेर ट्रैनिङ को लागि पक्का गर्ने छु।
शिखा

मैले सोचेकि पनि थिइन यति चाडो रिप्लाई पाउछु भनेर । अप्ठ्याराहरु त अवस्य आउछन तर मलाई विश्वाश थियो यि गाह्रो सारो अवस्य काटिन्छ । जो शहरमा आएर कम्प्युटर पढ्न नसक्ने थिए उनिहरुको लागि निसुल्क कम्प्युटर प्याकेज सिकाउन पाउने कुराले म हर्षित भए । मलाई यो कुरा कस्लाई सुनाउ कस्लाई सुनाउ भयो तुरुन्त आफ्नो bf लाई फोन गरे उनको बेस्त समयमा पनि ५ मिनेट आफ्नो कुरा सुनी दिन हठ गरी रहे र सुनाए पनि। मेरो कुरा सुने पछी उनी दङ्ग पर्दै भने हो यस्तो काम गर्दै जानु म अझ धेरै माया गर्छु नि। वाह!! वाह!! यो कुरा ले त म झन खुशी भए। नहुनु पनि किन आखिर मैले धेरै माया पाउने वाला थिए । आज दिन राम्रो रैछ राम्रो सोच्नु पर्दो रैछ राम्रो हुने रैछ र भगवान् पनि उनैको साथ हुन्छन जस्तो लाग्यो ।

Wining Horse doesn’t know why it runs in race.
It runs because of BEATS and PAINS.

Life is a race, God is your rider.
So if you are in pain think God wants you to WIN.

3/16/08

सूचना तथा सञ्चार प्रविधिमा महिला(Women In ICT)

जापानका साथीले 2 गिगा वाइटस् पर सेकेन्ड स्पिडमा इन्टरनेट चलाइरह“दा हामी नेपालमा ६४-१२८ किलोवाइट्स पर सेकेन्डको स्पिडमा छौं । यसबाटै थाहा हुन्छ कि सूचना तथा सञ्चार प्रविधिमा हामी कहँ“नेर छौं भनेर । हाम्रो इन्टरनेटको स्पिड कम भए पनि अरू विश्वले चलाउने जस्तै क्षमतावान ल्यापटप चलाउछौं । हामी विभिन्न सफ्टवेयर डेभलप गर्न, ग्राफिक्स एप्लिकेसन तयार गर्ने र टेक्निकली इ-बैकिङ, इ-गभर्नेन्स, इ-कमर्समा छिटोभन्दा छिटो जाने प्रयास जारी छ ।

संसारकै सबैभन्दा धनी बिल गेट्स यही सूचना प्रविधि क्षेत्रकै छन् र उनको मासिक आम्दानी लाखौं डलरमा छ । नेपालमा आई सिटीमा लाग्नेहरूले राम्रै आय भएको पाइएको छ । देशलाई सूचना तथा प्रविधिमय बनाउने र भोलिको इ.-नेपाल बनाउने प्रयासमा महिला सहभागिता कति छ त - साह्रै न्यून, न्यून डाटा पनि सहरमा बस्ने महिलाले मात्र थेगेका छन् । कम्प्युटरमा काम गर्ने महिलामा रिसेप्सनिस्ट, कम्प्युटर अपरेटर लेभलमा काम गरेको पाइयो ।

निर्ण्ायक तहमा एकदम कम महिलाले काम गरेको पाइयो । पुल्चोक इन्जिनियरिङ कलेजमा १.३ प्रतिशत महिलाले मात्र सूचना प्रविधिसम्बन्धी कोर्स पढेको पाइयो । निजी कलेजमा ५-२० प्रतिशतसम्म महिला आईटी विषय पढिरहेका छन् । त्यस्तै गरेर अर्का survey अनुसार हरेक एक हजार नेपालीमा ३२ जनालाई टेलिफोन, छ जनालाई मोबाइल फोन, आठ जनालाई टीभी र ३९ जनालाई रेडियो र पा“च जनालाई कम्प्युटर पुगेको छ । यसमा पनि महिला प्रयोगकर्ता एकदम थोरै छन् ।


महिला पछाडि पर्नुका कारण

-क) आत्मविश्वासको कमी
महिला प्राविधिक काम भन्नासाथ अलि डराउ“छन् । उनीहरू फेसन, सजावट, सिलाइ बुनाइ, कुकिङ, पब्लिक रिलेसन जागिरमा जस्तो सहज महसुस गर्दैनन् । आफूलाई नया रूपमा प्रस्तुत गर्न महिलामा आत्मविश्वासको कमी भएको पाइयो ।

-ख) सामाजिक संरचना
हाम्रो सामाजिक संरचना यस्तो प्रकारले बनेको छ कि घरमा बिजुली, टीभी, रेडियो, धारासम्बन्धी वा केही प्राविधिक मर्मत् गर्नुपरेमा पुरुषलाई बनाउन प्रोत्साहन गर्ने र महिला पछाडि राखिन्छ । यस्तै कुराले पनि महिला टेक्निकल विषय रोज्न हिचकिच्उछन् ।

-ग) अशिक्षा
जनगणना २००१ अनुसार सहरी क्षेत्रमा महिलाको साक्षरता दर ६१.५ प्रतिशत एवं ग्रामीण क्षेत्रमा ३६.५ प्रतिशत छ । सूचना प्रविधि क्षेत्रमा पनि त्यस्तै रूपमा कम सहभागिता भएको पाइन्छ । पर्याप्त ज्ञान र रोल मोडेलको अभावमा यो क्षेत्रमा लागेर के गर्न सकिन्छ भन्ने नबुझेकाले र रोल मोडल नदेखेकाले पनि यो क्षेत्रमा आउन प्रेरणा नमिलेको हुन सक्छ ।

-घ) बेरोजगारी समस्या
नेपालका आईटी कलेजबाट २ देखि ३ हजारसम्म yearly विद्यार्थी निस्कन्छन् । त्यसमा पनि २०-३० प्रतिशतले मात्र आफूले पढेको क्षेत्रमा राम्रो जागिर पाएका छन् । बेरोजगारीले पनि आईटी सम्बन्धित विषय रोज्न रुचि कम भएको हुन सक्छ ।

-ङ) लैंगिक विभेद

कुनै कुनै कम्पनीले महिला भएकै कारणले यो क्षेत्रमा क्षमता भए पनि अवसर नदिएका यदाकदा साथीहरूबाट सुन्न सकिन्छ । धेरैजसो हार्डवयरको काममा क्षमता भए पनि महिलालाई भन्दा पुरुषलाई बढी प्राथमिकता दिइन्छ ।

-च) स्रोत, साधन र सूचनाको अभाव

टेक्निकल विषयबारेमा सही सूचना एवं तालिम अभाव भएको पाइयो र त्यसको साथसाथै स्रोत तथा साधन अभावमा पनि यो क्षेत्रमा महिला पछाडि परेका छन् ।

-छ) नीति नियम

सूचना तथा सञ्चार प्रविधिसम्बन्धी लचिलो नियम तथा कानुन नहु“दा र प्राविधिक स्रोत तथा साधन गाउ“गाउ“मा नपुगेकाले पनि पछि परेको देखिन्छ ।

महिलालाई किन चाहिन्छ -
जसरी पुरुषलाई सूचनाको हक छ त्यस्तै महिलालाई पनि सही सूचना पाउने बराबर हक छ । प्रविधि आफैंमा महिला या पुरुषका लागि भनेर छुट्याएर बनाइएको हुदैन । महिलालाई पनि विकास गर्न, उत्पादन गर्न, सामाजिक कार्य गर्न, व्यापार गर्न, आफ्ना परिवार, काम र समाजका लागि सजिलो स्रोत भेट्टाउन, दैनिक जीवनयापन सहज बनाउन, आफ्ना आवाज र सूचनाहरू सारा समाज, सरकार र विश्वसामु बाड्न र आफ्ना समस्या समाधान भेट्टाउन सूचना तथा प्रविधि चाहिन्छ ।


कसरी अगाडि ल्याउने -
यससम्बन्धी आवश्यक फाइदा बताएर । शिक्षा तथा आईसीटीसम्बन्धी तालिम दिएर, जति पनि कम्पनी छन् उनीहरूले महिलालाई क्षमताको हिसाबले जागिरको अवसर दिएर ।
"Poor People need good health, not computers" said Bill Gates.
But poor women face a double disadvantage
in access to resources and voice as
they are both poor and they are women. - Wict Book

2/21/08

business tips

Everyone is a star and
deserves the right to twinkle

No matter how much work must get done,
always focus on one task at a time.
Give it your full attention, do it right and move on to the next thing.

Never get down! There will be good times and bad times. You will make good decisions and bad decisions.

Don’t let fear overtake your ability to make a decision. Better a bad one than none at all!

The business must always come first. Do right by the business and it will do right by you.

No matter how rough the waters are, keep swimming! You only need one nostril above the water.

Develop a helping attitude. Approach your business as a way to help others, whether they are customers, employees, or suppliers. If you constantly strive to help others, the profit will surely follow.

In baseball, someone who hits the ball safely three times out of ten will get into the Hall of Fame.

You don’t have to be right all the time, but as long as you succeed even once more than you fail, you win!

Always look to build the business through increasing revenues and profits. Do not count on cutting expenses as a way to grow the business. You, too, should remember the best piece of marketing advice I ever heard: “You can save your way to solvency, but you must market your way to success.”

Get a mentor. Find people you can bounce ideas off of and get their input. A retired executive from a competitor might make a marvelous choice, or an individual from the local chamber of commerce, or a family friend.

You can’t do it alone. There are plenty of people who want to help and all it takes is for you to ask them.Become goal-oriented.

List all of the things you want to accomplish in business and in your personal life. Reduce these to monthly accomplishments.

Write up a personal mission statement for your business and your life. Read it every day.If you are not proud of your company, its products, and personnel, you cannot be successful.

Hire employees who are better, faster, and smarter than you.

Being right is not important, but doing the right thing always is.

Do not let your loyalty to customers, suppliers, or employees bankrupt the business. There may be times when you have to terminate a relationship.

Let passion and commitment be your most dominant characteristics: they are infectious traits.

And finally, big three . . .
Dream big.
Stay focused.
If you never give up, you can’t fail

1/27/08

पोल्टिक्स, सुजाता र श्रीमती हिलारी

- छोरी चुनाव कहिले हुने भयो?
:: खोइ अहिले सम्म declare गरेका छैनन् ।
मैले बिदेशमा जानुभएको बुवालाई यसरी ईमेल गरी रहदा चैत्र २८ गते चुनाव हुने भनेर घोषणा भएको अत्तो पत्तो पाएनछु । पछी थाहा पाएर हत्त न पत्त बुवालाई email गरे
:: चुनाव चैत्र २८ गते
फेरी ईमेल आयो चुनाव घोषणा पछी केही त्यस्तो घटना त भएको छैन नि?
:: भयो आमसभा भएको थियो त्यसपछि बसमा बम पड्काए ।
गिरिजा लाइ अहिले कस्तो छ?
मलाइ त खुब हासो पनि उठेर आयो जिवनमै पहिलो पटक मैले आफ्नो बाबुसँग राजनैतीक भालाकुसारी ईमेलबाट गरेकी थिए अरु अरु बेला यसरी गर्दैन थिए ।
:: मैले पनि जवाफ दिदै गए- गिरिजा सञ्चै छ । टि.भी मा देखियो अनी मैले पनि मिडिया कै भाषामा भने आज बिहान नास्ता पनि गरे रे।

के गर्ने बुढो गोरु जस्तो काधमा नेपाललाई बोकेर अगाडि जोतिनु परेको छ । केही गर्लान कि भनेर सबैको आशा छ । फेरी ईमेल आयो ल राम्रो सँग केयर गर्नु बाहिर गएको बेला careful हुनु । बिदेशमा बसेकालाई कस्तो त्राश छ है? हामी त यहाँ बेफिक्री हिड्छौ जती बेला जे भए पनि सहन तयार भएर।

उमेश जि को ब्लगमा पढेको थिए हामी नेपाली गैंडा भैइ सकेका छौ कुन अर्थमा भने नेपालमा अब जती नै मान्छे मरे पनि, जती नै बम पड्के पनि जब सम्म आफु र आफ्ना आफन्तलाइ त्यो घटना नपरेसम्म वास्ता गर्न छोडि सकेका छौ। तेसैले त हामी कती सहजै बम पड्केको कुरा ईमेलमा लेख्ने गर्छौ।

अब अर्को कुरा नेपालमा एउटा महिला सुजाता कोइराला बिना बिभागीय मन्त्री हुँदा नेपाली मिडिया/ब्लगहरुमा भत्तेश्राप गरी रहदा अमेरिकामा एउटा महिला हिलारी क्लिन्टन लाई अमेरिकामा फेब्रुअरी ५ को चुनावमा जिताउन नेपालीको चुरी फुरी देखेर त रमाइलो नै लाग्यो। नेपालमा चैत्र २८ गतेको चुनाव को लागि खासै पोस्टर नदेखे पनि अमेरिकामा बस्ने नेपालीहरुले मस्त ईन्टरनेटमा पोस्टर छापेका रैछन।

हिलारीको गुणगान एकछिन ईन्टरनेटमा पढे पछी सुजाता बिरुद्द सबै पत्र पत्रीकामा पढेर मलाई त अजिब लाग्यो कत्ती को त सुजाता लाई मन नपराउने कुनै कारणनै थिएन सायद सबै मिडियाले उनको राम्रो राम्रो कुरा केलाएर लेखिदिएको भए अहो! सुजाता दङग् परेर अब उप्रान्त राम्रो राम्रो काम गरेर देखाइदिन्थिन कि?

कोही कोही ले त के पनि लेखे भने अब सुजाता मन्त्री भईन अब नेपाली चेलीले पनि उनले जस्तै ६० हजारको चस्मा लाउन सक्ने छन, ३४ हजार को पर्स बोक्नेछन र १ लाख ३४ हजार सम्मको hand bag बोक्न सक्नेछन् रे। :) :)

साचिकै उनले यसरी नेपाली महिलाहरुको जीवन स्तर माथि उठाइ दिइन् भने त नाम अनुसारनै सुजाता हुने थिइन्।

मलाई त असम्भब पनि लाग्दैन यदि उनले चहिन भने अरुले उनलाई के के भन्छन था छैन तर मलाई उनी Bold र कुनै कुरा पनि मनमा नराखी frankly भन्दिने र criticism सुन्न तयार रहने निडर खाल्की जस्ती लाग्छ।

हेरौ, सुजाताले नेपालीको लागि केही गरे पनि नगरे पनि हिलारीले जितिन भने अमेरिकामा बस्ने नेपालीको लागि अवश्य गर्लिन दुबैलाई मेरो शुभकामना।

1/13/08

बत्ती गएको बेला कसरी टाइम पास गर्ने?

३-३ घण्टा सांझमा बत्ती जादा त टाइम पास गर्न बडा मुस्किल हुने रैछ। अब अरु के गर्ने २-३ घर जम्मा भयो आगो ताप्यो अनी गफियो। हुन पनि बत्ती हुन्जेल कसैलाई हाइ हेल्लो गर्ने समेत फुर्सद थिएन। अब लोड्सेडिङले गर्दा साझमा जम्मा भएर गफ हाँक्न मौका पाइएको छ।

उही पोल्टिक्सका कुरा नेताहरु निकम्मा, केही कामका भएनन्, संसदमा गएर सबैलाइ भट्ट्ट्ट् पार्न पर्ने । होइन परार साल पनि लोडसेडिङ भएको थियो एक्कासी ज्ञानेन्द्रको सरकार आएपछी बत्ती बलेको थियो। चाह्यो भने त जसरी पनि बल्दो रैछ नि है? भन्दै एकजना फतफताइ रहेका थिए । त्यसमै अर्की दिदी थप्नु हुन्छ हो! बा! मलाई त गणतन्त्र, राजतन्त्र, लोकतन्त्र जुनसुकै तन्त्र आए पनि आवोस बत्ती बोल्न पर्‍यो, धारामा पानी आउन पर्‍यो र शान्ती सँग बस्न पाइयोस। अरु कुरा मतलब छैन।

कोही भन्दै थिए दिउसो बत्ती गएर हाइ सन्चो छ रे अफिसमा काम थप्प हुन्छ गर्ल्फ्रेन्ड लाई भेट्न गजब भएको छ रे। फेरी अर्काको गफ थियो भारतसँग प्रती युनिट ८ रुपैयामा बिजुली किन्ने रे, अहिले हामीले प्रती युनिट ७ रुपैया ३० पैसा तिरि राखेका छौ अब भारत सँग ८ मा किनेर कत्तीमा बेच्ने हुन्। हा… हा.. हासोको फोहोरा उठ्छ।

यसै गरेर गफिदा गफिदा ९ पनि बज्छ र बत्ती पनि आउछ। मुलुकलाई उभो लाउन थप उर्जा चहिएको बेला आजकालका युवाहरु गफिएरै आफ्नो पनि उर्जा र समय फ्याकि रहेका थिए।

1/8/08

गूगलले साच्चै पैसा पठाउछ

- गूगलले साच्चै पैसा पठाउछ र?
- त्यस्को चेक त जम्मा हुँदैन भन्छन नि, bounce हुन्छ रे नि ।
- गुगलले कसरी पैसा पठाउछ ह?
- गूगलले पैसा पठाउछ भन्छन नि, के यो साचो हो?
- घरमै बसी बसी गूगलबाट पैसा कमाउन सकिन्छ रे नि , लौन कसरी हो, मलाई पनि सिकाइदिनु न।

गूगलको चेक/पैसाका बारेमा मलाई यिनै प्रश्नहरु सोधिन्छ र अहिले सम्म मलाई धेरै जनाले सोधिसके । हो, मलाई पनि केही महिना अघिसम्म पनि माथिको प्रश्न मनमा आइ रहन्थ्यो तर जब आफ्नै हातमा चेक पर्‍यो त्यस पछी पूर्ण विश्वाश भयो कि ए!! साच्चै गूगलले चेक पठाउदो रैछ। यस्को लागि तपाईंले चाँही अलिकती मिहेनत गर्न पर्छ है जस्तै:

१) http://google.com/adsense/ मा गएर खाता खोल्ने । यो सितैमा खोल्न पाईन्छ ।
२) त्यसमा सही पत्रचार ठेगाना राख्ने पछी तपाईंलाई त्यही ठेगानामा Pin Code र Cheque पठाउछ ।
३)खाता खोली सके पछी तपाईंको information verify गरेर तपाईंको खाता गूगलले activate गर्दिन्छ।
४) त्यस पछी गूगलका खाता भित्र रहेका बिभिन्न size का advertisement का कोड आफ्नो website/blog मा राख्नु पर्छ।
५) website/blog मा राखेको advertisement जती चोटि click हुन्छ त्यसैको
हिसाबले खातामा पैसा जम्मा हुँदै जान्छ तर यो चाँही भिन्दै भिन्दै IP बाट हुन पर्छ ए उटै IP बाट धेरै click भयो भने खाता block हुन्छ। यो सम्बन्धी डिटेल जानकारी तलको लिन्कमा छ।
google detects invalid click

६)तपाईंको खातामा केही रकम जम्मा भए पछी तपाईंको पत्राचार ठेगानामा Pincode पठाउछ। त्यो कोडबाट आफ्नो खातामा पैसा कती जम्मा भयो, कहिले चेक पठाउनको लागि request गर्ने आदी option भेटिन्छ।

Google pincode sample

७) गूगलले चेक कम्तिमा $100 जम्मा भए पछी पठाउछ र अली धेरै जम्मा गरेर एकै चोटि पठाइदिन अनुरोध गर्न पनि सकिन्छ।


८) $100 पुगेपछी तपाईंको request अनुसार तपाईंको नाममा City Bank NY को चेक पोस्ट बक्समा आइपुग्छ त्यो Cheque A/C Pay हुन्छ त्यसैले तपाईंको आफ्नो अफिस अथवा आफ्नो नाम दिदा बैंकमा भएको नाम अनुसार दिनु पर्ने हुन्छ।

Google Cheque Sample

९) चेक १५-३० दिन भित्र तपाईंको बैंकको खातामा जम्मा हुन्छ।

काठमाडौं पनि थुप्रै कम्पनीहरु खोलेका छन जस्ले google ads/online द्वारा कसरी पैसा कमाउने भन्ने सिकाउछन् । कोही कोही कम्पनिले चाँही घरमै बसी बसी (home based online business) पैसा कमाउन सिकाइदिन्छु भनेर मस्त पहिलेनै आँफै पैसा कुम्लाउने रैछन् त्यसैले त्यस्ता कम्पनिको मद्घत लिन अगाडि होसियार चाँही हुन पर्छ है नत्र भने समय र पैसाको बर्बादि हुन्छ।

मैले थाहा पाए सम्म कोही कोही नेपालीले Google Adsense बाट (Monthly $3000-$6000) सम्मको चेक पाउने गरेका छन् अब त्यो कस्ले भनेर पत्ता लगाउने काम चाँही तपाईंहरुको।

पैसा कमाउन त सजिलो हुँदैन । बुद्दी र मिहेनत त अवश्य चाहिन्छ । यदी google adsense मा मिहेनत र बुद्दी लगाउनु भयो भने तपाईंलाई ढुक्क हुनु होस् चेक अवश्य आउछ।

12/30/07

Sujin.com.np browser Hi-Jack (virus) removal software

आज बिहानै चिसोमा ल्यापटपमा ईमेल चेक गर्दै थिए। झल्याय्स आँखा ब्राउजरको टाइटलमा पर्‍यो । याहू खोल्दा टाइटलमा sujin.com.np देखियो । कस्ले सेट गरेछ भनेर हटाउन खोजे हट्दैन । केहि महिना अगडि पनि यस्तै गरि ब्राउजरमा Hacked by Gozilla भन्ने भाईरसले हैरानै पारेको थियो । तेस्तै गरेर आजपनि sujin.com.np ब्राउजरको टाइटलमा देखियो ।

पछी पो सम्झे यस्को गाथा त धेरै अगाडि सुनेको थिए, अब हटाउनै पर्यो । यो खासमा pendrive र floppy बाट सर्छ। सर्सर्ती यस्को VB Script Code हेर्दा harmful code त केही देखिएन तर मान्छेहरुलाई आफ्नो कम्प्युटरमा केही unusual देख्यो कि कतै कम्प्युटर क्र्यास होला र डाटा उड्ला भन्ने डर त हुने नै भयो ।

पछि दिउसो तिर काम बिशेषले एउटा अफिस गएको थिए त्यहा पनि sujin.com.np ले हैराननै पारेको रैछ । त्यो अफिसको सबै कम्प्युटरको ब्राउजरमा sujin.com.np सजिएर बसेको थियो। हुन त यस्ले कम्प्युटरलाई खासै effect गर्दैन अली कम्प्युटर चाँही स्लो बनाउछ। तर पनि कम्प्युटर सम्बन्धी ज्ञान नहुँदा मान्छेहरुले कती हैरानी खेप्नु पर्छ त्यस माथि पनि स्पस्ट रुपमा Cyber Law लागु नभएकोले पनि सुजिन(Sujin Joshi, Tangal Lalitpur, Domain Registered Date : 2/1/2006) जस्ताले आफु पपुलर हुन बेफ्वाकमा अर्काको कम्प्युटरको ब्राउजरमा बिना अनुमती मस्त झुन्डिरहेका छन् ।

यदी तपाईंको ब्राउजरमा पनि sujin.com.np देखिन्छ भने तलको software ले हटाउन सक्नु हुन्छ ।

Click here to download Sujin.com.np browser Hi-Jack (Virus-Worm) removal software.

12/23/07

लाईफका प्रसेन्टेजहरु

५०% उमेर त सुतेर बितिसक्यो तपाईं भन्नुहोला कसरी? भनेर अब दिनभर जाग्ने रातभर सुत्ने गरेपछी आधा उमेर त सुतेर बिताएको भएन त? अहो!!! हामी त कुम्भकर्णनै रैछौ बस कुन्भकर्ण र हामीमा एती फरक छ कि हामी दिनदिनै सुत्छौ, उनी ६ महिना सुत्ने र ६ महिना उठ्ने गर्थे।

कहिले काहि लाग्छ यो दिएको उमेर छोटो छ। एकजना युरोपियन कबिलाई पनि आफ्नो उमेर सार्है छोटो लागेछ कुन अर्थमा लागेछ भने आफ्नो प्रेमिकाको ब्याख्या गर्न । यो अहिले पाएको जीवनमा त उनका प्रेमिकाको आँखा मात्र पनि प्रशंशा गर्न भ्याउदैनन रे। वा! लिटरेचर भन्ने चिज नै यस्तै जती कल्पनाको उचाइमा पुगे पनि हुने। यि त भए 18th century का कुरा अहिलेका प्रेमीलाई यस्ता कुरा सुनायो भने त झटारोले हिर्काउछन । बकम्फुसे कुरा भन्लान तर बकम्फुसे फूल त राम्रै हुन्छ भगवानलाई पनि त चढाइन्छ। आँखा हेरेर जिन्दजी बिताउनेमा त आँखाका डाक्टर मात्र होलान जस्तै आँखाका डाक्टर सन्दुक रुइत आँखानै हेरेर कत्ती अवार्ड पाइसके । आहा!! कत्ती लक्की आँखा हरु…..

१०% चाँही बाटो काटेर, हिंडेर काटियो होला कत्ती कामले हिडियो होला कत्ती बेकामले हिडियो होला । ५% चहि खादा खादै बित्यो होला कठै ज्यान पाल्न परि हाल्यो भातको लत बसेको छ, त्यही नखाइ नहुने बिहान बेलुका।

२०% पढाईमा बित्यो होला बिहान देखी बेलुका सम्म स्कुल, कलेज गयो फेरी घर आयो होमवोर्क गर्‍यो । दिनहरु कसरी बित्यो पत्तै भएन। 0.५% चाँही कलेज बङ्क सङ्क गरेर बित्यो होला सधैं पढ्न मन नलाग्ने कहिलेकाही कलेजबाट भाग्दा पनि रमाइलो नै हुने 0.५% सरको पिटाइ खाएर बित्यो होला । पिटाइको पुरा गर्दा एकचोटि मैले दरो पिटाइ खाएको याद आयो । ४ मा पढ्दा म्याथ टिचर लक्ष्मण सर भन्ने हुनु हुन्थ्यो साह्रै कडा मिजासका , सरको लौरो देखेरै डर लाग्ने । एक्दिन सबैलाई blackboard मा simplify गर्न लाउनु भयो र कसैलाई पनि सल्भ गर्न आएन र सबैलाई मेच माथि उठाउनु भयो मलाई अली म्याथ आउने भएकोले लास्टमा गर्न लाउनु भयो मैले पनि खराखर सल्भ गर्दिए ।

त्यसपछी त सरले सबलाई गएर गालामा झापड लगा भन्नु भयो मलाई त पर्नु फसाद पर्यो आफु भन्दा धेरै ठुला ठुला अग्ला केटाहरुलाई र आफ्नै साथीहरुलाई कसरी झापड लाउने मैले त यो काम गर्न सक्दै सकिन अब झापड लाएर के गर्नु फेरी क्लास सके पछी केटाहरुले झापड बदला लिए भने त म दश गज पर पुग्थे, आफु त फुच्चे मान्छे। तेस्तै सोच्दा सोच्दै सर फेरी कुर्लिए, पिट भनेको सुनेनस फेरी सबैलाई स्कुलबाहिर चौरमा कुखुरा बनाएर राखिदिन्छु भने। अब सबैको अगाडि कुखुरा बन्नु भन्दा बरु साथीकै हातबाट झापड खान बेश लागेछ क्यारे सबै साथीहरुले पिट अर्चना भने अब म बडो दोधारमा परेर टेबल माथि चढेर एक्जना साथीको गाला बिस्तारै हातले के छोएको थिए सर त जङिएर तलाई पिटन आउदैन ल यता आइजा म सिकाउछु भनेर पाच औंलाको डाम बस्ने गरेर झ्याम्म हाने। त्यो झापडले ३ दिन सम्म गाला छोपेर हिंड्नु पर्‍यो साथीहरुले तेलले गाला मालिस गर्दिएको क्षण पनि बिर्सि नसक्नु छ।

१०% चाहि काम गर्दै बित्यो होला जब देखी काम गरियो सुत्न कम गरियो काममै लत बस्यो फेरी नयाँ नयाँ कुरो एकै चोटि सिक्न मन लाग्ने हाडी घोप्टे बानी।

बाकिको ४% चाँही परिवार सँग रमाइलो गरेर , साथी हरु सँग गफ चुटेर , टि.भी हेरेर , म्युजिक सुनेर आदी इत्यादी गरेर बिताइयो होला । यसरीनै लाइफका प्रसेन्टेजहरु हरु जोड घटाऊ हुँदै जान्छन उमेर बढदै जान्छ Denis Waitley का लाइफ सम्बन्धी सम्झनै पर्ने कुरा:

"Life is inherently risky. There is only one big

risk you should avoid at all costs, and that is

the risk of doing nothing.”

12/13/07

Women changing the world

ICT women story from Australia.

Information and Communication Technology is still changing our world. Information and communication technology is becoming more pervasive. Convergence between computing, telephony and digital content is really happening. It is no longer a spectre of things to come.
But technological change in society can be daunting. Many people are fearful of change. Government has a responsibility to ensure that changes are managed so as to maximise the benefit to society. Socially, culturally and economically, technological progress creates opportunities.

We are in the midst of social transformation following a period of dramatic technological transformation. How this transformation is managed will determine Australia’s capacity to serve its citizens in the 21st century and beyond and provide inspiration and leadership around the world.

Women have played a remarkable role in this transformation across society. In particular, women working in information and communication technology have shaped the way technology is applied. Women are leaders, trailblazers, entrepreneurs and role models.

These Australian women represent courage and vision: true entrepreneurial spirit. They interpreted how the world would change through the use of the internet. Their respective businesses were managed with impeccable timing and are still achieving phenomenal success.
They pursued a vision that was so new, no-one could give them advice. They used their intuition, skill, determination and grasp of technology to create companies that changed the world.

Tracey Ellery: Looksmart
Tracey is the daughter of working class parents in rural Victoria. She attended public schools before attending Deakin University in Geelong. She met her husband Evan Thornley through student politics and after working as a student services manager she and Evan left their jobs to begin Looksmart in 1995.

The vision behind this internet search engine was to create a family friendly place on the internet. The Looksmart search engine is a huge ‘white list’, with each entry assessed by Looksmart before adding it to their search directly. More than once they were within a hair’s breadth of meeting payroll obligation during the early days of the company. Looksmart shares equity with their employees and has created 18 millionaires among them.
Looksmart as a company has weathered the tech-crash well and Tracey and Evan have recently moved back to Australia from San Francisco. Their three children are testimony to Tracey and Evan's ability to get the balance right between family and work.

Kelli Fox: Astrology.com
Kelli Fox began Astrology.com in the spare room of their house. She built the web site at night and on weekends. Her commitment to her profession of Astrology drove her vision to provide more personalised services to customers. Her understanding of both computing and effective communication gave her the insight as to how this could be achieved through the internet.

Astrology.com was then purchased by i-village, a New York based company well before the peak of the dot-com bubble. Kelli and her husband David stayed on to independently manage astrology.com from San Francisco and have only recently moved on to other challenges. Astrology.com continues to drive a phenomenal amount of traffic on the i-village site and Kelli’s concept has inspired many other services companies on the ‘net.

Lyndsay Cattermole, founder of Aspect Computing, one Australia’s largest and and most successful software and services companies. Lyndsay started computer programming and systems analysis in the early 70’s. She founded Aspect in 1974 and when it was sold to Kaz Computing in 2002, it had 1300 employees. Lyndsay’s leadership qualities have been recognised over the years through here appointment to many community boards and councils.
Lyndsay Cattermole is another great role model n ICT in Australia. She joins the ranks of inspiring individuals.

Important Repetitions for LIFE!!

Standing for what you believe in,
regardless of the odds against you,
and the pressure that tears at your resistance
... means COURAGE.

Keeping a smile on your face,
when inside you feel like dying,
for the sake of supporting others
...means STRENGTH.

Stopping at nothing,
and doing what's in your heart,
you know is right
…means DETERMINATION.

Doing more than is expected,
to make another's life a little more bearable,
without uttering a single complaint,
…means COMPASSION.

Helping a friend in need,
no matter the time or effort,
to the best of your ability,
...means LOYALTY.

Giving more than you have
and expecting nothing but nothing in return
...means SELFLESSNESS.

Holding your head high,
and being the best you know you can be,
when life seems to fall apart at your feet,
facing each difficulty with the daring,
that time will bring you better tomorrow's,
and never giving up,
...means CONFIDENCE.

To the question of your life,
you are the only answer.
To the problems of your life,
you are the only SOLUTION.

from: bobby

11/21/07

Gratitude

To all of my US subscribers & friends - wishing you a wonderful Thanksgiving.


Enjoy this one on Gratitude.


"Gratitude unlocks the fullness of life.
It turns what we have into enough, and more.
It turns denial into acceptance, chaos into order,
confusion into clarity....
It turns problems into gifts,
failures into success,
the unexpected into perfect timing,
and mistakes into important events.
Gratitude makes sense of our past,
brings peace for today
and creates a vision for tomorrow."
-- Melodie Beattie



*Thanksgiving Day, is a traditional North American holiday to give thanks at the conclusion of the harvest season. Thanksgiving is celebrated on the fourth Thursday of November in the United States and on the second Monday of October in Canada.

On this day people express gratitude to God for his blessings and give thanks to dear ones for their love & support. Feasting with family is an integral & most delightful part of Thanksgiving Day celebrations.

11/15/07

Make Love Not War

I got the cool T-shirt in website. Words are very meaningful. It cost you $36 (Nrs 2268).
Here is the link to buy this t-shirt.

http://www.superbuddha.net/mens/ss/love_not_war.htm

The mission to design this t-shirt is to liberate minds and spread peace. Material: super soft 100% organic fabric, low impact dyed tees - so you can feel good about what you wear.

However in Katmandu also there is place to print on t-shirt like Attash, Station etc. You can print anything :)
T-shirt model : David Mast of Echocast (Echocast is an aggressive rock band)

11/13/07

गलेश्वोर, म्याग्दी पुग्नै पर्ने ठाउँ

म्याग्दी यती बिघ्न पपुलर भएको थिएन होला जती महाबिर पुनको म्यागासेसे अवार्डले बनायो । हामी फलेवास एकदिन बसेर भोली पल्टै कुश्मा फर्कियौ र तेही दिन गलेश्वोर तिर हानियौ । बाटोमा बाग्लुङ पर्ने हुनाले बाग्लुङतिर पनि छि-र्यौ ।
बाग्लुङ कालिका मन्दिर - धार्मिक रुपमा कालिका मन्दिरमा निकै श्रदा राखिन्छ। यहाँ बिशेष गरेर चैते दसैं र दसैंको बेलामा भिड हुन्छ।

बाग्लुङ बजार( Baglung Bazaar) त गाडीमा ५ मिनेटमा घुमेर सकियो । बजारमा चहल पहल थियो । चुनाव को प्रचार प्रचारले रोड घरका भित्ता रङिएका देखेन्थे। यहाँ धौलागिरी एफ.एम पनि रैछ एकदिन भरि एफ.एम सुन्दा गीत र अरु ज्ञान बर्दक कुरा भन्दा पनि लोकल बिज्ञापन धेरै बज्दो रैछ ।
फर्से (Pharse)
बजार घुमे पछि हामी बाग्लुङबाट बेनी(Beni) तिर लाग्छौ । बेनी जानी कच्ची बाटो छ बडा गाह्रो भयो पेटनै दुख्ने गरी गाडीले उफार्ने। बाग्लुङ बाट फर्से, माल्ढुङा मिलनचोक हुँदै हामी बेनी पुग्छौ ।

बेनिको बजार पनि सानो चटक्क परेको रैछ । बेनीको बारेमा धेरै अघि देखि एउटा गीत पनि चलेको छ नि ...
बेनीको बजार जता माया उतै छ नजर
किरेमिरे जाली रुमाल ............
यो गीत २०१८ सालमा टिकाबहादुर श्रेष्ठले गाएका थिए रे अहिले फेरी नयाँ म्युजिकमा आएको छ रे यो गीत।

गलेश्वोर महादेव(Galeshwor Mahadev)

बेनिबाट गलेश्वोर गाडीमा करिब १५ मिनेट मा पुगिन्छ त्याहा पुग्दा त मन नै आनन्दित हुने अग्लो ठाउमा एउटै चट्टानमा रहेको गलेश्वोर महादेव र वरिपरि डाडाकाडा देखिन्छ र छेवैमा कालिगण्डकी बगेको रमनिय द्रिश्य देखिन्छ।

गलेश्वोरबाट मुस्ताङ हिंडेर करिब २ दिनमा पुग्न सकिन्छ तर आज भोली बिच बिच मा मोटर बाटो चल्ने हुनाले मोटर चढ्दै, हिड्दै जादा करिब एकदिनमा मुस्ताङ पुग्न सकिदो रैछ।

गलैचा फूल - लौजा त.. कान मै सिउरिदिए मलाइ मन पर्ने फूल wow!!! धेरै ठुलो पो हुदो रैछ त यस्को बोट त जीवनमा पहिलो पटक यो फूलको रुख देखेर त छक्कै परे।

11/3/07

राम्री ठमेल

यो लकेट को कति हो ?
१७५
मह्गो रैछ है?
उसो भए १३० मा लैजानुस
शायद मलाई त्यो लकेट एकदमनै मन परेर हुत्तिदै आएको बसन्तपुर नाइट मार्केट कि ति साउनीले भेउ पाइछिन क्यारे खुरुक्क आँफै डिस्काउन्ट गरेर दिइन।
सांझको ७ बजिसकेको छ आज गूड् फ्राइडे मनाउने मुड्मा निस्किएको छ ।
झमक्क अध्यारो भई सकेको छ अध्यारो सँङै बसन्तपुरमा भिड बाक्लिदै छ। म पनि कतै हराउछु कि भनेर मायालुको हात मायाले च्याप्प नै समातेको छु।

भोक पनि लागि सकेको छ बसन्तपुरको बाटोमा राखेको ठेलाबाट खानाको पनि निकै मिठो बास्ना आएको छ वाह!! वाह!! कता बाट के सुरु गर्नेनै अलमल्लमा परीयो सबै खाने ठाउँमा भिड नै छ कोही उभिएर खाएका छन कोही बाइकमै बसेर खाएका छन कोही भुइमै बसेर बेफिक्री सँग खाएका छन ।

लौ छोइला र आलु नै खाउ त पिरो पिरो वाह मिठो, बस्ने ठाउँ थिएन उभिएर खाँदै थियौ फिल्ममा खेल्ने दिनेश डि.सि पनि आफ्नो साथी सँग आइपुगे हतार हतार एउटा बर्गर दुई जनाले आधा आधा खाएर अध्यारोमा कता हराए था भएन उफ् कस्तो पिरो अब हाम्रो छोइला र आलु पनि सकि सकेको थियो, त्यसपछि अली माथि गयौ । टिकिया चाटले भब्य स्वागत गरि रहेको थियो! ट्राइ गरौ न त ! हाम्रो चाट २ मिनेटमा तयार हुन्छ । ठिकै रैछ चाट त ।

क्या मोबाईल ख्वाइ भो घुमी घुमी बेपरबाह खान पाइने अब फेरी अर्को ठाउँमा गएर चिकेन लेग तार्न लगाइयो लौ एस्पालि त बस्ने ठाउ पनि भेटियो बसेर खान मात्र के लागेको थियौ एउटा सडक बालक आएर दिदी म पनि खान्छु नि भन्यो । त्यसरी मागेपछी कसरी खान सकिन्थ्यो र? आफुले खान लागेको खुरुक्क उस्को हातमा थमाएर हामी ठमेल तिर लाग्यौ करीब ८ बजी सकेको थियो अब मलाई तातो मस्रूम सुप खानु थियो ठमेलमा निकै चहल पहल थियो वाह! क्या! रमाइलो हाम्रो लागि newroad चाहि Newyork र Thamel चाहि Thailand थियो । बाटो सम्म पसल थियो सबै पसल खुल्ला.. टुरिस्ट पनि बेफिक्र हिडि रहेका थिए ।

मेरो ध्यान सुप मै थियो यसो माथि हेरेको Maya’s Cocktail Bar देखे कहिले पनि अल्कोहल नखाए पनि ककटेलबारमा सुप त अवस्य पाउला नि भन्दै माथि उक्लियौ । उफ् सबैतिर टुरिस्ट बसेका थिए एकदमनै प्याक थियो बस्ने कतै ठाउँ नै थिएन ।


त्यस पछी हामी OR2K तिर लाग्यौ ओहो त्यहा पनि प्याक रैछ पहिला पहिला त तेही ठाउमा कस्तो खाली हुन्थ्यो जता बसे पनि हुने यसो सोचे यस्पाली टुरिस्ट टन्नै आएछन । हुन पनि हो यो साल त बिगतको ५ बर्षमा सबै भन्दा बढी टुरिस्ट आएका रैछन । visit Nepal ’98 पछी यही साल रैछ होटेल ब्यबसाय गर्नेहरु बेफुर्सदी भएका ।

तेतिकैमा रेस्टुरेन्टको मान्छेले भन्यो म ठाउँ मिलाइदिहाल्छु नि के गर्ने adjust गरेर बस्न पर्छ आज भोली यस्तै प्याक हुन्छ । लौ ठिकै छ राम्रै खेति भै रहेको रैछ भन्ठाने अनी दुई जापनिज सँग टेबल सेयर गर्न पुगियो उनीहरु जापनिज भाषामा खासखुस गर्थे अनी खिस्स हास्थे, हामि पनि जवाफी फिस्स हासिदिन्थौ तेतिकैमा अर्को टेबल खाली भयो र हामी अर्को तिर स-र्यौ र खानेकुरा आराम सँग खाएर हिडयौ धेरै पछी आएको ठमेल देखेर दिपावली आइसकेछ कि भन्ने भान हुन्थ्यो, म्युजिक को धुन सुनिन्थ्यो, झिलिमिली थियो । ठमेल राम्रो होइन राम्री देखिएकी जस्तो लाग्थ्यो ।

९:१५ भई सकेको थियो घर चाडो आउनु भनेर मोबाइलमा बोलावट पनि आइसकेको थियो घर पनि टाइममा पुग्नै थियो अब ठमेललाई बाइ बाइ गर्दै Himalayan java को बाटोबाट घर तिर लाग्यौ । तेतिकैमा रातो सारी, चुरा अनी हरियो पोतेमा चटक्क परेको देखेर तीज त सकियो होइन र? भनेको त सङैका साथी भन्छन हिजडालाई त सकिएको छैन नि । हा हा ……. लामो हासो………….

10/30/07

जी नेवा: ख:

यी नेवारहरु र मधेशिहरु उस्तै हुन आफ्नो जातको मान्छे भेट्यो कि खला मखला, कि भएल गरी हाल्न पर्ने, पार्टिमा होस् या बाटोमा होस् या अफिसमै किन नहोस् आफ्नो भाषा बोली हाल्न पर्ने अरुलाई बाल मतलब नदिने भनेर मेरो साथीले जहिले पनि भन्ने गर्छ।

यी सबै कुरा गरिरहदा तपाईंहरुले मलाई कतिन नेवारकै उस्ताद रैछ भन्ठान्नु भएको होला तर माथिको टाइटल पनि अनलाइनमा साथी सँग सिकेको वास्तवमा मलाई कहिले काही अजिब सँग फरर नेवारी बोल्न मन लाग्छ अझ नेवार साउजी परेको पसलमा त नेवारी आएको भए कत्तिन डिस्काउन्ट गर्थे जस्तो लाग्छ। म सधैं ममिलाई सानैमा नेवारी सिकाएन भनेर किच किच गरी रहन्थे र अझै पनि कहिले काही गर्छु :) स्कुलमा श्रीजना भन्ने साथी थिइ त्यस्ले नेवारी सिकाउन हजार कोशीस गरि होला तैपनी मैले सिक्न सकिन दिउसो ब्रेकमा सिकाउथि घर जाने बेलामा म सबै बिर्सन्थे। अब भन्न त लाज लाग्छ तर नेवार भएपनी मलाई एकदम थोरै नेवारी आउछ जस्तै:

छु जुल - के भयो
बजी - च्युरा
माक - बाँदर
गन - कहाँ
ढेवा मरु - पैसा छैन
छमी कला हाकु चा - तिम्रो श्रीमती काली
मखला - होइन र?

सबै भन्दा लामो नेवारी आउने:

ठो रेडियो नेपाल ख
समाचार कोचल

Photo by Kamal

10/29/07

कुश्मा - फलेवास, पर्वत यात्रा

नाम अनुसारनै पर्वत(Parbat) जिल्ला पहाड नै पहाड ले भरिएको छ तर काही काही समथर भाग पनि भेटिन्छ । धौलागिरी अञ्चलको स्वागत गेट को रुपमा पर्बत पर्दछ। कुश्मा चाँही पर्वत जिल्लाको सदरमुकाम हो। कुश्मा पुग्न को लागि पोखरा बाट करीब १:३० घण्टा गाडीमा लाग्दछ। पोखरा बाट करिब ५८ कि. मि को दुरिमा छ र पोखरा बाट घुम्दै घुम्दै आएर कुश्मा, बाग्लुङ्, बेनि सम्म पुगेर एक्दिनमै फेरि पोखरानै फर्कन सकिन्छ।

कुश्मा(Kushma) नाम कसरी रह्यो?
करीब १५० बर्ष अगाडि हालको कुश्मा बजार बेनाम को थियो यो बजारको कुनै नाम थिएन । तेतिबेला राइनस्टार, लम्जुङ बाट भाजवीर जोशी मुक्तिनाथ यात्रामा निस्केका रैछन् मुक्तिनाथको दर्शन गरी फर्कदा यो ठाउँ एकदम सुन्दर लागेछ अनि उनि आफ्नो घर लम्जुङ पुगेर सर-सल्लाह गरेर हालको कुश्मामा बसाइ सर्ने निधो गरेछन।

तेती बेला त्यो ठाउँमा फाटफुट गिरीहरु बस्दथे रे नेवार जोशीहरु आएपछी पूजा - आजाको लागि कुश रोपेका रैछन । कुश नै कुश भएको ठाउँ भएको ले कुसुम बजार भनेर भन्दा रैछन पछी त्यही नाम लाई परिमार्जित गरेर कुश्मा बजार नाम राखेका रैछन ।


बि.स१९६४ मा भाजवीर जोशी ले बनाएको नारायण स्थान मन्दिर, सँगै जोडीएको उनका पनाती चेत नारायण जोशी ले बि.स २०५३ सालमा बनाएको मन्दिर। नारायण स्थान कुश्माको सबै भन्दा पुरानो मन्दिर हो । यो मन्दिरले केही महिना भित्रनै स्वर्ण महोत्सब मनाउदै छ।

बसाइ सरेका जोशिहरु कपडाको ब्यापार गरेर जिबिका उपार्जन गर्दै बसेछन। तेती बेला बिशेष गरेर तानमा कपडा बुनेर एक ठाउँ बाट अर्को ठाउँमा लगेर बेच्दा रैछन र अहिले सम्म पनि धेरै जसो जोशि परिवारले ब्यापारलाइनै मुख्य पेशा बनाएका छन्। अहिले कुश्मामा तेतिबेला आएका जोशिहरुको ५-६ पुस्ता पुगिसकेको छ।
कुश्मा बजार सर्लक्क एक लाइनको बजार छ गाडीमा ५ मिनेटमा बजार घुमेर सकिन्छ । कुश्मामा ३ खाले बजार छ माथिल्लो बजार, तल्लो बजार र बडा गांउ । माथिल्लो बजार सुन्सान छ । ब्यापारको हिसाबले तल्लो बजारमा अली चहल पहल छ। बडा गांउमा बिशेष गरेर सरकारी अफिसहरु छन

लोक्तान्त्रिक चोक(Loktantrik Chowk) - पहिला यहाँ राजा महेन्द्रको शालिक थियो २०६३ को जनआन्दोलन-2 मा गोबिन्द नाथ शर्मा शहीद भएपछि राजा महेन्द्रको सालीक हटाएर उनको शालिक राखिएको हो। गोबिन्द नाथ शर्मा लाई धौलागिरि अञ्चलकै प्रथम शहीद घोषणा गरिएको छ।

हुन त लोक्तान्त्रिक चोक भनेपनि बोलि चालिको भाषामा यहाँका मान्छे ले चाँही उही महेन्द्रको शालिक चोकनै भन्दा रैछन ।

कुश्माको अर्को आकर्षण भनेको गुप्तेश्वोर गुफा (Gupteshwor Cave) हो। यो गुफा तह तह परेर बनेको छ यो नेपालकै लामो गुफा मध्य पर्छ । गुफा भित्र बत्ति जोडीएको छ र भित्ता घिउ कलरको देखिन्छ । गुफा भित्र कतै टल्कने चिज देखिन्छ, कतै ५ पान्डवको आकृति देखिन्छ, कतै शिवलिंगको आकृति देखिन्छ र बिच बिचमा बिभिन्न देबी देवताको मुर्ती भेटिन्छ। यो गुफा धेरै समय सम्म गुप्त रहेकोले गुप्तेश्वोर गुफा भनिएको हो । यहा मुख्य मुख्य चाडबाडमा भक्तालुहरुको भिड लाग्ने गर्दछ।
कुश्मा बजार स्थित स्कुल् र १०+२। डाटा अनुसार् पर्बतमा ७०% ले शिक्षा पाएका छन्। स्कुल र कलेजको नाम पनि नारायण स्थान मन्दिरको नाम बाट राखिएको हो यो बि.स २०१६ सालमा स्थापित भएको कुस्माकै जेठो स्कुल हो।


फलेवास (Phalewas) - कुश्माबाट करीब ३ घण्टा हिंडे पछी फलेवास आइ पुग्छ। फलेवास एक्दम रमाइलो ठाउँमा रहेको छ वरिपरि डाडा बिचमा समथर भुभाग छ र करिब १ किलो मिटर को दुरिमा कालि गण्डकी बगेको छ। पढ्न को लागि स्कुल कलेज पनि छ। फलेवास नाम रहनुमा मैले २ वटा कहानि सुने।

१) यो ठाउँमा एकदम धेरै फलफुल पाइने हुनाले फलहरु पाइने वास फलेवास भनियो रे।
२) यो ठाउँमा राम्रो बास नपाईने हुनाले फालिएको वास भन्दा भन्दै फलेवास भनियो रे। बनै बन हिड्दा झ्याउकिरी कराएको आवाज सुनिन्छ । कुस्मा बाट ओरालो झर्दा त बाटो अप्ठेरो नै छ कोही कोही ठाउँ बाट त छर्लङ भिर देखिन्छ लड्यो भने त सिधै काली गण्डकीमा पुगिन्छ।


कालिगण्डकी र मोदी खोला मिसिएको पनि फलेबास जाने बाटो मै देखिन्छ। दुई खोला मिलन भएपछी यो ठाउँ लाई मोदिबिनी(modibini)भन्छन।

कालिगण्डकीमा(kali gandaki) बिशेष गरेर शालीग्राम Shaligram(fossil) पाईन्छ र परापुर्ब कालको पुराण अनुसार भगवान बिष्णुलाइ जालधरको श्रीमती ब्रिन्दाको श्राप अनुसार बिना आकार को कालो ढुङ्गा होस भनेकोले पछी गएर तेही कालो ढुङ्गा शालीग्रामलाईनै बिष्णुको रुपमा मानेर पूजा गरिन थालियो। शालीग्राम गण्डकीमा मात्र पाईन्छ।

बिशेष चाडपर्बमा गंगा नदिको शाखा नदी गण्डकी भएकोले यहाँ नुहाउन आउछन। गंगाजिमा नुहायो भने पाप पखालिन्छ भन्ने विश्वाश छ। काली गण्डकीलाई नै प्रयोग गरेर नेपालको एक ठुलो hydroelectricity प्रोजेक्ट पनि चलिरहेको छ।

कुस्मा बाट फलेवास आउँदा बिच बाटो मा पर्ने रमनिय सिर्सुवा ।


फलेवासको भड्खालबाट देखिने रमाइलो द्श्य। यहा बिषेश गरेर धान, मकै, गहु र मकै खेति हुन्छ।
क्रमश......

10/27/07

dashain update

यसपालिको दसैं पनि सकियो। मैले सबैभन्दा धेरै को हातको टिका लगाएको यही साल होला । हुन पनि काठमाडौं देखी लिएर टिका लगाउदै कुश्मा- पर्बत, फलेबास, बाग्लुङ, बेनी देखी लिएर गलेश्वोर- म्याग्दी, अनी पोखरा सम्म आएर फेरी काठमाडौंमा छुट्पुट टिका लगाउन भ्याइयो । यो दसैं भन्ने पनि गजब नै हुन्छ। निधार भरी टिका लाउन पर्ने धेरै आफन्त भएको बेला मा त नांग्लो जत्रै निधार भए पनि नपुग्ने जस्तो। मेरो पनि यस्पालि त निधार भरिएर टिका त अर्धचन्द्र आकारमा गाला सम्म टिका आइपुगेको थियो।

आशिर्बाद पनि गजब नै हुन्छन कसैले त ५ मिनेट सम्म भट्याउने, सबैभन्दा कमन आशिर्बाद चाँही ठुलो मान्छे बन्नु, धेरै पढ्नु। क समेत् नजान्ने लाई पनि था हुने पढेरै ठुलो मान्छे अनी बुद्धिमान हुन सक्छ भन्ने कुरा। अहिले त बुढा पाका पनि बाठा भाई सके पहिला को जस्तो सन्तान ले डाडाकाडा ढाकुन भन्दैनन सायद डाडाहरु सबै मान्छे ले भरिएर होला। भनिन्छ दशैमा बुढापाका ले निधारमा टिका लगाउदै आशिर्बाद दिदा आशिर्बाद पनि निधारमा ट्रान्स्फर भएर त्यो आशिर्बाद लाग्छ रे। लौ सबैले थापेका आशिर्बाद लागोस अरु मेरो ५ दिन को भ्रमणको बेलिबिस्तार बिस्तारै बिस्तारै लाउदै गरौला।