11/17/08

बैंकिङ् सेवा होइन सास्ती



दुई दिन भई सक्यो इन्भेस्टमेन्ट बैंकको ebanking login गर्न खोजेको मरिगए भएको होइन। password नै चेन्ज गरेछन्। password लिन अफिस मै जान पर्ने रे अस्ती भर्खर पनि चेन्ज गरेका थिए २ महिनामा समय मिलाएर गएको थिए। अब म नेपाल नगए सम्म बैंक अकाउन्ट चलाऊन नपाउने भए । password सेट गर्ने बेला ईमेल लिन्छन, ईमेलमा किन password पठाउदैन? किन मान्छेहरु लाई दु:ख दिएका होलान? website बाट १० चोटि ईमेल गरे होला मरी गए रिप्लाई गर्दैनन्।
रिप्लाई नै नगर्ने भए देखाउन मात्रै किन ईमेल address राखेका होलान् । Password को कुरा त ठिकै छ सफ्टवेर upgrade गरे होलान, सुबिधा पाइएला, राम्रै हो।

तर त्यो बाहेक नेपाल इन्भेस्टमेन्ट बैंकको दिनहुको सेलरोटी जस्तो घुमेको लाइन मैले बिर्सेंको छैन। लामो लाइन देखेर बैंकमा पैसा झिक्न राख्न नपरे हुन्थ्यो जस्तो हुने। कती चोटि बैंक अफ द इयर अवार्ड पाए भनेर जता ततै टास्छन यसरी जनता लाई घण्टौ कुराउदा अवार्ड पाइने रैछ। हामी जस्ता लाई के थाहा?

एक चोटि म र मेरो बोय्फ्रेन्ड अती जरुरी परेर पैसा निकाल्न गएका थियौ बैंकको लामो लाइनले गर्दा ATM बाट पैसा झिकौ भने मैले। ३-४ वटा ATM डुल्दा पनि मरिगए पैसा निस्किएन। सार्है हैरान भएर पुतलिसडकको ब्रान्च भित्र गएर यो atm कती बेला बन्छ होला भनेर सोध्यौ। Customer service मा बसेकी महिलाले झर्केर मान्छे त कहिलेकाही बिरामी परिन्छ मिसिन त बिग्रिहाल्छ नी खोइ था छैन कती बेला बन्छ बन्छ भनिन्।

Customer service को बोल्ने सोमत देखेर केही बोल्न ठीक नलागेर सरासर माथि गयौ। माथि म्यानेजरको कि कस्को कोठामा पुगेर त मेरा बोय्फ्रेन्ड अङ्रजीमा भुत्भुताउन थाले। त्यस पछी त ति मान्छेले केही नबोली तुरुन्तै सानो स्लिप भराएर पैसा तुरुन्तै ल्याइदिए। service charge तिरी तिरी पैसा राख्नु छ तेही माथि चाहिएको बेला आफुले राखेको पैसा झिक्न नपाउदा कस्तो हुन्छ होला त?
Investment bank मात्रै होइन अधिकाश बैंकमा चेक साट्न, पैसा राख्न लामो लाइन बस्न पर्ने बाध्यता छ।

एकचोटि म standard charted bankमा चेक साट्न गएको थिए लाइन यती लामो थियो कि मेरो पालो करीब १ घण्टामा आयो। लाइन बस्नेहरु पनि एक्छिन थचक्क कुर्ची बस्न जान्थे फेरी लाइनमा बस्न आउथे
नाम मात्रै standard, service चाँही झुर छ भन्दै एकजना त मुर्मुरिदै थिए हुन पनि हो १ घण्टा भनेको चानचुने होइन customer धेरै भए पछी counter पनि बढाउनु नि। लाइन बस्ने ठाउँमा टि.भी राखी दिएको थियो त्यो टि.भी पनि झिर झिर आएर सबैको टाउको खाइरहेको थियो।

न्युरोडको नेपाल बैंकको सम्झना त अझै बिर्सी नसक्नु छ। एक चोटि साथी नारायण र मैले काम गरे बापत नेपाल बैंकको चेक पाएका थियौ। दङ्ग परेर साट्न गयौ। चेक दिएपछी एउटी आन्टीले टोकन दिएको १ घण्टामा पनि पालो आउँदैन त । अहो ! न्युरोड, संकटा पुरै घुमेर टन्न खाजा खाएर फर्कदा पनि पालो आएन। हाम्रा पुर्खाले जानेका रैछन खाल्टो खानेर पैसा राख्थे कम्सेकम यस्तो सास्ती त हुन्थेन भनी सोच्यौ। आखिर ३ घण्टा पछी हातमा पैसा पर्‍यो । चेक पाएको उमङ्ग कुर्दा कुर्दा उडिसकेको थियो। खिन्न मुख लिएर अफिस पनि नगई घर फर्कियौ।

नेपालको बैंकको सास्ती मनमा ताजै थियो अष्ट्रेलिया आए । आफ्ना भए भरका कागज बोकेर खाता खोल्न गए । सोचे अब ३-४ दिन त लागिहाल्छ। commenwealth भन्ने बैंकको ढोकाबाट छिर्न नपाउदै एउटि महिला ले म के सहयोग गर्न सक्छु भन्दै आइन्। मैले बैंकको खाता खोल्न चाहेको कुरा बताए। उनले बडो आदर गरेर सोफामा बसालिन र एक्छिन कुर्न लगाइन करिब एक मिनेट पछी अर्की महिला आएर एकदमै कुर्न परेकोमा माफि मागिन । म त छक्कै परे कुरेको १ मिनेट पनि भएको छैन कस्तो अप्ठेरो लाग्ने गरेर माफि मागेको होला भन्ठाने।

धेरै कुर्नु पर्‍यो कफी खाने भनेर सोधिन मैले घुटुक्क थुक निलेर जाडो जाडो मौसम थियो खान त मन थियो । तर आ!!! कती पैसा ठटाउने हुन भनेर .. म ठीक छु म खादिन भने। तर फेरी पनि उस्ले सोधी its part of our service भनी मैले नो भन्न सकिन उस्ले पनि कती सुगर भनी मैले टु भने एकै छिनमा कफी मेसिन बाट मेरो कफी पनि रेडी भयो । अनी कफी खाँदै खाता खोल्न एउटा रूममा गोप्य रुपमा बस्यौ। १५ मिनेटमा मेरो सारा काम सकियो करिब ५ चोटि उस्ले थ्यांक यू भनी होला। म त अलमल परे कस्ले thank you भन्नु पर्ने हो भनेर।

आफ्नो काम सजिलै भएको देखेर दङ्ग पर्दै बाहिर निस्के। आफु ग्राहक भएर मान सम्मान पाएकोले मक्ख पनि भए। तर म धेरै बेर मख्ख पर्न सकिन। म त नेपाल जानु पर्छ फेरी तेही बैंकको लाइन, कर्कस स्वर सम्झदा फेरी नमज्जा लाग्यो। मलाई लाग्यो कफी त के पानी पनि आश गरेको छैन तर बैन्किङ सेवा साच्चिकै सेवा प्रदायक होस् भन्ने आशा छ।

11/8/08

किताबी मोह - नेपाली किताब पढ्छु भन्न के को लाज?

सोच पढि सकेपछी सुटुक्क मैले बुवाको स्टडी टेबलमा सोच किताब राखिदिए भाषाका ज्ञाता मेरो बुवाले एक पाना पढेर भाषा मिलेको छैन भन्नु भयो त्यस्को करिब २ बर्ष पछी गत हप्ता मैले फोनमा कर्ण शाक्यको अर्को किताब खोज निस्केको छ मलाई जसरी भए पनि पठाइ दिनु है भन्दा उहाले “मैले खोज निस्केको हल्ला त सुनेको हो तर फुर्सद नभएर किन्न जान पाएको छैन” भन्दा मैले सजिलै अड्कल काटे कि सोच किताब उहालाइ मन परेछ र खोज पढ्ने मनस्थिती बनाउनु भएछ।

पत्र पत्रीका हेर्दा अक्सर नेपालीले बिदेशी र अङ्रेजी किताब पढेको र मन परेको कुरा भन्छन नेपाली किताबको नाम लिननै लजाउछन। होइन नेपाली किताब पढ्छु भन्न के को लाज ? मेरो एकजना साथी थिए नेपाली राम्रै बोल्ने, पढ्न पनि सक्ने तर उनी भन्थे नेपाली किताब पढ्नै झ्याउ लाग्छ, पढ्नै सक्दिन भनेर अङ्रेजी राइटरका किताब रोज्न उन्को बढी ध्याउन्न हुन्थ्यो।

लोडसेडिङ् बेला मैन बत्ती बालेर पढ्दै ~ दिनको २-३ घण्टा मैन बत्तिको उज्यालो पढ्दा त बिहान नाकमा कालो जम्ने सि सि गर्दैमा हैरान। एक चोटि त पढ्नमा मस्त थिए पढ्दा पढ्दै त अगाडिको कपाल डढ्यो त्यस पछी गाडीको ब्याट्रि ल्याएर बत्ती बाले एउटा ब्याट्रिले २ वटा सम्म चम्किलो बल्ब बल्दो रैछ।

मैले रोमियो एन्ड जुलिएट लिटरेचर पढ्दा पढे करिब ४-५ चोटि पढे होला तर मुना मदन आफ्नै रहरले किनेर ३ चोटि सम्म पढे मुना मदनमा कती रस छ। वाक्य वाक्य पढ्दा बाण सरी मुटु घोच्ने शब्द छन् कती बेला आँखाबाट धरधरि आशु आइदिन्छ थाहा नै हुँदैन । जसरी Shakespeare को Hamlet, King LearMacbeth पढ्दा मनको भित्री तहलाई छोयो त्यसै गरी लक्ष्मी प्रसादका कृतिले पनि मननै डामिने गरेर छोयो। कुनै कुनै नेपाली कृति त एती राम्रा छन् कि तपाईंले छाती फुलाएर गर्वका साथ नेपाली किताब पढ्छु भने हुन्छ।

२ बर्ष अघी मेरो एकजना राइटर कस्टमर थिइन् । उनले खुब राम्रा राम्रा बुक लेखेकी रैछिन । मैले उनको वेबसाईट बनाइदिएकी थिए अनी उनका सबै e-book अनलाईन बेच्न राखि दिएकी थिए। उनले मेरो काम मनपराइन् र e-book बेचेर पैसा पनि मगन्य कमाइन ।काम गर्दै जादा हामी साथी भयौ र उनलले उपहार स्वरुप थुप्रै थुप्रै e-book हरु मलाई पठाइ दिइन। मलाई लाग्यो अब यसरी इ-बूक कम्प्युटरमा आउन लागे पछी अबको केही बर्षमा किताब बोकेर पढ्ने चलन हराउने छ सबैले कम्प्युटर र मोबाईलमा पढ्ने छन् । जब यहाँ म आए यहाँको मान्छेको किताबी मोह देखेर द्ङ खाए । ट्रैन चढ्दा होस् या बसमा चढ्दा होस् वा बस/ ट्रैन कुरिरहेको अवस्थामा पनि पढ्न ब्यस्त हुन्छन् । कोही कोही त ट्रैनको भिडभाडमा पनि उभीइ उभिइ भए पनि पढ्न छाडदैनन् ।

अझ यहाँ जे के रोलिङ को ह्यारी पोर्टेर अन्तिम निस्केको दिन त सिटिमा मेला लागेको थियो रे सबैले हात हातमा ह्यारी पोर्टेरको किताब र तेस्तै ड्रेस अप गरेर सिटी घुमेका थिए रे। किताबको पात्रलाई पनि आफ्नो परिवार जस्तै माया गर्दा रैछ्न् । यसबाट पनि अड्कल काटे कि किताब पढ्ने रस अझै सय बर्ष सम्म पनि रही रहने छ।

11/3/08

Melbourne Cup~the race that stops a nation

मेल्बर्न लाई festivals र event को सिटी भनिन्छ। यहाँ दिनहु जसो केही न केही भई रहेको हुन्छ । आज यहाँ सार्वजनिक बिदा छ। नेपालमा घोडे जात्रा भने जस्तैयहाँ Horse racing हुने रैछ । यो Horse racing हेर्न बिभिन्न देशका सेलिब्रेटी देखी लिएर बिजनेसम्यानहरु र अरु थुप्रै थुप्रैले चाख लिएर हेर्न आउने रैछन् । यो एक किसिम को जुवा जस्तो पनि हुने रैछ । मनिसहरु घोडामा बाजि पनि राख्ने रैछन्। रेस जित्नेले मोटा रकम र कप पाउने रैछ । रेसको अर्को पक्ष भनेको फेसन हो आजको दिन सिटी नै फेसनमय भएको छ । केटा हरु सार्है फर्मल लुगा लगाएर जाने केटी हरु पनि ठुला ठुला hat अनी राम्रो डिजाइनका लुगा लगाएर race जाने हेर्न जाने रैछन् ।
रेस बाहेक फेसन प्रतियोगिता पनि तेही हुदो रैछ। रेसकोर्सहरुमा बिभिन्न फुलहरुले सजाएका हुने रैछन । ति मध्य पनि गुलाफको फूल बिशेष महत्वका साथ सबैले लगाएर हिंड्ने रैछन आजको रेसको फूलको कोड चाँही पहेलो गुलाफ(yellow rose) थियो ।


10/26/08

संपर्क हुन नसकेको मोबाईल

टेलकमको दिदी को स्वर पनि सुन्दा सुन्दा वाक्स्(वाक्क धेरै लागेपछी वाक्स् हुन्छ) लागिसक्यो। २ दिन भयो नेपाल फोन लगाउन खोजेको कस्तो मुल परेको टेलकम रैछ संपर्क नै नगराइदिने। ल्यान्डलाइनमा हानेको एउटा नेवारनी आन्टी ले कस्लाई खोजेर ल्याएको भन्छिन। हन ललितपुरमा हानेको फोन भक्तपुर पुगेको देखेर म त तिन छक् परे। अली अली हो र जिल्लाकै हेराफेरी हुन लाग्यो।

नेपालमै छ्दा पनि कसैले बिदेश बाट फोन गर्‍यो कि UTL वा Mero Mobile को नम्बर आउथ्यो। त्यस्तो नम्बर बाट आएको कुरा राम्रो सँग नबुझिने र नसुनिने हुन्थ्यो। आफ्न्त सँग फोनमा घाटी सुक्ने गरी कराउन पर्थ्यो।तेती मात्रै कहाँ हो र कहिले काही आफ्नो बोय्फ्रेन्डसँग मिठा मिठा गफ भैई रहेको बेला अर्कै सँग लाइन जुध्न पुग्थ्यो। अब परेन त आपत्!

बिदेशबाट आउने फोनमा लोकल नम्बर आएको कुरा २-३ चोटि मैले टेलकममा खबर गर्दिन खोजे तर टेलकमको फोन कहिले नउठ्ने अहिले नउठाउने भए पछी मैले आफ्नै समयको बर्बादी ठानेर छोड्दिए।

संसारमै सुचना तथा संचार प्राबिधिको बाढी आइरहेको बेला टेलकम(टेलीफोन कम?)ले आफ्नो सेवा सुधार्ने बेला आएन र?

10/25/08

बिदेशी भुमिमा बिधार्थी

मेरो छोरो बिदेश गएको छ भनेर परिवार तथा आफन्तलाई घिरौला जत्रो नाक बनाउदै ठीक्क छ।
बिदेशको भिशा लाग्न साथ अब सुखका दिन आए, खुशीका दिन , अब भने आफुले भनेको जस्तो हुने भयो भनेर मख्ख पर्न नपाउदै जब बिदेशको माटोमा पाइला टेक्छ तब आफ्नो आँखा वरीपरी
देखिने समस्याले नराम्रो सँग झस्कन्छ।


बिधार्थी जुन सपना देखेर अष्ट्रेलिया आएका हुन्छन आँखा तेती बेला खुल्छ जब घर भाडा तिर्नु पर्ने हुन्छ, आफ्नो लुगा आँफै धुनु पर्ने हुन्छ, आफ्नो लागि आँफै पकाउन पर्ने हुन्छ, आफ्नो लागि आँफै कमाएर फी तिर्न पर्ने हुन्छ तेती बेला आफ्नो काधमा पहाडले आएर थिचेको महसुस् गर्छन्।


बाबु आमाले रिन धन गरेर बिदेश पठाउछन यहाँ आउने बेलामा १५००-२००० डलर दिएर पठाउछन्
तेतिले त बिचरा उसलाई एक महिना पनि थेग्न गार्हो पर्छ। कहिले घरयाशि काम नगरेकाहरु दिनमा पढाई र अरु बेला कामको चपेटा, फी तिर्न पर्ने टेन्सन आदी इत्यादी परिस्थिती ति कलीला ठिटा ठिटिले कसरी सहदा हुन्। यहाँ केटाहरु धेरै जसो भाडा माज्ने रैछन्। त्यो काम पनि पाउन बडा मुस्किल हुने रैछ। नेपालको घरमा एउटा चिया खाएको गिलास सफा नगर्ने बज्रस्वाठ्हरुलाई रास का रास भाडा माज्नु पर्दा अमिलो मन हुदो हो । भाडा माज्ने बाहेक किल्निङ, वेटर काम पनि गर्दा रैछन । कतिपय बिधार्थीले त आफुले गरेको काम नेपालमा भन्दै भन्दैनन् सकेसम्म लुकाउन खोज्छन र घरमा काम राम्रो हल्का छ भनेर दङ्ग पार्दिन्छन्। हुन पनि हो आफ्नो छोरोले अर्काको ट्वाइलेट् सफा गर्दै छ भन्ने कुरा कुन चाँही आमाले सहलिन र?


तर अर्को पाटो हेर्दा बिद्यार्धिहरु औधी खुशी छन् । काम गर्छन्, पढ्छन् आफु आत्म निर्भर छन्
जसो तसो गरेर घरमा अली अली आमालाई साडी र बाबुलाई सर्ट किन्ने पैसा पठाएका छन्। विद्यार्थीहरुको भनाइमा पैसा भए पछी अली अली मोज पनि भै हाल्छ । बाबु आमाको कच् कच् सुन्न परेको छैन। पैसा के हो भनेर राम्रो सँग चिनेका छन्। आफु आत्म निर्भर भएकोमा गौरब पनि गर्छन्। काम त आखिर काम हो उनिहरु आँफै भन्छन् हामी सँग केही काम गर्ने skill छैन न त हामी नेपालबाट आउँदा केही professional training नै लिएर आएका छौ अनी हामीलाई कस्ले म्यानेजरको जागिर दिन्छ त? हो आफुले केही सिप सिकेर नआएकोमा चुक चुक मान्छन्। तर पनि यो लाईफ हो जसरी पनि बिताउनु छ भोली पढि सके पछी PR apply गर्ने अनी राम्रो जागिर खाने, परिवारलाइ खुशि पार्ने सपना मुटुभरी राखेर बिदेशी भुमिमा बसेका छन्।

10/3/08

Made in china

खासाको माल भन्ना साथ हामि नाक खुम्चाउछौ। हुन पनि ४००० मा रेडियो, टी भि, क्यामरा सबै भएको मोबाईल पाइने, ५ रुपैयामा टर्च लाइटर भएको पाइने तर भर चाँही पर्न नसकिने ४००० को मोबाईल २ बर्ष पनि टिक्न सक्छ २ दिनमै बिग्रन सक्छ। तेस्को ग्यारेन्टी कसैले नलिने। म एकचोटि खासा सिमाना काटेर चाइना सम्म पुगेको थिए। सामान कती राम्रो कती सस्तो जे देखे पनि किन्न मन लाग्ने। ज्याकेट र झोला किनेको थिए। ज्याकेट किनेर लाउन नपाउदै खल्ती भ्वाङ् परी हाल्यो। झोला को पनि फित्ता चुडिएर कामै नलाग्ने भो। पैसा को सत्यास! होइन एस्ता कमसल सामान बनाएर कस्तो नेपालीलाई झुकाउन सकेका होलान भनेर म मनमनै सोच्थे तर यहाँ पनि यत्र तत्र सर्बत्र चाइनिज सामानले भरिएको रैछ नेपाल लैजाने, नेपाल पठाउने केही सामान किनौ भने पनी सबै made in china लेखेको मात्रै हुने। I love australia लेखेको टीसर्ट छ made in china को ट्याग देखेर त्यती टाढा बाट पनि खासा कै माल ल्याइदिछ भनेर खिल्ली उडाउने हुन कि भन्ने पनि मनमा छदैछ।

तर पनि म चाइनालाइ चान्चुने रुपमा हेर्दिन तिनिहरुले जुनरुपमा बिकसित र बिकासन्मुख देशलाई सम्पूर्ण रुपमा आफुमै नपत्याउदो किसिमले भर पारी सकेका छन्। केही दिन अगाडि म टि.भी हेर्दै थिए चाइनिज सामान नभए यहाँका घर रित्तै हुने देखायो। दराज देखी खाट सम्म, कप प्लेट देखी बाथ टब सम्म सबै चाइनिज हुने। अझ यस्पाली भएको बेजिङ ओल्म्पिक गेम हेरेर त अरु देश चकित परेर हेरेको हेर्यै भए। एसियालाईनै प्रतिनिधित्व गरेर ओलम्पिकमा जुन प्रदर्शन गर्‍यो तेस्लाई सबै देशले वाहा वाही गरे। वहा वाहीको ताली सकिन नपाउदै ५० सौ हजार केटाकेटीको ज्यान जाने गरेर दुध बजारमा बेचेको देखेर चाइना आर्थिक रुपमा अगाडि बढ्न निकै हतार गरेर सामान्य गुणस्तर पनि ख्याल नगरेको पाइयो।

ज्याकेट र झोला त अर्को किन्न सकिएला तर यसरी पैसा छिट्टै कमाउने धुनमा सामान्य गुणस्तरमा समेत ध्यान नदिएर मान्छेको ज्याननै जाने गरेर सामान बेच्न थाले भने एक्दिन No Chinese product भन्ने दिन पनि आउन सक्छ।

9/7/08

Nepal festival -2008 in Melbourne

Federation Squire मा सधैं जसो अर्काको देशको प्रोग्राम हेर्न पर्थ्यो तर आज ईतिहासमै पहिलो पटक धुमधाम सँग मेल्बेर्नमा नेपाली महोत्सब भएको थियो।

बातावरण सार्है रमाइलो थियो। जता पनि नेपाली भेटिने, नेपाली नै सुनिने। नेपालि पहिचान देखाउन कोही कोही नेपाली सारी र दौरा सुर्वालमा आएका थिए। धेरै जसोले नेपाली टोपी लगाएर आएका थिए र टोपी नहुने हरु पनि तेही स्टलमा ५ डलरमा किन्दै लाउदै थिए।
सबैलाई नमस्कार!!!

प्रोग्राम सुरु बत्ती बालेर भएको थियो। मेल्बेर्नको हावाले बत्ती बाल्नै मुस्किल बनाइ दिएको थियो। बत्ती बाली सके पछी राष्ट्रिय गान सुरु भयो। कत्ती नेपालीलाई नयाँ नेपाली गान कन्ठ पार्न नभ्याका होलान भनेर आयोजकले ठुलै स्क्रीनमा लेखी दिएको थिए। राष्ट्रिय गान पछी नेपाली भेष भुषा लगाएर, नेपालको बिभिन्न जात जातीको पहिचान झल्कने गरेर नाच गान भएको थियो।राजु लामा को मेरो नेपाल मेरो नेपाल गाना बजाउदा त सारा नेपाली हरु आफ्नो देश प्रती माया देखाउदै सबैले गाएका थिए। बिच बिचमा नेपालको फोटो हरु slide show गरेर ठुलो स्क्रीनमा देखाउदा त खुशीले दर्शक हरुले ताली बजाउने, सिट्टी बजाउने गर्थे।

त्यस बाहेक fashion show पनि भएको थियो जस्मा नेपाली सबै जातीको भेष भुषा लगाएर स्टेजमा हिनेका थिए। अहो सबै जना आफ्नो देशको पहिरन लगाएर fashion show गरेको देखेर ताली र सिट्टी बजाएर हौसाउदै थिए। Axe Band ले गाउन सुरु गरे पछि सबै जान आ-आफ्नै तालमा नेपालको झन्डा फराउदै नाचि रहेका थिए।

आज आइतबार धेरै जसोको छुट्टी भएकोले अधिकांस नेपालीहरु आफ्नो परिवारका साथ आएका थिए। तर आज यहाँ father’s day परेको ले धेरै जसो बिद्यार्थि restaurant मा काम गर्ने हुनाले हेर्न छुटेकोमा पछुतो पनि मानीरहेका थिए।

नेपाली हरु जे प्रोग्राम गर्दा पनि झगडा गर्ने हुनाले यो प्रोग्राम मा पनि केही होला, नेपालीकै बेज्जत होला भनेर सबै लाई पिर थियो तर प्रोग्राम सार्है राम्रो र सफलता पूर्वक सकियो।

Click here to see Melbourne-nepal Festival Picture

8/31/08

IT- rewarding career

मलाई IT field एकदम मन पर्छ किनकि म सँग ल्यापटप र ईन्टरनेट भयो भने म जहा बाट पनि आफ्नो काम गर्न सक्छु। साथी, भाई, आफ्नो customer सँग च्याट बाटनै कुरा कानी हुने गर्छ्। शुक्रबार म Australian computer society ले organize गरेको seminar मा गएको थिए। सेमिनार Imperial Hotel मा भएको थियो।



IBM, fujitsu, Melbourne IT मा काम गर्ने हरु आएका थिए। सबैका संघर्श का कथा सुनियो। साच्चै सफल मानिस हुन त सार्है दु:ख पो गर्नु पर्ने रैछ।

8/30/08

dad's day


Any man can be a father, but it takes a special person to be a dad


आज मलाई कती बेला नेपाल को ७ बज्ला र आफ्नो बा लाई फोन गरौला भन्ने आतुरी थियो
अन्तिम घडीमा website बाट गिफ्ट अर्डर गरेको पनि पुरायो कि पुराएन खुल्दुली भै राखेको थियो। सबैले आफ्नो बाबु खुशि भएको हेर्न चाहन्छ र म पनि तेहि नै चाहन्छु।

मलाइ सम्झदा हासो उठ्छ मेरो बुबा सार्है फर्मल, एकदम नै कम बोल्ने सङै बस्दा पनि बाबु छोरिको बोल्ने टपिक नहुने। सबै भन्दा रोचक कुरो त बाबु छोरि बाटोमा भेट भै हाले पनि अपरिचित जस्तै हामि बोल्दै नबोल्ने। उहा धेरै बोल्नु हुन्थेन तर उहा बाट अनुसरण गर्ने धेरै कुरा हरु छन् । साच्ची कती युनिक है।






सुचना प्रबिधी को मज्जा - मैले अष्ट्रेलिया बाट अर्डर गरेको चिज Muncha.com ले बाउको मुख हेर्ने दिन मा घरमै पुराइदिएछ।

well its time to celebrate. finally my dad is opening gift.
It's Fathers Day, the perfect time To let you know how grateful I am For everything you do I Love You Dad




7/31/08

नेपालनै राम्रो

एउटा उखान छ नि “बोक्सी भए नि आमानै राम्रो”। जता गए पनि, जे गरे पनि आफ्नै देश राम्रो लाग्ने, आफनै देश प्रति गर्व लाग्ने, जस्लाइ भेटेपनि आफ्नै देशको बारेमा बखान गर्न मन लाग्ने। अहिले यहाँ बिशेष गरेर यि कुरा miss गरिरहेको छु ।

१) mom/dad
२) mom ले बनाएको खाना
३) गुन्द्रुक
४) न्यूरोडको C mo mo
५) आफ्नो unmanaged room
६) नेपालको बन्द / लोड सेडिङ्
७) जता जादा पनि आफ्नै time मा पुगे हुने- nepali time :)

7/19/08

अष्ट्रेलियामा पनि माग्ने

नेपालमा त चोक चोक, मन्दिर, बाटो जता ततै माग्ने देखिनु सामान्य हो। हात पाखुरा हुने, काम गर्ने सक्ने पनि लाजै नमानी मागेर बस्छ्न तर अष्ट्रेलियामा पनि सडक सडकमा माग्ने देखेर म चकित परे। तर यहाँ माग्ने स्टाईल अली फरक रैछ। माग्नेले आफ्नो केही कला देखाएर मात्र माग्ने रैछन। जस्तै कोही गीत गाउने रैछन, कोही म्युजिक बजाउने रैछन, कोही चित्र कोर्ने रैछ्न। अझै अचम्म लाग्ने कुरा त के लाग्यो भने यसरी माग्न पनि सरकार सँग लाइसेन्स् लिनु पर्ने रैछ।

रोबोट जस्तै बनेर नाचेर खुब् हसायो। मलाइ पनि dance मन परेर १ डलर दिएको त पछि यसो हिसाब गर्दा त नेपालि ६६ हुदो रैछ :)

यो दाई ले त खुब राम्रो गीत गाउने रैछ। मान्छेहरु फोटो खिच्न तछाड मछाड गर्दै थिए।

7/8/08

सित्तैमा ३००० मिनेट सम्म अंमेरिकामा रहेको आफन्त सँग कुरा

आफ्नो कम्प्युटर बाट यो वेबसाईटबाट डाइल गर्ने सफ्टवेर डाउनलोड गर्नुहोस् अनी आवस्यक दर्ता प्रक्रिया पछि तपाईंको कम्प्युटरबाट सिधै अंमेरिकामा रहेका आफन्तको मोबाईल वा ल्यान्डलाइन फोनमा डाइल गर्नुहोस् ।हालैमा ३००० मिनेटसम्म सित्तैमा कुरा गर्ने सुबिधा रहेको यसमा सफ्टवेरमा कुरा गरेको रेकर्ड राख्न सकिन्छ । त्यस्तै कम्प्युटर बाट सिधै कम्प्युटरमा त असीमित कुरा गर्न वा श्रव्य-द्रिष्य-बर्ण च्याट गर्न सकिन्छ ।अब डाउनलोड गरी आफ्नो कम्प्युटरबाट फोन को मज्जा लिनुहोस् ।

Posted by eJoshi

7/3/08

Sunday fun day

आइतवार बिशेष रुपमा यातायात मा छुट हुने रैछ। करीब ३ डलर मा दिनभर ट्रैन, ट्राम र बसमा घुम्न पाइने ।

sunday को लागि मेरो outfit - TOP OF THE WORLD EVEREST NEPAL. ठमेलमा २०० रुपियामा किनेको t-shirt. यहाँ अनेक थरका लुगा लगाउदा रैछन ईण्डियनहरुले चाँही साडी र कुर्त्ता सलवारनै लाएर हिड्दा रैछन। मुसलमानहरु टाउको छोप्ने वा बुर्का लगाउने रैछन्।

आहा!! क्या मज्जा!! यो टुरिस्ट बसमा निसुल्क सबैठाउ घुम्न पाइने। सबै ठाउ घुमाउदै त्यो ठाउ सम्बन्धि जानकारि पनि दिने रैछ। यहाँ प्राकृतिक चिज हेर्ने भनेको समुन्द्र मात्रै रैछ। त्यो हेर्न पनि टुरिस्टको घुइचो लाग्ने रैछ । हाम्रो नेपालमा जस्तो अनगिन्ती प्राकृतिक स्रोतको धनी भएको भए त झन यहाँ के हुन्थ्यो होला?

घुम्दा घुम्दा भोक लाग्यो? Gurkhas Express नेपालीहरुले खोलेको restaurant मा नेपालि स्वादको खाना खान पाउनु हुन्छ। Gurkhas Express भन्ने melbourne city मा ४-५ ओटा रैछ।

6/27/08

Northface Jacket र converse जुत्ता

केही समय को लागि आफ्नो आफ्न्त लाई भेट्न र घुम्न मेल्बर्न, अष्ट्रेलिया आएको थिए। बिकसित देश भएकोले कहिले बत्ती नजाने, चौबिसै घण्टा धारा खोल्दा पानी आउने, समयमै ट्रैन, बस आउने त भै हाल्यो, बन्द चक्का जाम केही टेन्सन नहुने, दिन रात जता घुमे पनि नहराइने त्यसबाहेक पनि नेपालीहरु ठाउँ ठाउँमा जम्का भेट हुँदा नेपालमै छु कि भन्ने भान हुने। घुम्दै जादा मलाई अचम्म लागेको कुरा के भने यहाँ नेपाली भनेर Northface jacket र panda जुत्ताले चिनिदा रैछन्। हुन पनि हरेक् नेपाली student अष्ट्रेलिया आउदा Northface Jacket र converse जुत्ता ल्याउदा रैछन। यहाँ एकदम चिसो हावा चल्दो रैछ अनि rush पनि हुदो रैछ। जे होस् तातो ज्याकेट र जुत्ताले धेरै राहत दिदो रैछ । हुन त northface को showroom Melbourne city मा पनि रैछ तर एकदम महँगो पर्दो रैछ । जो पायो तेही ले किन्नै नसक्ने महँगो पर्दो रैछ र Australian हरुले पनि jacket हेर्दै "good jacket mite!! Its good that every nepali has northface" भन्दा रैछन । नेपालबाट आएको भन्न साथ everest चढिस् भनेर सोध्द्दा रैछन्। कसैलाई त नेपाल भन्ने देश पनि छ भन्ने पनि अत्तो पत्तो छैन रैछ।


Bhuwan bhai with nothface jacket and converse shoe in federation squire.

यहाँ साझ् पख Federation Squire भन्ने ठाउँमा धेरै जसो नेपाली भेट हुने ठाउँ रैछ। त्यहा northface ज्याकेट वा पान्डा जुत्ता लगाएका नेपाली भनेर चिने हुने रैछ ।

5/27/08

Happy गणतन्त्र

आज बिहानै म बाहिर निस्केको थिए सडक सुनसान थियो। पसलहरु पनि उती सारो खुलेका थिएनन् । सबै जना आज हुने एतिहासिक गणतन्त्रको घोषणा पछी उर्लिन तयारी जस्तो लाग्थ्यो। यो तन्त्र भन्ने चिज पनि बडो गजब हुदो रैछ। समय अनुसार चेन्ज भई रहने जस्तै प्रजातन्त्र, राजतन्त्र, लोकतन्त्र अब गणतन्त्र। अब यो गणतन्त्र पछी जनताको माग के हुने को त्यो त समय ले नै देखाउने छ।

हिजो सभासदहरुको सपथ ग्रहन कार्यक्रम थियो। अरु भन्दा पनि सभासदहरुको ड्रेसअप हेर्न लायकको थियो कुनै सास्कृतिक कार्यक्रम जस्तो लाग्थ्यो। मलाई त सभासदहरु ले आफ्नो मौलिक पोशाक लगाएको देखेर खुशी लाग्यो। तेस्तैमा हिसिला यमी रातो कोट र प्यान्टमा देखिइन् । यदी म सभासद भएको भए कम्तिमा पनि नेपाली ड्रेस लगाएर जान्थे किनकी नेपाल र नेपाली जनता नभएको भए सभासद कहाँ हुन्थ्यो र यस्तो एतिहासिक अवसरमा पक्कै पनि नेपाली पोसाकले आफुलाई लुट्पुटाउथे होला। हुन त लुगाले गणतन्त्रलाई केही असर नपारे पनि पाकिस्तानी नेत्री बेनिजिर भुट्टोले कहिले पनि कोट र प्यान्ट लगाएको देखिएन । उनी आफ्नो देश र रिति रिवाजको इज्जत गर्थिन त्यसैले त उनी तेती ठुलो नेत्री भइन। तेस्तै हिलारी किल्टनले पनि चुनाव अवधी भरी सभ्य लुगामा जोड दि इन् । तेही अनुरुप उनका ड्रेस डिजाईनरले कोट र लामो skirt बनाइदिएका थिए।

लौ यो भेषभुषाको गन्थन लाई थाती राखी सबैलाई आज घोषणा हुने संघिय लोक्तान्त्रिक्र गणतन्त्रको सबैलाई शुभकामना।

5/25/08

archana update

केही समयको लागि कम्प्युटर, ईन्टरनेट र मोबाईलनै नभएको ठाउँमा पुगेको थिए। मलाई त ति दिनहरु बन्धन मुक्त लागे अरुको लागि अवस्य यो कठिन छ तर मलाई केही दिनका लागि tension मुक्त दिनहरु भए ।


तामाकोशीमा हाइकिङ गर्दै।

आफ्नो सानो यात्रा बाट फर्केर आएपछी आफुलाई मन परेका २ वटा चिज गरे।

ज्योतिश बिज्ञान
केही बर्ष अगाडि मलाई हात हेराउनेमा (Palm Astrology) खुब interest लाग्थ्यो र त्यो दिनहरुमा खुब palm astrology सम्बन्धी कुराहरु Internet मा खोजी खोजी पढे। तेती बेला जस्का पनि हात हेर्ने मन लाग्ने कुनै कुनै त ठ्याक्कै पनि मिल्थ्यो कोही कोही कुरामा चाँही रफ्फु पनि भर्नु पर्थ्यो। पछि पछि बेस्ततासँगै यि कुराहरु सेलाउदैगए। तर धेरै समय पछी मलाई फेरी हात हेराउने होइन ज्योतिश बिज्ञानतिर कौतुहल्ता बढ्दै गयो। यस्पाली मैले समय निकालेर कारिब १० जना बिभिन्न ज्योतिश सँग भेटे । सबै ज्योतिश बिज्ञानका धुरन्धुर ज्ञाता थिए।

सामान्यतय कसैले ज्योतिश बिज्ञानलाई ग्रहको गती सँगै मनुस्यको भाग्य अदल बदल हुने बैज्ञानीक आधार मानेर अत्यन्त विश्वाश गरेको पाईन्छ भने कसै कसैले यो सबै अन्धबिश्वास र रुढिबाढी कुरो भन्दै भाग्य भन्दा कर्ममा बढी जोड दिन्छन।

बिभिन ज्योतिश सँगको मेरो भेटघाट अत्यन्त रमाइलो भयो। आफ्ना भबिस्यमा हुने कतिपय गोप्य कुरा थाहा पाइयो। म गएका अधिकाश ठाउँमा भिडम भिड थिए कोही कोही ठाउमा त ६ महिना अगाडि देखी नाम लेखाउन पर्ने। (सायद नेपालका प्रधानमन्त्री लाई भेट्न पनि यति धेरै कुर्न पर्दैन होला :))

अचम्म लागेको कुरा त के भने धेरै जसो ज्योतिशकोमा त young generation को भिडभाड देखियो। धेरै जसो लाई बिदेश जान कहिले जुरेको छ। विवाह कहिले हुन्छ। पैसा कमाउन सक्छु कि सक्दिन भन्ने टन्टो हुदो रैछ्।

देखाउन आउनेमा नेता देखी अभिनेता सम्म, business man देखी house wife सम्म , जागिरे देखि बेरोजगारे सम्म आउँदा रैछन। मै हु भन्ने मान्छे पनि गुरुलाइ नदेखाइ डेक नचल्ने रैछन्।

अर्को मलाई अचम्म लागेको कुरा के भने नि १००% मा ९०% लाई त दशा लागेको हुने रैछ। राहु, केतु, उल्का, साँढे साती , संकटा त सामान्य दशा रैछ जस्लाई पनि लाग्न सक्ने । यसो सोचे देशलाइनै संकट लागेको बेला जनतालाई त आफ्से आफ लाग्ने भै हाल्यो नि । अनी अर्को कुरा यो दशा लागेको पनि treatment हुने रैछ जस्तै पूजा, पाठ, जप गर्ने र stone का औठी लगाउने। भिन्न भिन्न ज्योतिशले एउटै जन्मकुन्डली हेरेर पनि भिन्न कुरा भनेको देखेर म त दङ् परे। कस्ले भनेको पत्याउने र मान्ने निर्णय गर्नै गार्हो।

अझ अचम्म को कुरा त भन्नै बाँकी छ त्यो के भने नि टुना लगाउने जस्तै कसै को बुढा अर्की केटी सँग लाग्यो भने आफ्नै बुढा लाई टुना मुना लगएर आफ्नो बसमा पार्ने। (aaphnai budha laai aaphani basma paarna parne !!!LOL :O) साथि संगत नराम्रो छ भने, साथिहरु सँग कुरै गर्न मन नलाग्ने बनाउने, रक्सी खानेलाई नखाने बनाउने आदी, इत्यादी ।

ज्योतिशलाई हेराएर हेराउनेको भाग्य तेही अनुसार चम्कन्छ कि चम्कदैन् थाह छैन तर ज्योतिशको भबिस्य चाहि दक्षिणाले अवस्य चम्कने मैले देखे।

Learning driving
सरर गाडि चलाएर हिंड्ने रहर सानै देखीको हो। तेही अनुरुप गाडि सिक्दै छु । स्कुटर चलाऊन आए पनि मलाई जिन्दगी यो २ पाङ्रे चलाएर हिंड्न मन लागेन तर कार चलाएर हिंड्न पनि म तेती सजिलो देख्दिन । काठमाडौंको कच्याक् कुचुक परेको बाटो त्यही माथि धेरै सवारी साधन, भाडाको माइक्रोको हुइकाइ, बाटो हिंड्नेको भिड, पेट्रोलको ब्यापक समस्या । यसो सोच्दा त बरु हिंड्नै बेश जस्तो लाग्ने फेरी यो air pollution ले त आधा उमेर पो घटाउने हो कि अथवा कलिलै उमेरमा श्वास प्रश्वास सम्बन्धी रोग लाग्ने पिरलो पनि छदैछ्।

Bloggers.com.np को प्रगती
करिब १३० ओटा blog link बाट सुरु गरेको nepalese blogger directory अहिले ५४४ ओटा पुगि सकेको छ । यि मध्य करिब ५४ जना महिला ब्लगर छन् र दैनिक् २-५ ओटा नया blogger ले आफ्नो ब्लग submit गर्छन् यस्को मत्लब नेपालि जनमानसमा ब्लगको महत्व बढ्दै छ ।

4/13/08

नयाँ नेपालको लागि नयाँ प्रतिनिधि

चुनावको नतिजा धमाधम आइ रहेको छ। मावोबादीहरुले भकाभक जिती रहेका छन। जनता/ नेताहरु मावोबादीका धेरै ठाउँको जितले चित खाइरहेका छन्। झन् काग्रेस र एमालेका नेताहरु त सपना हो कि भनेर चिमोट्दा हुन्। कहिलै नाम नसुनेका झक्कु प्रशाद सुबेदीले काठमाडौं क्षेत्र नं २ बाट जित्दा त बिचरा एमालेका महासचिब माकुनेको होसै उडेर राजिनामा सम्म दिए।
राजनीतिको प्रत्यक्ष असर देशलाई परेको हुनाले होला, बच्चा देखि बुढा सम्मलाई अब के हुने होला भनेर चासोको बिषय भएको छ । झन् अहिले नेपालका ५-६ वटा टि.भी च्यानल हुनाले पनि छिन् छिन् को अपडेट फनफनि रिमोट घुमाएर हेर्न कम्ता गजप भएको छैन। नयाँबर्षको आगमन सँगै नसोचेको नतिजाले सबैलाई रोमान्चित पारेको छ कत्तिले त ठीक्क पर्‍यो अब जनताले सबैलाई ठीक पार्छन “मौका आउछ पर्खदैन, बगेको खोला फर्कदैन" भने जस्तै सबै दल लाई एक एक मौका दिईसके अब मावोलाई हेर्ने पालो भनेका छन् अब यिनले पनि गतिलो काम गरेनन् भने फेरी यिनलाई पनि जनताले घोक्राउने छन् र नयाँ नेता एंवम रुपले चुन्ने छन् ।

नयाँ बर्षमा नयाँ नेपाल बनाउनको लागि छानिएका नयाँ प्रतिनिधि र नयाँ उमङ्ग लिएर बसेका सबैलाई मेरो शुभकामना!!

4/10/08

election update

विश्व लाई नै चकित पार्ने गरेर एतिहासिक चुनाव सम्पन्न भयो। जिम्मी कार्टर लगायत सारा विश्वले नेपालको शान्ती पूर्वक सन्चालन भएको चुनाव हेरेको हेर्यै भए।

चुनावको अघिल्लो दिन सम्म पनि के के न होला भनेर सबैमा त्रास थियो तर नेपालमै पहिलो पटक भएको सम्बिधान सभाको चुनावमा सहभागी हुन उत्साह पनि कम त थिएन। मेरो क्षेत्र न. ३ पर्दछ त्यहाँ करीब ६:३० बजे देखी लाइनमा मानिसहरु बसेका थिए । बिहान पख एकदम भिड थियो सबै जना समयमै भोट दिएर ढुक्क भएर बस्न चाहन्थे।
म करिब ११ बजे तिर भोट हाल्न जादा लाइन लामै थियो। पुरुष को भन्दा महिला को लाइन लामो थियो। के बुढा के युवा के जवान सबैको अनुहारमा एक किसिम को उत्साह देखिन्थ्यो । टाइफाइड् भएर बिरामी परेका पनि आफ्नो अमुल्य भोट खसाल्न आएका थिए ।


गर्मीले गर्दा सबै जना छाता ओढेर बसेका थिए र बेला बेलामा त्यहाँका volunteer ले पानी पनि सप्लाई गरी रहेका थिए। रातो घेरा भित्र म। करिब १ घन्टामा मेरो पालो आयो। लाइनमा बस्दा आइमाइहरु गफिदा समय बितेको पत्तै भएन।

यि ७० बर्षका बुढाले त एक घण्टा त्यस्तो प्रचन्ड गर्मीमा लाइनमा बसेर भोट हाले ।

केटा केटी हरु पनि आफ्नो आमाहरुको पछी लागेर रमाइलो हेर्न आएका थिए। बुढा बुढीहरुलाई बिशेष रुचीका साथ आएका थिए कसलाइ बोकेर ल्याइएको थियो कसैलाइ हात समातेर ल्याइएको थियो। उनी हरु भन्दै थिए आफु मर्ने बेलामा भबिस्यका सन्ततिलाई उज्जल नेपाल छोडेर जान चाहेको इच्छा राखे ।

3/28/08

भोट हाल्ने भाग्य

नेपालमा चुनाबी चहलपहलको रमिता सुरु भई सकेको छ। नेताहरु बाजा गाजा सहीत घर दैलोमा आएको रमाइलो पनि हेर्न लायकको छ। मेरो पनि जिबनमा पहिलो पल्ट भोट हाल्ने भाग्य उदाएको छ । भोटर लिस्टमा नाम पनि लेखाएर ठीक्क छ तर आफुलाई राजनीति र राजीतिक दलहरुका सिदान्त, निती नियम त्यति थाह नहुनाले कुनमा भोट हाल्ने भन्ने दुबिदा पनि रह्यो । कोही साथीहरुले रुखमा हाल्न पर्छ भने, कसैले झ्याम्म सुर्यमै है भने, कसैले यस्पाली भोट रेडियोलाई भने कोही साथीले उनका बुवा हलोमा उठेकोले हलोमै हाल्न भनेका छन् । मैले पनि हुन्न कसैलाई भनेकी छैन, सबैलाई हुन्छ नै भनेकी छु। :)

एकदिन यस्ता कुराले भएनन आँफै decide गर्नु पर्‍यो भनेर मुख्य मुख्य पार्टी घोषणा पत्र मज्जाले पढे। आमै नि!! घोषणापत्र त एक्से एक राम्रा थिए लाग्छ कि चुनावमा जिते पछी नेपाल त स्वर्ग हुन्छ। कुनै कुनै पार्टिका घोषणा पत्र हेरेर त म लाजले पानी पानी भए हन त्यो लेखेका कुरा साच्ची पुरा गर्लान त?

मेरा एक बिदेशी मित्रले भनेका थिए नेपालमा धेरै राजनीतिक चेतना छ जुन नेपालीले पनि राजनीतिका बारेमा बोलेको देखेर गम खाएका रैछन तर आफु चाँही कुनमा भोट हाल्ने कुरा finalize गर्दै थिए । मलाई लाग्यो मेरो एउटा भोट राम्रो मान्छे /राम्रो दल लाई जावोस्। त्यसैले मैले त सोची सके, के मा र कस्लाइ भोट हाल्ने भनेर। के तपाइले पनि सोचिसक्नु भयो?

I like to see a man proud of the place in which he lives.
I like to see a man live
so that his place will be proud of him. ~Abraham Lincoln
-------------------------------------------------------------------
I have no country to fight for;
my country is the earth,
and I am a citizen of the world. ~Eugene V. Debs