each one of us on this earth...
१५- २० बर्ष अमेरिकामा बसेको अङ्रेजी कती झार्ने हुन फेरी आफ्नो भताभुङ्गे कम्प्युटर कोठा देखेर कती हास्ने हुन जस्तो पनि मलाई लाग्दै थियो। यो सबै सोच्नको पछाडि कार्लो ढुंगाना भन्ने वेबसाईट बनाउनको लागि भेट्न मेरो घरमा आउदै थिए ।
मेरो घर आउनको लागि उनलाई लिन म रिङ्ग रोडमा गएको थिए । कार्लो हो भनेर सोधे? हो जेफ म भने मलाइ त कार्लो आउछ भनेको थियो त मैले भने । उनले हाँस्दै भने दुई वटा नै मेरो नाम हो वास्तवमा मेरो ममी/बुवा कार्लो र जेफ भन्ने मान्छे बाट खुब प्रभाबित भएर मेरो नाम पनि उहाहरुको नाम बाट राखेको रे। सानोमा नेपालमै पढ्थे रे साथीहरुले कार्लोलाई जिस्काएर कालो कालो भने रे पछी अमेरिका गएर मुख्य नाम जेफ राखेछन्।
मैले सोचेको बिपरित जेफले यती राम्रो नेपाली बोले कि मैले पत्याउन सकिन। तेत्तिका बर्ष अमेरिका बस्दा पनि मान, मर्यादा, अनुशासन नबिर्सेको देखेर म सार्है प्रभाबित भए। उनी तेती बेला UCLA मा anthropology मा masters गर्दै थिए र उनको
थेसिसको लागि नेपाल आएका रैछन। उनको नेपाल प्रती माया मोह देखेर म छक्कै परे। यो केटोले पक्कै केही गर्छ है भनेर लख काटेको थिए पछी तेस्को करीब ६ महिना पछी, दिदी म साइकलमा भ्रमण गर्दैछु भन्ने ईमेल पाए। उनी खासमा पासपोर्ट र नागरिकताले अमेरिकन भई सकेका थिए तर मुटु भरी माया त नेपाल कै थियो । उनले भने दिदी मैले नेपालको झन्डा बोकेर हिडि रहेको छु र नेपालको बारेमा प्रचार गर्दै छु मलाई एउटा com.np domain मिलाइदिनु होला।म त एक्छिन खङरङ्ग भए किनकि मैले उनी अमेरिकामा भएकोले .us दिएको थिए तर उनले आफु नेपाली भनेर चिनाउदै हिंडेको र .us ले मेरो देश प्रतिनिध्त्व गर्दैन भनेर ईमेल गरे।
केही छिनको लागि मलाई कस्तो कस्तो लाग्यो नेपाली नागरिता छातिमा टासेर आफ्नो देशमा कलह गर्ने, भौतिक सम्रचना बिगार्ने, काम केही नगरि अर्काको मुख ताक्ने र नेपालमै बसेर आफ्नो देशको बदनाम गर्ने मान्छे भन्दा नेपालको झन्डा बोकेर अरु देशमा नेपाल राम्रो छ । नेपाल एकचोटि जानु होला भन्दै हिंड्नेको स्थान मैले केही छिन उचो राखे।
मानिसहरु आफ्नो सुबिधा, परिस्थिति, बाध्यताले गर्दा अर्को देशको नागरिक हुन पुग्छन्। के साच्चै नै
अहिले जेफ साल्टा अर्जेन्टिनामा पुगेका रैछन। उनको भ्रमणको बारेमा उनको ब्लगमा पढ्न सकिन्छ।
dream big, feel it, believe it, achieve it.






myre, Bourke Street mall अगाडि बिहान ४:४५ बजे- 

