4/16/09

मैले सपना देखेको छु।

आमा अब मलाई जुठा भाडा माज्न अप्ठेरो लाग्ने छैन।
तिमीलाई हरेक बिहान बेलुका सगाउने (kitchen hand) छु।

दिदी तिमी अब मलाई घर सफा गरेन भनेर कराउने छैनौ।
म त एस्मा पोख्त (cleaning) पो भई सकेको छु।

बुवा तपाईं त जहिले पनि फोहरी भनेर गाली गर्नु हुन्थ्यो नि,
अब त मैले दिन दिनै नुहाउन(shower) सिकेको छु।

छि छि एस्को कोठा हेर त भनेर पाहुना हास्न पाउने छैनन ।
मैले त अब रामरी सफा गर्न (housekeeping) पो जानेको छु।

नेपालमा अब अली अली RAP पनि झार्ने छु।
किनकी मैले थोडा बहुत ईंग्लिश ( hello mite !!) पनि जानेको छु।

पैसा कमाउन खासै गार्हो हुन्न रैछ।
अब त २४ सै घण्टा(back to back) काम गर्न नि जानेको छु।

Girlfriend मोरी छोडेर गए नि पिर छैन ।
अब त अर्की पट्टौन नि जानेकै छु।

नेपालमा जादा कोही हिरो वा मोडेल भन्दा कम देखिने छैन म
किन कि अली अली कपाल पालेको छु, रङाएको छु अनी सानो तिनो ट्याटु नि खोपेकै छु।

छिमेकीहरुले यो आवारा, काम नभएको डुकु लन्ठो भन्न पाउने छैनन्
किन कि अब पोडेको (toilet cleaning) काम गरेर पनि बाउ आमालाइ पाल्ने भएको छु।

धन्न बा आमा बेलैमा रिन धन गरेर बिदेश पठाउनु भएछ।
किन कि दिमाखको बत्ती त यहाँ आएर
पो बालेको छु।

चोरेर खान्न, ढाटेर खान्न,अल्छि हुन्न
असल काम मिहेनत गरेर खान पो जानेको छु ।

Kfc खान्छु mc Donald खान्छु
परी आएमा ढिडो, सातु अनी सिस्नु पनि खान्छु।
पढि सकेर आमा म तिम्रो काखमा निदाउन अनी नेपालमै काम गर्न आउछु।

this one is dedicated to all the student, studying in abroad and to all lovely mothers of nepal.

4/7/09

काठमाडौंको घर जग्गा मेल्बर्न भन्दा नि महँगो

नेपालमा बस्ने लाई त था नै होला काठमाडौंको घर जग्गाको भाउ कसरी उर्लेको छ भनेर । बिस्व बजारमा मन्दी आइरहे पनि नेपालमा घर जग्गाको भाउले आकाश छोइरहेको छ। साधारण जागिर खाने मान्छेले काठमाडौंमा घर जग्गा जोड्छु भन्ने सपना मै मात्रै सिमित हुने भो। अहिले सुन्नमा आएको छ कि आय स्रोत खुलाउन पर्ने हुँनाले किनबेच कम भएको छ तर मुल्य चाँही घटेको छैन रे।

करिब आठ महिना अघी मेरा आफन्तले घर जग्गा किन्न थालेका थिए म पनि कत्तीनै जाने सुन्ने भएर जग्गा हेर्न गएको थिए । मेरा फेरी पारा नै छुट्टै थियो मज्जाले ठाटिएर हाइ हिल लगाएर गइयो गाडीमा जाने गाडी मै आउने भन्ने हेतुले। हामिलाई पुग्नु थियो भक्तपुर। ललितपुर् हुदै भक्तपुर र भक्तपुर बाट छल्लिदै छल्लिदै NEC College सम्म पुगियो। नेक कलेजबाट नि उतै पुगियो। त्यस पछी हिंड्न पर्ने भो त्याहा बाट कुनै सवारी साधन नजाने भो अहो!!! अब मेरो हाइ हिलको पिडा आँफै गेस गर्नु होला अनी बुझ्नु होला करीब १५ मिनेट हिडियो सानो गोरेटो बाटो , गाल्टाङ गुल्टुङ बाटो । कस्तो सुन्सान कहाँ पो आइयो जस्तो लाग्यो।

हिड्दै जादा डाडो जस्तो ढिस्को आयो त्यहा गाई र बाख्रा चरिरहेका थिए, साना तिना बुट्यान् पनि थिए। भिरालो भिरालो पहाड जस्तो थियो। मेरो जुत्ता खुट्टाबाट हातमा पुगी सकेको थियो। खै जग्गा आएन मेरो प्रश्न तेर्सियो।जग्गा मिलाउने लमिले उज्ज्यालो मुख पार्दै भने यही हो जग्गा

हामि त तीन छक् परेर आफन्त र म त मुख हेरा हेर ग-र्यौ। ए बा ! बा! जग्गा खोइ त यस्को सिमाना खै त? भनेर सोध्यौ । केही न केही को थोत्रो नक्सामा देखाएर यि यही हो नक्सामा देखाएर यो बाटो हो ।यो सिमाना हो भन्छ। यसो डाडोको पर गएर हेर्दा त सिधै भिर थियो। त्यस्तो नि घडेरी रे। जाबो एउटा मकै त उम्रेको छैनकेही न केही को थोत्रो नक्सामा देखाएर यि यही हो नक्सामा देखाएर यो बाटो हो भन्छ । यसो डाडोको पर गएर हेर्दा त सिधै भिर थियो। त्यस्तो नि घडेरी रे। जाबो एउटा मकै त उम्रेको छैन त्यस्तोमा के को घर जस्तो लाग्यो। अझ अचम्म त तब लाग्यो जब मुल्य था पाइयो । आना को १ लाख ६० हजार रे।

Valleyhomes, Nepal, elm type home it costs 1 karod 75 lakh.

ए प्रभु !! रक्षा गर !! भन्दै त्यहाबाट हामी त सुइको ठोक्यौ। कसम !! त्यो दिन पछी मलाई कसैले घर जग्गा हेर्न जाउ भन्यो कि हासो उठ्न लाग्यो। त्यस्को केही महिना पछि म अष्ट्रेलिया आए। ति आफ्न्तले पछी मलाई च्याट्मा सुनाए । थुइकक् त्यो जग्गा लिनु पर्ने रैछ अहिले त आनाको ५ लाख भयो रे।

ए राता मकै भनेको जस्तो भयो। ६-७ महिनामा त्यस्तो बाख्रा चर्ने भिरमा त्यस्तो नाफा देखेर। न बाटो छ, न वर पर घर छ, न केही सवारी साधन सुबिधा छ, न बत्ती को पोल छ, पानीको पाइप छ केही न केही को त्यस्तो बाँदर लड्ने भिरको पैसा उर्लेको देखेर म पर्न सम्म ट्वा: परे नेपालको यस्तो चाल देखेर अष्ट्रेलियामा घरजग्गा किनबेच कस्तो हुदो रैछ भनेर कुत्कुताइ रह्यो।

BAYSWATER, Melbourne, it costs aud$325,000 around 1 karod 79 lakh nepali

यसो ईन्टरनेटमा real estate को साइट हेरेको Melbourne मा नेपाली करिब २ करोडमा सिटीबाट ४० मिनेट drive मा राम्रो राम्रो सुबिधा उक्त घर पाइने रैछ। लौ यो लिन्क हेर्नुस् त। जब कि नेपालको मेन area मा त्यो भन्दा महँगो पर्ने गर्छ अष्ट्रेलियाको डलरको हिसाबमा नेपाली रुपैयाँ ५० गुना सानो छ त्यो हिसाबले त नेपाली ५० हजारमा राम्रो घर आउनु पर्ने हो।

साधारण पाच-दश हजार कमाउनेले करोडौ पैसा कसरी कमाउने, आफ्नो घर जग्गा जोडेर हासी खुशी सुखी बिताउने सपना कहिले साकार पार्ने? जथाभाबी virtual रे रे को भरमा भाउ बडा बड गर्दा नेपालको अर्थतन्त्रमा USA जस्तो भबिस्यमा भयङ्कर प्रभाब पार्न सक्छ। यो बारेमा सबैको ध्यान जावोस। सबै जनाले टाउको छोप्न छाना पाउन। सबैको घर बनाउने बेसिक सपना पुरा हुन सकोस including me :)


A man travels the world over in search of what he needs
and returns home to find it. -George Moore



3/26/09

हल्लै हल्लाले सबै अष्ट्रेलियाका युबती शन्काको घेरामा


म सोची रहेको थियो यो बिषयमा केही लेख्दिन किन कि यो यस्तो सम्बेदनशील बिषय हो जुन कुराको ठोस प्रमाण नभेटी हावा को भरमा लेख्दा आफ्ना घर परिवार, आफन्त र देशलाईनै चिन्तिन बनाउन सक्छ।

जब नेपालमा अष्ट्रेलियामा नेपाली युबतीहरु देह ब्यापारमा लागेको भनेर पत्र पत्रीकामा छापियो। जवान छोरीहरु पढ्न अष्ट्रेलिया पठाएका बाबु आमा र आफ्न्तका मुटुमा ढयाङ्रो ठोकियो । नेपालबाट धेरै जसो छोरी चेलीको घर बाट के हो एस्तो हल्ला सुनिन्छ नि भनेर फोन आयो। देश मात्र नभएर अरु बिदेशबाट पनि आफ्न्तहरुले फोन गरे। यो समाचारले अष्ट्रेलियामा भएका सबै केटीहरु शन्काको घेरामा परे। यहा पनि नेपाली समुहमा खैला बैला मच्चियो । अहो!!! कस्ले यस्तो काम गरेछ ह !!! एस्तो किन राजदूताबास जस्तो ठाउँ बाट यस्तो गरजिम्मेबारी पूर्वक समाचार ठोस प्रमाण नभै नेपाल पुरयायो भनेर हल्ली खल्ली मच्चियो।

खासै भन्ने हो भने नेपाली दुताबासपनी यहाँ छ है भन्ने जब सम्म एस्तो खबर निस्केन यहाँका नेपालीलाई सुइको सम्म थिएन आफ्नो दु:ख त यहाँ आएका नेपालीहरु आँफै सँग छ। नेपाली दूताबासले साधारण इन्फर्मेसन पनि नेपालीको हितमा दिएको पाइदैन। जस्तो मैले ईण्डियन दूताबासको एउटा पत्रीका पढेको थिए जस्मा विद्यार्थीहरुलाई बिभिन्न जानकारी दिएको थियो जस्तै

" ५ बर्ष अघी मेल्बर्न सुरक्षित मानिन्थ्यो तर अहिले विद्यार्थीले अली सचेत हुनु पर्ने भएको छ । राती हिडडुल गर्दा, राती काम बाट फर्कदा laptop, ipod, महँगो मोबाईल , क्रेडिट कार्ड, डेबिट कार्ड र धेरै पैसा नबोकन्ने, सजिलै job कसरी पाउने, job पाउन के के ट्रैनिङ लिने र ट्रैनमा समुहमा चढदा ठुलो ठुलो स्वरले नबोल्ने" आदी इत्यादी जानकारी थियो।

तर खै नेपाली दूताबासले त अहिले नेपालीको हक हितमा सिन्को सम्म भाचेको सुनिएको छैन।

धन्न नेपाली दाजु भाई दिदी बहिनीहरु बहादुर हुनु हुन्छ र जस्तो सुकै दु:ख आए पनि संघर्श गरेर जीवन यापन गरी राख्नु भएको छ।

यदी कोही रहरले नभएर बाध्यताले त्यस्तो पेशामा लागेको छ भने दूताबासले मात्र होइन हामी सबै अष्ट्रेलियामा बसेका नेपाली मिलेर उद्धार गरेर समस्या सुल्झाउन तत्पर हुन पर्छ । बिदेशमा आए पछी हरेक नेपालीहरुले आफ्नो देशको इज्जत काधमा बोकेर हिंडेको हुन्छ र एक नेपालीले गरेको गल्तीले सबै नेपाली र देशकोनै इज्जत खराब पार्न सक्छ। एन आर एन अस्ट्रेलियाले पनि नेपाली महिला विद्यार्थीको सवालमा चलेको हल्ला माथि छानविन गर्ने तयारीमा छ रे अष्ट्रेलियामा बसेका नेपालीहरुले समाचारको बारेमा दुतावासको स्पस्टिकरण माग पनि गरेका छन्।

3/19/09

भगवान तिमीलाई कसरी खुशी पार्ने? कुनै shortcut पो छ कि?

हाम्रो भगवान प्रती आस्था स्वार्थी छ । एक रुपैयाँको ढ्याकले परै बाट भगवानको टाउकोमा ट्वाक्क् हानेर बडा बडा कुरा मागिन्छ। गणेश भगवानको सुड भित्र बासी ठस्स परेको गनाउने लड्डु कोचाएर बडो धर्म कमाए भन्छन । अझै बसन्तपुरको काल भैरबको बडेमाको मुर्तिमा सकी नसकी भर्‍याङमा उक्लेर पेडाले मुखनै ट्याप्प पारीदिएका हुन्छन् । काठमाडौंको गल्लि गल्लिमा मन्दिर अगाडि फोहोरको थुप्रो देखेर त अहो !!! प्रभु कसरी यहाँ बिराजमान हुन सकेका होलान् जस्तो नि लाग्छ।



कहिलेकाही शनिबार मन्दिर गएर टिकासिका लगाइन्थ्यो। भोली पल्ट मुख धोइ ओरी अफिस जादानी निधार त रातै । अफिसमा ल… स्वम्भर गरेर आउनु भयो कि क्या हो भनी साथी भाई जिस्काउथे। त्यो मोरो अखाध्य रङ २ चोटि साबन लाएर धुदा नि नजाने त्यस्ता रङले भगवान कसरी खुशी होलान जस्तो लाग्थ्यो।

मेरो आमा सार्है धर्मात्मा, पूजापाठ मेरो घरमा भई राख्छ। एक चोटि रुद्री लगाउदा म पनि पूजामा बसेकी थिए। ५ जना बाहुन आएका थिए। ति बाउन बाजेले त यहाँ ५ रुपैयाँ चढाउनु। यहाँ १० चढाउनु भनेको सुन्दा मेरो कन्चेट ताती सकेको थियो तर अब किन छुच्ची हुनु भनेर म तेतिबेला चुप लागे।

तर अहिले सम्म पनि त्यो कुरा बिझी रहेको छ। पण्डितहरु पनि अब अली प्रोफेसनल् हुन पर्‍यो आजकालको जमानामा सित्तै कसैले काम गर्दैन। जस्तो मैले १ घण्टा काम गरे भने मैले कती लिने मलाई था हुन्छ तेस्तै पण्डितहरुको पनि association होला नि उनिहरुले फिक्स रेट बनाउनु पर्‍यो। ईच्छा हुनेले बोलाउछन् नहुनेले बोलाउदैनन् तर पूजा गरी रहेको बेला यहाँ ५ यहाँ १० भनेर जजमानको मन खिन्न पार्नु भन्दा स्मार्ट तरिकाले फी लिन राम्रो होला ।

जस्तै:
रुद्री लगएको - १०००
कोटी होम- १ लाख
न्वारन गरेको- ५००
बर्तबन्ध गरेको- ५००
सराध्य गरेको- २००

मैले बुझे अनुसार हिन्दू धर्म को मुल आशय मोक्ष्य पाउनु हो। यो २ किसिमले पाउन सकिन्छ।
१- आद्यात्मिक रुपमा योग, ध्यान र भगवान प्रती लिन भएर
२- समाजमा निस्वार्थ रुपले दिन दुखी र हरेक प्राणी को हित को लागि काम गरेर

तर यो बेढङ्गले लड्डु, पेडा कोचारेर, अक्षता र पैसाले भगवानको टुटुल्को उठ्ने गरेर हानेर मोक्ष्य पाउने त मैले कतै भेटिन। त्यसैले हामी कुनै पनि धर्म मान्छौ भने, त्यो धर्मको मुल मर्म के हो र किन त्यो धर्म अपनाएका छौ र धर्म अनुसार के के गर्नु पर्छ, बेसिक कुरा चाँही था पाउनु पर्छ जस्तो लाग्छ है।

3/7/09

कत्ती दिवस मात्रै मनाउने?


कतिनै ठुलै मेडल जिते जसरी नारी दिवसका शुभकामनाहरु भकाभक ईमेलमा आइ रहेको छ । नारी हुँदैमा दिवस मनाउनु पर्छ र? किन, कसरि मनाउनु पर्ने हो मैले पट्क्कै बुझेको छैन्। अब आफुले गर्दा नारी भएको हो र? बाबु आमाले जन्माए, आफु जन्मियो यस्मा के को हर्ष के हो बिस्मात।

साचै है तपाईहरु रिसाए रिसाउनु, म त यो दिवस मनाउनुको कुनै तुक देख्दिन। नेपालको दुर्गम भन्दा दुर्गम गाउमा म गएको छु। जस्तै सल्यान, जाजरकोट, मुस्ताङ, पर्बत, म्याग्दी, जुम्ला जहाँ पनि घरमा आईमाईकै शासन हुन्छ है । घरको बुढीले भने पछी त्यो फाइनल!! हन् म त बरु कता कता केटा मान्छे पो पिल्सिएको पाउछु। यि नारीहरु पनि अब अल्छि हुन लागे बुढोले पाली हाल्छ नि भनेर धनी बर खोज्ने अनी आफु चाँही केही नगरि दिन भरी टि.भी हेरेर मोज सँग बस्ने दाउ हुन्छन्। तेस्ता लाई के को नारी दिवस नि?? ल्वाप्पा खुवाउन पर्ने!!

खाने मुखलाई जुङ्गाले छेक्दैन भनेको जस्तै घर परिवारको जती नै जिम्मेवारी भए पनि अरु बाहिरी काममा पनि सफल भएको थुप्रै नेपाली आईमाईहरु छन्। लौन सबै नेपाली नारी रणभुमिमा उत्रनु पर्‍यो । हामी पनि सफल नारी मध्य एक बन्न सक्छौ। केही गरेर देखाउन सक्छौ अनी यस्ता उत्सब जती पनि मनाउला।

"Do not wait for leaders; do it alone, person to person." -Mother Teresa

"I'm not afraid of storms, for I'm learning to sail my ship."--Louisa

"I am only one, but still I am one.
I cannot do everything, but still I can do something;
And because I cannot do everything
I will not refuse to do the something that I can do." --Helen Keller