12/5/10

गूगल adsense को कमाइ समाजसेवालाई

गुगल adsense कमाइको बारेमा मैले धेरै ईमेल पाउने गरेको छु र मेरो ब्लगमा सबै भन्दा बढी हेरिएको पोस्ट पनि "गूगलले साच्चै पैसा पठाउछ" हो। अब देखी ब्लग र अरु मेरो साइट http://www.tiger.com.np बाट आएको पैसा समाज सेवाको लागि जानेछ। हुन त मलाई यसरी राम्रो काम गर्दै छु भनेर बाजा बजाउन त मन थिएन । गोप्य रुपमानै गर्न मन थियो तर यसो सोचे जुन रकम मैले पाउछु त्यस्मा मेरो भन्दा तपाईंहरुको बढी हक लाग्छ किन कि गूगल adsense क्लिक त साच्ची भन्दा आफ्नो साइटमा मैले कहिले नि गर्दिन। त्यसकारण गूगलको कमाइ के कस्तो ठाउँमा लगानी गर्ने भनेर हजुरहरुकै जिम्मामा छोडेकी छु।

मेरो गूगल कमाइ बारे जानकारी
१) गूगलबाट $११० भन्दा माथि कमाइ भयो भने जानकारी गराउने छु
२) हरेक गूगलको कमाइ कुनै सामाजिक सेवा गर्ने सस्था अथवा ब्यक्ती लाई दिनेछु
३) रकम हस्तान्तरण गरे पछी प्रमाण सहीत कुन सस्था अथवा ब्यक्ती लाई के प्रयोजनको लागि दिए जानकारी दिनेछु।

हुन त मेरो गूगल बाट आउने पैसा ठुलो रकम हुँदैन तर पनि थोरै नै भएपनि कसैको जीवनमा केही मद्घत गर्न सकिन्छ।
मेरो आफ्नो interest चाँही अनाथ शिक्षा तथा बुढेसकाल को मानिस हेरचार हो तर पनि थोरै पैसा हुने हुनाले कसलाई दिदा ठीक हुन्छ कृपया तपाईं लाई थाहा भएको राम्रो social worker or social organization को नाम तथा contact number/email address पठाउनु होला।

यो पालीको कमाई AUD$113.32
गुगलले मलाई पठाउन साथ म यो रकम कुनै social worker or social organization दिनेछु :
thanks for clicking my google adsense. click can make difference. :)

पारिवारिक समय


अहिले मेरा बा आमा अष्ट्रेलिया आउनु भएको छ। म घुमाउनमा बेस्त छु। सानोमा बा आमाले हात समातेर नेपालको उकालो, ओरालो, देउराली-भञ्ज्याङ घुमाउनु भयो अहिले मैले हात समातेर लिफ्ट, पानी जहाज, समुन्द्र तिर घुमाउदै छु। सानोमा म यो खान्न त्यो खान्न भन्थे तेस्तै समयको चक्रले घुमाउदै आमा बा पनि छि यो चिज त कती नमिठो, त्यो त छ्या खान्न भन्नु हुन्छ। तर यि दिनहरु रमाइलो छ, सधैं यस्तै रही रहोस् जस्तो। गएको हप्ता Canberra र Sydney गएको थिए । यात्रामा कर्णाली ब्लुज पढ्न सकियो। मलाई त राम्रो लाग्यो यस्तै यस्तै किताब बजारमा आउन थाल्यो भने नेपालीको पढ्ने बानी अझ धेरै बिकास हुने छ।

बुद्धीसागरजिले कर्णालीको सम्बन्धमा जुन चित्रण गर्नु भएको छ त्यो हिसाबले त्यो भेगको जनताले न्याय पक्कै पाउन पर्छ अनी बिकासको स्वाद अवस्य चाख्न पाउन पर्छ। आफु सररर गाडीमा हुक्किदै किताब पढि रहेको बेला किताबको पात्र सात दिन लगाएर कालीकोट हिडि रहेको चित्रणले मन कुटुक्क खान्छ। कथामा पात्रले बाबुलाई सुख दिने दिन देखाउन कोशीस भए जस्तै म पनि आफ्नो बाबु आमालाई भरपुर सुख दिने कोशीसमा छु। आशा छ मेरो ब्लग पढ्नेहरुले पनि कुरा बुझी दिनु हुनेछ छ आक्कल झुक्कल ब्लगमा आउँदा गाली गर्नु हुने छैन।

मेरो आमालाई जता ततै गोरुको मासु पाएको देखेर नफरत छ। कतै बाहिर गए पनि खादा भ्या गरेका छन कि भनेर चनाखो हुनु हुन्छ तर के भित्र के के गर्छन् के के आफुले देख्न पाइन्न। अनी लिफ्ट प्रयोग गर्दा फनफनी घुमाउने रोग त छ्दै छ। जता ततै समुन्द्रनै समुन्द्र भएको ठाउँमा आइमाइहरु कट्टु र ब्रा मात्रै लगाएर उत्तानो परेर घाममा सेकिएको देखेर आमालाई ए!! घाममा सेकिन यिनलाई सुत्केरी हुन नपर्ने रहेछ भन्ने पत्तो पाउनु भएछ। त्यसका बाबजुत पाउरोटी र नुडलसले ठेल्न पर्ने जीवनमा बिहान बेलुका आमाले पकाएको दाल भात खान पाइएको छ। अनी काम बाट छुट्टी हुँदा घुम्ने रमाइला दिनहरु पनि छ्दै छ।