1/8/09

अष्ट्रेलियामा Miss Nepal र Mrs Nepal को भुर्चालो


नेपालमा माउबादिले यस्ता ब्युटी कन्टेस्ट गर्न नदिए पछी नेपाल बाहिर यस्ता प्रोग्राम खुब हुन थालेका छन्। गएको महिना Miss Nepal Australia सिड्नीमा भयो र अर्को महिना Mrs Inspirational Nepal Australia फेब्रुअरी १४ तारिकमा हुँदैछ। हुन त जिती सके पछी पनि अहिले सम्म देशनै उचो हुने कुनै नेपाल सुन्दरीहरुले केही नगरेको हुनाले पनि माउबादीले Miss Nepal event गर्न नदिएको हुन सक्छ।

अब बन्दुक र गोला चलाउने एक से एक सुन्दरीहरुका अगाडि बिचरा अरु सुन्दरीको के जोड चल्थ्यो र? एक महिनासम्म ट्रेनिङ लिए, आखिर क्यान्सिल नै भयो। यस्ता ब्युटी प्रोग्रामलाई लिएर मेरो बिचार ऋतुराज को जस्तै छ । मन पराउनेले हेर्छन्, मन नपराउनेले हेर्दैनन्। क्याबात् भन्नु पनि परेको छैन, वाहियात् भनेर झर्कनु पनि परेको छैन । पूर्णरूपेण तटस्थ!

तर कहिले काही यि स्पोन्सर गर्नेहरुले १० -१५ लाख मलाई दिए त कम्ती मा पनि ५००० महिलालाई कम्प्युटर मज्जाले सिकाउन पाउथे र ति मध्य करिब २००० ले त कम्प्युटर सम्बधी काम अवस्य गर्थे होला। २००० जना महिलालाई जागिरको अवसर दिनु नेपालमा ठुलो कुरा हो। जबकी beauty प्रोग्राम गर्दा जम्मा जम्मी २५-३० जना महिला भाग लिन पाउछन। यो सम्बन्धी मेरो कुनै बिरोध होइन तर देश अनुसारको भेष टाउको अनुसार केश भनेको जस्तै सोचेर लगानी गर्न सकिन्छ। अहिलेको अवस्थामा काठमाडौं जेसिसले मिस नेपाल आयोजना गर्न नपाए पनि महिलाको उत्थान हुने अरु प्रोग्राम गर्न सक्द्छ ।

Visit Similar to this post miss nepal

5 comments:

  1. अर्चनाजी, तपाईँपनि सहभागी हुनुहुन्थ्यो कि क्या हो:) ठट्टामात्रै है!

    हुनेले चाहिने ठाऊँमा लगानी गरिदिए राम्रै हुन्थ्यो तपाईँले भन्नुभएजस्तै, तर 'मिस नेपाल' गर्नै नदिने कामचाहिँ राम्रो होइन। यो एउटा ब्यक्तिगत स्वतन्त्रताको कुरा हो। सरकार आफैंले त्यस्ता कुरामा लगानी गर्नुहुँदैन र त्यस्ता कुरालाई प्रोत्साहन गर्नुहुँदैन। कसैले गर्छ भने अरुलाई के को टाउको दुखाइ?

    ReplyDelete
  2. Anonymous9:07 PM

    अर्चनाजी तपाइको कुरामा एउटा कुरा अर्को पनि थप्नके मनलाग्यो भने नी अव मिसनेपाल अथवा मिस.... जे भएपनि हैसित बढाइदिनाले काम नपाउने तर हैसित अनुसार चल्नु पर्ने समस्याले विकृती र विसंगतीको भुमरी रूमल्याउन पनि सहयोग पुगिरहेको जस्तो लाग्छ । त्यसैले राम्रो देखिने र स्टाण्डर भएर बाच्न सिकाउनका साथै परिस्थिती अनुसार चल्नको लागि यस्तो स्पोन्सरले ति २० २५ जानालाइ पुँजीको पनि व्यवस्था गरिदिए त रामै हुन्थ्योहोला ।

    ReplyDelete
  3. हा हा बसन्त जि ले हसाउनु भयो। ब्युटी प्रोग्राममा जान ब्युटिफुल नि हुन परो नि।

    ReplyDelete
  4. Anonymous8:00 AM

    अर्चनाजी कृपाय नेपालको लोडसेडिङ को बरेमामा पनि २/४ शब्द लेखिदिए हुन्छनी किनकि तंपाईको ब्लोग त धेरेले पढ्छन। तंपाईलाई कस्तो लाग्छ नेपालको कायापलट गरिदिन्छु भनेरे अनी १६ घण्टे लाडसेडिङ। के हामी नेता र पोलिटिकल्स पार्टिबाट ठगिएका छैनौंर?
    meroangan

    ReplyDelete
  5. hey guys, i am doing a major coverage of Mrs. Inspirational Australia 2009 from my website http://www.kgarira.com .

    ReplyDelete