सक्छ। तेस्को ग्यारेन्टी कसैले नलिने। म एकचोटि खासा सिमाना काटेर चाइना सम्म पुगेको थिए। सामान कती राम्रो कती सस्तो जे देखे पनि किन्न मन लाग्ने। ज्याकेट र झोला किनेको थिए। ज्याकेट किनेर लाउन नपाउदै खल्ती भ्वाङ् परी हाल्यो। झोला को पनि फित्ता चुडिएर कामै नलाग्ने भो। पैसा को सत्यास! होइन एस्ता कमसल सामान बनाएर कस्तो नेपालीलाई झुकाउन सकेका होलान भनेर म मनमनै सोच्थे तर यहाँ पनि यत्र तत्र सर्बत्र चाइनिज सामानले भरिएको रैछ नेपाल लैजाने, नेपाल पठाउने केही सामान किनौ भने पनी सबै made in china लेखेको मात्रै हुने। I love australia लेखेको टीसर्ट छ made in china को ट्याग देखेर त्यती टाढा बाट पनि खासा कै माल ल्याइदिछ भनेर खिल्ली उडाउने हुन कि भन्ने पनि मनमा छदैछ।तर पनि म चाइनालाइ चान्चुने रुपमा हेर्दिन तिनिहरुले जुनरुपमा बिकसित र बिकासन्मुख देशलाई सम्पूर्ण रुपमा आफुमै नपत्याउदो किसिमले भर पारी सकेका छन्। केही
दिन अगाडि म टि.भी हेर्दै थिए चाइनिज सामान नभए यहाँका घर रित्तै हुने देखायो। दराज देखी खाट सम्म, कप प्लेट देखी बाथ टब सम्म सबै चाइनिज हुने। अझ यस्पाली भएको बेजिङ ओल्म्पिक गेम हेरेर त अरु देश चकित परेर हेरेको हेर्यै भए। एसियालाईनै प्रतिनिधित्व गरेर ओलम्पिकमा जुन प्रदर्शन गर्यो तेस्लाई सबै देशले वाहा वाही गरे। वहा वाहीको ताली सकिन नपाउदै ५० सौ हजार केटाकेटीको ज्यान जाने गरेर दुध बजारमा बेचेको देखेर चाइना आर्थिक रुपमा अगाडि बढ्न निकै हतार गरेर सामान्य गुणस्तर पनि ख्याल नगरेको पाइयो।ज्याकेट र झोला त अर्को किन्न सकिएला तर यसरी पैसा छिट्टै कमाउने धुनमा सामान्य गुणस्तरमा समेत ध्यान नदिएर मान्छेको ज्याननै जाने गरेर सामान बेच्न थाले भने एक्दिन No Chinese product भन्ने दिन पनि आउन सक्छ।



सुचना प्रबिधी को मज्जा - मैले अष्ट्रेलिया बाट अर्डर गरेको चिज Muncha.com ले बाउको मुख हेर्ने दिन मा घरमै पुराइदिएछ।


आहा!! क्या मज्जा!! यो टुरिस्ट बसमा निसुल्क सबैठाउ घुम्न पाइने। सबै ठाउ घुमाउदै त्यो ठाउ सम्बन्धि जानकारि पनि दिने रैछ। यहाँ प्राकृतिक चिज हेर्ने भनेको समुन्द्र मात्रै रैछ। त्यो हेर्न पनि टुरिस्टको घुइचो लाग्ने रैछ । हाम्रो नेपालमा जस्तो अनगिन्ती प्राकृतिक स्रोतको धनी भएको भए त झन यहाँ के हुन्थ्यो होला?
Bhuwan bhai with nothface jacket and converse shoe in federation squire.


राजनीतिको प्रत्यक्ष असर देशलाई परेको हुनाले होला, बच्चा देखि बुढा सम्मलाई अब के हुने होला भनेर चासोको बिषय भएको छ । झन् अहिले नेपालका ५-६ वटा टि.भी च्यानल हुनाले पनि छिन् छिन् को अपडेट फनफनि रिमोट घुमाएर हेर्न कम्ता गजप भएको छैन। नयाँबर्षको आगमन सँगै नसोचेको नतिजाले सबैलाई रोमान्चित पारेको छ कत्तिले त ठीक्क पर्यो अब जनताले सबैलाई ठीक पार्छन “मौका आउछ पर्खदैन, बगेको खोला फर्कदैन" भने जस्तै सबै दल लाई एक एक मौका दिईसके अब मावोलाई हेर्ने पालो भनेका छन् अब यिनले पनि गतिलो काम गरेनन् भने फेरी यिनलाई पनि जनताले घोक्राउने छन् र नयाँ नेता एंवम रुपले चुन्ने छन् ।
गर्मीले गर्दा सबै जना छाता ओढेर बसेका थिए र बेला बेलामा त्यहाँका volunteer ले पानी पनि सप्लाई गरी रहेका थिए। रातो घेरा भित्र म। करिब १ घन्टामा मेरो पालो आयो। लाइनमा बस्दा आइमाइहरु गफिदा समय बितेको पत्तै भएन।






