5/28/07

बनेपाको आइटी पार्कमा खडेरी

करोडौ खर्च गरेर बनाउदै गरेको सुन्दर आइटि नगरी देखेर करिब ७ बर्ष अगाडि मेरो पनि मन लोभिएको थियो तेती बेला म पनि आइटिनै पढ्दै थिए र आहा पढिसके पछि यहि सुन्दर नगरिमा काम गरौला भनेर मन मनै सोचेकी थिए सायद हरेक आइटिका विद्यार्थीहरु जस्ले यो पार्क देखेको छ उस्लाई यो पार्कमा काम गर्न पाए हुन्थ्यो होला भन्ने लाग्थ्यो होला ।

करिब ५ बर्ष अगाडि एउटा प्रोजेक्टको सिलसिलामा ईन्जिनियर स्वामी आनन्द अरुण सँग भेटेको थिए जो बनेपाको आइटी पार्क बनाउनमा संलग्न हुनु हुन्थ्यो, उहालाई मैले आइटी पार्कका बारेमा जिज्ञासा राख्दा यस्को भबिश्य उज्जल भएको जिकिर गर्नु भएको थियो ।

तर बनेपाको आइटी पार्क तयार भएको बर्षौ हुँदा पनि एउटा कम्पनी बाहेक अरु बस्न आएका छैनन् । अझ दुख लाग्दो कुरा त आज कान्तिपुर दैनिक हेरेर थाहा पाए तेही एउटा भएको नेदरल्यान्डको जाभ्रा कम्पनी पनि काठमाडौं सर्दै छ रे जुन कम्पनीमा लगभग ३५ जना नेपाली आइटी प्रोफेसनलले काम गर्छन र सर्नुको कारण थाहा पाउनु भो भने हास्नु हुन्छ तपाईं पनि "राम्रो ईन्टरनेटको सुबिधा नभएको कारणले" सर्न लागेको रे हुन पनि हात्ती छिर्यो पुच्छर अड्कयो भनेको जस्तै यति ठुलो आइटी पार्क बनाए पछि राम्रो ईन्टरनेटको बेबस्था कस्तो गर्न नसकेका होलान जबकी अहिले हरेक आइटीका काम राम्रो ईन्टरनेट बिना असम्भबनै छ यदि ईन्टरनेट कनेक्सन राम्रो छैन भन्ने हामीले जती नै मेहेनत गरेपनी हाम्रो efficiency नै घट्छ अनी समयमा काम सकाउन गार्हो हुन्छ ।

कान्तिपुर दैनिक अनुसार “ईन्टरनेट राम्रो नभएकैले अन्य कम्पनी समेत आउन सकेका छैनन् रे धेरै बिदेशी कम्पनी आउने भनेका छन् तर राम्रो ईन्टरनेट नहुनाले नै रोक्नु परेको छ रे।“

अहिले बर्सेनी लगभग् २५००-३००० आइटी ग्र्याजुयेटस् हुन्छन र धेरै जसो आइटी ग्र्याजुयेटसहरु बेरोजगार बस्नु परेको छ अथवा आफ्नो फिल्ड् छोडेर अर्कै तिर लाग्नु परेको छ अथवा बिदेश तिर लाग्नु परेको छ यस्तो स्थितिमा आइटी ग्र्याजुयेटस् हरुलाई सकेसम्म धेरै opportunity create गर्न परेको छ र त्यसको लागि नेपालमा बढी भन्दा बढी आइटि कम्पनी हुन एकदम जरुरी छ र सरकारले बढी भन्दा बढी बिदेशी आइटी कम्पनी लाई ल्याउने बातावरण तयार गर्न जरुरी छ ताकि IT professional हरुले आफुले पढेका कुरा हरु professionally नेपालमै सदुपयोग गर्न सकुन ।

समयमै उचित कदम नचालिएको खण्डमा जुन आउन लागेका बिदेशी कम्पनी छन् तिनिहरुमा पनि नराम्रो प्रभाब पर्नेछ र सैयौ नेपालीहरुले नेपालमै पाउने अवसर गुमाउने छन् ।

Banepa IT Park Related Link

5/24/07

नारी - आफ्नो बाधक आँफै

कुनै पनि नारी आफु अगाडि बढ्न कसैलाई दोष थुपार्छिन् भने उनी आफ्नो बाधक आँफै हुन। सन्कुचित, कमजोर, आत्मबिश्वास नभएकाले तर्कनका लागि अरुलाई आफ्नो तगारो ठानेर पन्छिन खोज्छ्न, होइन भने असम्भब भन्ने केही कुरा छैन मात्र आफुमा आत्मबिश्वास भन्ने चिज हुन पर्‍यो।

केही कुरा पनि सजिलै पाउन सकिदैन हरेक सानो कुराको लागि संघर्ष गर्नु पर्छ । मलाई हेलन केलर एकदम मन पर्छ उनि बोल्न सक्दिनथिइन, सुन्दिनथिइन, आखा पनि देख्दिनथिन् तर उनले कसरी संसार सामु आफुलाई चिनाउन सफल भैइन।हामी आईमाइहरु अरुको एकदम छिट्टै सिको गर्ने कला हुन्छ , अरु बाट राम्रो कुराको सिको गरेर यो कला को सदुपयोग गर्ने हो कि?

नारी मा एक प्रकारको शक्ती हुन्छ यही शक्तिका कारणनै उनले घर परिवार सबैको मन जितेर बसेकि हुन्छिन अनि सबै भन्दा उच्च ठाउमा आमा हुन्छिन अनि सबै भन्दा प्यारो शब्द "आमा" भन्ने उनकै हुन्छ। केटि मान्छे अरुको लागि त पक्कै शक्ति बन्छिन् तर आफ्नै लागि किन कमजोर त?

जब वाध्यता र परिस्थितीले आफ्नो अस्मिता बेच्न वाध्य छु भन्ने आईमाइ भेट्छु तब मलाई ढुङ्गा उचालेर हिर्काउन मन लाग्छ । यो त बाहाना मात्रै हो खुल्ला रुपले स्विकार्न नसकेर बाध्य्ता, परिस्थिती अनी पारिवारिक कारण देखाइ चोखिन खोज्छन होइन भने संसारमा यसबाहेक हजारौ काम छ मात्रै सँघर्ष गर्न तयार हुन पर्छ।

नारी मायाकी खानी हुन् उनले यसलाई नै सही हतियार बनाउन सक्छिन , असम्भवलाई सम्भव बनाउन सक्छिन्, गलतलाई सही बनाउन सक्छिन नराम्रोलाई राम्रो बनाउन सक्छिन बिग्रेकोलाई सपार्न सक्छिन । यदी घर परिवार बाधक छन भने प्रेम पुर्वक समझदारी पुर्वक आफ्नो परिवारलाई रिझाउन सकिन्छ आफ्नो ममतारुपी तापले पगाल्न सकिन्छ । एकचोटि मेरा प्यारा दिदिबहिनीहरु कोशीस गर्नुहोस् It really works!!!

जब तपाईं घर बाट बाहिर निस्कनु हुन्छ त्यसपछी भिड्भाड् युक्त माइक्रो वा बसमा चढनु हुन्छ जानी जानी अथवा अन्जानमा तपाईंको सम्बेदन्शिल अङगमा थिचिन्छ अनी छुइन्छ , त्यसपछि तपाईं अफिस मा पुग्नु हुन्छ आफुलाई २० जना पुरुषको बिचमा एक्लो पाउनु हुन्छ अफिसका कामकाज, ठुला बडा मान्छे सँग बिजनेस डिल, समयमै सक्नुपर्ने डेडलाइन - यि कुरा घरमा भात पकाए जस्ता सजिला अवस्य छैनन तर सबैलाई कसरी लिने अनी आफु अगाडि कसरी बढ्ने भन्ने कुरा आफैमा भर पर्छ।

त्यसैले हाम्रा अगाडि हजारौ बाधा अडचन छन् हरेक कुरामा अरुलाई दोष लगाएर साध्यनै छैन हामी त हरेक कुरा सँग जुधेर त्यससँग समाना गर्नुपर्ने हुन्छ कसैलाई दोष थुपारेर आफु कहिले सम्म तर्कने, हामी आफैले पनि कमजोर मानसिकता लिएर बसेका हौ कि? हरेक अप्ठेरो भित्र सम्भावना हुन्छ अनी सम्भावनामै सफलता लुकेको हुन्छ । हरेक कुरामा पुरुष सँग दाजिन नखोजौ। अरुलाई दोष दिन छोडौ, अरुलाई बाधक भन्न छोडौ ।हामी आफै एकचोटी आफुलाई नियालेर हेरौ, कोशीस गरौ आफुले महसुस गरेका साङ्लाहरु चुडाउ, आफुमाथिका कमजोर मानसिकताका गाठाहरु फुकाउ अनी आफुरुपी बाधक लाई धेरै पछाडि छोडेर आत्मनिर्भरको पथतिर लम्कौ।

"Progress is impossible without change, and those who
cannot change their minds cannot change anything."

-- George Bernard Shaw

5/11/07

IT Policy & Cyber Law in Nepal

नेपालमा साइबर क्राइम जस्तै hacking, piracy, copyright violation र अरु बिद्युतीय अबैधानिक कार्य गरेमा ५० हजार देखि ३ लाख सम्म तिर्न पर्ने र ६ महिना सम्मको कैद हुने रहेछ बिस्तारमा चाँही डाउनलोड गरेर पढ्नु होला ।

Click Topic to download the file

- Cyber Law
- Information Technology Policy 2057 (2003)
- e-Government Master Plan Report
- Electronic Transaction Act(digital signature)-2063
- E-Governance in Nepal
- Cyber Law Enforcement in Nepal
- Computer Crime & Intellectual Property Section
- Computer Crime

यो सुरुवात सार्है राम्रो छ तर एस्लाई फलो गर्ने कस्ले ? जब कि हामी आँफै Pirated Software प्रयोग गर्न वाध्य छौ सायद यो पोलिसी टाइप गर्दा पनि Pirated Software नै प्रयोग गरेका होलान यस्तो स्थितिमा कस्को लागि साईबर ल बनाउने हो? नेपाल मा धेरै आइटि कम्पनी ले सफ्टवेर बनाउछन् । Pirated Software मै software बनाउने अनि त्यो Software लाइ copyright राख्ने?

एक महिना अगाडि मैले 3D Max को Original CD किन्न खोजेको थिए। नेपालमा त पाइने कुरै भएन बिदेशबाट मगाउदा लगभग $3459 पर्ने भो। लौन कस्तो महँगो। मैले त त्यसपछि original 3D Max चलाऊने धोको त्यागिदिए अनी तेही crack गरेकै software को जय जयकार भो। के गर्नु वाध्यता छ।

5/1/07

बुद्धम् शरणम् गछ्यामी

"Believe nothing, no matter where you read it, or who said it,
even if I have said it, unless it agrees with your own reason and
your own commonsense." -- Buddha

आज सबैलाई फेरी एकचोटी बुद्ध चाँहीएको छ । यो कोलाहल, अशान्त, अशामान्य परिस्थितीमा अनी यो भिडभाड्, थिचोमिचो अनी अगाडि पुग्ने होडमा बुद्धको धर्य चाँहीएको छ। यो मारकाट्, झगडा अनी मै हु भन्ने लाई बुद्ध को सत् बिचार चाँहीएको छ अनी हरेक चोटि जानी जानी बाटो बिराउनेलाई बुद्धको सत्मार्ग चाँहीएको छ अनी सधैं कुद्रिष्टीले हेर्ने ति नजर लाई बुद्धको सत् द्रिष्टी चाँहीएको छ। लोभ मोह त्यागी जिबनको सही अबमुल्यन् गर्न बुद्धको सत् जिबन् चाँहीएको छ ।
फेरी एकचोटी हामीलाई बुद्ध चाँहीएको छ.................................