11/21/07

Gratitude

To all of my US subscribers & friends - wishing you a wonderful Thanksgiving.


Enjoy this one on Gratitude.


"Gratitude unlocks the fullness of life.
It turns what we have into enough, and more.
It turns denial into acceptance, chaos into order,
confusion into clarity....
It turns problems into gifts,
failures into success,
the unexpected into perfect timing,
and mistakes into important events.
Gratitude makes sense of our past,
brings peace for today
and creates a vision for tomorrow."
-- Melodie Beattie



*Thanksgiving Day, is a traditional North American holiday to give thanks at the conclusion of the harvest season. Thanksgiving is celebrated on the fourth Thursday of November in the United States and on the second Monday of October in Canada.

On this day people express gratitude to God for his blessings and give thanks to dear ones for their love & support. Feasting with family is an integral & most delightful part of Thanksgiving Day celebrations.

11/15/07

Make Love Not War

I got the cool T-shirt in website. Words are very meaningful. It cost you $36 (Nrs 2268).
Here is the link to buy this t-shirt.

http://www.superbuddha.net/mens/ss/love_not_war.htm

The mission to design this t-shirt is to liberate minds and spread peace. Material: super soft 100% organic fabric, low impact dyed tees - so you can feel good about what you wear.

However in Katmandu also there is place to print on t-shirt like Attash, Station etc. You can print anything :)
T-shirt model : David Mast of Echocast (Echocast is an aggressive rock band)

11/13/07

गलेश्वोर, म्याग्दी पुग्नै पर्ने ठाउँ

म्याग्दी यती बिघ्न पपुलर भएको थिएन होला जती महाबिर पुनको म्यागासेसे अवार्डले बनायो । हामी फलेवास एकदिन बसेर भोली पल्टै कुश्मा फर्कियौ र तेही दिन गलेश्वोर तिर हानियौ । बाटोमा बाग्लुङ पर्ने हुनाले बाग्लुङतिर पनि छि-र्यौ ।
बाग्लुङ कालिका मन्दिर - धार्मिक रुपमा कालिका मन्दिरमा निकै श्रदा राखिन्छ। यहाँ बिशेष गरेर चैते दसैं र दसैंको बेलामा भिड हुन्छ।

बाग्लुङ बजार( Baglung Bazaar) त गाडीमा ५ मिनेटमा घुमेर सकियो । बजारमा चहल पहल थियो । चुनाव को प्रचार प्रचारले रोड घरका भित्ता रङिएका देखेन्थे। यहाँ धौलागिरी एफ.एम पनि रैछ एकदिन भरि एफ.एम सुन्दा गीत र अरु ज्ञान बर्दक कुरा भन्दा पनि लोकल बिज्ञापन धेरै बज्दो रैछ ।
फर्से (Pharse)
बजार घुमे पछि हामी बाग्लुङबाट बेनी(Beni) तिर लाग्छौ । बेनी जानी कच्ची बाटो छ बडा गाह्रो भयो पेटनै दुख्ने गरी गाडीले उफार्ने। बाग्लुङ बाट फर्से, माल्ढुङा मिलनचोक हुँदै हामी बेनी पुग्छौ ।

बेनिको बजार पनि सानो चटक्क परेको रैछ । बेनीको बारेमा धेरै अघि देखि एउटा गीत पनि चलेको छ नि ...
बेनीको बजार जता माया उतै छ नजर
किरेमिरे जाली रुमाल ............
यो गीत २०१८ सालमा टिकाबहादुर श्रेष्ठले गाएका थिए रे अहिले फेरी नयाँ म्युजिकमा आएको छ रे यो गीत।

गलेश्वोर महादेव(Galeshwor Mahadev)

बेनिबाट गलेश्वोर गाडीमा करिब १५ मिनेट मा पुगिन्छ त्याहा पुग्दा त मन नै आनन्दित हुने अग्लो ठाउमा एउटै चट्टानमा रहेको गलेश्वोर महादेव र वरिपरि डाडाकाडा देखिन्छ र छेवैमा कालिगण्डकी बगेको रमनिय द्रिश्य देखिन्छ।

गलेश्वोरबाट मुस्ताङ हिंडेर करिब २ दिनमा पुग्न सकिन्छ तर आज भोली बिच बिच मा मोटर बाटो चल्ने हुनाले मोटर चढ्दै, हिड्दै जादा करिब एकदिनमा मुस्ताङ पुग्न सकिदो रैछ।

गलैचा फूल - लौजा त.. कान मै सिउरिदिए मलाइ मन पर्ने फूल wow!!! धेरै ठुलो पो हुदो रैछ त यस्को बोट त जीवनमा पहिलो पटक यो फूलको रुख देखेर त छक्कै परे।

11/3/07

राम्री ठमेल

यो लकेट को कति हो ?
१७५
मह्गो रैछ है?
उसो भए १३० मा लैजानुस
शायद मलाई त्यो लकेट एकदमनै मन परेर हुत्तिदै आएको बसन्तपुर नाइट मार्केट कि ति साउनीले भेउ पाइछिन क्यारे खुरुक्क आँफै डिस्काउन्ट गरेर दिइन।
सांझको ७ बजिसकेको छ आज गूड् फ्राइडे मनाउने मुड्मा निस्किएको छ ।
झमक्क अध्यारो भई सकेको छ अध्यारो सँङै बसन्तपुरमा भिड बाक्लिदै छ। म पनि कतै हराउछु कि भनेर मायालुको हात मायाले च्याप्प नै समातेको छु।

भोक पनि लागि सकेको छ बसन्तपुरको बाटोमा राखेको ठेलाबाट खानाको पनि निकै मिठो बास्ना आएको छ वाह!! वाह!! कता बाट के सुरु गर्नेनै अलमल्लमा परीयो सबै खाने ठाउँमा भिड नै छ कोही उभिएर खाएका छन कोही बाइकमै बसेर खाएका छन कोही भुइमै बसेर बेफिक्री सँग खाएका छन ।

लौ छोइला र आलु नै खाउ त पिरो पिरो वाह मिठो, बस्ने ठाउँ थिएन उभिएर खाँदै थियौ फिल्ममा खेल्ने दिनेश डि.सि पनि आफ्नो साथी सँग आइपुगे हतार हतार एउटा बर्गर दुई जनाले आधा आधा खाएर अध्यारोमा कता हराए था भएन उफ् कस्तो पिरो अब हाम्रो छोइला र आलु पनि सकि सकेको थियो, त्यसपछि अली माथि गयौ । टिकिया चाटले भब्य स्वागत गरि रहेको थियो! ट्राइ गरौ न त ! हाम्रो चाट २ मिनेटमा तयार हुन्छ । ठिकै रैछ चाट त ।

क्या मोबाईल ख्वाइ भो घुमी घुमी बेपरबाह खान पाइने अब फेरी अर्को ठाउँमा गएर चिकेन लेग तार्न लगाइयो लौ एस्पालि त बस्ने ठाउ पनि भेटियो बसेर खान मात्र के लागेको थियौ एउटा सडक बालक आएर दिदी म पनि खान्छु नि भन्यो । त्यसरी मागेपछी कसरी खान सकिन्थ्यो र? आफुले खान लागेको खुरुक्क उस्को हातमा थमाएर हामी ठमेल तिर लाग्यौ करीब ८ बजी सकेको थियो अब मलाई तातो मस्रूम सुप खानु थियो ठमेलमा निकै चहल पहल थियो वाह! क्या! रमाइलो हाम्रो लागि newroad चाहि Newyork र Thamel चाहि Thailand थियो । बाटो सम्म पसल थियो सबै पसल खुल्ला.. टुरिस्ट पनि बेफिक्र हिडि रहेका थिए ।

मेरो ध्यान सुप मै थियो यसो माथि हेरेको Maya’s Cocktail Bar देखे कहिले पनि अल्कोहल नखाए पनि ककटेलबारमा सुप त अवस्य पाउला नि भन्दै माथि उक्लियौ । उफ् सबैतिर टुरिस्ट बसेका थिए एकदमनै प्याक थियो बस्ने कतै ठाउँ नै थिएन ।


त्यस पछी हामी OR2K तिर लाग्यौ ओहो त्यहा पनि प्याक रैछ पहिला पहिला त तेही ठाउमा कस्तो खाली हुन्थ्यो जता बसे पनि हुने यसो सोचे यस्पाली टुरिस्ट टन्नै आएछन । हुन पनि हो यो साल त बिगतको ५ बर्षमा सबै भन्दा बढी टुरिस्ट आएका रैछन । visit Nepal ’98 पछी यही साल रैछ होटेल ब्यबसाय गर्नेहरु बेफुर्सदी भएका ।

तेतिकैमा रेस्टुरेन्टको मान्छेले भन्यो म ठाउँ मिलाइदिहाल्छु नि के गर्ने adjust गरेर बस्न पर्छ आज भोली यस्तै प्याक हुन्छ । लौ ठिकै छ राम्रै खेति भै रहेको रैछ भन्ठाने अनी दुई जापनिज सँग टेबल सेयर गर्न पुगियो उनीहरु जापनिज भाषामा खासखुस गर्थे अनी खिस्स हास्थे, हामि पनि जवाफी फिस्स हासिदिन्थौ तेतिकैमा अर्को टेबल खाली भयो र हामी अर्को तिर स-र्यौ र खानेकुरा आराम सँग खाएर हिडयौ धेरै पछी आएको ठमेल देखेर दिपावली आइसकेछ कि भन्ने भान हुन्थ्यो, म्युजिक को धुन सुनिन्थ्यो, झिलिमिली थियो । ठमेल राम्रो होइन राम्री देखिएकी जस्तो लाग्थ्यो ।

९:१५ भई सकेको थियो घर चाडो आउनु भनेर मोबाइलमा बोलावट पनि आइसकेको थियो घर पनि टाइममा पुग्नै थियो अब ठमेललाई बाइ बाइ गर्दै Himalayan java को बाटोबाट घर तिर लाग्यौ । तेतिकैमा रातो सारी, चुरा अनी हरियो पोतेमा चटक्क परेको देखेर तीज त सकियो होइन र? भनेको त सङैका साथी भन्छन हिजडालाई त सकिएको छैन नि । हा हा ……. लामो हासो………….