4/15/17

slave of technology

पहिला मोबाइल, इन्टरनेट नहुदा बसमा हिड्दा होस् या पैदल यात्रामा होस्
अन्जान मान्छे सँग कुरा गरिन्थ्यो तर आजकाल कि त मोबाईल हेरिन्छ कि त कानमा हेडफोन ठोसेर गाना सुनिन्छ। पहिला पहिला मेरो आमा बुवा बिहान उठ्ने बितिकै सुख दु:ख भबिस्यका योजनाका बारेमा कुरा हुन्थ्यो भने आज काल उठ्ने बितिकै बुढाबुढीनै मोबाइल हेर्न बेस्त भैइन्छ।
हामी सानो छदा चुङी, बल, गोट्टा, घ्वाइ, लुका मारी, पुतली खेलिन्थ्यो र त्यो खेल र साथिहरु अझै याद आउछ। अहिले बच्चाहरु कि टि.भी हेर्छन कि आइप्याड हेर्छन कि भिडियो गेम खेल्न बेस्त हुन्छन्। साथिहरु सँग तेतीसारो याट्याच्मेन्ट देख्दिन। हामी सात समुन्दरबाट आएको ईमेल, फेसबुक मेसेज रिप्लाई गर्छौ तर घर मै भएको मान्छेको हाल के छ सोध्दैनौ। बिहान उठ्ने बितिकै संसारमा के भयो थाहा पाउछौ तर आफ्नै घर भित्र के भै राखेको छ थाहा हुँदैन । फेसबुकमा दुनियाँलाई क्या राम्रो भनेर प्रसन्सा गर्छौ तर नजिक भएकालाई राम्रो भन्न हिच हिचाउछौ । टेक्नोलोजीले टाढाको लाई त नजिक बनायो तर नजिकको लाई धेरै टाढा बनाइ रहेको छ । खासमा हामीले टेक्नोलोजी लाई युज गर्नु पर्ने हो तर अहिलेको अवस्था हेर्दा त टेक्नोलोजीले हामी लाई युज गरी राखेको छ ।

11/25/16

पर्खाल

जब हामी जिल्लाबाट काठमाडौं आयौ हामी ललितपुरको अली पुरानो बस्तीमा बसेका थियौ त्यो ठाउमा  धेरै आफ्ना आफ्ना दाजुभाईहरु बस्दा रहेछन् तर एउटा कुरा चाँही मलाई अचम्म लाग्थ्यो त्यहाँ धेरै जसो दाजुभाई केही न केही कुरामा मन मुटाब भएर बोलचाल नभएको देखे ।  आईमाई आईमाई  झगडा गरी रहेका हुन्थे कौसीमा बसेर रमिता हेर्न रमाइलो भए पनि मलाई साह्रै दिक्क लाग्थ्यो यिनीहरु हामी सँग त राम्रै बोल्छन आफु आफु चाँही किन लडी राख्छन जस्तो लाग्थ्यो।

आज youtube मा एउटा भिडियोमा कथा सुने दुई जना ठुला जमिनदार दाजुभाई हुन्छन र तिनीहरुको टन्नै जग्गा जमिन हुन्छ ।  तिनीहरुको जग्गा चाँही दुई वटा पाखामा छुट्टीएको हुन्छ  कारण बस दाजु भाईको बेस्करी झगडा भएर बोलचाल नै  बन्द हुन्छ त्यतिकैमा एकदिन एउटा डकर्मी ठुलो चाँही दाईकोमा काम खोज्दै आइपुग्छ। दाजुले डकर्मीलाई भन्छ  मेरो जग्गामा यती ठुलो पर्खाल बनाइ देउ कि मैले पारी पट्टी भाईको केही देख्न नपरोस ।

डकर्मीले कुरा बुझेर हस म काम गर्छु भनेछ र ठुलोदाईले डकर्मीलाई काम अराएर काम बिशेषले बाहिर गएछ र फर्केर आउँदा पारी नदेखिने पर्खाल त बनेको थिएन तर त्यहाँ दुई पाखालाई जोड्ने पुल बनेको थियो । त्यो देखेर दाजु अवाक भएर पुल नजिक उभिएका थिए । दाजुले दुई पाखा जोड्न यस्तो पुल बनाएको देखेर भाईको मन पग्लेछ   भाई पुल तिर अगाडि बढेछ दाईले परबाट भाई आइरहेको देखे । भाई अती नै नजिक आफु तिर आएको देखेर दाजुले आफुलाई सम्हाल्न सकेनन र अङ्गालो हाल्न पुगे।


हो हामी परिवार, साथी भाई कसै सँग रिस उठ्यो भने मनमा इगोको पर्खाल लगाउछौ तर मिल्न सकिने पुल कहिले बनाउदैनौ। यो पर्खालले मनमा कहिले पनि शान्ती दिदैन, यदी हामीले परिवार, साथी भाई र अपरिचित सँग पनि सद्भाब, सहयोग मायाको पुल बनाउन सक्यौ भने संसार कती रमाइलो हुन्थ्यो होला।

रातो रङ

मेरो ससुरा ४ महिना अगाडि बित्नु भयो। घरको मुल मान्छे नहुँदा घरको खम्बा टुटेको अनुभब भयो। म श्रीमानको गर्ल्फ्रेन्ड हुँदा देखीनै उहाले खुब माया गर्नु हुन्थ्यो। उहाको मायालु स्वभाब झलझली आँखामा आइरहन्छ। पछील्लो पटक अष्ट्रेलिया आउँदा उहा भन्नु हुन्थ्यो “दुलही जती जती बुढो हुँदै गयो बाच्ने लालच बढी हुदो रहेछ।“ प्यारो बुवाले आफ्नो शरीर त छोडेर जानु भयो तर समाज भनौ या धर्म भनौ या सस्क्रिती भनौ १३ दिन सम्म मुमाले बेहोर्नु परेको कस्टले मेरो मन छिया छिया पार्‍यो। सधैं रातो टिका चुरा पोतेमा सजिएर बस्ने मेरो सासु मुमालाई पुरै सेतो रुपमा देख्दा मननै भक्कनिएर आउथ्यो। कती रात निन्द्रा पनि पर्थेन। ४० बर्ष सँगसगै बिताएकी हमसफर सँग छुटिदा त कती दु:ख छ तेही माथि आफ्नो जीवनमा पाएको सौभाग्य पनि निचोरेर दिनु पर्ने रहेछ। मलाई लाग्छ आफ्नो श्रीमानले दिएको चुरा पोते सिन्दुर त झन जिन्दगी भरको लागि अमुल्य उपहार हो किन श्रीमानको मृत्‍यु सङै चुडेर फ्याक्नु पर्यो त? झन लगाइ राख्नु पर्ने होइन र? मलाई पहिले देखीनै कलरहरु एकदम मन पर्छ। कोही दु:ख बारेर आईमाईले सेतो लुगा लगाएको देख्यो कि रातो सल लगेर ओढाइ दिन मन लाग्थ्यो।
आजकाल धेरै धर्ममा विवाह गर्दा आईमाईले सेतो लुगा लगाउछन फुल हातमा लिन्छन यो सेतोले सबैलाई खुशी दिन्छ। नयाँ जीवन आरम्भ हुन्छ। मर्नु बाच्नु समयको खेल हो तर हाम्रो नेपाली आईमाईले लोग्ने बिते पछी लगाउने सेतो लुगाले पिडा मात्रै दिदो रहेछ बिशेष गरेर आफ्नो आमालाई यो रुपमा देख्न नसकिने रहेछ।
यो समय यस्तो दु:खद हुन्छ कि भोग्नेलाई मात्रै थाहा होला तर म हार्ने वाला छैन समाजले हामीलाई बनाउने होइन हामीले समाज बनाउने हो म हर दिन मुमालाई सम्झाइ राखेको हुन्छु कहिले टिका ल्याइ दिन्छु, कहिले रङिन लुगा, कहिले रङिन लिप्स्स्टिक ल्याइदिन्छु। मुमालाई रातो अतीनै सुहाउछ र जहिले पनि मैले सारी किन्दा रातो नै किन्देको छु र मेरो भित्री इक्ष्या सधैं भरी रातो नै किनी दिने हो। एउटा नारीको लागि रातो बाहेक अरु सब रङ फिक्का फिक्का लाग्छ। रातो रङ मात्र होइन यो शक्ती हो, यो खुशी हो, मायाको चिन्ह हो, यो उत्सब हो, यो हाम्रो रगतको रङ जीवन हो।

12/31/12

नारीले आफुलाइ कम्जोर नठान्नु र पुरुषले आफुलाइ बलवान नठान्नु


 “तिमी बच्चै छौ भने अर्को बच्चा पाउने कोशीस नगर्नु। बच्चा पाउनु भनेको १८ बर्षे लामो प्रोजेक्ट हो । यो प्रोजेक्टमा रात, दिन, बिहानबेलुकी भन्न पाइदैन । जती बेला पनि आफ्नो समय, धन, लगन, मिहेनत, माया र अरु धेरै कुरा खर्चिनु पर्ने हुन्छ।भनेर मेरो योगा सिकाउने गुरुले भन्नु हुन्थ्यो ।

म र मेरो श्रीमानलाई पनि यस्तै लाग्थ्यो । एउटा नयाँ जीवनलाई जीवन दिनु ठुलो जिम्मेवारी हो, त्यस्को लागि हामी पूर्ण रुपमा तयारी हुनु पर्छ। मेरो उमेर पनि ३० काटी सकेको अवस्था र विवाह भएको केही बर्ष बिती सकेकोले पनि आमा बुवा, साथीभाई सबैबाट ठुलो नै प्रेसर आइराखेको छ । बुवा आमाले हामी हुर्काइ दिहाल्छउ नि, तिमीहरुले पाइदिए मात्र हुन्छ भन्नु हुन्छ तर हामीलाई यस्तो लाग्छ कि छोरा छोरी जन्माउने जिम्मेवारी हाम्रो भए पछी हुर्काउने, सस्कार दिने जिम्मेवारी पनि हाम्रोनै हुन्छ जस्तो लाग्छ। हाम्रो बुवा आमाले आफ्नो जिम्मेवारी राम्रो सँग पुरा गर्नु भयो र हामीले पनि आफ्नो जिम्मेवारी कतै पन्छाउन मिल्दैन।

मलाई लाग्छ पहिले पहिले भन्दा अहिले बच्चा हुर्काउन सार्है गार्हो छ। अहिले बाहिर प्रभाव पार्नी चिज धेरै छ त्यसैले घरको बातावरण आमाबाउले राम्रो राख्न जरुरी छ र राम्रो शिक्षा दिन पनि जरुरी छ ।  सबै भन्दा महत्व पूर्ण कुरा त एक अर्काको सम्मान गर्न केटी मान्छेले केटाको र केटा मान्छेले केटीको । राम्रो शिक्षा दिएको खन्डमा भोली गएर समाजमा नारी हिंसा, बलत्कार जस्तो घटना हुने थिएन किमलाई लाग्छ हाम्रो समाजमा नारीले आफुले कम्जोर ठान्नु र पुरुषले आफु बलवान ठान्नु नै नारी हिंसाको प्रमुख कारण हो जस्तो लाग्छ । नेपालमा मात्रै  १६ दिन मा १२ वटा (कान्तिपुर पेपर अनुसार ) महिला हत्या हिंसाका घटना भए। भर्खरै नेपालमा र ईन्डियामा भएको केही घटनाले मेरो मन सार्है दुखायो। हामी बुद्दी भएका मानवहरु पशुहरु भन्दा पनि निचा देखिएका छौ

 कहिलेकाही एउटा कुराले मलाई सार्है रिस पनि उठाउछ, धनी होस् या गरीब,
पढेका हुन या निरक्षर, शहर होस् या गाउ सन्तान होस् त छोरा नै होस् भन्ने कामना गर्छन्। केटा मान्छेलाई केटी देखेर नि डराउने, स्वास्नी देखेर डराउने जोइटिङ्ग्रे,
छोरीलाई तेसै छाडा छोड्ने, छोरा मान्छे बलवान हुन पर्छ छोरी मान्छेले सहनु पर्छ  भन्ने सस्कार घरबाट सुरु हुन्छ।  प्रसान्त भन्ने एकजनाले बडो इमान्दारी पुर्वक फेसबुकमा लेखेका छन
जब उनको पहिलो सन्तान छोरी भनेर अल्ट्रासाउन्ड बाट था' भयो तब उनी साह्रै दुखी भए रे। 
छोरी पछी उनको लगतै छोरा पनि दोस्रो बच्चा छोरा पनि भयो रे तर छोरी भएको बेला घरको रौनक नै अर्कै हुन्छ रे उनी अगाडि लेख्छन मलाई आज लज्जा महसुस भएको छ कि तेती बेला मैले त्यस्तो पाप सोचे
तर अहिले उनिलाई छोरी सार्है मन पर्छ रे  मेरी श्रीमतीले मानिन् भने म अर्को छोरी जन्माउन तयार छु। 

अब धेरैनै ढिलो भई सक्यो समाजलाई हामी सबै मिलेर बदलनु पर्छ। आफ्नो सोचाइमा परिवर्तन ल्याउन पर्छ।  सभ्य समाजको सुरुवात घरबाटनै सुरु हुन्छ छोरीलाई कोही भन्दा कम् नसम्झिन र छोरा लाइ नारी प्रति इज्जत गर्न घरबाटनै सिकाउनु पर्ने बेला भएको छ।
भनिन्छ बच्चा बच्चिले घर बाट सिकेको कुरा कहिले पनि बिर्सिदैन हजुरहरु आँफै एक अर्का प्रती सम्मान, प्रक्रिती र हरेक प्राणी प्रती माया देखाउनु होस सन्तानले हेरेर सिक्छन।

हजुरहरुको नयाँ बर्ष हरेक प्राणीको लागि मायाले भरी पूर्ण होस्!! शुभ-कामना!!

with love 
archana

9/12/12

मलाई भेट्न

आजकाल फेसबुक तिरै छु मलाई भेट्न् उतै आउनु होला। Thanks

7/3/12

जसले सिकायो उसैलाई धन्यवाद

एक जना बुज्रुकले भने हाम्रो शरीर खानानै खानाको थुप्रो हो किन कि हामि जे खान्छौ तेही नै शरीर बन्छ र हाम्रो सोचाइ पनि हामीले जे देख्छौ, सिक्छौ अथवा पढ्छौ त्यसैको उपज हो। मैले केही राम्रो कुरा लेखेछु भने मलाई जसले सिकायो उसैलाई धन्यवाद दिनु होला यदी नराम्रो लेखेछु भने मलाईनै गाली गर्नु होला ताकी मैले सही सोच्ने र सुधार गर्ने मौका पाउनेछु

ति बुज्रुकले भने जब सम्म त अहकारी छस, जब सम्म झुक्दैनस , जब सम्म खाली दिमाख लिएर आउँदैनस तब सम्म अरु कुरा भर्न सक्दिन भने। आफु सधैं बच्चा जस्तो केही जान्न उत्सुक हुनु र सदा ज्ञानको लागि झुक्नु भने अहिले त हामी म जान्ने, मै सुन्ने, मै ज्ञानी भावना छ। मलाई पनि कतीपय अरुको कुरा फिट्टिकै सुन्न मन लाग्दैन।
तर पनि मेरो जीवनमा सिकाउने, बुझाउने, पढाउने सबै मानिस , जनावर, प्रक्रिती, उड्ने, गूड्ने, हिंड्ने, पौडिने सबै गुरुलाइ मेरो प्रणाम र Thank you.

6/27/12

never give up..

I am opening new business in Australia…I tried it before 2 year but it didn’t work...I know I will fall again.. Because I know I will succeed.....Falling is not when you fall down....It is when you refuse to get up…..show me a person who has never failed….and I will show you somebody who has never achieved much...
We live , we love , we give but we never give up….


6/26/12

जीवन दिने सासु

हरेक जीवन दिने मानिस महान हुन्छन भने झन् एक महिलाले ५७ डेल अर्थात् २२ वटा हड्डी एकसाथ भांचिए बराबरको दर्द सहेर बच्चा जन्माएको हुन्छ। मेरो सासुले २ वटा जीवन दिनु भएको थियो एक मेरो श्रीमानलाई जन्माएर, अर्को आफ्नै छोरालाइ मेरो लागि जीवन साथीको रुपमा दिएर। शान्त स्वभाब, माया र ममताले भरी पूर्ण, क्षमाशिल, सार्हैनै सहनसिलताले भरिएकी सासुलाई कहिले साथी जस्तो लागेर अङालो हाल्न मन लाग्थ्यो, कहिले श्रद्धाले टाउको निउरन्थ्यो।

हामी महान नारी खोज्न बाहिर बाहिर डौडिन्छौ तर सार्है संघर्ष गरेर जीवन बिताएकी मेरो सासु मेरो आँखा अगाडिनै महान भएर उभिनु भएको छ। हुन त यि सब कुरा उहाले पढ्न पाउनु हुने छैन र मैले सामुन्ने भन्न पनि सक्ने छैन तर कुनै न कुनै रुपमा आभास पक्कै पाउनु हुनेछ। Wish you a very happy birthday Muma!!
हजुरको स्थान त्यहाँ हुने छ जहाँ मैले मेरो भगवानलाई राखेर पूजा गर्छु।

आमाको मुख हेर्ने दिनमा आफ्नो आमाको सम्झनामा केही अरुआमा सँग

6/12/12

रामबहादुर बम्जनलाई मेरो म्यासेज

Ram Bamjan's team protest-demanding diplomat passport. pic ekal silwal

सबैले जस्तो मैले पनि राम बम्जनको बारेमा यू-टिउबमा भए जती सबै भिडियो खोजी खोजी हेरेको थिए र आज काल नेपालको मिडियामा आएको खबर पनि पढ्दै छु। यो खबरले बुद्ध प्रती आस्था भएकाको मन अलि चटारिएको छ। म यती मात्र भन्न चाहन्छु कि जब मानिसहरुले उनीलाई सक्षम ठान्छन तब खोजी खोजी विश्व भरका देश भिसा दिन आउने छन कुनै जुलुस/हड्ताल/भिडन्त गर्न आवश्यक नै हुँदैन।

buddha's birthday melbourne
अष्ट्रेलियामा सबै भन्दा छिटो फैलिएको धर्म बुद्ध धर्म हो र गएको महिना यहाँ धुम धामले बुद्ध जयन्ती मनाईयो ।यो अवशरमा बिभिन्न ठाउँका धर्म गुरुहरु आएका थिए।

Osho meditaion camp, sydney

दुई महिना अगाडि अष्ट्रेलियामा पन्डित दिन बन्धु आएर सान्दार भागवत गीता सुनाएर गए। ५ महिना अगाडि स्वामी आन्न्द अरुणले सिड्नी, मेल्बर्न लगायत अरु शहरमा गजपले ओशोको ध्यान सिकाएर गए। त्यसै गरेर अगस्तमा एकदम नाम चलेका ईन्डियाको गुरु ध्यान सिकाउन आउँदै छन

कहिले काही मलाई लाग्छ राम बम्जनको अत्ती नै प्रचार भए जस्तो लाग्छ अध्यात्मिक्ता भनेको बिल्कुल बेक्तिगत कुरा हो। कती मानिसहरु ध्यान साधनामा लाग्छन बोधित्व प्राप्त गर्छन् कसैलाई चुइक्क समेत था' हुँदैन। हाम्रो नेपालमा कती गुम्बाहरु छन ठुला ठुला रिन्पोचे लामाहरु छन तिनिहरुले पनि बर्षौ सम्म ध्यान साधना गरेका हुन्छन्। तिनीहरुमा कोही कोहीले त अवस्य बोधित्व प्राप्त गरेका होलान खै कतै मिडियालाई था' हुँदैन त। एक जना ठुला तिब्बतियन रिम्पोचे रैछन उनको 1950 मा समाधी पछी न्यूजल्यान्डमा 1993 मा पुन जन्म लिएछन र पछी उनको चेलाले गुरुको पुन जन्मको बारेमा था' पाएर खोज्दै न्यूजल्यान्ड आएको टि.भीमै हेरेर था' पाइयो।
Lama Rinpoche known as a kiwi buddha.
About kiwi buddha http://www.youtube.com/watch?v=zYRhxJ3TAoU

यो सब लेख्नुको कारण के हो भने यदी कसै सँग राम्रो बाट्ने कुरा छ भने कसैले छेकेर छेकिदैन अर्को जन्ममा समेत खोज्दै आउँदा रैछन भने रामबहादुर बम्जन पनि उचित मार्ग समातेर हिंडेको खन्डमा बुद्धको र आफ्नै बचन फैलाउन विश्व भ्रमण गर्न पनि कसैले रोक्ने छैन।


6/10/12

लक्ष्यमा तेही पुग्छ जसले भेट्टाउने कोशीस गर्छ

सपना त्यसैको पुरा हुन्छ जस्ले देख्ने आट गर्छ!! लक्ष्यमा तेही पुग्छ जसले भेट्टाउने कोशीस गर्छ!!
मान्छेको सपना धनी हुनु, मान प्रतिस्ठा इज्जत कमाउनु हो, अरुको नजरमा राम्रो, भलादमि बन्नु हो
तर अहिलेको परिस्थितीमा धन कमाएर मात्र सुखी र खुशी हुन सकिदैन। अरुको नजरमा मात्र राम्रो बनेर आफ्नो जीवन मुल्याङ्कन गर्न सकिन्न। डायरी किनेर ल्याएको छु बसेर खुब आफ्ना सपना लेख्छु लक्ष्यमा पुग्ने कोशीस गर्छु । बरु यो डायरीको चाबी पो कता लुकाउनी हो?? ;)

6/7/12

सबैको हिसाब किताब बुझाउने पालो आउदो रहेछ देख्दै छु

जसले नराम्रो गर्छ त्यस्को नराम्रोनै हुन्छ बस पर्ख अनी हेर !! संसारमा मान्छेको कानुन त छ नै त्यस बाहेक ब्रमान्डको आफ्नै कानुन छ जस्ले कसैलाई छोड्दैन !! अन्लाईन सामान किन्दा मलेशियाको कम्पनीले मलाइ ठगेको थियो उपयुक्त प्रमाण र ठाउँ को दुरीले गर्दा मैले केही कारवाइ गर्न सकिन हाsss होस् भनेर छोडिदिए आज तेही कम्पनी लाई कसैले नराम्रो सँग ठग्देको बिलौना फेसबुकमा देख्दै छु । साथीहरु संसार गोल गोल छ भन्थे हो रच !! सबैको हिसाब किताब बुझाउने पालो आउदो रहेछ आफ्नै आखाले देख्दै छु।

बुद्धले ज्ञान पाइसके पछी धेरै ठाउमा हिंडेर ज्ञान बाड्न थालनु भयो। तेही हिंड्ने क्रममा एउटा ढुङ्गामा ठेस लागेर एकदमनै रगत बग्यो रे तर उहाले त्यो ढुङ्गालाई हातमा उठाएर ढोग्नु भयो रे यो देखेर उहाको चेला आनन्दलाई खुब रिस उठेछ। गुरु हजुरलाई यस्तो खलखल रगत बग्ने गरेर चोट पुराउने ढुङ्गालाई नफालेर किन ढोग्नु भयो भनेर सोधेछन बुद्धले हाँस्दै भन्नु भएछ, मेरो एकदम पुरानो हिसाब किताब थियो आज पुरा भयो, मैले पुर्व जन्ममा यस्तै ढुङ्गाले कसैलाई चोट पुराएको थिए आज त्यो रिण चुक्ता भयो भनेर खुशी हुँदै बाटो लाग्नु भएछ।

यो सब लेख्नुको कारण कुनै उपदेश दिनु होइन आफु आँफै प्रती बफादार बन्नु हो। मलाई कहिले काही लाग्थ्यो अरुले नदेखे नथापाए जे गरे पनि हुन्छ तर बुद्धले भने जस्तै मानिस आफ्नै चित्तसँग डराउनु आवश्यक छ किनकी गलत दिशामा गएको चित्तनै हानी गर्दछ । ठीक दीशामा जाने चित्त त मित्र हुन्छ।

5/27/12

अध्यारो छ नेपालीको मन

मलाई आज लज्जा अनुभव भै राखेको छ किनकी म तेही देशको नागरिक हुँ जुन देशमा ४ बर्ष सम्म पनि एक पाना संबिधान बनेन। जानी सक्नु भयो होला हाम्रा नेताहरुले संबिधान बनाउन असफल भए। दुइ सय पचास बर्ष अगाडि पृथ्वी नारायण शाहले ठुलो राज्यको राजा हुने मोहले अथवा साना साना राज्य एकिकरण अथवा राज्य बिस्तारको बिचारले तरवारलेनै सयौ थरी छरिएका फुललाई एउटै मालामा गासेका थिए भने आज हाम्रा नेताहरु कुर्शीमै बसेर भए पनि हाम्रो नेपालीको एकता छिन्न भिन्न गर्ने प्रयास गरियो।

पृथ्वी नारायण शाह दुरदर्शि थिए नेपालीले गुण सम्झेर आफु गरिब, अशिक्षित खानै नपाए पनि राजसंस्थाको तेर्हौ पुस्ता सम्म जयजय कार गरे तर हाम्रा नेताहरु जस्लाइ बिस्वास गरेर चार बर्ष अगाडि आफ्नो गरिबि, उत्पिडन र अबिकासको हल गर्लान भनेर चुनेर पठायौ तिनैले आफ्नो निजि स्वार्थको लागि आफ्नो मात्रभुमि र जनताको छातिमा लात हान्न पनि पछि परेनन्।

हुन त म राजनिति जान्दिन र बुझ्दिन पनि । म साधारण महिला हु र केहि सिप, ज्ञान र अनुभव बटुल्न बिदेशि भुमिमा छु तर मलाइ आफ्नो परिवार् र काम कर्तब्यको बारेमा राम्रो जानकारि छ तर नेताजिहरु तपाइहरुलाइ आफ्नो कर्तब्य जानकारि छ?

आचार्य बिष्णु गुप्तले भनेका थिए जुन् देश र जनताको लागि राजाले अहित गर्छन त्यो देशको राजालाइ जनताले फाल्ने अधिकार छ नेपाली जनताले फालि पनि सकेका छन् । जब कि २५० बर्ष पुरानो राजसस्थालाइ फाले भने नेताहरुले बिर्सनु हुदैन कि नेपालीको धैर्यको बाध फुट्यो भने कसै लाइ बाकि छोड्ने छैनन्

अब नेताहरुले छातीमा हात राखेर अबका दिनमा आफ्नो स्वार्थ त्यागेर जनताको हितमा र नेपाल आमाको हितमा फैसला गर्नु पर्ने छ हुन त जनता लाइ कत्ति पनि बिस्वास् छैन अब आउने चुनाबको घोषणा पनि जनताको आखामा छारो हाल्ने नै हो भनेर सोचेका छन।

हे नेता हो तिमिहरुले राम्रो काम् गर्यो भने नेपालीले तिमिहरुको छोरा नाति सम्म जय जय कार गर्नेछन् यदि तिमिहरुले अझै पनि आफ्नो कर्तब्यबाट डगमगाएर आफ्नो स्वार्थ र कुर्शिको लागि लुछाचुड गर्यौ भने तिमिहरु को दस पुस्ता सम्म नेपाली जनताले थुक्ने छन्।
आज मेल्बर्नमा बाद्ल लागेर अध्यारो छ नेपालीको मन जस्तै~ आशा गरौ एक दिन अवस्य घाम लाग्ने छ ।~अस्तु

सम्बिधान सभाको चुनावमा सहभागी हुन उत्साह : चार बर्ष अगाडि भोट हालेको आज यहि दिन देख्न रहेछ>>
http://archanashrestha.blogspot.com.au/2008/04/blog-post.html



5/26/12

तमाङ सेलोमा नाचियो, चन्डी नाचमा कम्मर मरकाइयो

आज United Nepali in Melbourne र किरात festival मा सहभागी हुँदा मैले केही नयाँ अनुभव गरे। त्यहा मैले राइ, लिम्बु खोजिन, मैले तमाङ, नेवार वा गुरुङ खोजिन न त बाहुन वा छेत्री। त्यो आवस्यक्ता मलाई महशुश भएन किनकी ति सबै नेपाली थिए।तमाङ सेलोमा नाचियो, चन्डी नाचमा कम्मर मरकाइयो।मलाई त्यो राइको वा तमाङको मात्र लागेन किनकी मैले जन्मे देखिनै सुन्दै र नाच्दै आएको गीत र नाच थियो जसलाई सदैब नेपाली गरौब भनेर बुझियो।यो नै हो बषौ देखी नेपाली समाजमा रहेको आपसी सद्भभाव। हामी अर्थिक रुपमा गरीब थियौ तर सामाजिक सद्भभाव र भाईचाराका लागि संसारकै धनी। के अब यो सद्भभाव एही रुपमा रहला? के हामीले नेपाली समाजको सबै भन्दा ठुलो धन गुमाउदै त छैनौ? नेपालमा अहिले जुन खालका कृया र प्रतिकृया हरु भईराखेका छन त्यसले पक्कै पनि बिदेसमा बस्ने सपूर्ण नेपालीहरुलाई चिन्तित बनाएको हुनु पर्छ। हामी आशा गरौ एस्तो नहोस् र Adrian Pradhan को गीत जस्तो "जसो गर, जे भन, जहाँ सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो" भनी रहन पाइयोस।- Atma Rijal Nepali




5/17/12

संसारकै सबैभन्दा होचा व्यक्ति चन्द्रबहादुर डाँगीलाई भब्य स्वागत



संसारकै सबैभन्दा होचा व्यक्ति चन्द्रबहादुर डाँगीको अष्ट्रेलियामा भब्य स्वागत भै राखेको छ। उनिलाई ल्याउने, घुमाउने, बसाउने प्रबन्ध नोभा एफ.एमले गरेको हो।भोली डागीलाई उनकै साइजको केक उनैलाई ओपेरा बार सिड्नीमा दिदै छन डाँगी बाजेले कहाँ बाट मेरो जुम्लिया आयो भनेर तर्सने त होइनन हा हा तर उनीले अष्ट्रेलियामा धेरै रमाइलो गरी राखेका छन् ।

अष्ट्रेलियाको सबै जसो मिडियामा उनी छाएका छ। रेडियो टि.भी र पत्रपत्रीकामा उनलाई देख्न सकिन्छ र सिड्नीमा हुनेहरुले उनिलाई भेट्न् पनि सक्ने छन। सिड्नीमा हरेक दिन कहाँ कहाँ भेट्न सकिन्छ भनेर नोभा एफ.एमले भन्ने गरेको छ

हाम्रो नेपालको नाम पनि उनको नाम संगै आइ राखेको छ र नेपाल र नेपालीलाई कसरि टुक्राउने भनेर नेपालमा जाल्झेल हुदै गर्दा उनले नेपाली टोपी नछोडेर उत्तीकै गौरब बढाई राखेका छन् ।
Its a Dangi Fever !!!
pic source: NovaFM sydney

5/9/12

अष्ट्रेलियामा नेपालीहरुको जता ततै प्रोग्राम कता जानी कता नजानी

अष्ट्रेलियामा आजकाल बाढीनै आएको छ। तपाईं छक्क पर्दै तात्तो न छारो केको यहाँ बाढी आउनु नि सेती नदीमा पो आएर बिजोग छ भन्नु होला। मेरो आसय हो कार्यक्रमको बाढी।

गएको अप्रिल महिनामा मात्रै मैले मेल्बर्नमा चार वटा कार्यक्रम हेर्ने मौका पाए। नेपथ्य कन्सर्ट, नेपाल नाच्छ सुदिन पोख्रेल, दिनबन्धु पोख्रेलको भागवत गीता र ध्यान सिबिर।अझै उदय र मनिलाको प्रोग्राम र मिस यू फ्लिमलाई त जानी जानी नै मिस गरेको हो। जान त जहाँ नि मन लाग्छ नि तर बाबा सबै ठाउँमा कसरी जान सक्नु नि।गत आइतबार मात्रै एकैदिनमा मेल्बर्नमा तीन वटा प्रोग्राम थियो। बुद्ध जयन्ती, फुट्बल र साहित्य संगीत जमघट ।

हप्तामा दुई दिन बिदा हुन्छ शनिबार ढिला सम्म सुतेर जानी आईतवार चाँही सोमबारको चिन्ता गर्दा गर्दै जानी।
लुगा धोइदिने, घर सफा गर्दिने ठुलदिदी यहाँ पाइन्न क्यारे। सधैं सिक लीभ(sick leave) लिन नि नमिल्नी गर आँफै गर नगर आँफै सडेर बस हो। :))

अब यो माथिको प्रोग्राम बाहेक मिनी प्रोग्राम त अझै छदै छ जस्तै जन्म दिनको पार्टी, न्वारनको पार्टी, भात खुवाको पार्टी, बच्चा झरना (baby shower) को पार्टी, विवाहको पार्टी, घर गर्मीको (house warming )पार्टी। बाफरे बाफ नेपालमा हराउनैआटेको चलन पनि यहाँ अर्कै माध्यम बाट बिउतितै छ। विवाहको कार्डमा no box gift please रे त्यस्को अर्थ पैसा ल्याउनु भनेको त हो नि ही..ही...न ल्याउने मान्छेले बक्स भरी पैसानै ल्याइदिन्थे कि अथवा बक्स भित्र अती आवश्यक चिज बिज पो ल्याइदिन्थे कि? ;)

नेपालमा जन्म, बर्तबन्ध, विवाह जस्ता कर्मकान्डमा हुने गरेका कतीपय फोस्रा आडमबर र चलनहरु हामी बिदेश आउँदा पनि टप्क्क टिपेर ल्याएका छौ। जसरी नेपालमा पहिले हुने खानेले देखावटी गरे र पछी तेहीनै चलन हुन पुग्यो त्यसरीनै देखावटी, ठुलो तामाझामले भबिस्यमा बिदेशमा बस्ने नेपालीलाई मर्का पर्न सक्छ।

लौ लौ अब ज्ञानीहरुको माझ के ज्ञान बाडौ, कुन चाँही प्रोग्राममा तपाईं जानी कुनमा नजाने जिम्मा तपाईंलाई नै छोड्दै म चाँही भात पकाउन हिडे!!

ब्लगरको फेसबुकमा झुन्डिनु होस https://www.facebook.com/Archanablogs

4/29/12

धारणा शक्ती


हिजो यु-टिउबमा घोत्लिदै थिए कता कताबाट एउटा लिन्क क्लिक भयो। अत्भुत चमत्कारी
बाबाजिको परेछ। ईन्डिया तिरका बाबाजि कोही कोही यस्तो गेट अप हुन्छन् कि कहिले काही
What the hell!! भनेर टक्क आँखा रोकिन्छ नै, जो पनि बोधित्वप्राप्त गरेको भन्छन उ बेला न्याए  नपाए गोर्खा जानु, विद्द्या हराए काशी जानु भन्थे अहिले  साथी हराए फेसबूक जानु, बोधित्व नपाए ईन्डिया जानु भन्ने बेला आइसक्यो।  यो बोधित्व नाप्ने यन्त्र नभएर नि, अरुले तपाईं भनोस नभनोस आँफै आँफै घोषणा गर्दै हिंडेको देखिन्छ। यि यु-टिउबवाला चमत्कारी बाबा पनि उनैका अनुसार पूर्ण रुपमा बोधित्व प्राप्त गरेका रचन र धारणा शक्तीको बारेमा प्रवचन दिदै थिए । म अज्ञानीलाई के रहेछ त्यो जस्तो लागेर एक्छिन सुन्नै पर्ने जस्तो लाग्यो र हेर्दै गए।  

धारणा शक्ती यस्तो हो रे कि हामी जे सोच्छौ त्यो पुरा हुन्छ राम्रो होस् या नराम्रो ।
कती बेला भगवानले तथास्तु भन्छन् था हुदैन रे  राम्रो सोचेको बेला तथास्तु भने त ठिकै छ तर नराम्रो सोचेको बेला तथास्तु पाइयो भने त परेन फसाद!! चमत्कारी बाबाको कुरा चमत्कारी नै लाग्यो। सहि जस्तो नै लाग्यो positive thinking  भनेर धेरैले जीवनमा लागु पनि गरी राखेका छन्।

मलाई यो कुरा किन पनि हेरी राखेको थिए भने म पनि तेस्तै नै सोच्दै थिए। मेरो दिमाखमा एउटा ठुलो प्लान फुरेको थियो र मेरो हरेक योजनाको पहिलो स्रोता श्रीमानजी हुन।
जहिले प्लान गर्दा नि म नराम्रो कुरा पट्टी कहिले सोच्दिन खाली राम्रो कुरा हेरेर मात्र गर्छु र मेरा श्रीमानले यस्तो पनि हुन सक्छ है भनेर त्यो बाट हुने नकारात्मक कुराको पनि दिब्यज्ञान दिने गर्छन् तर जुन कुरा म गर्छु भनेर आट्छु त्यो कुरा नगरि हुँदैन चाहे त्यो सफल होस् या नहोस् त्यो काममा पुरा पुरा मन लगाएर गर्न मन लाग्छ र त्यस्तो बानीले गर्दा धेरै दु:ख पनि पाएको छु कत्ती काम सफल पनि भएको छ र कत्ती असफल पनि भएको छ।

अष्ट्रेलिया आए पछी ठुलो आउटसोर्सिङ कम्पनी खोल्ने प्लान थियो र सोही अनुरुप २ बर्ष अगाडि कम्पनी खोलियो र काम पनि टन्नै आएको थियो तर अष्ट्रेलियान पार्ट्नरको बदमाशिले छ महिना पछी बन्द गर्नु पर्‍यो र त्यो समयको बेफाईदा भर्पाइ गर्न मलाई करिब  छ महिना लाग्यो तर आज आएर ढक्क छाती फुलेर आउछ मैले कोशीश नगरेको भए मलाई जिन्दगी भर पछुतो हुन्थ्यो तर त्यो समयमा सिकेका कुरा जिन्दगी भर काम लाग्ने छ  फेरी सफलता र असफलता त जिन्दगीको पाटो नै हो।
एउटा भनाइ नै छ नि Nobody can go back and start a new beginning, but anyone can start today and make a new ending....

3/7/12

नारित्व दिवस


मेल्बर्न, अष्ट्रेलियाकि ओपल कन्सल्टेन्सीमा काम गर्ने बिजया बुढाथोकीलाई आफु कामको सिलसिलामा कुनै पुरुष भन्दा कम लाग्दैन। उनी पुरुष जतिकै मिहेनत, उत्साह र समर्पित भएर काम गर्छिन। २१ औ सताब्दीमा नेपालबाट अष्ट्रेलियामा आउने हरेक नारीले होस्तेमा हैसे गर्दै अष्ट्रेलियाको बिभिन्न शहरमा काम गरी राखेका छन् जहाँ प्रधानमन्त्री नै महिला छिन् र जहाँ महिला अथवा पुरुषको लागि भनेर काम छुटाइएको हुँदैन ।

जब मैले २००३ मा वेब डेभलपरको रुपमा नेपालमा काम गर्ने अवसर पाए तेती बेला सार्है थोरै महिला सुचना प्रबिधी क्षेत्रमा काम गर्थे। म काम गर्ने ठाउँमा म एक जना मात्र केटी थिए अरु क्षेत्रमा काम गर्ने मेरा साथीहरुले तलाई केटा नै केटा भएको ठाउँमा लाज लाग्दैन भनेर जिस्काउथे, मैले पनि केटा हेर्न जाने हो र दिमाख लगाएर काम गर्न जाने हो भनेर हासो हासो मै भन्थे तर जब म २००८ साल अष्ट्रेलियामा आए प्रोग्राम एनालिस्टको रुपमा इन्स्ट्रा कर्पोरेसन भन्ने आइटी कम्पनीमा काम गर्ने थाले त्यहाँ पनि डेभलप्मेन्ट डिपार्टमेन्टमा म एक जना मात्रै केटी थिए र मलाई लाग्थ्यो मानव शरीर यस्तो शरीर हो दिनमा केही समय बाहेक अरु समय लिङ्गको आधारमा चिनी रहनु पर्दैन र नौ बर्षको मेरो प्रोफेस्नल जिबनमा नारीनै भएकोले आफ्नो कामको क्षेत्रमा कुनै समस्या भोग्न परेन ।

सिड्नीमा एकाउन्टेन्ट र फेसन ब्लगर रुपमा कार्यरित रोमु श्रेष्ठ भन्छिन बर्षौ देखि समाजले बाधेर राखेको साङ्लो छिनाउने समय आएको छ र त्यो महिला आँफैले आँट गरेर यो जन्जिरलाई हटाएर अगाडि बढि आफ्नो शक्ती, सुन्दरता र सहभागिता देखाउनु पर्छ। उनी भन्छिन जीवन पूर्ण छैन तर आजका नारीले आफु के कुरामा सक्षम छु भन्ने बुझेर अगाडि बढ्नु पर्छ। उनीले केही दिन अगाडि एउटा लेख पढेकी थिइन जसमा महिला राम्रो स्रोता, राम्रो लिडर, समस्या समाधक र एक भन्दा बढी काम गर्न सक्ने हुनाले देशको अर्थतन्त्र कार्यालयमा पुरुष भन्दा महिलाले राम्रो सँग म्यानेजरको पद सम्हालेका उदाहरण पढिन ।

मेल्बर्नकी उशा कार्की धमला किन्डर गार्डनमा पढाउछिन र उनीको जीवनको मन्त्र नै “यो संसारमा सबै कुरा गर्न सम्भब छ” हो। आफ्नो परिवार, साथी भाई र आफ्नो भित्री इक्ष्याले केही गरौ भन्ने भावनालेनै आफुले अहिले सम्म चाहेको कुरा पुगेको र आफ्नो जीवन सफल भएको ठान्छिन। उनिको बिचारमा नेपाल पुरुष प्रधान देश भए पनि हरेक घर महिलाले चलाएका हुन्छन् उनीहरुलाई पढेर अथवा परेर सबै कुरा थाहा भै राखेको हुन्छ। उनिहरुले घर जसरी राम्रो सँग चलाएका छन् त्यसै गरेर कुनै कार्यालय पनि चलाऊन सक्छिन त्यसको लागि नारी आँफै जागरुक हुन जरुरी छ भन्छिन।


त्यस्तै अनामिका राई द रोयल मेल्बर्न हस्पिटलकी प्लस्टिक एन्ड ट्राउमा नर्स हुन।
उनिको काममा महिला तथा
पुरुष दुबै बराबर नर्स छन्। सबैले दिएको काम समान रुपले गर्नु पर्ने
बताउछिन्। उनी भन्छिन जीवन सुन्दर छ र आफु सँग जे छ त्यहीमा रमाउन सक्नु पर्छ र महिलाको जीवन घर र काममा सन्तुलित राख्न सकियो भने जीवन पूर्ण र सुखमय हुन्छ। उनी १८ बर्षको हुँदा अष्ट्रेलिया आएकी थिईन र अहिले एउटा बच्चाको आमा हुनाले आमाको जिम्मेवारी छोरा छोरी पढाउने, सक्षम मात्र नबनाउने नभै आफ्नो संक्रिती, धर्म, सस्कार पनि आउदो पिढीलाई सिकाउनु हो भन्छिन । अष्ट्रेलियामा भएका धेरै जसो नारीको नेपाल मै फर्केर केही गर्ने योजना हुन्छ र उनी पनि यो बाट टाढा छैनिन् र उनी असाहय र अनाथ बाल बालिकाको लागि प्रत्क्ष्य अथवा अप्रत्क्ष्य रुपमा केही गर्न चाहन्छिन।

आज नारी दिवस सदा झै सुर्य पुर्वबाट उदाउने छ र पश्चिममा अस्ताउने छ। चरा चुरुङी सदाझै चिर्बिर गर्दै बिहान खाना खोज्न जाने छन र साझमा आफ्नो गूड्मा फर्कने छन् त्यस्तै गरेर संसारमा भएका सबै नारी उठ्ने छन् अरु दिन जस्तै दैनिकी गर्ने छन् । कत्तीलाई त नारी दिवस भनेर था’ पनि हुने छैन। दिवस मनाउनेलाई अर्को दिवस हुनेछ । विश्वको सबै देशमा केही महिला जम्मा हुने छन् , चिया पानी खानेछन, केही पुरस्कार बाढ्ने छन् र भाषण गर्नेछन् र यो दिन पनि सकिने छ ।

नारी भएकोमा मलाई न हर्ष छ न त बिष्मात नै। बाबुआमाले जन्माइदिए आफु जन्मियो । अहिलेको सन्दर्भमा आफु कुन लिङ्ग लिएर जन्मे भन्दा पनि आफु कसरी सबै जना सँग मिलेर अगाडि बढ्ने र आफ्नो जीवन कसरी सफल बनाउने भनेर सोच्नु पर्छ जस्तो लाग्छ। समाज निर्माणको लागि नारी पुरुष दुबै अती आवश्यक छ र दुबैले एक अर्का बाट पाठ सिक्न जरुरी छ। नारीले पुरुष बाट आट, बल, स्वाभिमान, आत्मविश्वाश र पुरुषले नारीबाट दया, माया, सहनशिल्ता सिक्नु पर्ने छ। हिन्दू धर्म अनुसार जब शिवजि शुन्यबाट उत्पत्ती भए उनी शिव-शक्ती अर्थात पुरुष र महिला दुबै रुपमा प्रकट भएका थिए तर सृस्‍टि चलाऊनको हेतु शिव र शक्ती दुबैलाई छुटाउनु परेको थियो यसबाट पनि प्रस्ट हुन्छ कि हामी मानवमा नारी र पुरुष दुबै तत्व हुन जरुरी छ । हामी सृस्‍टि चलाऊन लिङ्ग छुट्टीएका हौ तर हामी हरेक समय हाम्रो लिङ्ग पहिचानले सृस्‍टिनै उथुल पुथुलको अवस्थामा पुगेका छ।

तामिलनाडु, भारतका आध्यात्मिक गुरु सदगुरुले भनेका थिए पुरुषले नारीबाट अली कती मात्र करुणा सिकेको भए यो संसारमा पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्ध हुने थिएन अथवा नारीहरु हरेक देशमा प्रमुख नेता भएको भए हरेक देशले हात हतियार जम्मा गर्नु को साटो मानब कल्याण सोच्थे होलान। विश्वमा बढ्दै गएको अशान्ती, स्वार्थ, युद्ध, एकअर्का प्रतीको घिर्णाको अवस्थामा माया,करुणा र एक अर्का बिच सदभाव हुन एकदम जरुरी छ जुन नारी तत्व हुन आजको बिशेष दिनमा नारी दिवस भन्दा पनि नारित्व दिवस भन्न रुचाउछु जुन तत्व हरेक मानब जातीमा हुन जरुरी छ ।

2/19/12

आदियोगी शिव - योगीहरुका प्रथम गुरु

शिव जि बडा बिन्दास देवता हुन । उनी साच्चै हुन या जे के रोलिन्ङले लेखेको ह्यारी पोर्टर जस्ता पात्र हुन त्यो त शिवजि देख्नेलाई नै था होला तर जे भए नि मलाई चाँही इन्टेरेस्टिङ नै लाग्छ ।

शिवजीका बारेमा केही था नभए पनि हाम्रा युवाहरु माझ बिशेष कारणले पपुलर छन् तर योगिक कल्चर अनुसार पहिलो योगी आदी योगी गुरु हुन । योगा र ध्यान बिषयमा उनको बिशेष महत्व छ।

शिव महापुराण अनुसार जब शिव जि शुन्य ॐ बाट प्रकट भए उनी प्राणी कल्याणको लागि सिधै पृथ्वीतिर हानिए अरु देवता र दानब चाँही स्वर्ग लोक तिर र पातल तिर लागे भने शिव जि कैलाशमै सतीदेबी र केही आउरे बाउरेका साथ मोज गर्दै बसे।

कहिले काही सोच्छु अहिले त माउन्ट कैलाशमा यस्तो जाडो थियो भने त्यो बेला कती जाडो थियो होला त्यही माथि नाङै भुतुङै कती जाडो भो होला तर योगा, ध्यान र बेफिक्री नाच्ने हुनाले उनले जाडो पचाएको हुन सक्छ।

शिवजि मन पर्नुको अर्को कारण पनि छ । त्यो हो पत्नी प्रेम उनी सती देवीलाई असाध्यै प्रेम गर्थे र उनको मृत्‍यु पछी सतीको शरीर बोकेर सारा ब्रमान्ड घुमे अहिले कहाँ त्यस्तो हुन्छ र मर्न नपाउदै who is next ; ) ? पछी सती देबीलेनै अर्को जन्म पार्वतीको रुपमा लिए पछी फेरी पार्वतीलाई विवाह गरे।

शिवको पहिलो योगा शिश्य पार्वती थिइन। उनले बडो माया पुर्वक सुन्दर तरिकाले योग सुत्रहरु सिकाएका थिए र पछी पार्वतीको बिशेष अनुरोधमा सम्पूर्ण मानव हितका लागि भनेर पहिलो योगा क्लास केदारनाथ
नजिकै कान्ती सरोबरमा सप्त ॠषिहरुले लिएका थिए।

तिनै सप्त ॠषिहरुलेनै योग ज्ञान अरु मानब समक्ष पुराए। तेही योगानै अहिले विश्वभर पपुलर छ। अष्ट्रेलियामा पनि टोल टोलमा योगा सेन्टर देखिन्छ तर हाम्रो महादेबलाई केही क्रेडिट छैन । who is mHadeeva भन्छ्न बाबै।

जब महादेब आए उनी सम्पूर्ण प्राणी जगतका लागि आए तर पछी उनलाई हिन्दू धर्मको बिल्ला लगाइदिएर सिमित पारीयो जब कि उनले पत्ता लगाएको योगा ध्यान विश्व भरी अपनाइन्छ।

आज महाशिव रात्री शिवजिको मन पर्ने दिन र पार्वती सँग विवाह भएको दिन। शिवरात्री तत्वानुसन्धानको मार्ग , ज्ञानको प्रारम्भ र बोधको साक्षात्कार को रात हो । हामीमा रहेको शिवत्व जागृत गर्ने रहस्य बुझ्ने र बुझाउने रात को रुपमा पनि लिन सकिन्छ ! अन्धकारमा अर्थात् रातमा अरु चिज वस्तुको अस्तित्वको ज्ञान नभए पनि आफु भने रहेको ज्ञान हुन्छ !अन्धकारमा आफु परेको ज्ञान भए पछी उज्यालो खोज्ने प्रयास हुन्छ !शिवरात्रि ले प्रयासस्वरूप बोध को साक्षात्कार गराउने प्रेरणा समेत दिने गर्छ!

आजको एक दिन भए नि जनावर खुशी सुखी बाँच्न पावोस भनेर यो दिन मासु माछा नखानु भन्छन तर मो.मो , KFC त खुलेकै छन हामी सुखी खुशी भए जनावर को के मतलब? :(

मेरो बिचारमा शिव यदी महान बेक्ती हुन भने सबैको लागि हुन र सबैले मान्न पाउनु पर्छ मेरो भन्नुको अर्थ पशुपतीनाथ हो त्यहाँ हरेक प्राणी जाती पस्न पाउनु पर्छ। हुन त शिव मन्दिर मन्दिर चाहरेर पाइने होइन , आफैभित्र शिव समाधि लिएर बसेको शिवत्व लाई जागृत गरे पुग्छ तर पनि एउटा धर्म को आधारमा रोक टोक कती लाज मर्दो छ म बयान गर्न सक्दिन। जब मानिस जन्मिन्छ उसले कुनै धर्म लिएर जमेको हुँदैन तर उसको परिवार समाजले धर्मको ट्याटु लाइदिन्छन यही आधारमा रोक टोक गर्छौ भने हामी कती सम्म मुर्ख रहेछौ आँफै बिचार गरौ।

एक जना बोधित्व प्राप्त गरेका गुरुले भनेका थिए मन्दिर भनेको पूजा गर्न, भगवानलाई अनेक रङले पोत्न, लद्दु कोचाउन, पैसा चढाउन होइन त्यहाँ गएर ध्यान बस्न आफ्नो दिन भरको काम गर्नु अगाडि बिहान शुद्दमनले आफुलाई मनन गर्नु हो भनेका थिए ।





Om Namoha Shivaya
Om Peace

- some points reference from Dhananjay Shiwakoti

2/18/12

नराम्रो काम गरे सबैले गाली गर्छन्, राम्रो काम गरे सबैले माया गर्छन्

मेरा अष्ट्रेलियन साथीहरुले खासै भ्यालेन्टाइन डे मनाएनन्, it’s a American Culture भन्दा रैछन् तर अरु देशको त कुरै नगरौ , नेपालमा त उधुम नै भै गो। सबै दिवस मनाउनै पर्ने अझ प्रेम दिवस त छोड्ने कुरै भएन ;) तपाईंहरुले मेरो ब्लग पहिलादेखी हेर्नु भएको भए मेरा बितेका प्रेम दिवसको बारेमा अवश्य पढ्नु भो होला। तर यसपालीको प्रेम दिवस मलाई बिशेष प्रकारले मनाउन मन थियो र आफु संगै अरुले पनि सहयोग गर्छन् कि भन्ने आशले नेपाल मेल्बर्न अन्तर्गत भ्यालेन्टाइन बिशेष कार्यक्रम आयोजना गरे र तेही अनुरुप केही नगद जम्मा गरे। हाम्रो भ्यालेन्टाइन डे नेपालमा दिल शोभा श्रेष्ठले खोलेको आमा घरका बुढा बुढी तथा अनाथहरुको सँग wireless valentine day मनाउने बिचार गरियो।

दिल शोभा श्रेष्ठ सुन्दर नारीहरु मध्य सुन्दर ह्र्दय भएकी नारी हुन। जब उनी ३८ बर्ष कि थिइन् उनको श्रीमानले छोरा नपाएको निउमाअत्यन्त निर्मम्ता पूर्वक घरबाट निकाली दिएको र आफ्नै छोरीको बिहागर्न जम्मा पारेको पैसाले उनीको श्रीमानले अर्को बिहा गरे। केही दिनको रुना धुना पछी उनीले यस्तो निर्णय गरिन जस्ले गर्दा आफ्नो छोरा छोरी तथा परिवारबाट निस्कासित बुढा बुढी तथा अनाथहरुको साहारा बनिन ।

दिल शोभालाई कुनै समयमा लाग्थ्यो, मानिसको जिन्दगीमा बुढेशकालको साहरा कि छोराछोरी हुन्छ कि लोग्ने हुन्छ तर उनीको जीवनमा न छोरा थियो न त लोग्ने नै थियो तर उनलाई अन्त्यमा जिन्दगीले पाठ पढाएर छोड्यो कि बुढेशकालको साहारा कुनै नातागोता भन्दा पनि निस्वार्थ सेवाको भावना हो।

तेही निस्वार्थ सेवाले गर्दा मलाई उनी सार्है मन पर्छ। हाम्रो सुन्दर जीवन हासी खुशी रमाउन र अरुलाई सहयोग गर्न पाएका हौ तर कहिले काही मानिस को स्वार्थ ले यसरी आँखा छोपी दिन्छ कि अर्काको छाती माथि लात हान्न पनि पछी पर्दैनौ तर दिल शोभाले बलियो छाती बनाएर लडेरनै आफ्नो बहादुरी प्रस्तुत गरेकी छिन् ।


तिनै दिल शोभालाई भेट्न तथा उनीको घरमा रहेका आमा बुवा तथा अनाथ केटा केटी भेट्ने प्लान 14th
February दिउसो २ बजे थियो।
जानु एक दिन अगाडि हाम्रोतर्फबाट एक जोडी बुज्रुकलाई अगाडि लगाइ हर्लिक्स र बिस्कुट लगिदिने थियो तर दिल सोभाको सल्लाह अनुसार अहिले उनीहरुको आवश्यता भनेको बिहानको हात मुख जोडनु रहेछ । ३२ जना आमाहरु, ५ जना बुवाहरु र ४८ जना अनाथ बच्चाहरुलाई बिहान बेलुकाको खाना धौ धौ परेको कुरा सुने पछी हामी ले हाम्रो सामानमा परिवर्तन गरेका थियौ खाद्य सामान र केही नगद लिएर हाम्रो टोली १२ बजेनै पुग्यो ।

नेपालमा २ बज्दा यहाँ ७ बजी रहेको थिए तर त्यो दिन बिहान देखी नै मलाई एक किसिम को आनन्द अनुभव भैरहेको थियो जुन यहाँ म ब्यक्त गर्न सक्दिन।
त्यहाँ पुगेर सबैजना बुढा बुढीलाई हाम्रो टोलीले भेट्यो र धेरै केटाकेटी स्कुल गएको हुनाले केही केटाकेटी मात्रै
भेटियो र सबै सामान दिल सोभालाई जिम्मा लगाएर फर्कियो र त्यहाँ पुग्दा हाम्रो टोलीले एक किसिमको आनन्दको महसुस गर्‍यो, बुढा बुढीले सहयोग गर्ने सबै लाई धेरै धेरै आशिस रे।

हुन त यि सब कुरा मलाई लेख्न मन थिएन तर तपाईं हरु लाई पनि केही प्रेरणा मिल्छ कि भनेर राखिकी हुँ।

2/16/12

सम्पन्नताको भुत

परिवारलाइ छोरा छोरी बिदेशमा छ भनेर फर्शी जत्रो नाक गर्दै ठिक्क छ,
नेताहरुलाई बिदेशबाट टन्न रेमिट्यान्स आएकै छ भनेर कुर्शी लुछाचुड गर्दै ठीक्क छ,
मान्छेको इज्जत, मान, मर्यादा घरको तला अनुसार मापन हुन्छ,
मान्छेको खुशी, सुख कती जग्गा जमिनको परीधि छ त्यस्मा मापन हुन्छ,
मान्छेको धन बिबाह्, बर्तबन्ध,पार्टीमा कती खर्च गर्‍यो भनेर मापन हुन्छ,
मान्छेको सुन्दरता कती महँगो लुगा लायो र कती गहना लगायो भनेर मापन हुन्छ, त्यस्तो देशका हामी!!


मलाई कहिलेकाही सोचेर अजिब लाग्छ हाम्रो समाज कता तिर गै राखेको छ? किन यती बिग्न हामी देखावटी गर्न लागेम नै था छैन ।

मेरो एक जना अष्ट्रेलियन साथी नेपालको दुर्गम ठाउमा कामको लागि गएकि थि र फर्कने बेलामा काठमाडौंको नेवार परिवारको बिहा देखेर तेरो देशमा मान्छेलाई लन्च/डिनर गर्ने पैसा छैन कोही कोही चाँही १ केजीको सुन लगाएर अलिशान भब्य पार्टी गर्दा रैछन भनी ।

हाम्रो समाजमा राम्रो मान्छे पनि नभएका होइनन् । ति राम्रो ह्र्दय भएका मान्छेलाई कोटी कोटी नमस्कार छ । प्रक्रितीले पनि दिएको नै हो। बिदेशीहरुको नेपाल जाने सपना हुन्छ । सुर्य पनि दिन दिनै उदाएकै छ, चन्द्रमा पनि हरेक पुर्णिमामा झल मल भएकै छ । कसैले आफ्नो रङ फेरेका छैनन् ।
किन यो औधी अचाक्ली सम्पन्नताको भुत चढेको नै मैले बुझेको छैन ।

मेरो पनि नेपाल चाडै फर्कने मनस्थिती भएकोले मेरो आमालाई घर चलाउन कती खर्च लाग्छ आमा भनेर सोध्छु। आमाले मिनिमम २५०००-३५००० रे । मेरो त झन्डै सातो गएको । मेरो आमा भन्नु हुन्छ महङ्गीले आकाश छोएको छ । त सानो हुँदा तेरो बाउको ५००० तलबले छ जनाको परिवार पालेर पनि मैले अली अली जम्मा गर्ने सक्थे अहिले त २०,००० पनि केही न केही भन्नु हुन्छ।

यस्तो चरम महङ्गीमा पनि ॠण काटेर भए नि देखावटी गर्न छोड्दैनौ । संसारलाई था’ कि हामी विश्वकै गरीब देश मध्य ३२ औ स्थानमा पर्छौ यस्तो अवस्थामा नचाहिने ढाचा बनको भालुले मखमली जुत्ता लाए जस्तै हो।