2/19/12

आदियोगी शिव - योगीहरुका प्रथम गुरु

शिव जि बडा बिन्दास देवता हुन । उनी साच्चै हुन या जे के रोलिन्ङले लेखेको ह्यारी पोर्टर जस्ता पात्र हुन त्यो त शिवजि देख्नेलाई नै था होला तर जे भए नि मलाई चाँही इन्टेरेस्टिङ नै लाग्छ ।

शिवजीका बारेमा केही था नभए पनि हाम्रा युवाहरु माझ बिशेष कारणले पपुलर छन् तर योगिक कल्चर अनुसार पहिलो योगी आदी योगी गुरु हुन । योगा र ध्यान बिषयमा उनको बिशेष महत्व छ।

शिव महापुराण अनुसार जब शिव जि शुन्य ॐ बाट प्रकट भए उनी प्राणी कल्याणको लागि सिधै पृथ्वीतिर हानिए अरु देवता र दानब चाँही स्वर्ग लोक तिर र पातल तिर लागे भने शिव जि कैलाशमै सतीदेबी र केही आउरे बाउरेका साथ मोज गर्दै बसे।

कहिले काही सोच्छु अहिले त माउन्ट कैलाशमा यस्तो जाडो थियो भने त्यो बेला कती जाडो थियो होला त्यही माथि नाङै भुतुङै कती जाडो भो होला तर योगा, ध्यान र बेफिक्री नाच्ने हुनाले उनले जाडो पचाएको हुन सक्छ।

शिवजि मन पर्नुको अर्को कारण पनि छ । त्यो हो पत्नी प्रेम उनी सती देवीलाई असाध्यै प्रेम गर्थे र उनको मृत्‍यु पछी सतीको शरीर बोकेर सारा ब्रमान्ड घुमे अहिले कहाँ त्यस्तो हुन्छ र मर्न नपाउदै who is next ; ) ? पछी सती देबीलेनै अर्को जन्म पार्वतीको रुपमा लिए पछी फेरी पार्वतीलाई विवाह गरे।

शिवको पहिलो योगा शिश्य पार्वती थिइन। उनले बडो माया पुर्वक सुन्दर तरिकाले योग सुत्रहरु सिकाएका थिए र पछी पार्वतीको बिशेष अनुरोधमा सम्पूर्ण मानव हितका लागि भनेर पहिलो योगा क्लास केदारनाथ
नजिकै कान्ती सरोबरमा सप्त ॠषिहरुले लिएका थिए।

तिनै सप्त ॠषिहरुलेनै योग ज्ञान अरु मानब समक्ष पुराए। तेही योगानै अहिले विश्वभर पपुलर छ। अष्ट्रेलियामा पनि टोल टोलमा योगा सेन्टर देखिन्छ तर हाम्रो महादेबलाई केही क्रेडिट छैन । who is mHadeeva भन्छ्न बाबै।

जब महादेब आए उनी सम्पूर्ण प्राणी जगतका लागि आए तर पछी उनलाई हिन्दू धर्मको बिल्ला लगाइदिएर सिमित पारीयो जब कि उनले पत्ता लगाएको योगा ध्यान विश्व भरी अपनाइन्छ।

आज महाशिव रात्री शिवजिको मन पर्ने दिन र पार्वती सँग विवाह भएको दिन। शिवरात्री तत्वानुसन्धानको मार्ग , ज्ञानको प्रारम्भ र बोधको साक्षात्कार को रात हो । हामीमा रहेको शिवत्व जागृत गर्ने रहस्य बुझ्ने र बुझाउने रात को रुपमा पनि लिन सकिन्छ ! अन्धकारमा अर्थात् रातमा अरु चिज वस्तुको अस्तित्वको ज्ञान नभए पनि आफु भने रहेको ज्ञान हुन्छ !अन्धकारमा आफु परेको ज्ञान भए पछी उज्यालो खोज्ने प्रयास हुन्छ !शिवरात्रि ले प्रयासस्वरूप बोध को साक्षात्कार गराउने प्रेरणा समेत दिने गर्छ!

आजको एक दिन भए नि जनावर खुशी सुखी बाँच्न पावोस भनेर यो दिन मासु माछा नखानु भन्छन तर मो.मो , KFC त खुलेकै छन हामी सुखी खुशी भए जनावर को के मतलब? :(

मेरो बिचारमा शिव यदी महान बेक्ती हुन भने सबैको लागि हुन र सबैले मान्न पाउनु पर्छ मेरो भन्नुको अर्थ पशुपतीनाथ हो त्यहाँ हरेक प्राणी जाती पस्न पाउनु पर्छ। हुन त शिव मन्दिर मन्दिर चाहरेर पाइने होइन , आफैभित्र शिव समाधि लिएर बसेको शिवत्व लाई जागृत गरे पुग्छ तर पनि एउटा धर्म को आधारमा रोक टोक कती लाज मर्दो छ म बयान गर्न सक्दिन। जब मानिस जन्मिन्छ उसले कुनै धर्म लिएर जमेको हुँदैन तर उसको परिवार समाजले धर्मको ट्याटु लाइदिन्छन यही आधारमा रोक टोक गर्छौ भने हामी कती सम्म मुर्ख रहेछौ आँफै बिचार गरौ।

एक जना बोधित्व प्राप्त गरेका गुरुले भनेका थिए मन्दिर भनेको पूजा गर्न, भगवानलाई अनेक रङले पोत्न, लद्दु कोचाउन, पैसा चढाउन होइन त्यहाँ गएर ध्यान बस्न आफ्नो दिन भरको काम गर्नु अगाडि बिहान शुद्दमनले आफुलाई मनन गर्नु हो भनेका थिए ।





Om Namoha Shivaya
Om Peace

- some points reference from Dhananjay Shiwakoti

2 comments:

anuz kulung said...

bhagawan aasthako kendrabindu ho jasto lagchha..kehi laddu ko kura ta yaha fashion jastai bhairaheko chha....aba ta tei culture basna thalyo bihan uthyo mandirma lampasar parera dhog garyo ani din bhari sutyo kamai chhaina....ani feri bihan hey pravu mero rachya gar bhanyo basyo ....tei ta ho ramro lagyo hajurko yo lekh

Anonymous said...

शिवजीको पत्नी प्रेमको कारण पनि शिव मनपर्छ भन्नु भयो ..ठिकै होला ...तर आमाको आज्ञा मानेर पहरा दिइरहेका छोरा गणेशको रिसको झोकमा टाउको छिनाल्दिने निर्दयी र घमण्डी बाउलाई चै के भन्नु हुन्छ?

हुनत सबै सुनेकै कुरा हुन् ..यी र यस्तै अन्य कुराले गर्दा मलाई चै मन पर्दैनन यी शिवजी भनौदा...तेसैले तिनको लिंगको पनि पूजा गर्दिन .....