Ram Bamjan's team protest-demanding diplomat passport. pic ekal silwal
सबैले जस्तो मैले पनि राम बम्जनको बारेमा यू-टिउबमा भए जती सबै भिडियो खोजी खोजी हेरेको थिए र आज काल नेपालको मिडियामा आएको खबर पनि पढ्दै छु। यो खबरले बुद्ध प्रती आस्था भएकाको मन अलि चटारिएको छ। म यती मात्र भन्न चाहन्छु कि जब मानिसहरुले उनीलाई सक्षम ठान्छन तब खोजी खोजी विश्व भरका देश भिसा दिन आउने छन। कुनै जुलुस/हड्ताल/भिडन्त गर्न आवश्यक नै हुँदैन।

buddha's birthday melbourne
अष्ट्रेलियामा सबै भन्दा छिटो फैलिएको धर्म बुद्ध धर्म हो र गएको महिना यहाँ धुम धामले बुद्ध जयन्ती मनाईयो ।यो अवशरमा बिभिन्न ठाउँका धर्म गुरुहरु आएका थिए।

Osho meditaion camp, sydney
दुई महिना अगाडि अष्ट्रेलियामा पन्डित दिन बन्धु आएर सान्दार भागवत गीता सुनाएर गए। ५ महिना अगाडि स्वामी आन्न्द अरुणले सिड्नी, मेल्बर्न लगायत अरु शहरमा गजपले ओशोको ध्यान सिकाएर गए। त्यसै गरेर अगस्तमा एकदम नाम चलेका ईन्डियाको गुरु ध्यान सिकाउन आउँदै छन।
कहिले काही मलाई लाग्छ राम बम्जनको अत्ती नै प्रचार भए जस्तो लाग्छ । अध्यात्मिक्ता भनेको बिल्कुल बेक्तिगत कुरा हो। कती मानिसहरु ध्यान साधनामा लाग्छन बोधित्व प्राप्त गर्छन् कसैलाई चुइक्क समेत था' हुँदैन। हाम्रो नेपालमा कती गुम्बाहरु छन ठुला ठुला रिन्पोचे लामाहरु छन । तिनिहरुले पनि बर्षौ सम्म ध्यान साधना गरेका हुन्छन्। तिनीहरुमा कोही कोहीले त अवस्य बोधित्व प्राप्त गरेका होलान खै कतै मिडियालाई था' हुँदैन त। एक जना ठुला तिब्बतियन रिम्पोचे रैछन उनको 1950 मा समाधी पछी न्यूजल्यान्डमा 1993 मा पुन जन्म लिएछन र पछी उनको चेलाले गुरुको पुन जन्मको बारेमा था' पाएर खोज्दै न्यूजल्यान्ड आएको टि.भीमै हेरेर था' पाइयो।
यो सब लेख्नुको कारण के हो भने यदी कसै सँग राम्रो बाट्ने कुरा छ भने कसैले छेकेर छेकिदैन अर्को जन्ममा समेत खोज्दै आउँदा रैछन भने रामबहादुर बम्जन पनि उचित मार्ग समातेर हिंडेको खन्डमा बुद्धको र आफ्नै बचन फैलाउन विश्व भ्रमण गर्न पनि कसैले रोक्ने छैन।

Sabaile andolan gareko dekha siki pani hola!!!hamro culture nai bani sakyo andolan, hul danga ta.
ReplyDeleteBasant
चर्चामा आउनलाई रचिएको ढोंगले चर्चा नपाएपछि बहुलठ्ठीपन त देखाउने नै भए ।
ReplyDeletebastab mai hajurko harek word harule man 6un6 ....nice....
ReplyDeleteBastab mai hajurko harek word haru le manai 6un6....nice....
ReplyDeleteदुखलाग्दो कुराः
ReplyDelete१. अर्चनाजीले पनि पुनर्जन्म जस्ता वाइयात कुरालाइ साँच्चैको जस्तो गरी प्रचार गर्नु
२.तपाइले नेपालको ककनी भनेको ठाउँलाइ tv ले northern india भन्नु
Accept my apology. Actually I was watching two documentary at the same time so just confused in Gumba's place. Thanks for correcting me.
ReplyDeleteबुद्ध रे...
ReplyDeletehaami sabai huldanga ra aandolan chhodera shantiko baatoma hidnu parchha ra biswa ma feri haami sabai nepali le dekhaunu parchha
ReplyDeleteतपाइका पोष्टहरु उत्कृष्ट छन् । धर्मको कुरा गर्दा विश्वास र प्रमाण फरक पाटो हुन् । यसैले कतिपय कुरा विश्वासमा गर्दै लेख्नुभयो होला । त्यहीमाथि हामी नेपालीहरु विश्वासै विश्वासमा जिउँछौं । हाम्रो धर्म, सँस्कृति, चालचलन, रीतिरिवाज, आस्थामा जातिगत विभिन्नता छन् । अचम्म त यो लाग्छ कि श्रोत नखुलेका अकूत सम्पत्ति कमाएका बम्जनलाइ कारबाही नगरेर प्रहरी प्रशासन किन मौन छ ? रामबहादुर बम्जनलाइ कारबाही गर्दा जोसुकै धर्मनुरागीको आस्थामा चोट पुग्दैन होला ।
ReplyDeleteSahi ho ,, yadi budha ko sacha chela ho bhane aafuma garba garna budha le kahile sikayenan hola pakai pani ...
ReplyDeleteThere are vast different between human and human thinking so as who have a positive think of life they think positively.....
ReplyDelete