4/23/07

Women in ICT : Book Published

.......Nepalese women together in crafting future directions for raising women’s voice in ICT sector. ICT should be used for promoting quality lives of poor rural women in Nepal.........

read more in book

Many thanks to Smriti ji for helping me to design layout of this book and many thanks to Shikha ji for wonderful support and thanks to Bellanet and Sap International for historic workshop and thanks to all people who were involved in making of this book.


4/22/07

केहि मिठा पल......

तिमी मेरो आँखा छलि छलि हेर्थ्यौ, म पनि नदेखेको जस्तो गरी दिन्थे, म सानी थिए तर मलाई ठुलो मान्छे जस्तो कुरा गर्नु पर्थ्यो, म जे पनि बोल्थे.. म ठुलो हुन चाहन्थे त्यो ताका मलाइ असल गुरु हुन मन लाग्थ्यो, इमान्दार मान्छे हुन मन लाग्थ्यो अनि सबैको प्यारो हुन मन लाग्थ्यो। म एस्तै कुरा गर्थे, तिमी मेरो अछ्छा स्रोता थियौ। एक्छिनको बिछोडको पिडा पनि तिम्रो न्याउरो अनुहारले देखाउथ्यो अनि मलाइ प्रेममा पागल मान्छे देखेर हासो उठथ्यो ।

म सबैका हात हेर्थे, तिमि पनि तेहि बहानामा मेरो हात छुन आयौ। तिमो हात हेरेर मैले सबै कुरा भने तिम्रो प्रेमिका चन्द्रमा जस्ति हुन्छ पनि भने सबै भनि सकियो तर तिमीले मेरो हात छोडेनौ मेरा मसिना औला दुख्यो, म ऐया भनेर चिच्याए । सबै जना ले के भयो भनेर म तिर हेरे.. तिमीले ठुला ठुला आखा पार्दै हात छोड्यौ मैले खुच्चिङ् भन्दै मुसुक्क हासेर कौसि तिर दौडे तिमी पनि मलाइ पछाउदै आयौ । चिसो सिर सिर हावा दुबै जना कौसि बाट खेत तिर हेर्दै छौ हावा तिमीतिरै बाट आएको थियो तिम्रो after save को बासना.. हावाले म तिरै ल्याएको छ, मलाइ मन्त्र मुग्ध बनायो मैले लामो सास लिए त्यसपछि म बिस्तारै घर तिर हिडे ।

मेरो हात अझै दुखि राखेको थियो मैले बिस्तारै बिस्तारै आफ्नै हात लाइ मुसारे अनि अन्जान मै चुम्नपुगे तिमि ले छोएका हातहरुलाइ……. मलाइ त्यो दिन हात धुन मन लागेन भोलि बिहान भयो फेरि तिमि सित भेट भयो त्यो दिन मैले आफ्नो चुलबुलापन देखाउन सकिन । म आफुलाइ धेरै ठुलि भए जस्तो लाग्यो, म लाजले तिमिलाइ हेर्न पनि सकिन तेसैले म पछाडि फर्केर बसे ।

मेरो कपाल लामो थियो तिमीले मेरो कपाल बिस्तारै छोयौ अनि भन्यौ यो कपाल काट्यो भने स्मार्ट् देख्छ। मलाइ छोटो कपाल मन पर्छ भन्यौ किन अहिले म राम्रो देखेको छैन र? म सोध्छु
होइन तेस्तो भनेको होइन तिम्रो जे इच्छा छ तेहि गर, मेरो लागि त तिमि जे गरेपनि राम्रि छौ….

म एक दम जिद्दि, हठि, मुडि मान्छे, एक्दमै अटेरि कसैको कुरा नै नसुन्ने तर त्यो दिन किन किन मलाइ उस्को कुरा मान्न मन लाग्यो मलाइ तेहि पल देखि कपाल भारि भो त्यहि दिन घर फर्कदानै मसरूम कट काटेर घर आए, घर आएर ऐना हेरे यसै त डल्लो मन्छे झन् डल्लो भयो जस्तो लाग्यो छ्या.. कत्ति सुहाएको जस्तो लागेन..

भोलि पल्ट आफ्नो मुडुलो कपाल कसैलाइ देखाउननै मन लागेन लाजले स्कार्फ् लगाएर गए.. … पछडिबाट कसैले मेरो टाउकोबाट बिस्तारै स्कार्फ् तान्यो अनि कान नजिक आएर भन्यो you are looking gorgeous.

to be continued.....

4/18/07

Computer Tech Support Calls(fun)

Sometime its really hard to give computer support from phone/chat. You can't even imagine, sometime customer ask so silly question and they do not use their simple brain to sort out the things. I have faced many time that kind of customer however I always try to give best tech. support :). One of my customer took one hour to find out ~ sign. Finally I made him to find out ~ sign. :)

Here is the some of funny technical support calls. It will really make you laugh. At the same time you will learn something also.
--------------------------------------------------------
Customer: Hi, this is Nima. I can't get my diskette out.
Tech support: Have you tried pushing the Button?
Customer: Yes, sure, it's really stuck.
Tech support: That doesn't sound good; I'll make a note.
Customer: No, wait a minute... I hadn't inserted it yet... it's still on my desk... Sorry....
-----------------------------------------------------------------------------------------------

Customer: I have a huge problem. A friend has placed a screen saver on my computer, but every time I move the mouse, it disappears.
-----------------------------------------------------------------------------------------------
Tech support: Your password is the small letter "a" as in apple, a capital letter V as in Van, the number 7.
Customer: Is that 7 in capital letters?
-----------------------------------------------------------------------------------------------
Customer: I can't get on the Internet.
Tech support: Are you sure you used the right password?
Customer: Yes, I'm sure. I saw my colleague do it.
Tech support: Can you tell me what the password was?
Customer: Five stars.

-----------------------------------------------------------------------------------------------
Tech support: What anti-virus program do you use?
Customer: Netscape.
Tech support: That's not an anti-virus program.

Customer : Oh, sorry...Internet Explorer.

-----------------------------------------------------------------------------------------------
A woman customer called the Canon help desk with a problem with her printer.
Tech support: Are you running it under windows?
Customer: "No, my desk is next to the door, but that is a good point. The man sitting in the cubicle next to me is under a window, and his printer is working fine."
--------------------------------------------------------------------------


here is the funny hindi sayeri, one of my friend forwarded me. have fun.

CLICK HERE to read funny sayeri.

4/12/07

छुन छ आकाश लाई…जित्न छ बतास लाई…

जीवन छ अध्यारो
बाच्न छ धेरै गार्हो
छुन छ आकाश लाई
जित्न छ बतास लाई

Abhaya and the steam Injuns को गीत जस्तै निरन्तर कम्प्युटरको माउस क्लिक क्लिक अनि किबोर्ड को फट फट । दिनभरी एउटै बाक्सा अगाडि अनि आकास छुने चाहना, बतास लाई जित्ने चाहना उफ् काम गरेर खानलाई कति गार्हो छ है ?

ह्या १० बजे सम्म सुत्छु अफिस सफिस जान्न, ब्रस् पनि गर्दिन , नुहाउदा पनि नुहाउदिन लौ जा त जे पर्ला पर्ला । फेरी ते गीत repeat हुन्छ ।

छुन छ आकाश लाई….. जित्न छ बतास लाई……

उठ्न करनै लाग्यो, आफ्नो गन्तब्य तिर लाग्न कर नै लाग्यो, ५१ वटा ईमेल Slow connection कस्तो सजाय हो यो mentally torture हुने क्या!!! 128kbps bandwidth रे bandwidth को नाम मा कलन्क ।

बल्ल बल्ल ईमेल तान्यो, हा हा हा एक्छिन मलाई हास्न दिनु है …., १ महिना भयो एउटा Chris भन्ने सँग project गर्न लागेको त्यसलाइ बल्ल थाहा भएछ म त केटी हो भन्ने , यो कुरो था भएर झन्डइ मुर्छा परेनछ, मलाई पनि तेस्को ईमेल पढेर खुब हासो उठ्यो । क्या जमाना आयो अर्चना भन्ने नाम पनि केटाको हुन्छ कस्तो सेन्स् नभएको मान्छे भनेर मुर्मुरिरहे फेरी एसो सोचे उस्लाइ किन दोष दिने यो त 21st century को Internet भन्ने बरदानले एस्तो भएको ।

एकजनाको ब्लगमा पढेको थिए Microsoft को CEO ले breakfast मा के खायो भनेर पनि चर्चा परिचर्चा हुन्छ रे, हाम्रो दाल भात को त के चर्चा भयो र ? तेसैले lunch को कुरा नगरम ।

पुग्नुछ कान्तिपथ एक्दमनै हतार छ ,बाटो मा टन्नै जाम छ। जुलुस् रैछ , के को जुलुस् के को .. आफुलाइ हतार भएको बेला जुलुस् आउनु पर्ने अझ ट्याक्सी चढेको बेला जुलुस
बिचरा म ट्याक्सी को मिटर हेर्नु बाहेक अरु बिकल्प छैन त्य्ही माथि ट्याक्सी ड्राइभरको लोक दोहोरी बाजा घन्केको छ , प्रभु सुन्न मन लागे आफ्नो कानमा मात्र headphone ठोस्नु नि।

मन बहलाउन मैले चाँही फेरि त्य्ही गीत याद गरे :
छुन छ आकाश लाई….. जित्न छ बतास लाई…..

कान्तिपथ पुग्न नसकेको बेला कता को आकास कताको बतास..पहिला कान्तिपथ पुगौ पछि रुखमा पुगेपनि आकासमा पुगे पनि पुगौला अनि बतासमै उडौला भन्ने भयो।

बल्ल बल्ल कान्तिपथ आइपुगियो कस्तो स्वर्ग आए जस्तो लाग्यो हत्तेरिका क्या बबाल जाम्!!! मान्छे भेट्नु पर्ने ११ बजे घडीमा १२ बज्यो Sharp भनेर आफै भनेको झन आफै १ घण्टा ढिलो , के सोच्यो होला है… आधुनिक युगका नारी यस्तै समयको ख्याल नभएको भन्यो होला । हा हा । । ।

फेरी दिनभर उहि फिट फिट , दिन खुशी पूर्वनै बित्यो भन्नु पर्‍यो अब साझमा घर गएर एउटा प्रोजेक्ट को लागि कम्प्युटरमा राम्रो डिजाईन कन्सेप्ट बनाउछु भन्ने सोचे Wow great!! भन्ने खालको डिजाईन बनाउछु भन्ने सोचेर हतार हतार घर आए एही गीत गुन गुनाउदै:

छुन छ आकाश लाई……. जित्न छ बतास लाई………..

घर आउँदा त लोडसेडिङ्ले भब्य स्वागत गरी रहेको रैछ, त्य्सपछि त कता को डिजाईन कताको कन्सेप्ट एउटै मैनबत्ती को साहारा छ Candle light dinner छ , रहर होइन बाध्यता छ जतिसुकै जे भएपनि…बत्ती लाई पनि कुर्नु छ , आकाशलाई पनि छुनु छ….. अनि बतासलाई पनि जित्न छ…..

Have a wonderful year.. wherever you're...
Happy new year 2064 BS.

4/7/07

5 tech gadgets for women

A look at technology with a feminine side

Here’s the latest gadgets to satisfy both the inner geek and girly girl:

1. Pink laptop
Sony VAIO C Series Laptop, Pink, Green & Silver Colors, $1,449.99.
- Designed to express personality, new line of slim notebooks comes in five hip colors.
- Backed by an Intel® Core™ 2 Duo processor, the VAIO C model also has plenty of power for high-speed computing and an energy-efficient battery life so you can enjoy games, music and movies longer.
- Weighting in at about 5 pounds.
- The model also serves as a well-equipped home theater away from home. It features a 13.3-inch widescreen display (measured diagonally).

*** मेरो परिसश्रमलाई साथ दिने, गरी खाने भाडो, I like the black/silver color laptops. pink is too much feminine. अतीनै झिल्की


2. Digital camera
Casio EXILIM Hi-ZOOM EX-V7 $399.99.

- Casio 7.2-megapixel
- This new model is the world's slimmest digital camera with a 7X optical zoom lens. Easily fits in a shirt pocket or small purse.
- "Auto Tracking AF" function follows moving subjects, keeping them continuously in focus until the photo is taken.
- Anti Shake reduces blur due to shaky hands and subject movement, using high shutter speeds and high sensitivity settings.
- Electronic camera shake compensation function eliminates blur when shooting in movie mode.
- Records 16:9 wide-aspect movies compatible with wide-screen TVs.

***Share the moment..... this is the perfect one but the price is abit expensive तर सामान दामि छ। For me camera is most essential तर अहिलेलाइ 5 mgpix ले पनि काम चल्छ ।


3.Fashion phone
Nokia 7380 Fashion Phone, $359.99.
- Accentuated with leather, cloth, metal, and ceramic-inspired finishes.
- Glass mirror display with light-enhanced effects.
- Capture the spotlight with a 2-megapixel camera.
- 2-megapixel camera, Video streaming.
- Bluetooth wireless technology.
- Shared memory of 52 MB for user data: contacts, text messages, Integrated music player for MP3/AAC/M4A formats.
- FM radio (requires stereo headset, sold separately).

*** I am always fund of new mobile phone set. My sis is sending me new mobile set as a birthday gift. haa haa i am so excited. पुरानोलाइ के गर्ने ? secondhand बेच्ने कतै ठाउँ छ ;-)



4.Pink XM radio
Pink XM radioXM Radio Pink Pioneer Inno, $199.99.
- Support the Susan G. Komen Breast Cancer Foundation's
fight against breast cancer. $30 from each inno sold and
activated go to the Komen Foundation.
- Live XM when portable or docked.
- MP3 (WMA) storage and play.
- 50 hours storage of XM recordings.
- Compatible with XM + Napster.
- Built-in wireless FM transmitter.

*** हरपलको साथी kantipur fm, image fm, classic fm, star fm, kath fm अरु सुन्दिन


5. MP3 WATCH
Origim's Superior Lady Diamond MP3 Watch D01, $109.99.
- All in one: MP3 Player for 3D Music (MP3, WMA, ASF), 512 MB Flash USB 2.0 drive to carry digital photos, documents and music all together.
- Built-in Digital Voice Recorder with MIC allows you to record 18 hours conversation.
- Max play time: 6-8 hours for full recharge
- Color: silver dial with pink bank .
*** यो चाँही काम लागेन मलाई , मोबाईलमै टाइम हेर्छु । girls you can try out who is really fund of diamond watchs.

4/2/07

मिस नेपालको चहलपहल

आज भोली जताततै मिस नेपालको चहलपहल रैछ आफु भने दिन रात कम्प्युटरमै बेस्त भइने । अस्ती बजार तिर घुम्न गएको त जताततै मिसनेपाल नै मिसनेपाल होर्डिङ् बोर्ड् मा, बिजुलिका पोलमा जताततै एत्रतत्र सर्बत्र। क्या काम् पाएछन् ad agency ले जस्तो लाग्यो। सधैंको जस्तो यसपालि पनि BICC भित्र भब्य मिसनेपालको प्रोग्राम हुने होला बाहिर चाँही बिरोध गरेर स्वागत गर्न राखिएको ढोका भत्काउने होलान, आखिर् केहि हुने भन्या होइन, किन बिरोध गर्नु पर्यो। बेकारमा समयको बर्बाद।

मलाइ त कहिलेकहि सोचेर अजिब लाग्छ बा यि मिस नेपालहरु मिस् वोर्ल्ड् मा गएर एउटा लिपस्टिक पनि जितेर आउदैनन अझ तिनिहरु कै फाइफुइ धेरै हुने। अझ live program पो हेर्न पर्छ त स्टेजमा गएर बोल्नै नसकेर राता पिरा हुन्छन, एक महिना सम्म personal development गर्दा रैछन स्टेजमा आएर त बिर्सने रैछन कि क्या हो । हा हा ।

अनि अर्को कुरा नि VJ, RJ अनि music video खेल्न मिस नेपालनै हुन पर्छ र? मिस नेपालको इतिहासले त एस्तै भन्छ मिस नेपाल हुन लागेको १०औ बर्ष हुदा पनि International level मा कसैले पनि आफ्नो नाम उज्जल बनाएको देखिएन।

आजको दिनमा नेपालको डाटा हेर्ने हो भनेको ५०% महिला पनि शिक्षित छैनन र अझै पनि महिलाहरु अत्याचार र अध्यारोमा पिल्सन बाध्य छन्। कठै उनको पनि रहर् होलानि मिसनेपाल हुने , फरर एङ्लिश् बोल्ने, पत्रीकामा नाम निकाल्ने, Interview दिने आदि इत्यदि। कठै यिनको रहर कस्ले बुझिदिने?

यदि talent hunt नै भनेको हो भने आफ्नो खुबी देखाउन मिसनेपाल प्रोग्राम मै जान पर्छ भन्ने छैन। competition नै हो भने मेची देखि महाकाली सम्मका सबैलाइ समान रुपमा ल्याउन सक्नु पर्‍यो ।

मेरो लागि त रुबी राणा भन्दा पासाङ ल्यामु शेर्पा नै महान नारी हुन जस्ले सगरमाथा चुमेर सबै नारीको प्रेरणा बनिन्, मेरो लागि उषा खड्गी भन्दा उषा नेपालनै महान नारी हुन जस्ले नेपालकै पहिलो सिडियो हुने आट गरिन, मेरो लागि पायल शाक्य भन्दा त "शिरिस् को फूल" लेख्ने पारीजात नै उच्च छिन जस्ले मदन पुरस्कार समेत जितिन् , मेरा लागि माल्भिका सुब्बा भन्दा मन्जुश्री थापा नै प्रेरणाकि स्रोत हुन जस्ले आफ्नो अमुल्य कृति दिएर हरेक नारीलाइ उठ्ने आवाज दिईन ।

Here is the beautiful quote I got from my sister.
One beautiful heart is better than
thousand beautiful faces...


लौ सबैको भलो होस्।

3/31/07

pumpkin post





Today, I bought this pumpkin from kabhre palanchowk. It costs only Nrs. 20.

Haa haa nice shopping. Actually I like the pharsi kya yummy…

Pumpkin Model : Mr. Utsal Shrestha.

3/30/07

Poker Software Developed in Nepal

Online Poker Production Company has developed the multiplayer poker software for the very first time in Nepal. Its a very high standard gambling software for the world’s Poker lover people. Technically, ebpearls pvt. ltd. supported this software to meet demands to run the internet based multiplayer poker application.
It took about 1 year for 10 people to complete the software. From this software you can play Poker from your home with the help of internet, mouse and keyboard. It connects to different payment gateways and payment processing companies. It also gives feature to view payment history and fund withdrawal for each player. Poker Software meets the highest requirements and standards in terms of secure gambling.


Poker software Development Company’s main target is to sell Poker software to various international Casinos and even Nepal’s casino can try this out for their foreign customer.

Software has full option to play poker and you will feel the real thrill while you play the game. You can even change the table screen, player’s avatar, watcher list, seat etc.

Beside that, Admin has full access to stop all games, block the player, pop-up message, can filter the foul language etc. Software is already launched and it’s using some of USA’s Casinos.

For more information, you can visit the
site
www.e-pokersoftware.com

However we have already proved that we can give the world class quality software and given us the opportunity we won’t be back to prove our self and we hope that Nepal can be the best destination country after the India for Outsourcing
.

3/28/07

Bloggers.com.np को प्रगती विवरण

साइट लाइभ भएको आज २ दिन भयो बिहान इमेल खोलेर हेर्दा त ब्लग submit गर्नेको ताती थियो आज लगभग ४0 जना जती ब्लगरको लिन्क थपियो एक्छिन को लागि त आम्मै कति रैछन नेपाली ब्लगर जस्तो पनि लायो तर सबैको उत्साहजनक सहभागी देखेर धेरै खुशी पनि लाग्यो हामी नेपाली जे जस्तो भए पनि एउटै छानामुनी मिलिजुली बस्न रुचाउने रैछौ । के मधेश , के पहाड्, के शहर सबै साझा नेपालमा रम्न चाहने र परि आएमा सबै एक जुट पनि हुन सक्ने रैछौ (अस्तिन को १९ दिन को जन्आन्दोलन देखेर भनेको) लौ मलाई त अरु भाषानै एक्स्प्रेस गर्न आएन ।

ब्लग सबमिट गर्नेमा CEO , डकटर, ज्योतिश, पत्रकार र अरु प्रोफेस्नलका देखि लिएर कलेज पढ्ने बिद्याथि सम्म छन र मधेस, पहाड, शहरिया र बिदेशमा बसेका दाजुभाइहरु पनि छन । ब्लग पनि अनेक थरिका रैछन, कोहिको पढेर हासो पनि उठ्ने, कोहिको दुखका कुरा पढेर मन खिन्न पनि हुने तर एउटा कुरा चाँही मैले याद गरेको सबै जनाको ब्लगमा कतै न कतै आफ्नो मातृभुमी प्रती अगाभ माया देखियो, चाहे उ नेपालमा होस् या नेपाल बाहिर होस् ।

Last but not the least, एउटा कुराले चाँही मेरो मन कुटुकुटु खाइ रहेछ त्यो के भने नि महिला ब्लगर को लिन्क त तेती भेटिएन नि लौन अब नारीहरु पनि जाग्नु पर्‍यो । अब ब्लगर दाजुभाइहरु ले नै आफ्नो दिदी बहिनी, गर्लफ्रेन्ड र श्रीमतीलाई सिकाउने हो कि?

3/26/07

ब्लगरहरुको लिन्क भएको साइट लाईभ भयो

वेबसाईट को नाम www.bloggers.com.np हो । एदी तपाईंको साइट वा ब्लग मा यो साइट्को लिन्क राख्न परेमा वेबसाईट मा गएर राईट साइडको कोड कपि पेस्ट गर्नु होला बाकी पछि लेखौला । अहिले अलि हतार मा छु ।

" DO U BLOG?
Are u Nepali?
Then let’s get together……….."
- blogger suresh

3/25/07

Nepalese blogger's link under one roof

लौ आयो नेपाली ब्लगरको लिन्क एउटै साइट्मा । नेपालीका लगभग १५० वटा ब्लग रैछन । के गर्नु आफुले पाउनु दु ख पाइयो, एसो फुर्सदमा ब्लग हेर्न पर्‍यो कि अरुको ब्लगमा गएर लेफ्ट साइड्मा क्लिक गर्न पर्ने । मेरै ब्लगमा पनि सबै को लिन्क राख्न खोजेको ब्लग नै भरियो हा हा... अब त्यही टेन्सननै टेन्सनमा यो साइट बन्यो साइट को नाम www.bloggers.com.np हुनेछ ।

.np को लागि mercantile मा कागजपत्र बुझाई सकियो अब २-३ दिनमा हुन्छ होला के गर्नु .com भै दिया भए ५ मिनेटमा आफैले गर्न सकिन्थ्यो डोमेनमा पनि नेपालीपन झल्काउन मन लायो क्या । तेहि भएर mercantile लाइ गुहार्न पर्‍यो ।

लौन अब वेबसाईट त तयार हुन्छ कसरी उत्घाटन गर्ने हो । एसो सोचे कम्प्युटरको दाँया बाया मैनबत्ती बाल्ने अनि माउस क्लिक गरेर टाइप गर्ने ताली बजाउन को लागि भाई लाई फकाउन पर्ला हा हा...
ल तपाईंहरु पनि आफ्नै कम्प्युटरबाट श्री गणेश गर्नु होला।

लौ साथीहरु वेबसाईट लाईभ नभए सम्म आफ्नो आफ्नो ब्लगको लिन्क ठीक छ कि छैन चेक गर्नु होला गर्ने के के गर्ने हो उहि "डिजिटल कान्छि" लाई इमेल गर्नु होला । लिन्क जम्मा पार्न सहयोग गर्ने बन्दना र डिजिटल कान्छि लाई धन्यबाद। प्रोग्रामिङको लागि हर्कजी लाई धेरै धेरै धन्यवाद।

अहिलेको लागि यहाँ क्लिक गर्नु होस् ।

3/24/07

Software Exibition - CAN Softech

CAN Softech is one of the activities of Computer Association of Nepal (CAN) that brings national and international software developers/products under single umbrella for business promotion, exhibition, and knowledge transfer. This will be an opportunity to share ideas, demonstrate products and services, and information exchange for national and international software developers/products and software users/professionals engaged in various IT related industries. Separate time slots and premises are allocated for demonstration of products. Its main objectives is to promote local software industry and to create ICT employment opportunities.

Exibitors Links:

- Busy Infotech Pvt. Ltd
- DESIGNCO Pvt. Ltd.
- Devdas Manandhar
- High Tech Valley
- Hitech Solutions & Services Pvt. Ltd.
- Himalayan Technologies Pvt. Ltd.
- IMS Himalayan Sangrila Pvt. Ltd.
- Mercantile Office Systems
- Mandla Systems
- Mazda International Computech
- Mount Digit Technology
- Nepal Data Systems Pvt. Ltd.
- Nepasoft Solutions Pvt Ltd.
- Professional Computer Systems
- Radiant Infotech Nepal (P) Ltd.
- Sustainable Solutions
- WorldLink Technology Pvt. Ltd.
- Yalamanchili Conultancy Services Pvt. Ltd


-source CAN website



**I believe that some day CAN will do exhibition on web application also because most of the IT Company is developing website/web based application and outsourcing them it’s also creating opportunities for many Nepalese People. We can’t simply ignore it.





3/22/07

our influence

- Give, and you will have.
- Teach, and you will learn.
- Listen, and you will be understood.
- Live with kindness, and kindness will live with you.
- Respect, and you will be respected.
- Be truthful, and it will be nearly impossible for others to deceive you.
- Keep a generous spirit, and your life will be filled with abundance.
- Seek to bring out the best in others, and they'll give you the best that they have.
- Give your genuine encouragement to those who thirst for it most, and you'll be encouraged beyond all measure.
- Speak positively of your world, and your world will be a rich and fulfilling place.
- The world you influence with your thoughts, words and actions is the world in which you live.
- Always be your best, and that world is a great place to be.

- Ralph Marston

3/17/07

Save Tiger


“We humans have with planet , Earth and all her creatures,
it wishes for unconditional love and care for all Earth's animals and plants.”
- Johanna Pieterman

माथि को चित्र त हेर्नुभयो होला यो मेरो मन पर्ने चित्र मध्य एक हो । झटै हेर्दा कस्तो सेक्सी चित्र भन्छन सबैले तर मलाई कहिले पनि त्यस्तो लागेन, मलाई त एकदम प्राकृतिक(natural)लाग्छ । यो चित्र ले मानब र जनावरको सम्बन्ध झल्काएको जस्तै लाग्छ, यो चित्रको कथा म भनि हालौ है ।
खास् म यो केटी अन्धी हुन्छे उसलाई कसैले पाएर बनमा फलिदिएको हुन्छ तर यि दुई बाघले पालेर ठुलो बनाएको हुन्छ र हर बखत उसलाई सुरक्षा दिएको हुन्छन, जुन कुरा चित्रमै प्रस्टै छ ।

अब सोककै कुरा गरौ , मलाई बाघ सम्बन्धी एति सोक छ कि एस्को बोल्ड्नेस्, रङ , रुप को सधैं म प्रसन्सक् हु । मलाई कुकुर कहिले पनि मन परेन, स्कुल पढ्दा ८०% का मनपर्ने जनावर त कुकुर नै हुन्थ्यो तर मलाई त कुकुरको पर्सनालिटीनै नभए जस्तो लाग्छ सोझो साझो लाई भुकी हाल्ने, डन्डा देखायो भने लुतुक्क पर्ने ।

अर्को कुरा कुकुर ले सुरक्षा दिन्छ रे, चोरी हुन बाट जोगाउछ रे अबुइ नि के को जोगाउनु नि उस्तै चोर आयो भने त कुकुर कै बाजे भए पनि चोरी बाट जोगाउदैन अहिले साईरन बजाउने प्रविधी आएको रैछ । टोलभरि सबैले आफ्नो आफ्नो घरमा साईरन जोडने अनि चोर आयो कि त्यो साईरन बजाउने त्यसपछि त चोर भागाभाग हुने रैछ, हुन पनि त्यो साईरन एती चर्को बज्दो रैछ कि सबै टोल भरि थाह हुने अब यस्तो मोडर्न प्रविधी आएपछि सुरक्षाको लागि कुकुरमा किन भर पर्न पर्‍यो र?

लौ लेख्दा लेख्दै टपिक नै काहा पुग्यो, यो ब्लग भनेकै यस्तै आफुलाई मन लागेको कुरा लेख्न पाइने । अब बाघ तिरै फर्कौ...

मलाई सानै देखि बाघ मन पर्ने हुनाले सधैं नजिक बाट नियाल्ने, छुने चाह सधैं नै भयो एउटा सानो कुरा याद आयो, म तेस्तै ६-७ बर्ष को थिए होला तेती बेला म सल्यान भन्ने ठाउँमा थिए कसैले मलाई तर्साउन को लागि तल जंगलमा त बाघ आउछ भन्यो त्यसपछि त मलाई के चाँहीयो र, शनिबारको दिन एक बोत्तल पानी र बिस्कुट लिएर साथीकोमा जान्छु भनेर घरबाट बनतिर ओरालो लागे बन सुरु भयो सल्लानै सल्लाको रुख हिंड्नै नपर्ने सल्लाको पातमा चिप्लदै चिप्लदै जंगल को बिचमा पुगे मनभरि बाघ लाइ देख्ने उत्साह र उमङ्ग थियो । चरा चुरुङिको चिर्वीर चिर्वीर सुनिन्थ्यो, रुखको पातले आकाश छेकेकोले अलि अध्यारो थियो, कति बेला कति बेला सरयाक सुरुक आवाज पनि आउने तर मलाई बिश्वास थियो बाघ पक्कै आउछ भनेर तर जंगलको बिच मा धेरै बेर बस्दा पनि बाघको अत्तोपत्तो भएन त्यसपछि निरास् भएर म उकालो लागे । त्यो दिन तेसै बित्यो भोली पल्ट बिहानै ठुलो खैला बैला सुने हिजो त साचिकै बाघ आएको रैछ र चराउन लगेको बाख्रा पनी खाइदिएको रैछ उफ् त्योदिन चाँही कस्तो मैले बाघ भेटेनछु भनेर मनमा खिन्न लागिरह्यो तर अहिले सोच्दा ठिकै भएछ बाघ नभेटेर, भेटेको भए त मलाई कप्ल्याक कुप्लुक खाइदिन्थ्यो होला, फेरि अहिले यसरि ब्लग कहा लेख्न पाउथे र हा हा :) :)

WWW (World Wildlife Federation) अनुसार नेपालमा अब सरदर जम्मा बेङाल(Bengal Tiger) जात का बाघ ३५० मात्र छन रे । यसलाइ मुख्यतय छाला र अरु शरीरका बिभिन्न भाग पुरानो चलन अनुशार औषधी उपचार को लागि प्रयोग हुने हुनाले चोरी सिकारी बढेको हो । यसलाइ नजोगाउनेको हो भने त अबका भाबी पिढीले चिडियाखानामा समेत देख्न पाउने छैनन र म जस्तै बाघ मन पराउनेले त पक्कै पनि आफ्ना अघिल्लो पुश्ता लाइ सराप्छन । हामी चाहन्छौ कि बाघ भन्ने जनावर डाइनोसर जस्तै चित्रमा देखाउन नपरोस् र नेपाल कै जंगल मा पनि बाघ आउथ्यो नि भनेर कथा हाल्न पनि नपरोस ।

Lets SAVE TIGER .

बाघ सम्बन्धी जान कारी दिन को लागि मैले एउटा वेबसाईट बनाएको थिए फुर्सद भये आफुलाइ मन परेको टपिक क्लिक् गर्नु होला

> About Tiger
> Tiger Myths
> Tiger Poem
>
Tiger Arts
>
Tiger picture
>
Tiger Quotes
>
Why should we save tiger?


*picture2 by Johanna Pieterman

3/8/07

another beautiful day….

"Keep your face to the sunshine and
you will not see the shadows." - Helen Keller

Today I’ve got something to share with as I am very excited, happy and encouraged In this day of “International Women’s day”.

I have been going through very tight schedule and for me even single hour means a lot. I have a dead line till 9th march to complete a project in an environment where we have to face six hours of load shedding a day.

I was a called to attain a program organized by Patan Lady Jaycees Being running out of time I decided not to attain the program but suddenly I came to know that there is going to be a 3 hour load shedding in our area so I made up to attain it.

Being Women’s Day the program was presided by Vice Speaker of Parliament Ms.Chitra lekha Yadev. It was a program to facilitate ex and present JC Ladies And also facilitate to encourage 8 ladies for their contributions in different fields like sports, education, literature, handicraft, science and technology etc. Suddenly I heard my name being announced and was called upon the dais to take a memento from Ms.Chitra lekha Yadev. It was facilitation towards my contribution in the field of information Technology. Out of all the 8 categories I was to be the youngest achiever. Soon than I saw a hand being extended towards me by Ms.Ambica Shrestha, Owner of Dwarika's Hotel and she said ”Wow Science, Well done!!” and sake my hand. For instance, I was norm and couldn’t speak a word, but to me it was great honor and encouragement as I have always considered Ms.Shrestha to be a great women entrepreneur, she has always strived to create one’s value in the society with a lots of competition towards social values and have also attained that peak to be a great women.

Sometimes even a small word of praise could motivate us and same happen to me. In this day of "International Women day" I pray for well being of all women and want to say come forward to be competitive in this society.

+ Awards/Merits Link

3/3/07

केही राम्रो कुरा सुनौ न ।

आज बिहान देखि मलाई राम्रो कुरा सुन्ने मन छ त्यो पनि सबै को आफु भित्र भएको राम्रो कुरा,
नराम्रो कुरा सुन्ने पट्क्कै मन छैन कृपया सबै ले आफ्नो आफ्नो राम्रो कुरा लेख्नु ल ।

५ वटा बुदामा , अनि पछि म पनि लेखौला । अप्थ्यारो नमाने हुन्छ । आफ्नो राम्रो कुरा भन्न के को लाज होइन त । तपाइ को राम्रो कुराले कसैलाइ लाइ प्रेरणा मिल्न सक्छ नि ।
all the best.... carry on......

3/2/07

first lady in nepal

"We can do anything we want to do
if we stick to it long enough."--Helen Keller


There is a story of two wise men speaking together, one asks the other, “What is it that makes a great wise man?” the other one responds, “That’s easy. It’s someone who never stops trying to become a great wise man.” “But that’s crazy,” says the second man, “because he already is a great wise man.” “Yes,” says the first, “but that’s only because he never stops trying.”

Here is the List of Nepal’s first women, who did hard work to get this title.

Climb the Mt. Everest- Pasanglhamu Sherpa
Principal - Angur Baba Joshi
Engineer- Kanti Malla
Pilot- Raksya Rana
Minister- Dwarika Devi Thakurani
Kingship- Maya Devi, Binydevi, Radhadevi, Dharmadevi
Police Inspector- Neelam Devi
Woman Justice- Sharada Shrestha
C.D.O- Usha Nepal
Receive Madan Puraskar- Parijat
Ambassador- Bindeshwari Shah
Municipality Member- Sadhana Devi Pradhan
Party President- Pampha Bhushal
Editor- UMA Kumari Kamasksya,Kumari Sadhana Pradhan
Get Driving Licenses- Manchhura Devi
Lok Sewa Ayog's member- Uma Pandey
Film Actress- Bhuwan Thapa (Chand)
Secretary of HMG- Chandra Kala Kiran
Pass the SLC- Prabha Rajya Laxmi Devi Rana
Board First in SLC- Luna Bhatta
Ph.D.- Prabha Basnet
Ph.D from T.U.- Bindu Lohani
Ph.D. in - Banira Giri
Ph.D. in Nepali- Subhadra Subba
Ph.D. in Psychology- Araju Rana (Deuba)

2/19/07

सुचना तथा संचार प्रविधी आइटी पार्क बाट होइन, गाउ गाउ बाट सुरु हुनु पर्छ

अहिले म जुन भाडो अगाडी बसेको ब्लग टाईप गरिरहेछु, कति गाउले दिदी बहिनि/दाजु,भाईको लागि यो त रहश्यमय बक्सा नै होला नेपालको डाटा केलाएर हेर्ने हो भने प्रत्येक एक हजार जनामा ३२ जनाले टेलिफोन लाइन पाउछन्, ८ जनाले टिभि, ३९ जनाले रेडियो र ५ जनाले मात्र कम्प्युटर चलाउन पाउछन् ।

यो डाटालाई पनि शहरी क्षेत्रले मात्र धानेको होला गाउको ५% मात्र होला यो डाटालाई कसरी बढाउदै लाने त भन्दा यो काम त सरकारकै हो भनौला तर यहाँ एउटा एस्तो सफलताको कहाँनी लेख्दै छु जस्को अथक प्रयासले म्याग्दी जस्तो ठाउँमा ईन्टरनेटको सुबिधा त्यहाँका मानिसले पाइरहेका छन् ।

मलाई त जहिले पनि गाउको बिकास नभै शहरको बिकास हुँदैन जस्तो लाग्छ र गाउले नै देश को प्रतिबिम्ब देखाउछ र यो कुरा लाई म्याग्दीका महावीर पुन ले प्रमाणित गर्दै कम्प्युटर मार्फत आफ्ना गाउबासी लाई बिश्व शयर गराइदिएका छन् । अब कथा अगाडि बढाउ, १९९७ मा महावीर पुनले पहिलो चोटि ईन्टरनेट जोडने इच्छा राख्न्नु भो । त्यतिबेला हिमान्चल स्कुलमा चारवटा अस्ट्रलियन विद्यार्थीले उपहार दिएको कम्प्युटर थिए । तर त्यतिबेला त्यहाँ ईन्टरनेट जोडन फोन लाइन थिएन, satellite फोन को लागि राजनीतिज्ञ हरुलाई धेरै चोटि पुकार्दा पनि वास्ता गरेनन् ।

तर उहांले हिम्मत हार्नु भएनछ । २००१ मा बिबिसी लाई उहांले सस्तो ईन्टरनेट जुन गाउंको लागि उपयुक्त छ त्यस्को बारेमा बत्ताईदिन एउटा लेख पठाउनु भयेको रहेछ । बिबिसि को त्यो लेख प्रसारन पछि बिभिन्न देशका मान्छे ले सहयोग का हात बढायेर उहालाइ भरपुर इन्फर्मेसन दिएछ्न र पछि बिभिन्न देशका मान्छे आएर महावीर पुनसगै wireless networking का लागि धेरै
टेस्ट गरेछन् । खुशीको कुरा त्यो त सफल भएछ ।

बिभिन्न देशका मान्छेहरुको सहयोगमा ७ बर्ष पछी यो प्रोजेक्ट सफल भएछ अगस्त २२,२००३ देखि वाएरलेस एकुइप्मेन्टले काम गरेको र त्यहाँ देखि निरन्तर रुपमा इन्टरनेट को सुबिधा म्याग्दीबासीले लिन पाएका रहेछन ।

दुखको कुरा पनि छ नेपाल सरकारले अहिलेसम्म लाइसेन दिएको रैनछ, टेक्निकल्ली यो networking अबैधानीक हुन्छ जस्ले गर्दा आफुलाई चाँहीएको equipment जस्तै Wi-fi radios र antenna बिदेश बाट ल्याउन नपाईने हुन्छ । तर उहा ले हिम्मत हार्नु भएको छैन ईंग्लिशमा एउटा भनाई छ नि " where there's a will, there's a way" त्य्हीलाई साथ लिदै अशम्भब लाई सम्भब बनाउदै आउनु भएको छ ।

अहिले महावीर पुन Nepal Wireless Networking Project को टिम लिडर हुनुहुन्छ र यो सुबिधा कास्की, पर्बत र म्याग्दी जिल्ला भरि बिस्तार गर्ने योजनामा हुनुहुन्छ ।

महावीर पुन जस्ता हरेक गाउमा जन्मन पर्छ अनि मात्रै हाम्रो गाउको बिकास हुन सक्छ, उहाको राम्रो कामलाई सलाम छ ।

Picture source: nepalwireless website

Data info : various website

2/18/07

my nepal, my pride, my slide

I always admire Nepal's beauty. Today i got some time to create slide. It may take few minute to load. Thanks to all photographer for beautiful pictures.

2/16/07

Olny srmat poelpe can raed tihs!!

New rscheearch at Cmabrigde Uinervtisy
The phaonmneal pweor of the hmuan mnid, aoccdrnig to a rscheearch at Cmabrigde Uinervtsy, it deosn't mttaer in waht oredr the ltteers in a wrod are, thhe olny iprmoatnt tihng is taht the frist and lsat ltteer are in the rghtit pclae. The rset can be a taotl mses and you can sitll raed it wouthit a porbelm.Tihs is bcuseae the huamn mnid deos nto raed ervey ltteer by istlef, but the wrod as a wlohe.

I awlyas tghuhot slpeling was ipmorantt! :)