7/30/09

काम चाँही अहिले, पैसा चाँही अर्को बर्ष, क्या बाठो!

ठुला कम्पनी सँग काम गर्‍यो टन्टो धेरै । एक हाकिम सँग appointment लिन गार्हो । दुइ भेट्नै गार्हो । भेट्यो काम सुरु गर्‍यो, काम सक्यो । तीन पैसा लिने बेला accountant को चित्त बुझाउन गार्हो । चार पैसा हातमा पर्न गार्हो । नेपालमा बिजनेस गरेर बस्नेहरुलाई त यो कुरा छर्लङ्ग नै छ। कस्तो professionalism र ethics नभएको होला । कस्तो रे रे को र हुन्छ /होला कै भरमा काम गरिन्छ।

मेरो career को सुरुवातमा एउटा software/web development कम्पनीमा काम गर्थे त्यहाँका हाकिम भन्थे, बुझ्यौ अर्चना अब हाम्रो अफिस मा एक्-दुइ जना गुण्डा राख्न पर्छ। ति हाकिम भन्थे तिमी हामी जस्तो नरम बोलेर नहुने रहेछ। मलाई त बडो अचम्म लाग्यो र सोधे किन?? अब काम गर्‍यो पैसा उठाउन गार्ह्रो काम गर्नु अगाडि पैसा माग्यो काम नै नदिने डर। तिनीहरु लाई के भयो त software नभए नि बिजनेस चलेकै छ। बेब साइट नभए नि ग्राहक आएकै छ। साँच्चै काम deadline मै सकेर के गर्नु पैसा नपाए पछी तर पनि अफिस चलाऊनै पर्‍यो, अरु बिल तिर्नै पर्‍यो , स्टाफ को स्यालरी दिनै पर्‍यो, कत्रो टेन्सन!!


मलाई कहिले काही, म नेपालमा ठुलो बिजनेस वोमन चाँही हुन सक्दिन जस्तो लाग्छ। किन कि पैसाको लागि म सार्है तल गिर्न सक्दिन र ज्यु हजुर नि गर्न सक्दिन र अरु बाट गराउन पनि सक्दिन। आफ्नो मिहेनेत ले काम गर्नु छ तेही पनि ज्यु हजुर गर्न पर्ने कस्तो अचम्म!!

अझ रमिता त कोही कोही एक - दुई बर्ष सम्म पेमेन्ट गर्दैनन। कोही ५०० रुपैयाँको पनि चेक दिन्छन् । त्यो चेक पनि १० दिन पछी जम्मा गर्न पर्ने रे अझै दङ्ग त तेती बेला परिन्छ् जब त्यो बाउन्स हुन्छ। हन् नेपालमा करोडौको बिजेनेस गर्नेको नि ताल यस्तै हो कि हामी हजारमा गर्नेलाई मात्रै यस्तो कष्ट हो।

फेरी अर्को कुरा discount, सफ्टवेर बेच्दा पनि discount चाहिने। बेभसाइट बेच्दा नि discount चाहिने । domain बेच्दा नि discount चाहिने। १००० रुपैयाँको डोमेनमा ५० रुपैयाँ discount चाहिने । कोही कोही लाई त १० रुपैयाँ भएनी discount चाहिन्छ। कहिले काही त कायल भैइन्छ बा!! बा!!

अस्ती मेल्बर्नमा एउटा shopping store मा don’t ask for discount लेखेको रैछ। मलाई त खुब हासो उठ्यो किनकि मैले पहिलो पटक यस्तो देखेको थिए र त्यहाँको sales girl सोधी हाले। यो किन यहाँ टासेको ह? उस्ले मुसुक्क हासेर भनी asian आए भने discount मागेर हैरान पार्छन रे त्यही भएर टासेको भनी अझ अचम्म को कुरा त त्यती टास्दा पनि एउटि चाइनिज बुढीले खुब बार्गैन गर्दी थि। Asian को नाम नै बदनाम !!

लास्टमा, गाठी कुरा के भने म कसैलाई काम गराउछु भने, म काम अगाडिनै अलिकती पैसा दिन खोज्छु। मलाई लाग्छ यस्ले काम गर्ने जोश बढाउने छ र मेरो काम राम्रो सँग गरिदिने छ र मलाई अर्को पटक काम गराउदा बहुत सजिलो हुनेछ। सबै भन्दा ठुलो कुरा म उसको नजरमा राम्रो हुने छु र मलाई मिहेनेतीको मिहेनतलाई कदर गरेकोमा बढो खुशी लाग्ने छ। काममा professionalism भएन भने काम गर्ने र गराउने दुबैको जोश हराउछ र दुखी भैइन्छ। त्यसैले हामीले नेपालमा अली अली मात्रै भए पनि professionalism र work ethics अपनाउन सकेको खन्डमा राम्रो हुने थियो कि कसो?

7/1/09

दाईजो लिने केटालाई kick out गरौ

- दाईजो खाटमा लाज पचाएर सुत्नेलाई खाट बाट घचाडी दिए कस्तो होला?
- छोरी पनि लिने दाईजो पनि लिने? दुबै हातमा लड्डु? ल हेर कस्तो नामर्दहरु?
- विवाह पछी दुलही ले त नयाँ साथी पाउछिन, कमाउन, मोज गर्न जिन्दगी बाँकी हुन्छ तर बुदेशकाल लागेका बाउ आमालाई खै के त?
- बाबु आमाले मात्रै छोरीको सोच्नु पर्छ भन्ने छैन, छोरीले पनि बाउ आमाको सोच्नु पर्‍यो नि त?
- खाली छोरीले लिने मात्रै, दिने कहिले त?
- अब बाबु आमाले छोरी ज्वाँई लाई दिने होइन छोरी ज्वाँईले चाँही बुढा बा-आमा लाई दिन पर्छ , परी आएको बेला हेरचार गर्न पर्छ।
- तपाईंले भुलबश वा परिबन्धमा परेर दाईजो लिनु भयो होला तर तपाईंले त्यस्को साटो के सेवा गर्न सकिन्छ सोच्नु होला।


असारमा धेरै जनाको लगन गाठो बाधिदै होला। हरेकको जीवनमा यो सबै भन्दा महत्वपूर्ण क्षण हो। मेरो एकजना बहिनीको साथी पनि विवाह यही असारमा छ । उनी ईन्जिनियर हुन र उनको विवाह हुन लागेको केटा पनि ईन्जिनियर नै हुन रे। उनको विवाह भन्दा एक महिना अगाडिनै सबै दाईजोले घर भरी भराउ पारी दिए रे। दुलही आउनु अगाडि दाईजो पाएका ज्वाँई त पक्कै मख्ख परे होलान, दुलही सुम्सुमाउनु अघी दाईजो सुम्सुमाउन पाएकाले खुशीको सिमै नहोला तर मेरो नजरमा ति ज्वाँई सधैं तल नै भए।

जती सुकै केटी पक्षका धनी नै किन नहोस आफ्नो गक्ष अनुसार दिदा गार्हो नै हुन्छ। यहाँ दिने भन्दा पनि नराम्रो चलनको उन्मुलन गर्ने कुरा आउछ । आफ्नो मात्रै होइन पुरै समाजको सोच्न पर्छ। धेरै दाईजो लिएर वा दिएर ठुलो मान्छे हुने होइन समाजमा राम्रो काम गरेर ठुलो भैइन्छ भनेर बुझ्न पर्छ। अहिले त विवाह अगाडि केटा र केटी पक्कै भेट हुन्छ पहिले नै केटाले म कुनै पनि किसिमको दाईजो लिन्न र दाईजो लिने भए म विवाह गर्दिन भन्यो भने वाह!! वाह!! कुन चाँही केटीका बुवा आमा दङ्ग नहोलान र?

केटीले पनि प्रस्टै मुख फोर्न पर्‍यो म विवाह गरेर आउँदा दाईजो ल्याउदिन भनेर, यदि यसोभन्दा
अधेरो मुख लगाए भने तेस्ता केटाहरुलाई kick out गर्नै बेश।
तेस्ता हुतिहाराको फेरी अनुहार नहेर्नु नै बेश।
तेस्ता सँग बिहा गर्न भन्दा बुढी कन्या बस्नै बेश।