1/26/09

नेपालमा बिहेको लागि दुलही खडेरी

सुनिन्छ नेपालमा अहिले बिहेको लागि केटि पाउन बडा मुस्किल् छ रे। लमिहरु पनि केटिको खडेरि परेकोले चकित छन् रे। कुरो के परेछ भने नि राम्रि राम्रि केटि सबै स्कुल कलेज मै बूक भै सक्ने रैछन्।

बिचरा खुरु खुरु राम्ररी पढ्ने दाँया बाँया नहेर्ने केटाहरु अब जवान भए पछी केटी पाउन मुस्किल भएछ। अझ तेही माथि भए भरका केटीहरु बिदेश जानाले पनि समस्या आइराखेको र बिदेश जानेले पनि dependent लग्न पाउने हुनाले सुटुक्क विवाह गरेर जानाले विवाह योग्य बरलाई अझ थप समस्या भएको बिशेष सुत्रले जानकारी दिएका छन। आज भोली १८ बर्ष पुग्न नपाउदै education consultancy ले राम्रो अफर निकालेका छन् । जोडी मिलाउनु होस् बिदेश जानुहोस्। एउटा भिसामा अर्को फ्री । अब यस्ता कलीला युवा युवतीलाई विवाहको certificate भिडाइदिए पछी अबको पाँच बर्षमा Divorce गर्न नेपालीहरुले अमेरिकिलाई उछिन्ने छन्।

अब यस्तो केटीको खडेरीको कुरा मेरो सासुमुमाको कानमा नि पुगेछ। अहो!! छोरोले बेलैमा लप गरेछ भनेर सकल परिवार खुब दङ् छन् अरे।

हिजो यहाँ अष्ट्रेलियन डे थियो। यसो सिटी तिर गएको थिए । जुङ्गाको भर्खर रेखी बसेको एकजना नेपाली भाईलाई भेटे । दिदी म त बिहे गरेर आको भने। कती चाडो बिहे गरेको नि भन्दा नक्कली बिहे गरेर आएको रे। Consultancy ले सबै मिलाइदियो रे । आफ्नो girlfriend लाई चाहि नलिकन आएर चिनु न जान्नुको केटी सँग बिहा गरेर dependent भएर आएको देखेर म त चकित परे।

मेरा आफन्त ईन्जिनियर छन, महिनाको हजारौ कमाउछन् विवाहको लागि योग्य छन। उनलाई केटी पाउन गाहो भएको बेला यो नाथे १२ कलास पनि नसकेकोले बिहा?? त्यो पनि नक्कली!! गरेर आएको देखेर मननै कुढियो।

अब यस्तै गर्न लागे भने नेपालमा साच्चिकै जोडी मिलाउन चाहनेलाइ बडा मुस्किल हुने भयो । नक्कली बिहे गरेर डिभोर्स गर्दा जिन्दगी भर डिभोर्सको ट्याग सक्कली रुपमै लाग्छ भनेर किन नबुजेका होलान। विवाहलाई किन यस्तो बिदेश आउने भिसा बनाएका होलान। लौन प्रभु मैले त बुझ्न सकिन।

1/21/09

चित्रमा रेल देख्नु र साँच्चै चढनु फरक हुन्छ नि हो


रेल चढ्न पाएकी ब्लगर्निको अनुभव यही हो। यस्तो रे उस्तो रे सुन्नु र आँफैले अनुभव गर्नुमा फरक हुने रैछ। पैसाले भ्याए सम्म म अरु देश नि घुमेर त्यहाको बारेमा जानकारी गराउन प्रयास गर्ने छु। म नेपालमा वेब होस्टिङ्को पनि बिजनेस गर्थे। यो पनि अचम्म कै बिजनेस थियो। १० mb स्पेस लाई ५०० पनि पार्न सक्नु हुन्थ्यो ५००० पनि पर्न सकिन्थ्यो। यो सबै बोलीको कला हुन्थ्यो।

रे रे कै भरमा होस्टिङ बेचिन्थ्यो। मैले usa बाट बल्कमा hosting किन्थे। किन्नु अगाडि तेस्को reliability हेरिन्छ । फर्स्ट डाटा सेन्टर क्यलिफोर्निया, सेकेन्ड डाटा सेन्टर टेक्सास भनेर कन्ठै पारीन्थ्यो।

हाम्रो सर्भर स्मोक फ्री, डस्ट फ्री इधर उधर भनेर कस्ट्मरलाई चित्र मात्र हेरेर जान्ने पल्टेर कती गफ दिनु भनेर वाक्क पनि लाग्थ्यो।

मर्कनटाइलमा काम गर्ने अती राम्रो मुना भन्ने साथी थिइन्। एकदिन उनले मलाई वास्तविक रुपमा त्यहाँ भएको डाटा सर्भर, ठुला ठुला स्याट्लाइटहरु देखाइन । तर पनि मैले बिदेशी चित्रमा जस्तो डाटा सेन्टर त्यहाँ पाइन । तर जब म अष्ट्रेलिया आए यहाँ मैले चाहेको अनुसार डाटा सेन्टर देखे र आफ्नै हातले ति सर्भर छुन पाउदा म हर्षले गदगद भए। मैले खुब हेरे । खुब प्रश्न पनि गरे अनी एक छिन् बसेर सर्भर आँफै मोनिटर नि गरे। १२ कक्षा पढ्दा सम्म कम्प्युटर छुन नपाएकी मैले यहाँ आएर घर जत्रा सर्भर किबोर्डको भरमा मोनिटर गर्न पाउदा त्यो रात म खुशीले निदाउन सकिन। मलाई सपना नै हो कि जस्तो पनि लाग्यो।

मैले यहाँ देखेका केही कुरा लेख्दै छु।

- नेपालमा जस्तै यहाँ पनि महिला आइटी प्रोफेस्नल सार्है कम रैछन्। यहाँ पनि पुरुष सरह आईमाईलाई तलब दिएन भनेर आईमाईहरु उफ्रिदा रैछन।

- जिन्दगीभर मैले यती धेरै sorry र thank you सुनेको छैन होला त्यो भन्दा धेरै मैले यहाँ आएर सुने। जे गरे नि सरी र थ्यांक यू चै भनी हाल्ने रैछ्न र अर्को कुरा तपाईं होटेल, रेस्टुरेन्ट, मल जहाँ सुकै जानुस् hi, how are you? भन्छन्। कहिले काही बोल्न मन नलागेको बेला त आपत नै पर्छ।

- अरु ठाउँमा त था भएन तर Melbourne मा बाटोमा हिड्दा नचिनेको मान्छे पनि हास्छन र बिहान छ भने good morning भन्छन्।

- यहाका मान्छेहरु लाई जे सोधे पनि भरसक राम्रो तरिकाले भनिदिन्छन्। एकदिन त मैले आफ्नै घर आउने बाटो बिर्सें एउटो खैरेले घर सम्म ल्याइदियो।

- खैरेहरुहरु चुम्मा चुम्मी गरेको देखेर होला ईण्डियनहरु पनि तेस्तै सिको गर्छन्। हामि पनि सितैमा दर्शक हुन पाईन्छ।

- यहाँ का नागरिक तथा स्थानिय बासिन्दाले पहिलो घर किन्दा $२४००० (first home grant ) सरकार बाट पाउदो रैछ।

- नेपालमा नेताहरुले सुत्केरी भत्ता खाए भनेको त सुनेको थिए तर यहाँ चाहि बच्चा पाउने बितिकै $७००० पाउदा रैछन।

- यहाँका बुढी हरु सार्है नक्कली यती मेकअप गर्छन् कुरै नगरौ। अझै तिनी हरु लाई त hi ! young lady भन्नु पर्ने बा !! बा!!

- यहाँ कुकुर पाल्न सार्है महँगो। अस्ती एउटा सानो कुकुर लाई कती भनेर सोधेको $८५० रे । अब कुकुरलाई छुट्टैखाने कुरा खुवाउन पर्ने। कुकुरलाई पिट्न तथा हेप्न नपाईने नत्र भने जनावर सम्बन्धी कानुन लाग्ने। फेरी आफ्नो कुकुरले अरु लाई टोक्यो भने त $१२००० तिर्न पर्ने।

- यहाँका young generation सार्है छुक्छुके चक चक नगरि हल्ला नगरि बस्नै नसक्ने। अझ जडियाहरुको चटक नि ट्रैनमा हेर्न लायक हुन्छ।

- एक जना नेपाली भाईले यहाँ मेलबर्न सेन्ट्र्ल भन्ने सपिङ् मलमा थुकेछन्। सिभिल ड्रेसमा भएको पुलिस तुरुन्त आएर किन थुकेको भनेर सोधेछ? थुक आयो अनी थुके भनेछन् नेपाली भाईले? बल्ल बल्ल जालमा परेको माछा के छोड्थ्यो $२६० को पुर्जा त्यो भाईको हातमा थमाइ दिएछ। जिन्दगी थानकोट नकाटेका एकै चोटि मेल्बर्न आएका भाईलाई थुकेर करिब नेपालि रुपैया १३,२३० तिर्न पर्ला भनेर हेक्कै नरहेको बताए।

- अर्का भाईले पनि मेलबर्न सेन्ट्र्ल अगाडि बसेर मज्जाले फ्वा फ्वा चुरोट खाएर बाटोमा ठुटो फालेछन् तेस्पछी त साधा ड्रेस लगाएका पुलिसले मज्जाले फाइन लगाइदिएछ। अब जसरी ILTS/TOFEL को जाच दिन अनिबार्य हुन्छ त्यसै गरेर नेपालीहरुलाई नि यस्ता साधारण नियम कानुन पनि पढाएर बिदेश पठाउनु पर्छ जस्तो मलाइ लाग्छ।

क्रमस:

1/12/09

लोडसेडिङ्ले साना आइटि कम्पनी बन्द हुने अवस्थामा

अहिले भैरहेको १६ घन्टे लोडसेडिङ्ले नेपालका ठुला तथा साना IT Company र freelancer लाई भयङ्कर प्रभाब पारेको छ। जेनेरेटर प्रयोग गर्दा ५ गुणा बढी पैसा पर्ने र inverter र ups चार्ज गर्न पर्याप्त समय नपुग्ने भएको छ।

करिब ५० वटा कम्प्युटर र ४० जना स्टाफ राखेर ebpearls भन्ने कम्पनी चलाएर बसेका बिजनेस डाइरेक्टर रुपक शाक्य भन्छन् "बैकल्पिक उर्जा प्रयोग गर्दा कम्पनिको खर्च ३ गुणाले बढेको छ। यस्तै स्थिती भयो भने साना आइटि कम्पनी सबै बन्द गर्नुपर्ने र ठुलाले पनि limited सर्भिस दिएर धेरै मात्रामा आफ्नो अरु सर्भिस ठप्प पार्ने अवस्था आउन सक्छ।“ तेस्तै गरेर आइबिबी भन्ने कम्पनी चलाएर बसेका नारायण चिन्तित मुद्रामा अती आवश्यक काम गर्न जेनेरेटर किन्ने सुरसारमा छन्।


सिम्रिक सलुसनका किरणको चिन्ता पनि अरु आइटी प्रोफेस्नलको भन्दा कम छैन। समयमा ग्राहकको काम नसक्दा ग्राहक भाग्ने उत्तिकै सम्भावना छ र यता कामको खात हुँदा उता बत्ती नहुँदा स्टाफ idle बस्नु परेको पिरलो नि छदै छ। यदी समयमै सरकारले कुनै बिकल्प जस्तै थर्मल प्लान्ट वा अरु बिकल्प नखोजेको खन्डमा आइटी कम्पनी बन्द गर्नु पर्ने अवस्था आउन सक्ने कुरा किरण बताउछन्।


यसरी काम गरेर खान्छु भन्दा पनि प्याप्त स्रोत नहुँदा र बत्ती नहुँदा ट्वाल्ल परेर हात बाधेर बस्नु पर्दा कती रिस उठ्छ होला त? जब सम्म देशमा बत्ती हुँदैन तब सम्म इन्फोट्रेड र क्यान इन्फोटेक बेकार छन्। यि सोहरु बच्चालाई खेलौना देखाएर भुलाए जस्तो हुनेछ र ई-नेपाल ई-गभर्नेन्स, एम कमर्स, वायरलेस टेक्नोलोजी, नेटवर्किङ, कम्युनिकेसन जस्ता कुराहरु माघमा स्वस्थानीको कथा सुनेको जस्तो हुनेछ। इती श्रि इ - नेपाल लोडसेडिङ्पुराणे केदारखन्डे बिदेशिहरु हाम्रो “आईसीटी माइलस्टोन फर न्यु नेपाल” नारा श्रवन करके खुब हसन्ते।


नेपालमा बर्षेनी २५००-३००० सम्म कम्प्युटर डिग्री लिएर बिद्यार्थीहरु निस्कन्छन् र साना आइटी कम्पनी बन्द र ठुला चल्न नसक्ने अवस्था भए पछी ति तन्नेरीहरुमा बिशाल निराशा छाउने छ र त्यस्को बिकल्प बिदेश हानिनु बाहेक अरु बिद्यार्थीहरुले ठम्याउन सक्ने छैन।

मलाई त सोचेर पनि काहाली लागेर आउछ लौन सम्बन्धित मान्छेको कानमा छिटो बतास लाग्नु पर्‍यो ।


1/8/09

अष्ट्रेलियामा Miss Nepal र Mrs Nepal को भुर्चालो


नेपालमा माउबादिले यस्ता ब्युटी कन्टेस्ट गर्न नदिए पछी नेपाल बाहिर यस्ता प्रोग्राम खुब हुन थालेका छन्। गएको महिना Miss Nepal Australia सिड्नीमा भयो र अर्को महिना Mrs Inspirational Nepal Australia फेब्रुअरी १४ तारिकमा हुँदैछ। हुन त जिती सके पछी पनि अहिले सम्म देशनै उचो हुने कुनै नेपाल सुन्दरीहरुले केही नगरेको हुनाले पनि माउबादीले Miss Nepal event गर्न नदिएको हुन सक्छ।

अब बन्दुक र गोला चलाउने एक से एक सुन्दरीहरुका अगाडि बिचरा अरु सुन्दरीको के जोड चल्थ्यो र? एक महिनासम्म ट्रेनिङ लिए, आखिर क्यान्सिल नै भयो। यस्ता ब्युटी प्रोग्रामलाई लिएर मेरो बिचार ऋतुराज को जस्तै छ । “मन पराउनेले हेर्छन्, मन नपराउनेले हेर्दैनन्। क्याबात् भन्नु पनि परेको छैन, वाहियात् भनेर झर्कनु पनि परेको छैन । पूर्णरूपेण तटस्थ!”

तर कहिले काही यि स्पोन्सर गर्नेहरुले १० -१५ लाख मलाई दिए त कम्ती मा पनि ५००० महिलालाई कम्प्युटर मज्जाले सिकाउन पाउथे र ति मध्य करिब २००० ले त कम्प्युटर सम्बधी काम अवस्य गर्थे होला। २००० जना महिलालाई जागिरको अवसर दिनु नेपालमा ठुलो कुरा हो। जबकी beauty प्रोग्राम गर्दा जम्मा जम्मी २५-३० जना महिला भाग लिन पाउछन। यो सम्बन्धी मेरो कुनै बिरोध होइन तर देश अनुसारको भेष टाउको अनुसार केश भनेको जस्तै सोचेर लगानी गर्न सकिन्छ। अहिलेको अवस्थामा काठमाडौं जेसिसले मिस नेपाल आयोजना गर्न नपाए पनि महिलाको उत्थान हुने अरु प्रोग्राम गर्न सक्द्छ ।

Visit Similar to this post miss nepal

1/1/09

सबै न्यू इअर मनाएर नि साध्य हुन्छ र?


हामी नेपाली सार्है उदारबादि
छौ। कुन चाड मनाउने कुन नमनाउने लेखा जोखा नै छैन। भ्याए सम्म सबै मनाएर उधुम छ। दसैं तिहार त सामान्य भए। भ्यालेन्टाइन डे, Christian नभए नि क्रिस्मस डे, फ्रेन्डशिप डे, रोज डे आदि इत्यादि डे। न्यू इअरको कुरा गरौ नेपाली न्यू इअर कसैलाई बाल मत्लब छैन। ईंग्लिश न्यू एअरको कार्डले मेरो सबै इमेल टना टन छ। सबैका ब्लग, फेसबुक, हाइ फाइभ न्यू इअरको शुभ कामनाले भरी भराउ छ। हन् कुन न्यू इअर मनाउने कुन नमनाउने , कुन न्यू इअरमा साथीहरुलाई शुभकामना पठाउने दुबिधामा परियो।

बैशाकको बिक्रम सम्बत् नया बर्ष बिदा हुने मनाउनै पर्ने, नेवार हरुको नेपाल सम्बत् पृथ्वी नारायण शाहले उपत्यका जित्नु भन्दा अगाडि देखी मनाउदै आएको पुरानो सम्बत् छोड्नै नहुने। ईस्बी सम्बत् भन्नै परेन, , जनवरी २५ तारिकमा चाइनाको नयाँ बर्ष, त्यस बाहेक नेपाल भित्र बिभिन्न जात जातीको आफ्नै नयाँ बर्ष जस्तै लोसार आदि इत्यादि। बा बा हो सकिन मैले त ।

भए भरको सबै मनाएर आँफै कती गाईजात्रे हुनु । लौ त तेही भएर मैले त नेपाल को बिक्रम सम्बत् मात्रै धुम धामले मनाउने र तेही न्यू इअरमा मात्रै शुभ-कामना पठाउने निर्णय गरे। कस्तो लाग्यो मेरो बिचार तपाईंहरु लाई?