2/28/11

सुत्केरी लाई तेल र ट्यान

बङलामुखीसम्मको हिडाई सुपर लाइस्क् भनेर मैले अघिल्लो ब्लग पोस्टमा भनेको थिए। बङलामुखीबाट सिधै सानो गल्ली छ त्यो गल्लीबाट चाकुपाट छिर्ने बाटो छ। चाकुपाट पुग्न त्यो गल्लीबाट २ मिनेट जती हिंड्न पर्छ होला मैले अहिले त्यो गल्लीको नाम नै बिर्सें हे प्रभु!! त्यो गल्ली यस्तो गनाउछ कि कुरै नगरौ, नाक, मुख थुनेर हिंड्न पर्छ। अझै कहिले काही त आँखा नै छोप्न पनि मन लाग्छ किनकी आमा बाउले नानीहरुलाई घर अगाडिनै आची गराइ रहेका हुन्छन।

ठस् ठस् गनाउने फोहोर, घरै घरले कचाक कुचुक परेको त्यो ठाउँमा पछाडि दाँया बाँया कतै ठाउँ छैन । सानो ठाउँ छ त्यो हो घर अगाडिको सडक!! प्रभु पाचौ पटक सुत्केरी बनेको जस्तो भ्यात्त परेको ज्यान प्रदर्सन गरेर सडकमै बसेर तेल लगाए पछी कुइरेहरु नि यही हो मौका भनेर नाक मुख थुन्न छोडेर फोटो खिच्न ध्यान हुने। त्यो बडो अजङ्ग ज्यान भएको सुत्केरी र लुते बालकले तेल लगाएको देखेर त भर्खरै दौडमा जित्छन् कि जस्तो लाग्ने।

मैले कुनै पनि बिकशित मुलुकमा सुत्केरीले यसरी घाममा सेकिएर तेल लगाएको देखेको छैन हो हामी सबैलाई भिटामिन डि चाहिन्छ जस्को लागि १५ मिनेट जती घाममा बसे पुग्छ अरु बेला वास्ता छैन तर सुत्केरी भएको बेला मात्रै घाममा बस्ने अनी घिउ र भात खाने अनी ड्रम जस्तै मोटाउने।


मैले केही दिन अगाडि टुइट गरेको थिए विवाह गरे पछी नारी को आधा लाज हट्छ अनी बच्चा भए पछी सम्पूर्ण लाज हट्छ। सायद त्यो आमाको माया र ममता हो तर बाटोमै यसरी बस्दा खैरेहरु लाइ दाउ पर्दो रैछ अनि फोटो खिचेर कडा कपिराइट् राख्दा रहेछन्। मैले देखेको सिन पनि करिब यस्तै हो । जस्लाई टोड र भयाम्पायर सिटी भन्नेले (माथिको फोटो) आफ्नो क्यामरामा कैद गरेको रहेछन्।

धेरै जसो त सुत्केरी बेला बेस्करी घिउ खाएर मोटाएर पछी सम्म पनि महिलाहरु पहिलाको सेपमा आउदैनन् कत्तीले भन्छन बच्चा पाउदा जिउ बढ्छ तर म भन्छु केहीको बच्चा पाएर होला तर धेरै जसोको त्यो बेला चाहिने भन्दा बढी फ्याट खाएर नचाहिएको वजन पाउने गर्छन् जस्ले गर्दा पछी गएर बिभिन्न रोग लाग्ने गर्छ । हुन त म डाक्टर होइन तर गुगल गर्दा सुत्केरि हुदा जे भएको घिउ भातमात्र नखाएर त्यो बेला प्रसस्त मात्रामा भिटामिन, प्रोटिन, आइरन क्याल्सियम र फलफुल खानु पर्छ भनेर भेटियो । खै किन को कुन्नी नेपालमा त चुहिने गरेर घिउ र भातनै खाएको देखिन्छ।


अर्को कुरा केटा केटीलाई गाजल लाइदिने । सायद नेपालमा कसैलाई था' छैन होला साच्चै गाजलले के फाईदा पुराउछ। यदी सोध्नु भयो भने भन्छन आँखा राम्रो हुन्छ रे, तेसो भए त नेपालमा आँखाको डाक्टरनै नचाहिनु पर्ने किनकि ९०% आमाले छोरा छोरीको आँखामा गाजल धसिदिएका हुन्छन। हे भगवान शिव जी!! दिमाख लगाउनुस् न आँखा राम्रो हुन्छ भनेर खुर्सानी लगाउने त? मैले गुगलमा सारा खोजे गाजलले आँखा चम्किलो बनाउछ भनेर कतै भेटिन,एउटा कुरा मानौ सौन्दर्यको हिसाब ले राम्रो, हिस्सी, कियुट बनाउला तर बरा बिचरा बच्चालाइ के था उसको आँखाको गाजल लत्पतिएर पुरा अनुहार नै तर्साउने जस्तो हुन्छ।

मेरै कुरा गरौ मेरो सबै सानो बेलाको फोटोमा गाजल लगाइको छ त्यस्को मतलब मेरो आँखा भयंन्कर चम्किलो तेजिलो हुन पर्ने तर मैले अहिले एउटा आँखामा ४.५ अर्को आँखामा ५ को पावर छ त्यो पनि मैले १२ बर्षको उमेर देखी लगाउन सुरु गरेको। चस्मा लगाएन भने पाच मिटर पारी सबै धमिलो देखिन्छ। अब तपाईं आँफै भन्नुस् म कसरी यो गाजले कुरा पताउ?

अन्तमा तपाईं सुत्केरीमा बेस्करी तेल लगाउनुस, पाथीका पाथी घिउ खानुस, छाला डढ्ने गरि घाममा बस्नुस, बच्चाको आँखा भरी गाजल लाइदिनुस्, भटमास जत्रो कालो टिका पनि लाई दिनुस् मलाई समस्या छैन तर पढे लेखेको मान्छे भएर हामी के गर्दै छौ त्यसको असर फाईदा जनक छ कि छैन बुझेर परम्परा फलो गर्ने हो कि?

2/23/11

टुइटरबाट अन्जानको बाबु खोज्न सहयोग

बिहा भएपछी फेवाताल र बिन्दबासिनी मन्दिर देखाएर यही हो मैया हनीमुन भनेर मेरा प्यारा स्वामी जि तर्कन खोजेको जस्तो लाग्या'थ्यो तर म कहाँ मान्थे र मेरो माग न्युजल्याण्ड थियो तर हिजो आएको ६.३ रेक्टर स्केलको भुइचालोले हाम्रो जाने है भनी सकेको प्लान धम्फुस भएको छ। बिचरा क्राइसचर्चबासीहरुलाइ गत बर्ष सेप्टेम्बरमा ७.१ रेक्टर स्केलको भुकम्पको बिनाशबाट भर्खर सामान्य जीवनमा फर्किन नपाउदै अर्को बज्रपात पर्‍यो । अहिलेसम्म ७५ जना मरी सकेका छन् भने करिब ३०० जना हराइरहेका छन्।

भुकम्प गए लगतै सोसल मिडियामा फलो गर्नेको जमात ह्व्वात्तै बढेको छ। फेसबुकमा ChristchurchEarthquake भन्ने पेजमा ६९,८०२ जना जती जम्मा भइसकेका छन्। देश बाहिर भित्रका आफन्त साथीभाईहरु एक अर्काको संपर्कमा आउने क्रम जारी छ।

त्यस्तै संपर्कको क्रममा Michelle Gourley ले आफ्नो ७० बर्षको बाउ घाइते भए कि मरी सके कि सञ्चै छन भन्ने स्थिती बाटो र फोनको लाइन बिग्रिएको कारणले था' पाउन सकिनन् र उनले आफ्नो अमेरिका भएका भाईलाई फोन गरेर टुइटरमा ओपवा भन्ने ठाउँ नजिक कोही छन कि भनेर टुइट गर्न लगाइन। भाईले पनि तेही अनुरुप टुइट गरे, टुइट गरेको केही छिन मै अच्चम सँग जोन भन्नेले टुइट फर्काए "म ओपवा भन्ने ठाउँमा छु मलाई तिम्रो बुवाको घरको ठेगाना देउ" ठेगाना पाउन साथ कहिले पनि नदेखेका नभेटेका बिल्कुलै अनजान मान्छेको बुवालाई हेर्न दुगुरे। ति टुइटरमा भेटेका अन्जानका बुवा भएको ठाउँमा जादा त उनी आफ्नो पुरै भत्किएको घर अगाडि सञ्चै कार भित्र बसी रहेका रहेछन् । त्यो देखेर उनले पनि खुशी हुँदै तिम्रो बाउ सञ्चै छ भनेर उतिनै बेला टुइट सुइकाइ दिएछन्।

आशा छ हामी पनि आपत बिपत पर्दा प्रबिधी सहि रुपले प्रयोग गरेर समान रुपले मानवाताको नाताले सहयोग गर्न सकिन्छ कि?

2/19/11

ब्रायनले भने हामी नेपाललाई माया गर्छौ

परी आएको खन्डमा हामी नेपाली कती सभ्य र शान्त छौ भनेर हिजोको ब्रायन एडम्सको कन्सर्टले देखाउछ। ब्रायन काठमाडौं आउन साथ सानो गोजी क्यामराले फोटो खिचेर टुइटरमा राखे र भने "A big welcoming at the airport on arriving for the concert in Nepal “

त्यस्तै अर्को टुइट गरेर हामीनै नेपालमा कन्सर्ट पहिलो पश्चिमी बेन्ड भनेर यसरी टुइट गरे:

Just flew over Everest into Katmandu, Nepal. We are the 1st western band to play here. With all the music in the world how is that possible?

म पनि के कम, उनले हेरे पनि नहेरे पनि वार्म वेलकम भन्न छोडिन,

Archana Shrestha
warm welcome to our country Nepal. enjoy the many beautiful mountains of Nepal...

नेपालमा ब्रायन जाउन अथवा बब जाउन अथवा जोन जाउन आफ्नो देशमा आउनेलाई त स्वागत गर्नु त हाम्रो धर्म नै हो नि हैन र? मान्छेहरुले महँगो टिकट भनेर जती नै गफ फलाके पनि लाइफ टाइममै नेपालमा पहिलो पटक भएको अन्तरराष्ट्रिय कन्सर्ट हेर्न बडो उत्साहित भएको देखियो।

लाइभ कन्सर्ट हेरी रहेका दिनेश वाग्ले आफ्नो टुइटरमा लेख्छन:-

Dinesh Wagle
**18 till I die live in Kathmandu @ crowd behaving so well n orderly n.singing along

**Everybody put ur phome up n making a movie.@bryanadams says. I wanna show Nepal to.the world.100 % coperation needwd, he adds

**Bryan Adams said he was experimenting n that was risky. Still he invited the girl from the crowd n both sang well

**U cant tell me its not worth trying for.... crowd singing along with @bryanadams. He says: we love u nepal, we love u

**Thank u nepal. O gotta say, when I was writing these songs, never imagined I would sing them here. The world is opening up. Hope u'll get..

हिजो उनको वेबसाइटमा देखिएको लोकेसन। उनी नेपाल बाट २२ तरिकको कन्सर्टको लागि लन्डन जाने छन् ।

कन्सर्टमा उनले Bob Seger को ka ka ka kathamdnu भन्ने गीत गाएका थिए यो फोटो उनले नै खिचेका हुन्
र लाखौं भिजिटर भएको उनको वेबसाइटमा काठमाडौंमा पनि ब्रायन गएका थिए भनेर यो फोटो हेर्न पाउने छन।
उनले प्रोग्राम सके पछी यस्तो टुइट गरे

Bryan Adams
@
Hey Rosanne. we opened with ka ka ka ka katmandu! Thanks to Bob, we did him proud!

जे भए नि ब्रायनको एकदम फ्यान नभए पनि उनी नेपालमा रमाएको टुइटले मलाई झन झन उत्तेजना थपेको छ। उनको यो नेपालको म्युजिकल टूरले हामी बिदेशमा भएका नेपाली तथा बिदेशीहरुलाई नेपालमा सुरक्षा छैन ह्~यान त्यान भन्नेहरुलाई गतिलो झापड हो र आशा छ हामिले पर्यटन बर्ष २०११ को लागि पनि पर्यटकलाई भित्राउन राम्रो उदाहरण पाएका छौ।

2/14/11

safe and sound love

"बिदेशबाट थुप्रै नेपालीहरु बैबाहिक सम्बन्धको लागि जाने क्रम जारी छ। राम्रो र असल ज्वाइ चहिएको खण्डमा कृपया त्रिभुवन बिमान स्थलमा आइ छान्नु होला।" यो एकजना भाइले फेसबुकमा लेखेको स्टाटस हो। अब प्रेम दिवसमा हुने को त ठिकै छ नहुनेको कसैले बेसै छ पैसो जोगिएको छ, टन्टोनै छैन भन्छन भने कसैले आफ्नो साथीहरु जोरीका जोरी भएर हिड्दा मेरो नि भैइदेको भए क्या गजब हुन्थ्यो है भनेर सोच्छन।

बेलैमा आफुले बुक नगरदा विवाह गर्ने समयमा उचित पार्ट्नर खोज्न बडो मुस्किल पर्ने रैछ। त्यो मैले आफ्नै परिवार भित्र महसुस गरेको कुरा हो। यो ब्लग लेख्दा लेख्दै मेरो एकजना भाई च्याटमा भन्छ "बेलामा लप नगरेर अहिले दु:ख पाइयो" बिचरा दस वटा केटी हेर्यो होला कहिले काली भन्छ, कहिले पुड्की भन्छ, कहिले गालामा ठुलो कोठी रैछ भन्छ, कहिले केटीले मन पराइन भन्छ। अब यो हेर्ने र खोज्ने क्रम जारी छ।

खोज्ने कै कुरा गर्दा अहिले त केटा केटी स्कुल देखीनै खोज्न थालि सके। अब नेपालमा लप परेकामा डेटिङ स्पटको ठुलो समस्या छ। कती कुराहरु समाजलाई अपाच्य हुने हुनाले कि त गती नै छाड्न पर्‍यो कि त आफ्नो मर्यादामा बसेर हिंड्न पर्‍यो।

अर्को कुरा हामीले बिचार गर्नु पर्ने कुरा के हो भने बदलिदै गएको समाजलाई हामी रोक्न सक्दैनौ त्यसैले कतिपय अवस्थामा प्रेमको सम्बन्धमा यौनको कुरा पनि हुने गर्द्छ त्यसैले स्कुल र १०+२ कलेजमा यौन शिक्षा हुन एकदम जरुरी छ। UK मा बस्ने मेरो साथीले एकदिन मलाई भन्दै थि, उस्को स्कुल पढ्ने छोरीले आज कन्डम कसरी लगाउने भनेर सिकेर आइ रे। भन्दै थि यार के के सिकाउछ स्कुलमा छोरीलाई । ममी कन्डम बास्ना आउदो रहेछ चिप्लो हुदो रहेछ भनी रे अब नयाँ पुस्ताको बाउ आमा भए पछी यि सब कुरा स्विकार्नु पर्छ साथी भने।

हामी नेपाली जतीनै परम्पराबादी भए पनि अहिलेको नयाँ पिढीलाई घरमा अथवा स्कुलमा सही तरिकाले यौन शिक्षा दिएर सुरक्षित हुन र पछी आइपर्ने दुर्घटनाबाट बचाउन सकिन्छ।

प्रेम दिवसको सबैलाई शुभ-कामना!! have a safe n sound love!!

You may like related post>>
प्रेमी प्रेमिकाको पिडा भ्यालेन्टाइन डे मा
नेपालमा बिहेको लागि दुलही खडेरी

2/9/11

टुरिस्टलाई ट्वाइलेट

भक्तपुरको दरबार क्षेत्र, काठमाडौंको बसन्तपुर र ललितपुरको मंगलबजार मेरो शहरभित्रको सार्है मनपर्ने ठाउँ हो। यि ठाउँहरुमा अक्सर म गैइ रहन्थेमंगलबजारको लहेकु किचनमा नेवारी खाना खाँदै झ्याल वरपर पुराना दरबार र मन्दिर हेर्नु अनी खाइसके पछी बङ्लामुखि सम्मको हिडाइ एकदम सुपर लाइकस् हुन्।

मंगलबजारको लहेकु किचनमा नेवारी खाना खाँदै खिचेको फोटो

रमाइलो ठाउँ, हुलका हुल टुरिस्ट, सानो सानो पसल सबै पसल अगाडि सफाइ एक किसिमको चार्म छ यि ठाउँमा। साच्चैनै मल्लकालमा पनि एक किसिमको रेनिसान्स(Renaissance) नै आएको ठान्छु म तेती बेला जस्तो कला कौशलले भरिएको मन्दिर, दरबार पछी कुनै राजाले बनाएको देखिएन। तर ओहो यस्तो राम्रो ठाउँमा घुम्दा घुम्दै तपाईंलाई सु सु आयो भने फसाद पर्ने छ। किन कि यि ठाउँमा देख्ने ठाउँमा कतै ट्वाइलेट् छैन।

तपाईंले रोक्न सक्नु हुन्न भने ट्वाइलेट्को निउमा फ्यानटा वा कोक खान रेस्टुरेन्ट छिर्न पर्छ। मलाई यस्तो धेरै चोटि भएको छ। कोही कोही केटा मान्छे पो लाजनै पचाएर जता नि सुइकाइ दिन्छनआफु त्यस्तो गर्न सकिन्न। २ बर्ष अगाडि सम्म माथि लेखिएको ठाउँमा कतै शौचालय त देखिन अहिले बन्यो कि था" छैन।

यदी बनेको छैन भने पर्यटक आउने अथवा नआउने भए पनि सार्वजनिक ठाउमा तुरुन्तै ट्वाइलेट बनाउन त्यो ठाउँको जिम्मेवारी लिने मान्छेलाई आग्रह गर्छु अब टन टन सु सु आएको बेला कस्तो हुन्छ त्यो त सबै लाई था' छदै छ अझ तपाईंको पेट बिग्रिएको छ भने त तपाईंलाई बित्यास नै पर्छ। म मात्र होइन पर्यटक पनि आत्तिएको मैले धेरै चोटि देखेको छु। अनी अर्को कुरा नेपालमा पर्यटन बर्ष २०११ चल्दै छ जुन सार्है खुशीको कुरा हो। जस्ले पनि सरकार र नेताले काम गर्दैन भनेको सुन्दा सुन्दा वाक्क लाग्छयो पर्यटक बर्ष सफल पार्न के गर्न सक्छौ भनेर अब हामी आँफैनै सोचौ न !

१) हामीले केही दिन नसके पनि मिठो मुस्कान दिन सक्छौ र सामान्य अभिबादन गर्न सक्छौ यस्ले गर्दा उनिहरुलाई सबैजना चिनेको जस्तो महसुस हुन्छ।

२) घर आगन र घर अगाडिको बाटो सफा राख्ने

३) आफु बसेको ठाउँ पर्यटकिय क्षेत्र छ भने त्यो ठाउको बिशेष जानकारी राख्ने र उनीहरु अल्मलिएका छन् भने केही सहयोग गर्न सक्छु भनेर सोध्न जाने।

४) आफ्नो देशको बारेका नराम्रो कुरा भन्दा पनि राम्रो कुरा भन्ने

५) नेपाल बाहिर बसेकाहरुले चाँही जती सक्दो धेरैलाई जो जहाँ छन सबैलाई नेपाल घुम्न जाउ है भनेर निम्तो दिने।

2/3/11

केराको भाउ सुन जस्तै

अष्ट्रेलियामा राता रात आकाशिएको केराको भाउलाई यहाँका मान्छेले सुनको केरा अथवा सुनको भाउ भएको केरा भन्न थालेका छन। अस्ति मात्रै मैले किलोको $१.७५ मा किनेर ल्याएको हिजो त प्रति गोटाकोनै काहि १ डलर र काहि २ डलर थियो। राता रात मुल्य बढ्नुको मुख्य कारण चाँही केरा फल्ने उत्तरी कुइन्स्ल्याण्डमा ठुलो साइक्लोन आउनु हो। साइक्लोनले गर्दा अष्ट्रेलियाको ७५% केराको बाली नस्ट भएको छ।

आजकाल केरा कान्ड खुबै छ जस्तो छ उता अमेरिकी गायिका रहिनाको पनि केरा खाइ राखेको S&M भन्ने भिडियो ११ वटा मुलुकले ब्यान्ड गरेको छ भने यू टियुबमा पनि बयस्कले मात्र हेर्न पाउछन्।

2/1/11

CAN Infotech को रमझम र भिडभाड

तीन सय रुपैयाँ हालेर ल्याएको वाएर लेस माउस त चल्दै चल्दैन बा!! पैसा नभएर भुक्का भएको बेला तीन सय पनि धेरै नै हो नि फेरी माउस बिना त मलाई कम्प्युटर चलाऊन सार्है गार्हो लाग्छ अझ फोटोसपको कर्भ र पेन टुल चलाऊन त मुस्किल नै पर्छ नि। यस्तो कवाडी सामान अब' का फिर्ता गर्ने होला भनेर क्यान इन्फोटेक लाई सरापी रहे । पुल्चोक इन्जिनेरिङ्गकलेजमा पढाउने तिमीला यमी मिसले भन्या जस्तै क्यान इन्फोट चाइनिज सामान भिडाउने मेला पो हो कि जस्तो लाग्यो।

क्यान इन्फोटेकमा करिब ५ बर्ष लगातार गए र ३ बर्ष कलेजको स्टलमा बसे। बा! बा! हो भिड बच्चादेखी बुढासम्म लंङडो देखी अन्धा सम्म सबैको सुचना तथा संचार प्रबिधी प्रती चासो थियो। कोही बुझेर हेर्न आउथे, कोही बुझ्न आउथे, कोही कस्तो हुदो रहेछ भनेर हेर्न आउथे। धेरै जसो स्कुलले बसका बस विद्यार्थी ल्याउथे । ति ४-५ कक्षामा पढ्ने जस्तो भए नि ब्याचलर लेभलको कम्प्युटर कोर्स बुझ्न आइदिने तेही माथि सबै कोर्सको ब्रोसर पनि चाहिने। अहो!! आज कालका केटा केटी धेरै बाठा!! थोरैले त पढ्दा हुन बाकिलाई त जाडोमा आगो ताप्न मजै हुने भयो। नेपालमा अहिले सुचना प्रबिधी प्रती मान्छे को यती चासो छ कि, सबैको हात हातमा मोबाईल र शहरी क्षेत्रमा घर घरमा कम्प्युटर भएकोबाटनै अनुमान लाउन सकिन्छ।


जे जस्तो भये नि मेरो ३०० रुपैयाँको माउसले काम नगरे नि क्यान इन्फोटेकले धेरैले फाईदा पुराएको नै छ कमसे कम मान्छेको प्रबिधी किन्ने पहुच न नपुगे पनि हेर्न त पाएका छन्।

मैले पहिलो पहिलो ब्लगमा लेखेको थिए यस्तो संस्थाले IT Professional र IT Company लाई अबसर प्रधान गर्न पर्छ तर आज आएर मलाई यस्तो लाग्छ कि यदी तपाईं योग्य हुनु हुन्छ भने संसारभर कम्प्युटर सफ्टवेर र वेबका धेरै धेरै काम पाईन्छ तपाईंले ईन्टरनेटबाट खोजेर सजिलै गर्न सक्नु हुन्छ। कती अरुलाई मात्रा दोष दिने हैन??

नेपालको भिडभाड पछी गएको बर्ष अष्ट्रेलियाको IT Show हेर्न गएको थिए यहाँ नि त्यस्तै भिड होला र हिड्न अप्ठेरो होला भनेर हाइहिल नलगाइ गएको थिए तर मैले सोचे भन्दा बिपरित पाए। सार्है थोरै मान्छे र आएका मध्य पनि जुन ठाउँमा काम हुन्थ्यो तेही ठाउँमा गएको पाए। थुप्रै फ्री सेमिनार पनि थियो। स्टलमा बस्ने हाइ हाइ गर्दै बसेका थिए। भिजिटरलाई लोभ्याउन होला धेरै जसो स्टल अगाडि चकलेट पनि थियो :)


free seminar on email marketing : doing it legally and smartly.



related post:
फेरी CAN Infotech
CAN infotech कति फाईदाजनक ?

1/26/11

हामी जे सपना देख्छौ तेही हुन्छ


हामी लामो समय सम्म जे सपना देखेर त्यही अनुसार काम गर्छौ तेही हुदो रहेछ त्यो पक्का रहेछ केहि ढिलो अथवा चाडो त अवस्य हुन्छ त्यो मेरो अनुभवले बताउछ।

मैले नेपाल छोडे देखी आफुले आफुलाई चिन्ने खुब कोशीस गरे मलाई लाग्यो जस्ले आफुलाइ चिन्दैन त्यो मान्छेले कहिले पनि सुख पाउदैन। आफुले आफुलाइ चिन्ने कोशीसमा मैले एउटा कुरा पत्ता लगाए त्यो के भने आफु प्रती बफादार हुने।
जब मान्छे आफु सँग साचो हुन्छ तब संसारको अगाडि प्रस्तुत हुँदा आत्मबिश्वास हुन्छ र दुनियाँ ले जे भने पनि तपाईंलाई असर पर्दैन । म जती आफु साचो छु तेही प्रकारले प्रस्तुत भएर ब्लगमा लेख्ने छु ।

साचो मन देखी भन्न पर्दा १२ कक्षा पछीको मेरो सपना कम्प्युटर पढ्नु थियो तेती बेला सम्म कम्प्युटर छुन नपाएको मैले कम्प्युटर पढेर त्यसमै जागिर खाउला भन्ने सपना सार्है अप्ठेरो थियो तर असम्भव थिएन । त्यसैले बाबु आमा सँग बाजेर, झगडा गरेरनै कम्प्युटरमा ब्याच्लर गर्न भर्ना भए। २००३ मा पढाई सके पछी ५ बर्ष मैले नेपालमै IT क्षेत्रमा काम गरे । दिनमा कारेब १४-१८ घण्टा काम गर्थे त्यो हिसाब मैले १० बर्ष नै काम गरे कि जस्तो लाग्छ :) । त्यो बेला मैले के कस्तो आइटि काम गरे र कस्तो कठिनाई खेप्न पर्‍यो मेरो के कती कमाइ भयो त्यो बिस्तारै मेरो ब्लगमा लेख्ने छु।

त्यस पछीको मेरो सपना भनेको मेरो प्रेमी सँग बिहा गर्नु थियो। म उनलाई यती धेरै माया गर्थे कि मेरो हरेक इच्छा उनिमै गएर टुगिन्थ्यो। म जस्तो जिद्दी, घमन्डी केटीको मन महाभारतको संग्राममा अर्जुनले जस्तै जिती सकेका थिए। मेरो हरेक सफलता, हरेक दु:ख कष्ट बाढ्ने असल मित्र थिए। हामी खल्तीमा सुको नहुँदा पनि माया गर्यौ भने खल्ती भरी पैसा हुँदा पनि माया गर्यो। आजको आधुनिक तामझाममा माया बाहेक अरु सबै चिज गौण भए। प्रेम भएको कारेब १० बर्ष पछी हाम्रो विवाह भयो, हाम्रो सपना पुरा भयो र अनेकौ बिबाद र अप्ठेरो बिच भएको विवाह मेरो जित थियो

मेरो अर्को सपना भनेको बाहिर गएर नयाँ कुरा सिक्नु थियो जुन सपना पुरा भएको छ र म केही नयाँ सिक्ने प्रयासमा छु र म अष्ट्रेलिया आएको २ बर्षमा आइटी क्षेत्रमा कहाँ कहाँ कसरी काम गरे त्यो दु:ख सुखका कुरा बिस्तारै ब्लगमा लेख्दै जानेछु।


हरेक नारीको एक सपना हुन्छ आफ्नो घर संसार होस् र म पनि त्यो बाट अपबाद छैन। म त १००% नारी हुँ। दु:ख पर्दा धुरु धुरु रुन आउछ। खुशी हुँदा अट्ट हास हासो आउछ। रिस उठ्दा कन्सिरिको रौ तातेर आउछ्। मेरो अर्को सपना पनि अब लगभग पुरा भएको छ। म जस्तो सपना देख्थे तेस्तै गरेर दुई जना मिलेर परिश्रम गरेर आफ्नै बल बुतामा घर संसार बनाउन सफल भयौ।

तर यती मै मेरो सपना पुरा हुँदैन मैले अझै धेरै ठुलो सपना देखेको छु। त्यो पुरा हुन बाँकी नै छ त्यस्को लागि म अथक प्रयास गर्दै छु त्यो पुरा भए पछी म अवस्य यहाँ लेख्ने छु।

dream big....feel it....believe it....dig it..work it... achieve it and share it.....



1/24/11

चड्कनले देबी बाजे नेपालीहरुको हिरो


देबीबाजेको झापड अहिले नेपालीहरुको कुराको हट टपिक बनेको छ। जनताहरु कुखुरा खाने स्याललाई झटारो हान्न पाए जस्तै
मेख मारेर आहा भनी रहेका छन्। उनको फेसबुक पेजमा धेरैले उनको प्रसंशा गरेका छन् । उनी जेल जान होइन फुल माला अबिर लगाइ दिएर शहरमा घुमाउन पर्ने र हातमा हतकडी होइन म्वाइ खान लायक भएको लेखिएको छ।

हुनत मैले पहिले नै लेखी सकेको छु तरिका गलत भएनी निशाना सहि हो,त्यो सहनसिलताको चरम बिन्दुको फल हो। झल नाथको ठाउमा म भएको भए र आफुले गल्ती गरेको भए उनकै अगाडि कान समातेर उठ बस गर्थे र आफु बिचलित् भएर बाटो बिराएकोले धन्यबाद् दिदै माफि माग्थे। झापड हान्नुको कारण सोधेर आफुलाइ सुधार गर्न प्रयास गर्थे। यस्तो कार्यले मेरो गौरब अझै चुलिन्थ्यो कतै घत्थेन । किन कि उनी उमेरले पनि बढीनै थिए र आफ्नो गल्ती आत्म साथ गर्नु नै ठुलो कुरा हो न कि त्यस लाई ढाक छोप गरेर मेरो गोरुको बार्है टक्का भनेर चक्काजाम गराएर उत्पात मच्चाउनु हो। सबै भन्छन नेता ठुला मान्छे हुन इज्जत गर्न पर्छ म त यही भन्छु तिमीलाई अरुले जतीनै इज्जत गरे पनि तिमी कहिले पनि ठुलो मान्छे हुन सक्दैनौ यदी तिमी आफ्नो नजरमा सधै सानो छौ भने बस् तिमि आफुले आफुलाइ मुल्याङ्कन गर। मलाई लाग्छ गरीब निरिह किसानीलाई थुनेर ठुलोनै पुरुषार्थ गरे भन्ठानेको भए एउटा बाघले कमिलालाई हातको पंन्जामा राखेर दङ्ग पर्नु जस्तै हो ।

नेपालमा चडकाउनु कुनै नौलो कुरा होइन कहिले कसले, कहिले कसले चड्कन खाएको सुनी रहन्छ तर जेलमै बसेको चाँही सुनिएको थिएन तर देबी बाजे लाई शक्ती को आडमा जेलमा राखिएको छ ठुला लाई चैन साना लाई एैन भन्या जस्तै । तर पनि उनको सहयोगको लागि बनाएको वेब साइटबाट उनलाई छुटाउन रकम उठ्दै गरेको देखिन्छ। अब सबै जनाले कुन ठाउँमा कस्लाई कसरी कस्तो प्रकारको झापु लाउदा झेल्ली हुन्न भन्ने बुझी सकेका छन।

सबै भन्छन देबी बाजेले हामीले गर्न नसकेको तर गर्नैपर्ने काम गरेका छन त्यसैले उनी देशको हिरो हुन।

1/21/11

पारसको हवाइफायर र देवीबाजेको झापु हिट


नेपालमा यो बर्षको सबै भन्दा हिट कुरानै गलत तरिकाले गरेको भए पनि सहि निसाना परेको पारसको हवाइफायर र देवीबाजेको झापु होला जस्तो छ।

पारसको हवाइ फायर तत्काल बिबादित भए नि घर ज्वाँईको कर्तुत था’ भए पछी तरिका गलत भए नि ठीक हो भनेर जनताले भने।

त्यस्तै गरेर झापु खाए पछी एमाले नेता झलनाथ खनालका परिवार र संयम नेताजिउ र केही कार्यकर्ता बाहेक सबै जना खुशी भएका छन। खुशीको लहर देश तथा बिदेश सबै तिर फैलिएको छ। ब्यापक राजनीतिक निराशा बिच देबी बाजेले हानेको चडकन् ले जनता बिच वाह् वाह् पाएको छ र उनको समर्थनमा फेसबुक पेज पनि खोली सकेको छ। जस्मा यो ब्लग लेख्दा सम्म 2900 जनाले मन पराइ सकेका छन् र अनलाइन फेसबुक ग्रुपले देवी प्रसाद रेग्मीलाइ १०,००० नगद पुरस्कार पनि दिने घोषणा गरेको छ । संसद भवनमा पनि झापु सबैनेताले खाएको महसुस गरेछन। तिनलाई अब देखी जनताको माझ आउँदा हेलमेट, गमबुट, लाईफ ज्याकेट चाहिने होला।

मैले कक्षा पाचमा लक्ष्मण सरको हात बाट खाएको झापु अहिले सम्म बिर्सेंको छैन मलाई लाग्छ अब झल्लु अंकलले पनि झापु सम्झी सम्झी संबिधान र नयाँ प्रधान मन्त्री छिटो छिटो बनाउन जोड दिने छन कि?

पारसले पनि राज्यले छुन र देख्न नसक्ने अपराधी खोजी खोजी पटका हवाइ फायर गर्दिए अझ पपुलर पो हुने थिए कि?


Update: i have donated lil money to release devi jee from jail. if you wish to donate. click here


1/17/11

it may break our hearts . but it will not break our will

अहिले अष्ट्रेलियाको Queensland, brisbane र victoria भन्ने ठाउँमा ब्यापक बाढिले क्षति बनाएको छ। १५ जना जतीले ज्यान गुमाए भने लाखौं घर काम नलाग्ने गरेर डुबानमा परेका छन। कुनै पनि देशमा प्राकृतिक बिपत्ती आउँदा धनी देश होस् वा गरीब देश होस् सार्है आपत बिपत पर्दो रहेछ तर त्यो देशको नेता र जनताले त्यो आपत कसरी अङाल्छन मलाई त्यो सार्है प्रेरणा दायी लाग्यो।

Anna Bligh (Queensland कि प्रिमियर Anna Bligh)आफ्नो सन्देश दिदा दिदै रुदै।

Queensland कि प्रिमियर Anna Bligh ले छिन छिनमा टि.भीमा आफ्नो मन्तब्य दिन्थिन। मलाइ मन परेको उनको सन्देश को सानो टुक्रा :
"This weather may break our hearts ... but it will not break our will "

"I want us to remember who we are, We are Queenslanders. We are the people they breed tough north of the border. We're the ones that they knock down, and we get up again.In the coming weeks and months we are going to prove that beyond any doubt. Together we can pull through this and that's what I'm determined to do. With your help we can achieve that"

हुन त उनी त्यती पपुलर नेत्री थिइनन तर जुन किसिमले बिपतमा leadership देखाइन त्यसको हिसाबले अबको प्रधानमन्त्री Anna Bligh नै हुनु पर्ने जनताले राय दिइरहेका छन् ।

भु.पु प्रधानमन्त्री Kevin Rudd जनताको सर-सामान सुरक्षित स्थलतिर लग्दै। हरेक पार्टीका नेता, खेलाडिहरु जनताको मन जित्ने मौका यही हो भनेर तछाड मछाड गरी लागि परेका छन् ।

हेलिकप्टरबाट उद्दार गर्दा आफ्नो बुढी र छोरालाई पहिला उद्दार गर्न लगाएका जोन भन्ने उद्धारको पालो पर्खदा पर्खदै पानीमै हराए। उनी अहिले सम्म बेपत्ता छन् ।

ब्रिजबेनमा बाढिले बगाएको ३०० मिटर पुलले अरु ठाउँमा क्षति नगरोस भनेर एक सर्बसाधारण ज्यानको बाजी लगाएर सानो बोट लिएर बगी रहेको पुललाई सुरक्षित ठाउँतिर बगाउदै।

जब पानीको लेभल घट्यो धेरै जसो मान्छेहरु आफ्नो घर फर्के। धेरै जसोको घरमा पानीले बगाएर ल्याएको माटो तथा फोहर बाँकी थियो र हरेक घरभित्रका सामान धेरै जसो काम नलाग्ने भएका थिए तर पनि दु:खको यो घडीमा अष्ट्रेलियनहरुले एकअर्काको खुब सहयोग गरे। घरको सर-सफाइ गर्न नेता देखी छिमेकी सम्म र टाढा टाढा देखी बस रिजर्भ गरेर आउनेको ताती नै छ।

सर-सफाइको लागि अर्को सिटीमा जान बसमा चढ्न लाम बद्द volunteer

आज सम्म 62, 000 volunteers ले बाढि आएको क्षेत्र सर-सफाइ गर्न दर्ता गरेका छन् । ति volunteers ले आँफै कुचो, साबेल, बाल्टिन लिएर आउछन र घर सफा गरेर जान्छन। एकैठाउँमा बसेको बिसौ बर्ष सम्म नचिनेको छिमेकी आएर घर सर-सफाइमा सहयोग गरी रहेका छन्। उनि हरु यहि नै Australian Spirit हो भन्छन्।

उनीहरुलाई आशा छ एकअर्काको सहयोगले चाडै नै यो बिपत्ती बाट मुक्त हुनेछन्। यो आपतबाट सिघ्र उम्कन सफल रहुन Gurkhas Spirit को तर्फबाट धेरै शुभ कामना !!

1/6/11

गूगलको पैसा फलेवास,पर्वतको श्री सुर्योदय युवा क्लब लाई

गूगलबाट आएको पैसा नेपाली रु.८०००(आठ हजार) पर्वत फलेवास, देविस्थान स्थित श्री सूर्योदय युवा क्लबलाई दिएको छु । आशा छ सानो रकम भए पनि ठुलो काम गर्न सहयोग मिल्ने छ। क्लबको बारेमा सानो जानकारी पनि राखेको छु । मलाई लाग्छ पैसा कमाएर कोही ठुलो मान्छे हुन सक्दैन र मान्छेलाई जती कमाए पनि पुग्दैन। यदी तपाईंहरु पनि सहयोग गर्न इच्छुक हुनु हुन्छ भने क्लबलाई संपर्क गर्न सक्नु हुनेछ।

उद्देश्य गाउंमा व्याप्त कुरिती तथा विसङ्गती हटाई समग्र गाउंको विकास गर्ने उद्देश्य लिई स्थापना गरिएको यस श्री सूर्योदय युवा क्लबको मुख्य उद्देश्य निम्न अनुसार रहेको छ ।

(क) बिभिन्न सामाजिक कार्यहरु जस्तै बाटो घाटो, खानेपानी, सिचाई, पाटी पौंवा तथा मठमन्दिर आदि निमार्ण गर्ने ।
(ख) खेलकुदको विकास गर्ने ।
(ग) शैक्षिक क्षेत्र उकास्न सहयोग गर्ने ।
(घ) बिभिन्न प्रकोपमा सहयोग गर्ने ।
(ङ) बिभिन्न सिपमुलक तालिमहरु संचालन गर्ने ।
(च) संस्कृतीको जर्गेना गर्ने ।
(छ) स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने ।
(ज) सामाजीक न्याय गर्न सहयोग गर्ने ।
(झ) सम्पूर्ण युवाहरुलाई संगठित गरि देश विकासमा लगाउने ।

श्री सूर्योदय युवा क्लबले हालसम्म गरेका कार्यहरु ः

(क) कालीगण्डकी नदीको किनारमा पक्की पौंवा निमार्ण गरेको ।
(ख) फलेवास देखि पश्चिम भेग जाने गोरेटो बाटो निमार्ण गरेको ।
(ग) फलेवास देखि दक्षिण भेग जाने गोरेटो बाटो निमार्ण तथा मर्मत गरेको ।
(घ) देविस्थान गाउं विकास समिति वडा नं.३ मा श्री शिशु निकेतन प्राथमिक विद्यालयको स्थापना गरि संचालन गरेको ।
(ङ) देविस्थान गाउं विकास समितिका प्रत्येक विद्यालयका एक एक जना छात्र छात्रालाई जेहेन्दार छात्रवृृद्धी वितरण गरिएको ।
(च) समय समयमा बिभिन्न खेलकुद तथा शैक्षिक कार्यक्रमहरु संचलन गर्ने गरेको ।
(छ) खेलकुद तथा शैक्षिक स्तर उकास्न समय समयमा बिभिन्न खेलकुद तथा शैक्षिकसामाग्रीहरु खरिद गरि वितरण गर्ने गरेको ।
(ज) गाउंमा जाड रक्सी, तास जस्ता बिकृतीमा लागी झै(गडामा गर्ने व्यक्तिलाई दडित गरि कुलत छुटाउने कार्य गदंै आएको ।
(झ) देउसी भैली खेली उठेको पैसाबाट केही पुस्तक तथा पत्रपत्रिकाहरु खरिद गरि पुस्तकालय स्थापना गर्ने कार्यमा लागेको तर आर्थिक अभावका कारण उक्त कार्य गर्न पुरा गर्न नसकिएको ।
(ञ) बेला बेलामा बिभिन्न स्थानमा खानेपानी, सिंचाई, मोटरबाटो, गोरेटो बाटो मर्मत गर्ने गरेको ।
(ट) बेला बेलामा गाउं सरसफाई अभियान संचालन गरि गाउं सरसफाई गर्ने गरेको ।
(ठ) बिवाह, वतबन्ध तथा बिभिन्न सामाजिक कार्यको लागि आबश्यक सामाग्रहरु टेण्ड, कुर्सी, गेट तथा अन्य सामानहरु खरिद गरेको ।
(ड) समय समयमा स्वास्थ्य शिविर संचालन गरेको ।
(ढ) बिभिन्न प्रकोपमा परेको व्यक्तिहरुलाई सहयोग गदै आएको ।
(ण) गाउंमा सम्पन्न हुने बिवाह, बतबन्ध तथा अन्य सामाजिक समारोहमा सम्पूर्ण कार्यहरु क्लवले गर्ने गरेको ।
(त) गाउंमा हुने झै(झगडा मिलाउने कार्य गदै आएको ।
(थ) युवाहरुलाई सगठित गराई सामाजिक कार्य गर्न उत्प्रेरित गर्ने गरेको ।

५. श्री सूर्योदय युवा क्लबको भाबी कार्य योजना ः

(क) पुस्तकालय स्थापना गर्ने ।
(ख) क्लबको भवन निमार्ण गर्ने ।
(ग) क्लबद्धारा स्थापित श्री शिशु निकेतन प्राथमिक विद्यालयलाई माथिल्लो तहसम्म बढाउदै लैजाने ।
(घ) बिभिन्न सिपमुलक तालिमहरु संचालन गर्ने ।
(ङ) फलेवास प्रवेशद्धारा निमार्ण गर्ने ।
(च) फलेवास देखि दक्षिण र पश्चिम जाने बाटोमा खानेपानीको धारा निमार्ण गर्ने ।
(छ) बिभिन्न कुरिती तथा विसङ्गती हटाउदै जाने ।
(ज) संस्कृतीको जगेर्ना गर्ने ।
(झ) शैक्षिक स्तर उकास्ने कार्यमा सहयोग गर्ने ।
(ञ) बाटोघाटो, खानेपानी, सिंचाई तथा अन्य बिभिन्न सामजिक कार्यहरु सम्पादन गदै जार्ने ।
(ट) बिभिन्न प्रकोपहरुमा सहयोग गर्ने ।
(ठ) समय समयमा स्वास्थ्य शिविरहरु संचालन गर्ने ।
(ड) युवा शक्तिलाई बिभिन्न सृजनशिल कार्यमा लगाउने आदि ।

अन्तमा,
एक घण्टाको लागि खुशी हुनु छ भने :- पार्कमा जाउ! एक हप्ताको लागि खुशी हुनु छ भने :- अफिसमा बिदा लिएर घुम्न जाउ! एक महिनाको लागि खुशी हुनु छ भने :- विवाह गर! जिबन भरिको लागि खुशी हुनु छ भने :- पढाई र पेसा प्रती इमान्दार होउ !मृत्‍यु पछी पनि खुशी हुनु छ भने :- जिबन रहदै समाज र अरुको लागि पनि केही गर --source fb

12/5/10

गूगल adsense को कमाइ समाजसेवालाई

गुगल adsense कमाइको बारेमा मैले धेरै ईमेल पाउने गरेको छु र मेरो ब्लगमा सबै भन्दा बढी हेरिएको पोस्ट पनि "गूगलले साच्चै पैसा पठाउछ" हो। अब देखी ब्लग र अरु मेरो साइट http://www.tiger.com.np बाट आएको पैसा समाज सेवाको लागि जानेछ। हुन त मलाई यसरी राम्रो काम गर्दै छु भनेर बाजा बजाउन त मन थिएन । गोप्य रुपमानै गर्न मन थियो तर यसो सोचे जुन रकम मैले पाउछु त्यस्मा मेरो भन्दा तपाईंहरुको बढी हक लाग्छ किन कि गूगल adsense क्लिक त साच्ची भन्दा आफ्नो साइटमा मैले कहिले नि गर्दिन। त्यसकारण गूगलको कमाइ के कस्तो ठाउँमा लगानी गर्ने भनेर हजुरहरुकै जिम्मामा छोडेकी छु।

मेरो गूगल कमाइ बारे जानकारी
१) गूगलबाट $११० भन्दा माथि कमाइ भयो भने जानकारी गराउने छु
२) हरेक गूगलको कमाइ कुनै सामाजिक सेवा गर्ने सस्था अथवा ब्यक्ती लाई दिनेछु
३) रकम हस्तान्तरण गरे पछी प्रमाण सहीत कुन सस्था अथवा ब्यक्ती लाई के प्रयोजनको लागि दिए जानकारी दिनेछु।

हुन त मेरो गूगल बाट आउने पैसा ठुलो रकम हुँदैन तर पनि थोरै नै भएपनि कसैको जीवनमा केही मद्घत गर्न सकिन्छ।
मेरो आफ्नो interest चाँही अनाथ शिक्षा तथा बुढेसकाल को मानिस हेरचार हो तर पनि थोरै पैसा हुने हुनाले कसलाई दिदा ठीक हुन्छ कृपया तपाईं लाई थाहा भएको राम्रो social worker or social organization को नाम तथा contact number/email address पठाउनु होला।

यो पालीको कमाई AUD$113.32
गुगलले मलाई पठाउन साथ म यो रकम कुनै social worker or social organization दिनेछु :
thanks for clicking my google adsense. click can make difference. :)

पारिवारिक समय


अहिले मेरा बा आमा अष्ट्रेलिया आउनु भएको छ। म घुमाउनमा बेस्त छु। सानोमा बा आमाले हात समातेर नेपालको उकालो, ओरालो, देउराली-भञ्ज्याङ घुमाउनु भयो अहिले मैले हात समातेर लिफ्ट, पानी जहाज, समुन्द्र तिर घुमाउदै छु। सानोमा म यो खान्न त्यो खान्न भन्थे तेस्तै समयको चक्रले घुमाउदै आमा बा पनि छि यो चिज त कती नमिठो, त्यो त छ्या खान्न भन्नु हुन्छ। तर यि दिनहरु रमाइलो छ, सधैं यस्तै रही रहोस् जस्तो। गएको हप्ता Canberra र Sydney गएको थिए । यात्रामा कर्णाली ब्लुज पढ्न सकियो। मलाई त राम्रो लाग्यो यस्तै यस्तै किताब बजारमा आउन थाल्यो भने नेपालीको पढ्ने बानी अझ धेरै बिकास हुने छ।

बुद्धीसागरजिले कर्णालीको सम्बन्धमा जुन चित्रण गर्नु भएको छ त्यो हिसाबले त्यो भेगको जनताले न्याय पक्कै पाउन पर्छ अनी बिकासको स्वाद अवस्य चाख्न पाउन पर्छ। आफु सररर गाडीमा हुक्किदै किताब पढि रहेको बेला किताबको पात्र सात दिन लगाएर कालीकोट हिडि रहेको चित्रणले मन कुटुक्क खान्छ। कथामा पात्रले बाबुलाई सुख दिने दिन देखाउन कोशीस भए जस्तै म पनि आफ्नो बाबु आमालाई भरपुर सुख दिने कोशीसमा छु। आशा छ मेरो ब्लग पढ्नेहरुले पनि कुरा बुझी दिनु हुनेछ छ आक्कल झुक्कल ब्लगमा आउँदा गाली गर्नु हुने छैन।

मेरो आमालाई जता ततै गोरुको मासु पाएको देखेर नफरत छ। कतै बाहिर गए पनि खादा भ्या गरेका छन कि भनेर चनाखो हुनु हुन्छ तर के भित्र के के गर्छन् के के आफुले देख्न पाइन्न। अनी लिफ्ट प्रयोग गर्दा फनफनी घुमाउने रोग त छ्दै छ। जता ततै समुन्द्रनै समुन्द्र भएको ठाउँमा आइमाइहरु कट्टु र ब्रा मात्रै लगाएर उत्तानो परेर घाममा सेकिएको देखेर आमालाई ए!! घाममा सेकिन यिनलाई सुत्केरी हुन नपर्ने रहेछ भन्ने पत्तो पाउनु भएछ। त्यसका बाबजुत पाउरोटी र नुडलसले ठेल्न पर्ने जीवनमा बिहान बेलुका आमाले पकाएको दाल भात खान पाइएको छ। अनी काम बाट छुट्टी हुँदा घुम्ने रमाइला दिनहरु पनि छ्दै छ।

11/3/10

बेकसुर फासी

अहो नेपाल सरकार कती जाती दुनियाँका छोरा छोरी बिग्रिन्छन भनेर भएभरका जम्मै साइट लाज मर्दो भयो भनेर बन्द गरेछन। त्यो हुलमा आफ्नो भाको टाइममा अपडेट नहुने साइट पनि नखुल्ने रैछ। मेरो नाथे ब्लग नखुलेर त के नै लछार्थ्यो र? तर मेरा साथीहरुको साह्रै सुचना दिने उपयोगी ब्लग जुन ब्लगस्पटमा होस्ट थियो, तिनिलाई पनि बेकसुर फासी लाइदिए कठै।

नेपाल आँफैमा कला र सस्क्रितीले भरिएको देश हो, तपाईंहरु हनुमान ढोकातिरका मन्दिर जानु भयो भने जबर जस्त मुर्तीहरु देख्नु हुन्छ। ति कलात्मक मुर्तीले पनि त मती भ्रस्ट बनाउलान ति पनि उखेलेर फाली दिए भयो, उखाल्न नमिल्ने भए हेर्ने जतीको आँखा फुटाली दिए भयो।

कुनै भैंसीलाई रोग लागेको छ भने त्यस्को उपचार पो खोज्न पर्छ त भैंसीलाई नै मारेर त समस्या समाधान हुँदैन। यदी कुनै वेबसाइटहरुले बिक्रिती नै फैलाएको भए त्यसलाइ अर्कै तरिकाले सुल्झाउन सकिन्थ्यो।

अहिले सुचना तथा प्रबिधी युगमा कुनै साइट बन्द गर्नु भनेको दिनलाई रात देखाउन कालो चस्मा लगाए जस्तै हो। यदी साइबरमा यस्ता साइट हेर्थे भने साइबरमा १८ बर्ष भन्दा माथिका मान्छेले मात्रा यस्ता साइट हेर्न हुने भनेर कडा नियम कानुन बनाएर कडा रुपले निगरानी राखेको भए हुन्थ्यो।

घरमा त्यस्तो छोरा छोरीले हेर्छन भने कम्प्युटर सबैले देख्ने ठाउँमा राखेको भए हुन्थ्यो। खैर अब म के भनु हेर्नेले ईमेल, डि.भि.डि , सि.डि र अन्य उपाए गरेर हेरी हाल्छन बेकारमा किन जान्ने भएका होलान प्रभु मैले बुझ्न सकिन।

म कसरी लेखु लेख्दा लेख्दै मलाई लज्जा महसुस भई रहेको छ। अमेरिका, अष्ट्रेलिया, यूरोप बडे बडे देशका विद्वानले पत्ता नलाएको कुरा स्वर्ग भुमी नेपालमै पत्ता लाग्यो। त्यो महान बुद्धीलाई म कुन हातले नमस्ते गरु जस्ले दुनियाँका छोरा छोरी बिगारने यही वेबसाईटनै रहेछ भनेर पत्ता लागायो।

9/22/10

आलुप्याज टुइट

कहिले खशी उपहार, कहिले दशैको लुगा उपहार, कहिले जन्म दिनको केक उपहार, कहिले फार्म भिल्लामा अन्डा भेट्टाउने, कहिले साबेल भेट्टाउने, अहिले कस्को गाई फुकेर एक्लै हराउने, फेसबुकले त तपाईंको दिमाखमा के छ भनेर सोधेको छ । तर मान्छेले प्रचन्डदेखी , अल्बर्ट आइन्स्टाइन र ओबामा देखी गोबामा सम्मका दिमाखका कुरा राख्छन् । फोटोको कुरा त के गरौ बाउ, बाजे, बाराजु खिचेको भए सात पुस्ता अगाडि देखीको राख्थे होला।

कमेन्ट हेर्न पर्छ केही न केहीको कालो चस्मा लगाएर ठिङ्ग २ खुट्टे प्राणी मात्र हुन पर्छ अहो बिसौवटा कमेन्ट हुने । क्या handsome, क्या beautiful रे बाइ!!! कहिले काही जे होस फेस बुक हेर्न नि रमणिय हुन्छ।

!!!!!! जे भन्छु भनेर ब्लग लेख्न बसेकी तेही भुसुक्क बिर्सेंछु फेसबूकको गाना गाउदा गाउदै। कुरो के भने, आज देखी आलुप्याज टुइटरमा छु www.twitter.com/aalupyaj मेरो नामको सबै बुक भै सकेछ लौ जा त आलु प्याज खान नि मिठो हुन्छ।

टुइट पनि मिठो नै गरौला नि!!!!

7/26/10

keep on going..

थाकेको छैन हिड्दै छु। समस्या आइ राख्छन सुल्झाउदै छु। ईंग्लिशमा भन्छन नि keep on going हो ठ्याक्कै तेस्तै । मान्छेले आफुलाई पहिला चिन्नु पर्नेरहेछ । त्यस पछी दुनियाँ जगतले जे भने पनि असर नपार्ने रहेछ। पहिला पहिला टिन एज हुँदा म सार्है ठुस्की रिसाहा, कसैले नराम्रो भन्यो कि रिस उठि हाल्थ्यो । कसैले अर्ती उपदेश दियो भने त झन त्यस्को धज्जी उडाइन्थ्यो। बिशेष गरेर मेरो हाइट सानो थियो, सबैले फुच्ची, डल्ली भन्ने, त्यो सुन्यो कि मलाई त सनक चढेर आउथ्यो ।

कहिलेकाहि आफ्नो पागलपन र आडेपन सम्झदा हासो उठ्छ। । तर अहिले चाँही अली कती भए पनि आफुलाइ चिन्ने कोशीसमा छु त्यसैले सिमाना भन्दा बढाइ चढाइ गरेनि फरक पर्दैन र झुर काम नलाग्ने भनेर भुइमा थचारे पनि फरक हुन्न। समय र उमेर सँगै मान्छेको बिचार परिवर्तन हुदो रहेछ। यो परिवर्तन पनि कोहीमा आफ्से आफ आउछ भने कोही अरुको बिचार र प्रेरणाबाट र कोही असल गुरुको ज्ञान पाएर भने, कोही आँफै पढेर।


म तेस्तै १९ बर्षको हुँदा मैले You Can Win भन्ने किताब पढ्न पाएको थिए जिबनमा धेरै किताब पढे पनि मैले यो किताब बाट धेरै सिकेको थिए। हुन त यो किताबलाई अरु किताबबाट चोरेर लेखेको पनि भन्छन तर चोरे पनि जे गरेको भएनि मलाइ त मन पर्यो है। तपाईंले पढ्नु भएको छैन भने पढ्नुस् है त।

7/17/10

Lover's Corner

प्रेम पार्क चहियो भनेर रानीपोखरी/रत्नपार्क एकाइलाई प्रेमी-प्रेमिकाले चिट्ठी लेखे रे। पैसो नभएर भुक्का भएको बेला लभ पार्कमा डन्डुली मार्न ठिकै हुन्छ नि।

लभपार्क चाहिने कुरा हासो ठ्ट्टामा मेरो ब्लगमा धेरै चोटि कुरा उठि सकेको छ। अनी के त सिङ्ल पनि के कम तिनलाई पनि पार्क चाहियो रे अर्काको माया पिरती हेरेर किन डाहा गर्नु, सिङ्ल सिङ्ल एकातिर भएसि तिन्लाई नि चान्स हुन्छ नि जोडी बनाउने। म त पूर्ण मायाबादी!!! देशनै पुरै लभै लभ पार्क पारे नि हुन्छ

कमसेकम हाम्रो देशको छबी त मायालु अनी राम्रो हुन्छ। युद्ध लडाईं मार काट पो गर्न भएन माया गर्न के को लाज। आज यती जना मरे आज एती जना अपहरणमा परे भनेर न्युजमा पढ्नु भन्दा आज यती जनाको लव पर्‍यो, आज यती जोडी मायामा बाधिए भनेर पढ्न नै रमाइलो नि, हैन र ?

You may like the related post>>

7/15/10

ICT:start here go anywhere

I have been receiving heaps of email regarding IT career and IT education. I am going to share the things which I know.

Q1. Is IT good to study?
Yes education is good either you study ICT(Information Communication Technology) or Cookery or
Hairdressing or Doctor. But being IT professional I can say it has a bright future. Now everything connected through ICT and wherever you go, It has same language and techniques. You can sell your skills globally.

Q2. What to study to be an IT professional?
Any IT Related bachelor/masters degree or short term professional course. You need to figure out your interest, if you love creative job you may go for web/graphic designing course. If you love animation, you may go for multimedia course. If you love hardware things, you may go for hardware, networking course. In Nepal most of the IT related bachelor degree have all subject basic course but later on you can specialized on your favourite one.

Q3. Is it easy to get job after study?
There are so many IT Company in Nepal and if you are skilled, smart, hardworking and if you can demonstrate well, you can easily get the job.

And don’t think you will get job as soon as you finish your study, you need to have professional knowledge to get good job. As Nepal’s IT college doesn’t provide much professional techniques, you can apply for part time volunteer work while you study so that you can secure the job after you finish your study. Remember the harder you work , the more luck you have. :)

Q4. What kind of Career opportunities will I get?
career in the IT sector has no limits anymore. There are a large number of job roles available for eg. Web/graphic designer, web developer enterprise systems application developer, quality assurance analyst, project manager, multimedia developer, systems architect, business requirements analyst, technical writer, application integration specialist, user interface analyst, contract manager, data warehouse architect, data mining specialist, hardware, network, software and help desk manager etc.

Q5.How much will I earn?
In Nepal most of the IT company’s starting salary is around 8K it goes up to 50K+ per month as per your skills and experience. You can
click here for International salary range.

Q6. So how much salary I can expect in the beginning of my career?

When I did Data Entry job after 10+2 in 1998, I got Nrs1500 per month. I was very happy to get that money because that was my first job. In the beginning of your career do not go for money just try to learn as much as you can. After you get few year experiences you can demand your salary in fact you can write your own cheque. ;)

Q7. How do I get job in Nepal?
You need to make professional resume, you can find resume samples in google and you can try apply thru different advertisement published in Newspaper as well as try applying online through jobsnepal.com, merojobs.com, jobvacancynepal.com.np and www..bmjobs.com etc

Q8. What should I do If I do not get job in Nepal?
Do not get dipressed and do not panic. You need to know to sell your skills in global market. There are so many website which provide the home based job. Similarly you can bid the project from www.rentacoder.com, www.elance.com, www.freelance.com etc.

Q9. Will I be successful?
Albert Einstein says "Try not to become a man of success but rather try to become a man of value." Well success has so many definitions. Some people think earning so much money is success, some people think owing big company, big house, luxuries car and getting name and fame is success. But In my view success is satisfaction you get in life. If you are happy and satisfied, you are successful.

Q10. What should I do to be a good IT Professional?
Positive attitude, smart, can do attitude, always willing to learn new things, honest, patience, good communication skills, time calculations, hardworking and team player. Personally I like fun loving and full of humorous people.

At last,
I have some web developer opportunity available, If you are eligible you can apply from here.

Good Luck.