
रिप्लाई नै नगर्ने भए देखाउन मात्रै किन ईमेल address राखेका होलान् । Password को कुरा त ठिकै छ सफ्टवेर upgrade गरे होलान, सुबिधा पाइएला, राम्रै हो।
तर त्यो बाहेक नेपाल इन्भेस्टमेन्ट बैंकको दिनहुको सेलरोटी जस्तो घुमेको लाइन मैले बिर्सेंको छैन। लामो लाइन देखेर बैंकमा पैसा झिक्न राख्न नपरे हुन्थ्यो जस्तो हुने। कती चोटि बैंक अफ द इयर अवार्ड पाए भनेर जता ततै टास्छन यसरी जनता लाई घण्टौ कुराउदा अवार्ड पाइने रैछ। हामी जस्ता लाई के थाहा?
एक चोटि म र मेरो बोय्फ्रेन्ड अती जरुरी परेर पैसा निकाल्न गएका थियौ बैंकको लामो लाइनले गर्दा ATM बाट पैसा झिकौ भने मैले। ३-४ वटा ATM डुल्दा पनि मरिगए पैसा निस्किएन। सार्है हैरान भएर पुतलिसडकको ब्रान्च भित्र गएर यो atm कती बेला बन्छ होला भनेर सोध्यौ। Customer service मा बसेकी महिलाले झर्केर मान्छे त कहिलेकाही बिरामी परिन्छ मिसिन त बिग्रिहाल्छ नी खोइ था छैन कती बेला बन्छ बन्छ भनिन्।
Customer service को बोल्ने सोमत देखेर केही बोल्न ठीक नलागेर सरासर माथि गयौ। माथि म्यानेजरको कि कस्को कोठामा पुगेर त मेरा बोय्फ्रेन्ड अङ्रजीमा भुत्भुताउन थाले। त्यस पछी त ति मान्छेले केही नबोली तुरुन्तै सानो स्लिप भराएर पैसा तुरुन्तै ल्याइदिए। service charge तिरी तिरी पैसा राख्नु छ तेही माथि चाहिएको बेला आफुले राखेको पैसा झिक्न नपाउदा कस्तो हुन्छ होला त?
Investment bank मात्रै होइन अधिकाश बैंकमा चेक साट्न, पैसा राख्न लामो लाइन बस्न पर्ने बाध्यता छ।
एकचोटि म standard charted bankमा चेक साट्न गएको थिए लाइन यती लामो थियो कि मेरो पालो करीब १ घण्टामा आयो। लाइन बस्नेहरु पनि एक्छिन थचक्क कुर्ची
बस्न जान्थे फेरी लाइनमा बस्न आउथेनाम मात्रै standard, service चाँही झुर छ भन्दै एकजना त मुर्मुरिदै थिए हुन पनि हो १ घण्टा भनेको चानचुने होइन customer धेरै भए पछी counter पनि बढाउनु नि। लाइन बस्ने ठाउँमा टि.भी राखी दिएको थियो त्यो टि.भी पनि झिर झिर आएर सबैको टाउको खाइरहेको थियो।
न्युरोडको नेपाल बैंकको सम्झना त अझै बिर्सी नसक्नु छ। एक चोटि साथी नारायण र मैले काम गरे बापत नेपाल बैंकको चेक पाएका थियौ। दङ्ग परेर साट्न गयौ। चेक दिएपछी एउटी आन्टीले टोकन दिएको १ घण्टामा पनि पालो आउँदैन त । अहो ! न्युरोड, संकटा पुरै घुमेर टन्न खाजा खाएर फर्कदा पनि पालो आएन। हाम्रा पुर्खाले जानेका रैछन खाल्टो खानेर पैसा राख्थे कम्सेकम यस्तो सास्ती त हुन्थेन भनी सोच्यौ। आखिर ३ घण्टा पछी हातमा पैसा पर्यो । चेक पाएको उमङ्ग कुर्दा कुर्दा उडिसकेको थियो। खिन्न मुख लिएर अफिस पनि नगई घर फर्कियौ।
नेपालको बैंकको सास्ती मनमा ताजै थियो अष्ट्रेलिया आए । आफ्ना भए भरका कागज बोकेर खाता खोल्न गए । सोचे अब ३-४ दिन त लागिहाल्छ। commenwealth भन्ने बैंकको ढोकाबाट छिर्न नपाउदै एउटि महिला ले म के सहयोग गर्न सक्छु भन्दै आइन्। मैले बैंकको खाता खोल्न चाहेको कुरा बताए। उनले बडो आदर गरेर सोफामा बसालिन र एक्छिन कुर्न लगाइन करिब एक मिनेट पछी अर्की महिला आएर एकदमै कुर्न परेकोमा माफि मागिन । म त छक्कै परे कुरेको १ मिनेट पनि भएको छैन कस्तो अप्ठेरो लाग्ने गरेर माफि मागेको होला भन्ठाने।
धेरै कुर्नु पर्यो कफी खाने भनेर सोधिन मैले घुटुक्क थुक निलेर जाडो जाडो मौसम थियो खान त मन थियो । तर आ!!! कती पैसा ठटाउने हुन भनेर .. म ठीक छु म खादिन भने। तर फेरी पनि उस्ले सोधी its part of our service भनी मैले नो भन्न सकिन उस्ले पनि कती सुगर भनी मैले टु भने एकै छिनमा कफी मेसिन बाट मेरो कफी पनि रेडी भयो । अनी कफी खाँदै खाता खोल्न एउटा रूममा गोप्य रुपमा बस्यौ। १५ मिनेटमा मेरो सारा काम सकियो करिब ५ चोटि उस्ले थ्यांक यू भनी होला। म त अलमल परे कस्ले thank you भन्नु पर्ने हो भनेर।
आफ्नो काम सजिलै भएको देखेर दङ्ग पर्दै बाहिर निस्के। आफु ग्राहक भएर मान सम्मान पाएकोले मक्ख पनि भए। तर म धेरै बेर मख्ख पर्न सकिन। म त नेपाल जानु पर्छ फेरी तेही बैंकको लाइन, कर्कस स्वर सम्झदा फेरी नमज्जा लाग्यो। मलाई लाग्यो कफी त के पानी पनि आश गरेको छैन तर बैन्किङ सेवा साच्चिकै सेवा प्रदायक होस् भन्ने आशा छ।
लोडसेडिङ् बेला मैन बत्ती बालेर पढ्दै ~ दिनको २-३ घण्टा मैन बत्तिको उज्यालो पढ्दा त बिहान नाकमा कालो जम्ने सि सि गर्दैमा हैरान। एक चोटि त पढ्नमा मस्त थिए पढ्दा पढ्दै त अगाडिको कपाल डढ्यो त्यस पछी गाडीको ब्याट्रि ल्याएर बत्ती बाले एउटा ब्याट्रिले २ वटा सम्म चम्किलो बल्ब बल्दो रैछ।

मेल्बर्न लाई festivals र event को सिटी भनिन्छ। यहाँ दिनहु जसो केही न केही भई रहेको हुन्छ । आज यहाँ सार्वजनिक बिदा छ। नेपालमा घोडे जात्रा भने जस्तैयहाँ Horse racing हुने रैछ । यो Horse racing हेर्न बिभिन्न देशका सेलिब्रेटी देखी लिएर बिजनेसम्यानहरु र अरु थुप्रै थुप्रैले चाख लिएर हेर्न आउने रैछन् ।
यो एक किसिम को जुवा जस्तो पनि हुने रैछ । मनिसहरु घोडामा बाजि पनि राख्ने रैछन्। रेस जित्नेले मोटा रकम र कप पाउने रैछ । रेसको अर्को पक्ष भनेको फेसन हो आजको दिन सिटी नै फेसनमय भएको छ । केटा हरु सार्है फर्मल लुगा लगाएर जाने केटी हरु पनि ठुला ठुला hat अनी राम्रो डिजाइनका लुगा लगाएर race जाने हेर्न जाने रैछन् ।







सुचना प्रबिधी को मज्जा - मैले अष्ट्रेलिया बाट अर्डर गरेको चिज Muncha.com ले बाउको मुख हेर्ने दिन मा घरमै पुराइदिएछ।


आहा!! क्या मज्जा!! यो टुरिस्ट बसमा निसुल्क सबैठाउ घुम्न पाइने। सबै ठाउ घुमाउदै त्यो ठाउ सम्बन्धि जानकारि पनि दिने रैछ। यहाँ प्राकृतिक चिज हेर्ने भनेको समुन्द्र मात्रै रैछ। त्यो हेर्न पनि टुरिस्टको घुइचो लाग्ने रैछ । हाम्रो नेपालमा जस्तो अनगिन्ती प्राकृतिक स्रोतको धनी भएको भए त झन यहाँ के हुन्थ्यो होला?
Bhuwan bhai with nothface jacket and converse shoe in federation squire.


राजनीतिको प्रत्यक्ष असर देशलाई परेको हुनाले होला, बच्चा देखि बुढा सम्मलाई अब के हुने होला भनेर चासोको बिषय भएको छ । झन् अहिले नेपालका ५-६ वटा टि.भी च्यानल हुनाले पनि छिन् छिन् को अपडेट फनफनि रिमोट घुमाएर हेर्न कम्ता गजप भएको छैन। नयाँबर्षको आगमन सँगै नसोचेको नतिजाले सबैलाई रोमान्चित पारेको छ कत्तिले त ठीक्क पर्यो अब जनताले सबैलाई ठीक पार्छन “मौका आउछ पर्खदैन, बगेको खोला फर्कदैन" भने जस्तै सबै दल लाई एक एक मौका दिईसके अब मावोलाई हेर्ने पालो भनेका छन् अब यिनले पनि गतिलो काम गरेनन् भने फेरी यिनलाई पनि जनताले घोक्राउने छन् र नयाँ नेता एंवम रुपले चुन्ने छन् ।
गर्मीले गर्दा सबै जना छाता ओढेर बसेका थिए र बेला बेलामा त्यहाँका volunteer ले पानी पनि सप्लाई गरी रहेका थिए। रातो घेरा भित्र म। करिब १ घन्टामा मेरो पालो आयो। लाइनमा बस्दा आइमाइहरु गफिदा समय बितेको पत्तै भएन।
