:: खोइ अहिले सम्म declare गरेका छैनन् ।
मैले बिदेशमा जानुभएको बुवालाई यसरी ईमेल गरी रहदा चैत्र २८ गते चुनाव हुने भनेर घोषणा भएको अत्तो पत्तो पाएनछु । पछी थाहा पाएर हत्त न पत्त बुवालाई email गरे
:: चुनाव चैत्र २८ गते
फेरी ईमेल आयो चुनाव घोषणा पछी केही त्यस्तो घटना त भएको छैन नि?
:: भयो आमसभा भएको थियो त्यसपछि बसमा बम पड्काए ।
गिरिजा लाइ अहिले कस्तो छ?
मलाइ त खुब हासो पनि उठेर आयो जिवनमै पहिलो पटक मैले आफ्नो बाबुसँग राजनैतीक भालाकुसारी ईमेलबाट गरेकी थिए अरु अरु बेला यसरी गर्दैन थिए ।
:: मैले पनि जवाफ दिदै गए- गिरिजा सञ्चै छ । टि.भी मा देखियो अनी मैले पनि मिडिया कै भाषामा भने आज बिहान नास्ता पनि गरे रे।
के गर्ने बुढो गोरु जस्तो काधमा नेपाललाई बोकेर अगाडि जोतिनु परेको छ । केही गर्लान कि भनेर सबैको आशा छ । फेरी ईमेल आयो ल राम्रो सँग केयर गर्नु बाहिर गएको बेला careful हुनु । बिदेशमा बसेकालाई कस्तो त्राश छ है? हामी त यहाँ बेफिक्री हिड्छौ जती बेला जे भए पनि सहन तयार भएर।
उमेश जि को ब्लगमा पढेको थिए हामी नेपाली गैंडा भैइ सकेका छौ कुन अर्थमा भने नेपालमा अब जती नै मान्छे मरे पनि, जती नै बम पड्के पनि जब सम्म आफु र आफ्ना आफन्तलाइ त्यो घटना नपरेसम्म वास्ता गर्न छोडि सकेका छौ। तेसैले त हामी कती सहजै बम पड्केको कुरा ईमेलमा लेख्ने गर्छौ।
अब अर्को कुरा नेपालमा एउटा महिला सुजाता कोइराला बिना बिभागीय मन्त्री हुँदा नेपाली मिडिया/ब्लगहरुमा भत्तेश्राप गरी रहदा अमेरिकामा एउटा महिला हिलारी क्लिन्टन लाई अमेरिकामा फेब्रुअरी ५ को चुनावमा जिताउन नेपालीको चुरी फुरी देखेर त रमाइलो नै लाग्यो। नेपालमा चैत्र २८ गतेको चुनाव को लागि खासै पोस्टर नदेखे पनि अमेरिकामा बस्ने नेपालीहरुले मस्त ईन्टरनेटमा पोस्टर छापेका रैछन।हिलारीको गुणगान एकछिन ईन्टरनेटमा पढे पछी सुजाता बिरुद्द सबै पत्र पत्रीकामा पढेर मलाई त अजिब लाग्यो कत्ती को त सुजाता लाई मन नपराउने कुनै कारणनै थिएन सायद सबै मिडियाले उनको राम्रो राम्रो कुरा केलाएर लेखिदिएको भए अहो! सुजाता दङग् परेर अब उप्रान्त राम्रो राम्रो काम गरेर देखाइदिन्थिन कि?
कोही कोही ले त के पनि लेखे भने अब सुजाता मन्त्री भईन अब नेपाली चेलीले पनि उनले जस्तै ६० हजारको चस्मा लाउन सक्ने छन, ३४ हजार को पर्स बोक्नेछन र १ लाख ३४ हजार सम्मको hand bag बोक्न सक्नेछन् रे। :) :)साचिकै उनले यसरी नेपाली महिलाहरुको जीवन स्तर माथि उठाइ दिइन् भने त नाम अनुसारनै सुजाता हुने थिइन्।
मलाई त असम्भब पनि लाग्दैन यदि उनले चहिन भने अरुले उनलाई के के भन्छन था छैन तर मलाई उनी Bold र कुनै कुरा पनि मनमा नराखी frankly भन्दिने र criticism सुन्न तयार रहने निडर खाल्की जस्ती लाग्छ।
हेरौ, सुजाताले नेपालीको लागि केही गरे पनि नगरे पनि हिलारीले जितिन भने अमेरिकामा बस्ने नेपालीको लागि अवश्य गर्लिन दुबैलाई मेरो शुभकामना।


The mission to design this t-shirt is to liberate minds and spread peace. Material: super soft 100% organic fabric, low impact dyed tees - so you can feel good about what you wear.
T-shirt model : David Mast of Echocast (Echocast is an aggressive rock band)
बाग्लुङ कालिका मन्दिर - धार्मिक रुपमा कालिका मन्दिरमा निकै श्रदा राखिन्छ। यहाँ बिशेष गरेर चैते दसैं र दसैंको बेलामा भिड हुन्छ।
बाग्लुङ बजार( Baglung Bazaar) त गाडीमा ५ मिनेटमा घुमेर सकियो । बजारमा चहल पहल थियो । चुनाव को प्रचार प्रचारले रोड घरका भित्ता रङिएका देखेन्थे। यहाँ धौलागिरी एफ.एम पनि रैछ एकदिन भरि एफ.एम सुन्दा गीत र अरु ज्ञान बर्दक कुरा भन्दा पनि लोकल बिज्ञापन धेरै बज्दो रैछ ।
फर्से (Pharse)



बि.स१९६४ मा भाजवीर जोशी ले बनाएको नारायण स्थान मन्दिर, सँगै जोडीएको उनका पनाती चेत नारायण जोशी ले बि.स २०५३ सालमा बनाएको मन्दिर। नारायण स्थान कुश्माको सबै भन्दा पुरानो मन्दिर हो । यो मन्दिरले केही महिना भित्रनै स्वर्ण महोत्सब मनाउदै छ।
कुश्मा बजार सर्लक्क एक लाइनको बजार छ गाडीमा ५ मिनेटमा बजार घुमेर सकिन्छ । कुश्मामा ३ खाले बजार छ माथिल्लो बजार, तल्लो बजार र बडा गांउ । माथिल्लो बजार सुन्सान छ । ब्यापारको हिसाबले तल्लो बजारमा अली चहल पहल छ। बडा गांउमा बिशेष गरेर सरकारी अफिसहरु छन
कुश्मा बजार स्थित स्कुल् र १०+२। डाटा अनुसार् पर्बतमा ७०% ले शिक्षा पाएका छन्। स्कुल र कलेजको नाम पनि नारायण स्थान मन्दिरको नाम बाट राखिएको हो यो बि.स २०१६ सालमा स्थापित भएको कुस्माकै जेठो स्कुल हो।
बनै बन हिड्दा झ्याउकिरी कराएको आवाज सुनिन्छ । कुस्मा बाट ओरालो झर्दा त बाटो अप्ठेरो नै छ कोही कोही ठाउँ बाट त छर्लङ भिर देखिन्छ लड्यो भने त सिधै काली गण्डकीमा पुगिन्छ।
कालिगण्डकी र मोदी खोला मिसिएको पनि फलेबास जाने बाटो मै देखिन्छ। दुई खोला मिलन भएपछी यो ठाउँ लाई मोदिबिनी(modibini)भन्छन।
फलेवासको भड्खालबाट देखिने रमाइलो द्श्य। यहा बिषेश गरेर धान, मकै, गहु र मकै खेति हुन्छ।
लाइनमा बस्दै - लाइन त सेल रोटी जस्तै घुमेको थियो
पलान्चोक भगवती - बाजेले नित्य पूजा गर्दै। नित्य पूजा गर्ने बेला देबी लाई बिषेश रुपमा स्रिङारर्ने रैछन जस्तै नुहाइदिने, चांदिको गहना लगाइदिने , देबिलाई चांदिकै कवच दाँया बाँया लगाइदिने र पूजा आराधाना गर्ने रैछन।
जातो बाट अन्न पिनिन्छ तर मैले त पिन्नेको त के कुरा हल्लाउन समेत सकिन :)
दही जमाउने ठेकी - अबका शहरी पुश्ता ले एस्ता नेपाली चिज रिजोर्ट मै देख्न पाउने भए ।

Proud Owners of SX4
Friends Forever....



