7/26/07

What do women want from Man?

Today I got the article “What Women Want”. So far it’s the best I have ever read article about “what women want”. I have also talked with my so many female friends and they also told the same things I think this is the common things which women wants from Man.

Good luck here is the cool tips for you guys.

The top things women want FROM MEN, in order, are:

1. Confidence (or Power) / Self Dependent - Confidence is the number one quality women look for. Don't be wimpy. Don't apologize for everything. Be real. Be you. Women appreciate a man who is creative/independent.

2. Sense of humor (Fun) - Women love a man who can make her laugh. If you are dull, you are boring. If you make a woman laugh, you're halfway home. Take a chance, be real, but be funny.

3. Security / Money - Women want a sense of security, to know that her partner will be there if she becomes sick or when she grows old or flabby.

4. Women LOVE a man with a plan. Women love men with ambition.

5. A little bit of "Bad boy" qualities (Mysterious and Independent/Strong)

6. Looks (Protection and Attraction)

7. All the other stuff they typically list (varies - sensitive, caring, etc.)

8. Women want to be loved, despite their flaws, and need to be satisfied mentally, emotionally, and spiritually as much as physically. Women want to be treated like they are the beautiful woman on the planet and that no other woman compares.

9. Women want a man to listen to them (yes, even to the gripes and details of all the craziness) and not necessarily give advice.

10. Women want you to be a faithful.


Picture Courtesy: nepalism.com

7/22/07

मेरो नेपाल - मेरो देश मलाई लाग्छ प्यारो

Today I heard this song more than 20 times. I simply like this song. Most of the time I work with foreigners and I never say Nepal is poor country/ politically corrupted. I always show them beautiful Nepal’s picture . हुन त अब सगरमाथा र बुद्द बाहेक अरु गौरव गर्ने कुरो म केही भेत्दिन तै पनि I love Nepal & after all I need to introduce myself as a Nepali.

Art by Dovan Rai. Song is by Raju Lama.

तिमीलाई म भुल्न सक्दिन जहाँ जाउँ तिम्रो याद आईरहन्छ
यो खोला, यो नाला, यो पहाड-भन्ज्याङ्गले मलाई बोलाइरहन्छ
तिमीलाई म भुल्न सक्दिनजहाँ जाउँ तिम्रो याद आईरहन्छ
यो खोला, यो नाला, यो पहाड-भन्ज्याङ्गले मलाई बोलाइरहन्छ

मेरो नेपाल मेरो नेपाल मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो

डाँडाकाँडा हरियाली यहाँ आँगनै भिरलालिगुराँस, चाँप, चमेली फुल्छ
थरीथरीखोला, नाला, झरनाको मिठो सुसेलीआईरहन्छ
यो मनमा झलझलीआईरहन्छ यो मनमा झलझली

मेरो नेपाल मेरो नेपाल मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो

सगरमाथा शिर बनी यहाँ उभिएको छ
करौडौँ मुटुमाझ तिमी सजिएको छ
विर, माहात्मा, बुद्ध जन्मिएको देश मलाई
प्यारो प्यारो लाग्छ आफ्नै स्वदेश
मलाई प्यारा लाग्छ आफ्नै स्वदेश

मेरो नेपाल मेरो नेपाल मेरो नेपाल
मेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो


तिमीलाई म भुल्न सक्दिन जहाँ जाउँ तिम्रो याद आईरहन्छयो खोला,
यो नाला, यो पहाड-भन्ज्याङ्गले मलाई बोलाइरहन्छ

मेरो नेपाल मेरो नेपाल मेरो नेपाल मेरो देश
मलाई लाग्छ प्यारोमेरो देश मलाई लाग्छ प्यारो
मेरो देश मलाई लाग्छ प्यारो

Download Video

View Video

7/19/07

IT Training सुरु

Women In ICT ले अर्गनाइज गरेको training सुरु भई सकेको छ । १० जना महिला दिदी बहिनिहरु बिहानको चिसो चिसो बातावरणमा केही सिक्ने हतारोको साथ छिटो छिटो कम्प्युटर सिक्ने कक्षा तिर पस्नु हुन्छ।

हुन त १० जनाको लागि मात्रै सिट थियो तर १०० जना जती इच्छुक महिलाले फोन गर्नु भएको थियो। ट्रैनिङ सन्चालन भई रहेको छ अहिले मैलेनै Graphic Designing/Web Designing पढाउदै छु।

teaching about web technology :)

त्यसपछीको अर्को हार्डवयर र प्रोग्रामिङ क्रमस मुना जि र आरती जि ले पढाउनु हुन्छ। मेरो लागि एका बिहानै उठ्नु भनेको धेरै ठुलो कुरा हो म राती अबेला सम्म काम गर्छु मेरो दैनिकी म २ घण्टा बढेको छ अर्थात म २ घण्टा काम सुतिरहेको छु।

हाम्रो course design अनुसार आज Guest Speakers को पालो थियो यो दिन हाम्रो पाहुना हरु आएर Motivational Speech दिनु हुन्छ। आज का पाहुना Fair Trade Group कि निना शाही र क्यानडा बाट आएका सोन यो हुनुहुन्थ्यो।

Our Guest Ms. Nina Shahi and Mr. Sean Yo sharing their experiences.

कम्प्युटर शिक्षामा मलाई धेरै theory भएको पटक्कै मन पर्दैन तेसैले धेरै भन्दा धेरै practicals थोरै समयमा गराउन प्रयासरत छु। अस्तु।

7/10/07

Free IT Training for women

It is our pleasure to share with you that Women in IT(WIT) will be organizing a training
program to updgrade technical skills of women. We anticipate that it will support in increasing their technical proficiency and enable them to enter into higher positions in the job environment.

I will be coordinating this training program. Mr. Bibhusan and Ms. Shikha Shrestha will also be engaging in the intervention on behalf of BellaSAP as BellaSAP will be providing finanical support to the training program.

We will be initiating the training program from July 15 2007- August 31 2007. Therefore, we need your support and cooperation in finding 10 potential women for the training program. Some of the preliminary criteria are the participants should be 10+2 pass and have Computer Diploma or Basic Knowledge.

Most preferences will be given to women of marginalized sections. The training courses will cover: Graphic Designing , Software Development/ Programming and Hardware Training provided by women professionals. There will be some Guest Speakers who will be sharing their experiences to motivate the women participants. We will anticipate your support and cooperation. Please feel free to communicate with me for further information.

We would like to request you to conform your placement by July 14th Noon. Thank you.

7/8/07

NATIONAL FLAG IS FOR NEPALI

By: Rajendra Keshari Pandey

I feel very fortunate when people spontaneously provide me with subject matter and spices for my writing. Most of my articles’ titles have sprouted from people’s mouths. Such is this incident which happened recently and made my life easy. Normally, I live four days a week in Kathmandu and three days at Nagarkot. ...

... I have erected a pole at our Nagarkot house where Nepal’s National Flag is flying proudly, also in Kathmandu my residence has a similar National Flag flying happily. I am very honoured to be Nepali and living in this wonderful country.

That fine evening my neighbour started chatting with me and raised the question as to why I am putting Nepal’s National Flag on top of the house. I said each and every Nepali is allowed, eligible and capable to display Nepal’s National Flag. There is no need to obtain approval or authority if a Nepali wishes to put his National Flag on his home. Nepal is deep within Nepalese’ around the world and they should all be proud of their nation. My answer did not satisfy him and he was still in a dilemma about that very flag. He said further. “You know, I heard there was a talk about this subject among within our community”. If this is correct, then I will call it a marginal state of mind among the community members. Really! what an issue to discuss and use their precious time in such matters. When a Nepali proudly puts his National Flat on top of his roof they should see such issues in a positive light and be wise enough to understand the sentiment behind it.

The Interim Constitution of Nepal has declared Nepal a secular state. I have observed many people putting up flags of various religious beliefs as per their choice, which is right. People are free to express, demonstrate and live as per their wishes. This is freedom. There should not be any negative gossip when a Nepali wishes to honour his/her national pride and national flag wherever he/she goes. Nepal and Nepali is synonymous. I just remembered a beautiful song about our National Flag that goes like this…

रातो र चन्द्र सुर्य जङि निशान् हाम्रो
जल्दो रगत सरी बल्झिदो सान् हाम्रो
हिमाल झैं अटल यो झुकेन यो कहिले
लत्रेन यो कहिले जङी निशान् हाम्रो
हिमाल झैं अटल यो झुकेन यो कहिले
लत्रेन यो कहिले जङी निशान् हाम्रो
यो जन्मिदै जगत माकैयोन् प्रहर आये
सम्राज दुई हारेहारेन सान हाम्रो
रातो र चन्द्र सुर्य जङि निशान् हाम्रो
जल्दो रगत सरी बल्झिदो सान् हाम्रो
जब सम्म चन्द्र सुर्यआकाशमा रहन्छ
तब सम्म हुन्छ आफ्नै रातो रगत हाम्रो
गाई सरी छन् साधुजो जो यह जगत् मा
सबको सन्पत्ति यो जङि निशान् हाम्रो
रातो र चन्द्र सुर्य जङि निशान् हाम्रो
जल्दो रगत सरी बल्झिदो सान् हाम्रो

Nepal’s National Flag is for Nepali anywhere and everywhere.


Women Pic curtesy : nepalism website

7/2/07

२०६३ सालको SLC Result एही हप्तामा

२०६३ सालको SLC को result एही हप्तामा हुने जानकारी परिक्षा नियन्त्रण कार्यलयले जनाएको छ। यो हप्तामा पनि छिटो भन्दा छिटो निकाल्न दुर्त गतिमा काम भै रहेको छ रे अरुबेलाको परिक्षाको खासै कसैलाई मतलब नभए पनि यो एस.एल.सी को चाँही सबै लाई चासो हुने। एस्पालिको result त ३-४ वटा पत्रीकामा पो निस्कने भएछ जस्तै Kathmandu Post, Annupurna post, The Himalayan Times र गोर्खापत्रमा पनि निस्कने प्रबल सम्भावना छ रे। तेस्तै गरेर परिक्षा नियन्त्रण कार्यलयको अफिसिएल वेबसाइट http://soce.gov.np/ अरु बेभ साइट
www.moe.gov.np, www.doe.gov.np, http://www.ekantipur.com/, www.bhaktapurinfo.com , www.guru.com.np मा पनि Result हेर्न सकिने छ । हाम्रा भाग्यमानी भाई बहिनिहरुले मोबाईलबाट 1400 र 1600 मा फोन गरेर पनि result थाहा पाउन सक्ने छन ।

मैले आजकालका भाई बहिनी हरु लाई यस् अर्थमा भाग्यमानी भनेको हु कि कमसेकम हाम्रा पालामा जस्तो (करिब १० बर्ष अगाडि) एस.एल.सी को result थाहा पाउन गार्हो त हुने छैन बाफ्रे त्यो गोर्खापत्र सस्थानमा त लाठी चार्ज नै हुन्थ्यो । रेडियोमा ७ बजेको समाचारमा result निस्क्यो भन्ने थाहा पाएर पनि १० बजे सम्म पत्रीका हेर्न नपाउदा त कम्ता टेन्सन त हुदैन थियो।

फेरी आजकाल त २५ मार्कको ईंग्लिश र कम्प्युटरको practical हुने रैछ, स्कुल ले त २५ मा २५ नै दिदा रैछन। क्या मज्जा है !!!!! फेरी आज कालका भाई बहिनीहरु त फर्स्ट, सेकेन्ड ल्याएर केही महत्व हुँदैन रे distinction नै ल्याए मात्रै value हुन्छ भन्छन । लौ बधाई छ!!!!

धेरै जसो भाई बहिनीहरु पास भए पछी के पढ्ने भनेर पहिलेनै decide गर्ने रैछन । हाम्रो पालाको जस्तो first आए science, second आए commerce, third आए arts भन्ने नहुने रैछ । धेरै जसो ले आफै सोच्ने रैछन । बाबु, आमा दिदी दाई लाई टेन्सन नै नहुने । ल मेरो तर्फ बाट सबै एस.एल.सी दिने लाई अहिले देखी बधाई छ। मन थामेर बस्नु result छिट्टै निस्कदै छ। :)

pic source: kathmandu don bosco website

6/26/07

परिश्रमी अनी १०० बर्षे आमाका कुरा

भनिन्छ "भजन गाउने नरम ओठ भन्द परिश्रम गर्ने कडा हात राम्रा हुन्छन"। अन्तत मैले आफ्नो अल्छिपन् लाइ बाइ बाइ गरि छाडे अनि back to normal and simple life. :)

भनिन्छ कसैको जिबनमा प्रभाब सानै कुराले पनि पार्न् सक्छ तेस्तै मेरो जिबनमा पनि हरेक सानो कुरा बडो महत्वपुर्ण छन्। मलाइ एउटा बाल गीत एकदम मन पर्छ कसरि मेरो कम्प्युटर आयो पनि थाहा छैन तर मलाइ त यो गीतले सार्है घत पार्यो त्यो गीत को केहि हरफ म राख्छु है ।

इलमिको गोठमा दुहुना गाई
अल्छिको आखामा निन्द्रा र हाइ
इलमिको बारीमा अगुरका झुप्पा
अल्छिलाई ख्वाउछन लोप्पा
इलमिको घरमा धान र मकै
अल्छिको छोरा छोरी भोकै

परिश्रमीको कुरा गर्दा गर्दै भजन गाउने सँग पो यो शनिबार भेट्न गैयो त्यो पनि लगभग १०० बर्ष कि बुढी आमा लाई भेट्न गएको मलाई त यो बुढा बुढी को एक्दम माया लाग्छ आफु पनि भबिस्यमा बुढी हुनु पर्ने भएको ले होला।

हामी ११ जना जती भक्तपुरको कमलबिनायकको खोचमा आमा लाई भेट्न हुरियौ उनको कुटी सुनसान ठाउँ मा थियो। त्यहा जादा एकछिन भए पनि मन आनन्द भयो।
आमा त बडो साहसिलो र फुर्तिली रैछिन। आमाको कुटि नजिक त मान्छे जलाउने घाट रैछ करिब ५ मिटर को दुरिमा। त्यहा त मसान पनि आउछ भन्न थाले। एकजना साथिले त राति तेहि कुटि मा बस्दा देखेको रे। सेतो करिब ६ फीट को थियो रे अबुइनि एक्छिन को लागि सबै डराए तर पनि मैले आट गरेर भने म त बिस्वास गर्दिन मसानमा, नदेखे सम्म बिस्वास गर्ने कुरा पनि आएन। अब मसान हेर्न र बिस्वास गर्न त्यो रात तेहि घाटमा बस्नु पर्ने भो तर त्यो दिन मलाइ तेति धेरै आट पनि आएन। साएद कुनै दिन त्यहा बसे भने अनी मसान देखे भने ब्लगमा अवस्य बेलिबिस्तार लगाउला।

ति आमाले घरबार छोडेर बसेको पनि ५०-६० बर्ष भै सकेछ। उनले बिभिन्न ठाउमा तपस्या गरेर नाथ भन्ने उपाधि पनि पाइ सकेकि रैछिन् सम्भव त उनि नेपालम पहिलो महिला होला यो उपाधि पाउने। अहिलेसम्म गोरख्नाथ र आदिनाथ मात्रै सुनिएको थियो wikipedia हेर्दा त यसको अर्थ गहिरो रैछ।

फेरी अर्को कुरा उनले ले चाहयो भने बाघ पनि उतिनै खेर कुटी वरपर आउछ रे। यो कुराले त म एकदमै एक्साइटेड भए मलाई त बाघ मन पर्ने र ल बोलाउन लागाइ हालम भनेर भने तर यो कुराले त साथी हरुको सातो पुत्लो गयो कहाँ बाघ बोलाउने हुँदैन भनेर डराए। अब साथीहरु को मनको कुरा पनि बुझ्नै पर्‍यो। गफ सुन्दा सुन्दै दिन पनि बितेको पत्तै भएन छ १०० बर्ष कि बुढी आमाले पकाएको मिठो चिया र रोटी खाएर आशिर्बाद लिएर फेरी भेट्न आउने बाचाका साथ काठमाडौं तिर फर्कियौ।

आदेश !!!

6/19/07

आफ्नै कुरा

२-३ तीन दिन भयो मलाई यस्तो अल्छि लागि रहेछ कि कुरै नगरनुस्। कस्तो अल्छि लागेको होला त । कम्प्युटर र काम देखी मोनोटोनस भयो कि भनेर एसो प्राकृतिक छटा भएको ठाउमा घुम्न गएको, हरिया डाडा , रुख, झरनाले पनि खासै इम्प्रेस पार्न सकेन । होइन हो के खाले रोग लागेछ यस्तो। अनी केही
राहत हुन्छ कि जयनेपाल तिर सिल्पा सेट्टीको फिल्म मेट्रो हेर्न गए हुन त सिल्पा कहिले पनि मलाई मन परिनन् तेही पनि बिग ब्रदरको कारणले तहल्का मच्चाएकीलाई हेरी हालेर केही प्रगती हुन्छ कि भन्ने सोचाइ भो। आमै नि फिल्मले त झन मती नै भ्रस्ट पार्ने रैछ । एउटाको लोग्ने अर्को सँग डेटिग, अर्कोको गर्ल्फ्रेन्ड अर्को सँग डेटिङ बाफ्रे कस्तो डेटिङ रोटेसन।

फिल्म सकियो , फिल्म बाट पनि केही पार लागेन । “जाँगर न साँगर खाने बेलामा आँ गर” भने जस्तै अरु कुरामा अल्छि लागे पनि खाने बेलामा चाँही खुब जागर चल्ने । :)

यस्तैमा यत्रतत्रसर्ब्रत्र फैलेको हल्ला पनि सुन्न परी हाल्यो यो महिना बिस्व बिनाश हुन्छ भन्ने हल्ला खुब हिट भयो । हल्ला Usa, Australia सम्म पुगेछ । सबैले सोध्न थाले मैले त सबलाई फाल्तु कुरा भनेको थिए । हल्ला पनि कती सारो चलेछ भने गृह मन्त्रालय बाट नै हल्ला निराधार भएको सुचना टि.भि मा दिन पर्‍यो तर अतिनै भए पछी मैले http://www.sita.com.np/ हेरेर पुषकर राज कार्की भन्ने लाई 9841340144 मा फोन गरे बाफ्रे उन्ले त साचै बिनाश पो हुन्छ भने उन्ले करीब १५ मिनेट फोनमा मलाई धार्मिक प्रबचन दिए। उनको आत्माबाट भगवानले दिएको बचन निस्केको रे । मेरो त दिमाखमा त केही घुसेन । यस्तो भबिस्यबाणी गर्ने ले त अरु कुरा को पनि भबिस्यबाणी गर्नु नि। तर उनको कुरा बाट मलाइ के लाग्यो भने उनि indirectly रुपमा भगवानको पुजा आजा गर्नु, भगवान लाइ सम्झनु भन्दै थिए। काहि उनि हिन्दु धर्मको प्रचार डर देखाएर गलत रुपले गर्दै त छैनन? तर उनको कुरा सुनेर बिस्व बिनाश हुन्छ भन्ने एउटै पनि विश्वास गर्ने आधार भेटिन। । लौ जे सुकै होस् के को टाउको दुखाउनु।

अब फेरी आफ्नै कुरा तिर फर्कौ, ल अब भएन भनेर म त बडो चिन्तित मुद्रामा साथिलाइ आफ्नो अल्छिपनको बखान गरे मैले एउटा कुरा भनेको उस्ले २० ओटा कुरा भन्यो अर्ति दिन सबैलाइ सजिलो हुदो रैछ है, भन्न सजिलो हुन्छ त्यसलाई फलो गर्न गार्हो हुने है? Finally एउटा बूक भेटेको छु “A journey to the self” भन्ने अब यस्ले केहि भलो गर्ला कि? लौ अब कति गन्थन् गर्नु । हुन त राम्रो राम्रो कुरा मात्रै लेख्न मन लाग्छ, सकारात्मक कुरा मात्रै सोच्न मन लाग्छ तर यो २-३ देखिको अल्छिपनले त मलाइ बर्बादनै पार्यो तर मेरो प्रयास जारी छ नर्मल उही छिटो छरितो जागरिलो स्टेजमा फर्कने।

6/6/07

हाम्रो चाडबाड Guru.com.np

दशैमा टिका थाप्ने रहर कस्को पो हुँदैन र? तिहारमा सप्तरङी टिका भाईलाई लगाइ दिने रहर कुन् चाँही दिदिलाई हुँदैन होला र ? अनी जनै पुर्णिमामा तात्त्तातो क्वाटी को झोल सुरुप्प पार्न कस्लाई पो मन लाग्दैन र? हामी नेपाली हरु जतिनै आधुनिकता तिर लम्के पनि आफ्नो चाडबाड भने पछि हुरुक्कै हुन्छौ । त्यहि सस्कृतिको माया मोह् को उपज हो यो बेब साइट ।



कहिले काहि त म बिदेशिहरु को चाडबाड हेर्छु अनी हाम्रो चाडबाड हेर्छु अनी मलाई गर्ब लाग्छ बाफ्रे हाम्रा पुर्खाले कति जानेका रैछन नि, भन्ने ले भन्ने गर्छन् हाम्रा पुर्खाहरुले केही गरेनन् हामीलाई गरीब नेपाल छोडेर गए तर एकदिन म मंगलबजार को माथिल्लो तलामा बसेर खाने रेस्टुरेन्टमा बसेर खाजा खाँदै थिए मैले झ्यालबाट एसो नियाले अनी मेरो अँखा अगाडि ढुङानै ढुङा ले बनेको कृष्ण मन्दिर देखे। एक्छिन त मलाई ताजुब लाग्यो कसरी ज्वाइन्ट् गरे होला यो ढुङ्गा भनेर त्यस पछि पाटन दरबार हेरे अनि वरपरका अरु मन्दिर हेरे मेरो मनमा लाग्यो हामी धेरै धनी छौ हाम्रो पुर्खाले धेरै नासो छोडेर गएका रैछन। अनी आड मै बसेको मेरो boyfriend लाइ भने we are really rich है। उस्ले पनि yes we are भन्यो तर मैले कुन कुरामा rich भनेको उस्ले चाँही बुझेन र त्यो समयमा मैले अरु केही बुझाउन पनि चाहिन।

अब वेबसाइट तिर नै लागौ मलाई पहिले देखिनै नेपालीका मुख्य मुख्य चाडबाड राखेर साइट बनाउन मन थियो त्यसैले फुर्सद भएको बेला गुगलबाट इन्फर्मेसन जम्मा गर्ने काम गरी रहन्थे तेतिकैमा एकजना अमेरिकामा बस्ने नेपालीले पनि यस्तै साइट बनाउन आग्रह गर्नु भयो मैले पनि तुरुन्तै yes भने र एक हप्तामा हाम्रो टिमले साइट तयार गर्‍यो तर बिशेष कारणबस उहाले आफ्नो साइट नराखेको हुनाले हामीले आफ्नो मिहेनत खेर जान नदिएर यो साइट हामीले नै लाइभ गर्ने बिचार गर्यौ।

तेतिकैमा केहि दिन अगाडि म बबरमहल हुदै कोटेश्वोर जादै थिए बबरमहलको मन्डलामा त बिभिन्न जात जातिले आफ्नो आफ्नो मोर्चा बनाएर बसेका रैछन् आमै नि मोर्चा पनि थरि थरिका रैछन् थारु मोर्चा, मधिसे मोर्चा , नेवार मोर्चा के के मोर्चा के के । आफ्नो आफ्नो मोर्चा बनाएर छुटै छुटै पाल टागेर बसेका रैछन। मैले मनमनै सोचे यदि सबैको जात नेपाली भएको भए सबैको एउटै मोर्चा हुन्थ्यो कि जस्तो लाग्यो। यसो सोचे यिनिहरु त आफ्नो आफ्नो गुट बनाएर बसेका छन् तर नेपालीले मनाउने चाडबाड त मैले एउटै साइट्मा राख्न सक्छु नि जस्तो लाग्यो र वेबसाइटमा कसरि गुट बनाउदा रैछन् हेरौला म पनि जस्तो लाग्यो। त्येहि दिन देखि चाडो भन्दा चाडो साइट लाइभ गर्ने तिब्र इच्छा भयो त्यहि दिननै मैले साइट को नाम न्वारन गरे www.guru.com.np




www.guru.com.np नामनै किन?
राख्नुका कारण धेरै छ गुरु भन्नासाथ हामि इज्जत मान मर्यादाको हिसाबले हेर्छौ एउटा उच्च स्थानमा राख्ने गर्छौ र कुनै पबित्र कर्मकाण्ड गुरु(पन्डित) बिना असम्भब हुने भएकोले अनि डोमेन पनि सम्झन सजिलो भएकोले यो नाम न्वारन गरेको हु। Mercantile ले पनि यस्पालि त एकदिनमै domain register गरिदिएर record नै break गरिदियो। Mercantile लाइ धेरै धेरै धन्यबाद।

Guru.com.np मा के छ?
यो साइटमा नेपालिहरुका मुख्यमुख्य चाडबाडहरुको सबै डिटेल राखिएको छन् । बिस्वभर रहेका नेपाली र बिदेशिहरुले nepali culture, nepali festivals का बारेमा सबै जानकारि पाउन सक्नेछन् । यो साइट हामि सबै नेपालीहरु को साझा साइट हो। कसैले पनि nepali culture / nepali festivals बारेमा डिटेलमा लेखेको छ भने हामि लाइ पठाउन सक्नु हुनेछ यो इ मेलमा : info@guru.com.np र article मा आफ्नो नाम पनि राख्न पाउनु हुनेछ। अन्त्यमा वेबसाइट बनाउन सहयोग गर्ने बन्दना, शारदा, बिस्व लाइ धेरै धेरै धन्यबाद्।

6/3/07

What would you tell young women thinking about an ICT career?

Information Technology is one of the fastest growing industries in World today, yet only about 20% of the people who work in the ICT industries are women.

What would you tell young women thinking about an ICT career?

"I don't think girls should be afraid of the industry, or of the image that I think some parts of the industry have. In a lot of ways communications, computer communications and telephone communications are all represented as being really difficult and really complicated; things that only really serious boys can do, and it's just complete garbage because I think girls really are good at this type of thing." – Narelle Clark


"One of the main reasons I think ICT is such a great industry for young girls is because there is not a big lead time in establishing yourself in the position. You can do either a degree or a diploma and within a very short space of time you can be qualified, get out into the industry, start earning some money and start working in your career, start working towards establishing yourself, so its really good in that respect." – Tania Edwards

"I would say go for it, you have nothing to lose because the industry is taking over everywhere, there are so many different aspects of the industry, you can change pathways with your career throughout, constantly learning, I think it’s a really exciting industry to get involved with." – Louise Meers.

"Yea do it go into the ICT Industry, its one of the fastest growing industries at the moment or it is the fastest growing industry at the moment there are a lot of career opportunities out there, I think there is a general theory that you can only become a programmer but there are so many other industries so many things that you can do in ICT it is not limited with the one diploma or certificate you can go into so many different fields and different areas of the industry which is absolutely wonderful and if you were looking at it in terms of pay its generally higher paid compared to other industries." – Natalie Obeid

"Oh do it definitely there are not enough girls in computers and its fantastic to come across another woman in the computer field and we tend to have a better mind set for computers, women can be very logical where as men always seem to find a difficult way around to fixing a problem whereas women a more logical, there is not enough women in computers, yea its great and moneys fantastic yea computers are fantastic you are doing something different all the time and you are not getting bored." – Kristin McIntyre

"I just want to say that for you young women out there if you are going to join the ICT Industry be brave and be audacious go for it and get the best career you want out of it but also remember this is a whole new industry with great opportunities to push boundaries for women as a whole I think that if we continue making software making internet as it is it is going to go on a very male yank oriented way we have a great opportunity to pull in new directions that men and women all over the world have never seen before and I think that young women especially have something special to give so be difficult be daring and have lots and lots of fun. Don’t worry about wearing suits and just fitting into this pigeonhole because there are no rules being written because we are the ones that are going to write the rules and until now I’ve been doing it and I have reaped lots and lots of rewards."
– Juliana Ngiam

Myths about women in ICT

Have you been influenced by the myths?
Have you, as a woman, considered a career in Information Technology?
Here are a collection of commonly held myths about ICT and what female ICT professionals have to say about them.

Myth One – "It would be a boring job"
"I find it interesting because one you get to think a lot and everyday always presents you with challenges, because you work with such a large client base or user base there is always something new happening. The other thing a lot of people assume with technical jobs that you don’t get to deal with people, that’s a misconception, every day I am constantly interfacing with people, either solving problems for them, or discussing new designs with them or how they should do this or how they should do that."
- Tania Edwards, Database Administrator

Myth Two – "ICT attracts Nerds"

"A lot of people thinks ICT and computer people are boring and nerds but they are not all like that at all. For example the ICT people can go into any industry because they are the back end of the support of whatever company that they are working for and a good example is the ABC. Now in the ABC who are a communications giant so to speak and the ABC ICT people are working in a creative environment and they are the support, the back end of the ABC and if it was not for them we wouldn’t have radio system and the internet system and the structure that the ABC stands on is there because of the ICT department."
– Karen Cook, Website Developer

Myth Three – "You have to be good at Maths"

"In most cases a lot of maths isn't really needed, I've recently done a lot more maths with the work that I'm doing now, but in the past I've rarely ever used a lot of maths. You might need a bit of maths like ok I've got a length of cable that's this long, how much cable do I need to get from here to the other end of the building - 60 metres maybe. Estimations, stuff like that. It just depends on which area you are in. You don't really need it and most of the training courses do teach you what you need to know."
– Narelle Clark, Network Engineer

Myth Four – "It’s too technical"

"I didn’t know how to turn a computer on before I started my course and I learnt everything and you have just got to pace yourself to how you learn and its what you apply yourself to and you don’t need any specific skills."
– Louise Meers, Systems and Support Officer

5/28/07

बनेपाको आइटी पार्कमा खडेरी

करोडौ खर्च गरेर बनाउदै गरेको सुन्दर आइटि नगरी देखेर करिब ७ बर्ष अगाडि मेरो पनि मन लोभिएको थियो तेती बेला म पनि आइटिनै पढ्दै थिए र आहा पढिसके पछि यहि सुन्दर नगरिमा काम गरौला भनेर मन मनै सोचेकी थिए सायद हरेक आइटिका विद्यार्थीहरु जस्ले यो पार्क देखेको छ उस्लाई यो पार्कमा काम गर्न पाए हुन्थ्यो होला भन्ने लाग्थ्यो होला ।

करिब ५ बर्ष अगाडि एउटा प्रोजेक्टको सिलसिलामा ईन्जिनियर स्वामी आनन्द अरुण सँग भेटेको थिए जो बनेपाको आइटी पार्क बनाउनमा संलग्न हुनु हुन्थ्यो, उहालाई मैले आइटी पार्कका बारेमा जिज्ञासा राख्दा यस्को भबिश्य उज्जल भएको जिकिर गर्नु भएको थियो ।

तर बनेपाको आइटी पार्क तयार भएको बर्षौ हुँदा पनि एउटा कम्पनी बाहेक अरु बस्न आएका छैनन् । अझ दुख लाग्दो कुरा त आज कान्तिपुर दैनिक हेरेर थाहा पाए तेही एउटा भएको नेदरल्यान्डको जाभ्रा कम्पनी पनि काठमाडौं सर्दै छ रे जुन कम्पनीमा लगभग ३५ जना नेपाली आइटी प्रोफेसनलले काम गर्छन र सर्नुको कारण थाहा पाउनु भो भने हास्नु हुन्छ तपाईं पनि "राम्रो ईन्टरनेटको सुबिधा नभएको कारणले" सर्न लागेको रे हुन पनि हात्ती छिर्यो पुच्छर अड्कयो भनेको जस्तै यति ठुलो आइटी पार्क बनाए पछि राम्रो ईन्टरनेटको बेबस्था कस्तो गर्न नसकेका होलान जबकी अहिले हरेक आइटीका काम राम्रो ईन्टरनेट बिना असम्भबनै छ यदि ईन्टरनेट कनेक्सन राम्रो छैन भन्ने हामीले जती नै मेहेनत गरेपनी हाम्रो efficiency नै घट्छ अनी समयमा काम सकाउन गार्हो हुन्छ ।

कान्तिपुर दैनिक अनुसार “ईन्टरनेट राम्रो नभएकैले अन्य कम्पनी समेत आउन सकेका छैनन् रे धेरै बिदेशी कम्पनी आउने भनेका छन् तर राम्रो ईन्टरनेट नहुनाले नै रोक्नु परेको छ रे।“

अहिले बर्सेनी लगभग् २५००-३००० आइटी ग्र्याजुयेटस् हुन्छन र धेरै जसो आइटी ग्र्याजुयेटसहरु बेरोजगार बस्नु परेको छ अथवा आफ्नो फिल्ड् छोडेर अर्कै तिर लाग्नु परेको छ अथवा बिदेश तिर लाग्नु परेको छ यस्तो स्थितिमा आइटी ग्र्याजुयेटस् हरुलाई सकेसम्म धेरै opportunity create गर्न परेको छ र त्यसको लागि नेपालमा बढी भन्दा बढी आइटि कम्पनी हुन एकदम जरुरी छ र सरकारले बढी भन्दा बढी बिदेशी आइटी कम्पनी लाई ल्याउने बातावरण तयार गर्न जरुरी छ ताकि IT professional हरुले आफुले पढेका कुरा हरु professionally नेपालमै सदुपयोग गर्न सकुन ।

समयमै उचित कदम नचालिएको खण्डमा जुन आउन लागेका बिदेशी कम्पनी छन् तिनिहरुमा पनि नराम्रो प्रभाब पर्नेछ र सैयौ नेपालीहरुले नेपालमै पाउने अवसर गुमाउने छन् ।

Banepa IT Park Related Link

5/24/07

नारी - आफ्नो बाधक आँफै

कुनै पनि नारी आफु अगाडि बढ्न कसैलाई दोष थुपार्छिन् भने उनी आफ्नो बाधक आँफै हुन। सन्कुचित, कमजोर, आत्मबिश्वास नभएकाले तर्कनका लागि अरुलाई आफ्नो तगारो ठानेर पन्छिन खोज्छ्न, होइन भने असम्भब भन्ने केही कुरा छैन मात्र आफुमा आत्मबिश्वास भन्ने चिज हुन पर्‍यो।

केही कुरा पनि सजिलै पाउन सकिदैन हरेक सानो कुराको लागि संघर्ष गर्नु पर्छ । मलाई हेलन केलर एकदम मन पर्छ उनि बोल्न सक्दिनथिइन, सुन्दिनथिइन, आखा पनि देख्दिनथिन् तर उनले कसरी संसार सामु आफुलाई चिनाउन सफल भैइन।हामी आईमाइहरु अरुको एकदम छिट्टै सिको गर्ने कला हुन्छ , अरु बाट राम्रो कुराको सिको गरेर यो कला को सदुपयोग गर्ने हो कि?

नारी मा एक प्रकारको शक्ती हुन्छ यही शक्तिका कारणनै उनले घर परिवार सबैको मन जितेर बसेकि हुन्छिन अनि सबै भन्दा उच्च ठाउमा आमा हुन्छिन अनि सबै भन्दा प्यारो शब्द "आमा" भन्ने उनकै हुन्छ। केटि मान्छे अरुको लागि त पक्कै शक्ति बन्छिन् तर आफ्नै लागि किन कमजोर त?

जब वाध्यता र परिस्थितीले आफ्नो अस्मिता बेच्न वाध्य छु भन्ने आईमाइ भेट्छु तब मलाई ढुङ्गा उचालेर हिर्काउन मन लाग्छ । यो त बाहाना मात्रै हो खुल्ला रुपले स्विकार्न नसकेर बाध्य्ता, परिस्थिती अनी पारिवारिक कारण देखाइ चोखिन खोज्छन होइन भने संसारमा यसबाहेक हजारौ काम छ मात्रै सँघर्ष गर्न तयार हुन पर्छ।

नारी मायाकी खानी हुन् उनले यसलाई नै सही हतियार बनाउन सक्छिन , असम्भवलाई सम्भव बनाउन सक्छिन्, गलतलाई सही बनाउन सक्छिन नराम्रोलाई राम्रो बनाउन सक्छिन बिग्रेकोलाई सपार्न सक्छिन । यदी घर परिवार बाधक छन भने प्रेम पुर्वक समझदारी पुर्वक आफ्नो परिवारलाई रिझाउन सकिन्छ आफ्नो ममतारुपी तापले पगाल्न सकिन्छ । एकचोटि मेरा प्यारा दिदिबहिनीहरु कोशीस गर्नुहोस् It really works!!!

जब तपाईं घर बाट बाहिर निस्कनु हुन्छ त्यसपछी भिड्भाड् युक्त माइक्रो वा बसमा चढनु हुन्छ जानी जानी अथवा अन्जानमा तपाईंको सम्बेदन्शिल अङगमा थिचिन्छ अनी छुइन्छ , त्यसपछि तपाईं अफिस मा पुग्नु हुन्छ आफुलाई २० जना पुरुषको बिचमा एक्लो पाउनु हुन्छ अफिसका कामकाज, ठुला बडा मान्छे सँग बिजनेस डिल, समयमै सक्नुपर्ने डेडलाइन - यि कुरा घरमा भात पकाए जस्ता सजिला अवस्य छैनन तर सबैलाई कसरी लिने अनी आफु अगाडि कसरी बढ्ने भन्ने कुरा आफैमा भर पर्छ।

त्यसैले हाम्रा अगाडि हजारौ बाधा अडचन छन् हरेक कुरामा अरुलाई दोष लगाएर साध्यनै छैन हामी त हरेक कुरा सँग जुधेर त्यससँग समाना गर्नुपर्ने हुन्छ कसैलाई दोष थुपारेर आफु कहिले सम्म तर्कने, हामी आफैले पनि कमजोर मानसिकता लिएर बसेका हौ कि? हरेक अप्ठेरो भित्र सम्भावना हुन्छ अनी सम्भावनामै सफलता लुकेको हुन्छ । हरेक कुरामा पुरुष सँग दाजिन नखोजौ। अरुलाई दोष दिन छोडौ, अरुलाई बाधक भन्न छोडौ ।हामी आफै एकचोटी आफुलाई नियालेर हेरौ, कोशीस गरौ आफुले महसुस गरेका साङ्लाहरु चुडाउ, आफुमाथिका कमजोर मानसिकताका गाठाहरु फुकाउ अनी आफुरुपी बाधक लाई धेरै पछाडि छोडेर आत्मनिर्भरको पथतिर लम्कौ।

"Progress is impossible without change, and those who
cannot change their minds cannot change anything."

-- George Bernard Shaw

5/11/07

IT Policy & Cyber Law in Nepal

नेपालमा साइबर क्राइम जस्तै hacking, piracy, copyright violation र अरु बिद्युतीय अबैधानिक कार्य गरेमा ५० हजार देखि ३ लाख सम्म तिर्न पर्ने र ६ महिना सम्मको कैद हुने रहेछ बिस्तारमा चाँही डाउनलोड गरेर पढ्नु होला ।

Click Topic to download the file

- Cyber Law
- Information Technology Policy 2057 (2003)
- e-Government Master Plan Report
- Electronic Transaction Act(digital signature)-2063
- E-Governance in Nepal
- Cyber Law Enforcement in Nepal
- Computer Crime & Intellectual Property Section
- Computer Crime

यो सुरुवात सार्है राम्रो छ तर एस्लाई फलो गर्ने कस्ले ? जब कि हामी आँफै Pirated Software प्रयोग गर्न वाध्य छौ सायद यो पोलिसी टाइप गर्दा पनि Pirated Software नै प्रयोग गरेका होलान यस्तो स्थितिमा कस्को लागि साईबर ल बनाउने हो? नेपाल मा धेरै आइटि कम्पनी ले सफ्टवेर बनाउछन् । Pirated Software मै software बनाउने अनि त्यो Software लाइ copyright राख्ने?

एक महिना अगाडि मैले 3D Max को Original CD किन्न खोजेको थिए। नेपालमा त पाइने कुरै भएन बिदेशबाट मगाउदा लगभग $3459 पर्ने भो। लौन कस्तो महँगो। मैले त त्यसपछि original 3D Max चलाऊने धोको त्यागिदिए अनी तेही crack गरेकै software को जय जयकार भो। के गर्नु वाध्यता छ।

5/1/07

बुद्धम् शरणम् गछ्यामी

"Believe nothing, no matter where you read it, or who said it,
even if I have said it, unless it agrees with your own reason and
your own commonsense." -- Buddha

आज सबैलाई फेरी एकचोटी बुद्ध चाँहीएको छ । यो कोलाहल, अशान्त, अशामान्य परिस्थितीमा अनी यो भिडभाड्, थिचोमिचो अनी अगाडि पुग्ने होडमा बुद्धको धर्य चाँहीएको छ। यो मारकाट्, झगडा अनी मै हु भन्ने लाई बुद्ध को सत् बिचार चाँहीएको छ अनी हरेक चोटि जानी जानी बाटो बिराउनेलाई बुद्धको सत्मार्ग चाँहीएको छ अनी सधैं कुद्रिष्टीले हेर्ने ति नजर लाई बुद्धको सत् द्रिष्टी चाँहीएको छ। लोभ मोह त्यागी जिबनको सही अबमुल्यन् गर्न बुद्धको सत् जिबन् चाँहीएको छ ।
फेरी एकचोटी हामीलाई बुद्ध चाँहीएको छ.................................

4/23/07

Women in ICT : Book Published

.......Nepalese women together in crafting future directions for raising women’s voice in ICT sector. ICT should be used for promoting quality lives of poor rural women in Nepal.........

read more in book

Many thanks to Smriti ji for helping me to design layout of this book and many thanks to Shikha ji for wonderful support and thanks to Bellanet and Sap International for historic workshop and thanks to all people who were involved in making of this book.


4/22/07

केहि मिठा पल......

तिमी मेरो आँखा छलि छलि हेर्थ्यौ, म पनि नदेखेको जस्तो गरी दिन्थे, म सानी थिए तर मलाई ठुलो मान्छे जस्तो कुरा गर्नु पर्थ्यो, म जे पनि बोल्थे.. म ठुलो हुन चाहन्थे त्यो ताका मलाइ असल गुरु हुन मन लाग्थ्यो, इमान्दार मान्छे हुन मन लाग्थ्यो अनि सबैको प्यारो हुन मन लाग्थ्यो। म एस्तै कुरा गर्थे, तिमी मेरो अछ्छा स्रोता थियौ। एक्छिनको बिछोडको पिडा पनि तिम्रो न्याउरो अनुहारले देखाउथ्यो अनि मलाइ प्रेममा पागल मान्छे देखेर हासो उठथ्यो ।

म सबैका हात हेर्थे, तिमि पनि तेहि बहानामा मेरो हात छुन आयौ। तिमो हात हेरेर मैले सबै कुरा भने तिम्रो प्रेमिका चन्द्रमा जस्ति हुन्छ पनि भने सबै भनि सकियो तर तिमीले मेरो हात छोडेनौ मेरा मसिना औला दुख्यो, म ऐया भनेर चिच्याए । सबै जना ले के भयो भनेर म तिर हेरे.. तिमीले ठुला ठुला आखा पार्दै हात छोड्यौ मैले खुच्चिङ् भन्दै मुसुक्क हासेर कौसि तिर दौडे तिमी पनि मलाइ पछाउदै आयौ । चिसो सिर सिर हावा दुबै जना कौसि बाट खेत तिर हेर्दै छौ हावा तिमीतिरै बाट आएको थियो तिम्रो after save को बासना.. हावाले म तिरै ल्याएको छ, मलाइ मन्त्र मुग्ध बनायो मैले लामो सास लिए त्यसपछि म बिस्तारै घर तिर हिडे ।

मेरो हात अझै दुखि राखेको थियो मैले बिस्तारै बिस्तारै आफ्नै हात लाइ मुसारे अनि अन्जान मै चुम्नपुगे तिमि ले छोएका हातहरुलाइ……. मलाइ त्यो दिन हात धुन मन लागेन भोलि बिहान भयो फेरि तिमि सित भेट भयो त्यो दिन मैले आफ्नो चुलबुलापन देखाउन सकिन । म आफुलाइ धेरै ठुलि भए जस्तो लाग्यो, म लाजले तिमिलाइ हेर्न पनि सकिन तेसैले म पछाडि फर्केर बसे ।

मेरो कपाल लामो थियो तिमीले मेरो कपाल बिस्तारै छोयौ अनि भन्यौ यो कपाल काट्यो भने स्मार्ट् देख्छ। मलाइ छोटो कपाल मन पर्छ भन्यौ किन अहिले म राम्रो देखेको छैन र? म सोध्छु
होइन तेस्तो भनेको होइन तिम्रो जे इच्छा छ तेहि गर, मेरो लागि त तिमि जे गरेपनि राम्रि छौ….

म एक दम जिद्दि, हठि, मुडि मान्छे, एक्दमै अटेरि कसैको कुरा नै नसुन्ने तर त्यो दिन किन किन मलाइ उस्को कुरा मान्न मन लाग्यो मलाइ तेहि पल देखि कपाल भारि भो त्यहि दिन घर फर्कदानै मसरूम कट काटेर घर आए, घर आएर ऐना हेरे यसै त डल्लो मन्छे झन् डल्लो भयो जस्तो लाग्यो छ्या.. कत्ति सुहाएको जस्तो लागेन..

भोलि पल्ट आफ्नो मुडुलो कपाल कसैलाइ देखाउननै मन लागेन लाजले स्कार्फ् लगाएर गए.. … पछडिबाट कसैले मेरो टाउकोबाट बिस्तारै स्कार्फ् तान्यो अनि कान नजिक आएर भन्यो you are looking gorgeous.

to be continued.....

4/18/07

Computer Tech Support Calls(fun)

Sometime its really hard to give computer support from phone/chat. You can't even imagine, sometime customer ask so silly question and they do not use their simple brain to sort out the things. I have faced many time that kind of customer however I always try to give best tech. support :). One of my customer took one hour to find out ~ sign. Finally I made him to find out ~ sign. :)

Here is the some of funny technical support calls. It will really make you laugh. At the same time you will learn something also.
--------------------------------------------------------
Customer: Hi, this is Nima. I can't get my diskette out.
Tech support: Have you tried pushing the Button?
Customer: Yes, sure, it's really stuck.
Tech support: That doesn't sound good; I'll make a note.
Customer: No, wait a minute... I hadn't inserted it yet... it's still on my desk... Sorry....
-----------------------------------------------------------------------------------------------

Customer: I have a huge problem. A friend has placed a screen saver on my computer, but every time I move the mouse, it disappears.
-----------------------------------------------------------------------------------------------
Tech support: Your password is the small letter "a" as in apple, a capital letter V as in Van, the number 7.
Customer: Is that 7 in capital letters?
-----------------------------------------------------------------------------------------------
Customer: I can't get on the Internet.
Tech support: Are you sure you used the right password?
Customer: Yes, I'm sure. I saw my colleague do it.
Tech support: Can you tell me what the password was?
Customer: Five stars.

-----------------------------------------------------------------------------------------------
Tech support: What anti-virus program do you use?
Customer: Netscape.
Tech support: That's not an anti-virus program.

Customer : Oh, sorry...Internet Explorer.

-----------------------------------------------------------------------------------------------
A woman customer called the Canon help desk with a problem with her printer.
Tech support: Are you running it under windows?
Customer: "No, my desk is next to the door, but that is a good point. The man sitting in the cubicle next to me is under a window, and his printer is working fine."
--------------------------------------------------------------------------


here is the funny hindi sayeri, one of my friend forwarded me. have fun.

CLICK HERE to read funny sayeri.

4/12/07

छुन छ आकाश लाई…जित्न छ बतास लाई…

जीवन छ अध्यारो
बाच्न छ धेरै गार्हो
छुन छ आकाश लाई
जित्न छ बतास लाई

Abhaya and the steam Injuns को गीत जस्तै निरन्तर कम्प्युटरको माउस क्लिक क्लिक अनि किबोर्ड को फट फट । दिनभरी एउटै बाक्सा अगाडि अनि आकास छुने चाहना, बतास लाई जित्ने चाहना उफ् काम गरेर खानलाई कति गार्हो छ है ?

ह्या १० बजे सम्म सुत्छु अफिस सफिस जान्न, ब्रस् पनि गर्दिन , नुहाउदा पनि नुहाउदिन लौ जा त जे पर्ला पर्ला । फेरी ते गीत repeat हुन्छ ।

छुन छ आकाश लाई….. जित्न छ बतास लाई……

उठ्न करनै लाग्यो, आफ्नो गन्तब्य तिर लाग्न कर नै लाग्यो, ५१ वटा ईमेल Slow connection कस्तो सजाय हो यो mentally torture हुने क्या!!! 128kbps bandwidth रे bandwidth को नाम मा कलन्क ।

बल्ल बल्ल ईमेल तान्यो, हा हा हा एक्छिन मलाई हास्न दिनु है …., १ महिना भयो एउटा Chris भन्ने सँग project गर्न लागेको त्यसलाइ बल्ल थाहा भएछ म त केटी हो भन्ने , यो कुरो था भएर झन्डइ मुर्छा परेनछ, मलाई पनि तेस्को ईमेल पढेर खुब हासो उठ्यो । क्या जमाना आयो अर्चना भन्ने नाम पनि केटाको हुन्छ कस्तो सेन्स् नभएको मान्छे भनेर मुर्मुरिरहे फेरी एसो सोचे उस्लाइ किन दोष दिने यो त 21st century को Internet भन्ने बरदानले एस्तो भएको ।

एकजनाको ब्लगमा पढेको थिए Microsoft को CEO ले breakfast मा के खायो भनेर पनि चर्चा परिचर्चा हुन्छ रे, हाम्रो दाल भात को त के चर्चा भयो र ? तेसैले lunch को कुरा नगरम ।

पुग्नुछ कान्तिपथ एक्दमनै हतार छ ,बाटो मा टन्नै जाम छ। जुलुस् रैछ , के को जुलुस् के को .. आफुलाइ हतार भएको बेला जुलुस् आउनु पर्ने अझ ट्याक्सी चढेको बेला जुलुस
बिचरा म ट्याक्सी को मिटर हेर्नु बाहेक अरु बिकल्प छैन त्य्ही माथि ट्याक्सी ड्राइभरको लोक दोहोरी बाजा घन्केको छ , प्रभु सुन्न मन लागे आफ्नो कानमा मात्र headphone ठोस्नु नि।

मन बहलाउन मैले चाँही फेरि त्य्ही गीत याद गरे :
छुन छ आकाश लाई….. जित्न छ बतास लाई…..

कान्तिपथ पुग्न नसकेको बेला कता को आकास कताको बतास..पहिला कान्तिपथ पुगौ पछि रुखमा पुगेपनि आकासमा पुगे पनि पुगौला अनि बतासमै उडौला भन्ने भयो।

बल्ल बल्ल कान्तिपथ आइपुगियो कस्तो स्वर्ग आए जस्तो लाग्यो हत्तेरिका क्या बबाल जाम्!!! मान्छे भेट्नु पर्ने ११ बजे घडीमा १२ बज्यो Sharp भनेर आफै भनेको झन आफै १ घण्टा ढिलो , के सोच्यो होला है… आधुनिक युगका नारी यस्तै समयको ख्याल नभएको भन्यो होला । हा हा । । ।

फेरी दिनभर उहि फिट फिट , दिन खुशी पूर्वनै बित्यो भन्नु पर्‍यो अब साझमा घर गएर एउटा प्रोजेक्ट को लागि कम्प्युटरमा राम्रो डिजाईन कन्सेप्ट बनाउछु भन्ने सोचे Wow great!! भन्ने खालको डिजाईन बनाउछु भन्ने सोचेर हतार हतार घर आए एही गीत गुन गुनाउदै:

छुन छ आकाश लाई……. जित्न छ बतास लाई………..

घर आउँदा त लोडसेडिङ्ले भब्य स्वागत गरी रहेको रैछ, त्य्सपछि त कता को डिजाईन कताको कन्सेप्ट एउटै मैनबत्ती को साहारा छ Candle light dinner छ , रहर होइन बाध्यता छ जतिसुकै जे भएपनि…बत्ती लाई पनि कुर्नु छ , आकाशलाई पनि छुनु छ….. अनि बतासलाई पनि जित्न छ…..

Have a wonderful year.. wherever you're...
Happy new year 2064 BS.

4/7/07

5 tech gadgets for women

A look at technology with a feminine side

Here’s the latest gadgets to satisfy both the inner geek and girly girl:

1. Pink laptop
Sony VAIO C Series Laptop, Pink, Green & Silver Colors, $1,449.99.
- Designed to express personality, new line of slim notebooks comes in five hip colors.
- Backed by an Intel® Core™ 2 Duo processor, the VAIO C model also has plenty of power for high-speed computing and an energy-efficient battery life so you can enjoy games, music and movies longer.
- Weighting in at about 5 pounds.
- The model also serves as a well-equipped home theater away from home. It features a 13.3-inch widescreen display (measured diagonally).

*** मेरो परिसश्रमलाई साथ दिने, गरी खाने भाडो, I like the black/silver color laptops. pink is too much feminine. अतीनै झिल्की


2. Digital camera
Casio EXILIM Hi-ZOOM EX-V7 $399.99.

- Casio 7.2-megapixel
- This new model is the world's slimmest digital camera with a 7X optical zoom lens. Easily fits in a shirt pocket or small purse.
- "Auto Tracking AF" function follows moving subjects, keeping them continuously in focus until the photo is taken.
- Anti Shake reduces blur due to shaky hands and subject movement, using high shutter speeds and high sensitivity settings.
- Electronic camera shake compensation function eliminates blur when shooting in movie mode.
- Records 16:9 wide-aspect movies compatible with wide-screen TVs.

***Share the moment..... this is the perfect one but the price is abit expensive तर सामान दामि छ। For me camera is most essential तर अहिलेलाइ 5 mgpix ले पनि काम चल्छ ।


3.Fashion phone
Nokia 7380 Fashion Phone, $359.99.
- Accentuated with leather, cloth, metal, and ceramic-inspired finishes.
- Glass mirror display with light-enhanced effects.
- Capture the spotlight with a 2-megapixel camera.
- 2-megapixel camera, Video streaming.
- Bluetooth wireless technology.
- Shared memory of 52 MB for user data: contacts, text messages, Integrated music player for MP3/AAC/M4A formats.
- FM radio (requires stereo headset, sold separately).

*** I am always fund of new mobile phone set. My sis is sending me new mobile set as a birthday gift. haa haa i am so excited. पुरानोलाइ के गर्ने ? secondhand बेच्ने कतै ठाउँ छ ;-)



4.Pink XM radio
Pink XM radioXM Radio Pink Pioneer Inno, $199.99.
- Support the Susan G. Komen Breast Cancer Foundation's
fight against breast cancer. $30 from each inno sold and
activated go to the Komen Foundation.
- Live XM when portable or docked.
- MP3 (WMA) storage and play.
- 50 hours storage of XM recordings.
- Compatible with XM + Napster.
- Built-in wireless FM transmitter.

*** हरपलको साथी kantipur fm, image fm, classic fm, star fm, kath fm अरु सुन्दिन


5. MP3 WATCH
Origim's Superior Lady Diamond MP3 Watch D01, $109.99.
- All in one: MP3 Player for 3D Music (MP3, WMA, ASF), 512 MB Flash USB 2.0 drive to carry digital photos, documents and music all together.
- Built-in Digital Voice Recorder with MIC allows you to record 18 hours conversation.
- Max play time: 6-8 hours for full recharge
- Color: silver dial with pink bank .
*** यो चाँही काम लागेन मलाई , मोबाईलमै टाइम हेर्छु । girls you can try out who is really fund of diamond watchs.

4/2/07

मिस नेपालको चहलपहल

आज भोली जताततै मिस नेपालको चहलपहल रैछ आफु भने दिन रात कम्प्युटरमै बेस्त भइने । अस्ती बजार तिर घुम्न गएको त जताततै मिसनेपाल नै मिसनेपाल होर्डिङ् बोर्ड् मा, बिजुलिका पोलमा जताततै एत्रतत्र सर्बत्र। क्या काम् पाएछन् ad agency ले जस्तो लाग्यो। सधैंको जस्तो यसपालि पनि BICC भित्र भब्य मिसनेपालको प्रोग्राम हुने होला बाहिर चाँही बिरोध गरेर स्वागत गर्न राखिएको ढोका भत्काउने होलान, आखिर् केहि हुने भन्या होइन, किन बिरोध गर्नु पर्यो। बेकारमा समयको बर्बाद।

मलाइ त कहिलेकहि सोचेर अजिब लाग्छ बा यि मिस नेपालहरु मिस् वोर्ल्ड् मा गएर एउटा लिपस्टिक पनि जितेर आउदैनन अझ तिनिहरु कै फाइफुइ धेरै हुने। अझ live program पो हेर्न पर्छ त स्टेजमा गएर बोल्नै नसकेर राता पिरा हुन्छन, एक महिना सम्म personal development गर्दा रैछन स्टेजमा आएर त बिर्सने रैछन कि क्या हो । हा हा ।

अनि अर्को कुरा नि VJ, RJ अनि music video खेल्न मिस नेपालनै हुन पर्छ र? मिस नेपालको इतिहासले त एस्तै भन्छ मिस नेपाल हुन लागेको १०औ बर्ष हुदा पनि International level मा कसैले पनि आफ्नो नाम उज्जल बनाएको देखिएन।

आजको दिनमा नेपालको डाटा हेर्ने हो भनेको ५०% महिला पनि शिक्षित छैनन र अझै पनि महिलाहरु अत्याचार र अध्यारोमा पिल्सन बाध्य छन्। कठै उनको पनि रहर् होलानि मिसनेपाल हुने , फरर एङ्लिश् बोल्ने, पत्रीकामा नाम निकाल्ने, Interview दिने आदि इत्यदि। कठै यिनको रहर कस्ले बुझिदिने?

यदि talent hunt नै भनेको हो भने आफ्नो खुबी देखाउन मिसनेपाल प्रोग्राम मै जान पर्छ भन्ने छैन। competition नै हो भने मेची देखि महाकाली सम्मका सबैलाइ समान रुपमा ल्याउन सक्नु पर्‍यो ।

मेरो लागि त रुबी राणा भन्दा पासाङ ल्यामु शेर्पा नै महान नारी हुन जस्ले सगरमाथा चुमेर सबै नारीको प्रेरणा बनिन्, मेरो लागि उषा खड्गी भन्दा उषा नेपालनै महान नारी हुन जस्ले नेपालकै पहिलो सिडियो हुने आट गरिन, मेरो लागि पायल शाक्य भन्दा त "शिरिस् को फूल" लेख्ने पारीजात नै उच्च छिन जस्ले मदन पुरस्कार समेत जितिन् , मेरा लागि माल्भिका सुब्बा भन्दा मन्जुश्री थापा नै प्रेरणाकि स्रोत हुन जस्ले आफ्नो अमुल्य कृति दिएर हरेक नारीलाइ उठ्ने आवाज दिईन ।

Here is the beautiful quote I got from my sister.
One beautiful heart is better than
thousand beautiful faces...


लौ सबैको भलो होस्।