उनिको काममा महिला तथा पुरुष दुबै बराबर नर्स छन्। सबैले दिएको काम समान रुपले गर्नु पर्ने
बताउछिन्। उनी भन्छिन जीवन सुन्दर छ र आफु सँग जे छ त्यहीमा रमाउन सक्नु पर्छ र महिलाको जीवन घर र काममा सन्तुलित राख्न सकियो भने जीवन पूर्ण र सुखमय हुन्छ। उनी १८ बर्षको हुँदा अष्ट्रेलिया आएकी थिईन र अहिले एउटा बच्चाको आमा हुनाले आमाको जिम्मेवारी छोरा छोरी पढाउने, सक्षम मात्र नबनाउने नभै आफ्नो संक्रिती, धर्म, सस्कार पनि आउदो पिढीलाई सिकाउनु हो भन्छिन । अष्ट्रेलियामा भएका धेरै जसो नारीको नेपाल मै फर्केर केही गर्ने योजना हुन्छ र उनी पनि यो बाट टाढा छैनिन् र उनी असाहय र अनाथ बाल बालिकाको लागि प्रत्क्ष्य अथवा अप्रत्क्ष्य रुपमा केही गर्न चाहन्छिन।
आज नारी दिवस सदा झै सुर्य पुर्वबाट उदाउने छ र पश्चिममा अस्ताउने छ। चरा चुरुङी सदाझै चिर्बिर गर्दै बिहान खाना खोज्न जाने छन र साझमा आफ्नो गूड्मा फर्कने छन् त्यस्तै गरेर संसारमा भएका सबै नारी उठ्ने छन् अरु दिन जस्तै दैनिकी गर्ने छन् । कत्तीलाई त नारी दिवस भनेर था’ पनि हुने छैन। दिवस मनाउनेलाई अर्को दिवस हुनेछ । विश्वको सबै देशमा केही महिला जम्मा हुने छन् , चिया पानी खानेछन, केही पुरस्कार बाढ्ने छन् र भाषण गर्नेछन् र यो दिन पनि सकिने छ ।
नारी भएकोमा मलाई न हर्ष छ न त बिष्मात नै। बाबुआमाले जन्माइदिए आफु जन्मियो । अहिलेको सन्दर्भमा आफु कुन लिङ्ग लिएर जन्मे भन्दा पनि आफु कसरी सबै जना सँग मिलेर अगाडि बढ्ने र आफ्नो जीवन कसरी सफल बनाउने भनेर सोच्नु पर्छ जस्तो लाग्छ। समाज निर्माणको लागि नारी पुरुष दुबै अती आवश्यक छ र दुबैले एक अर्का बाट पाठ सिक्न जरुरी छ। नारीले पुरुष बाट आट, बल, स्वाभिमान, आत्मविश्वाश र पुरुषले नारीबाट दया, माया, सहनशिल्ता सिक्नु पर्ने छ। हिन्दू धर्म अनुसार जब शिवजि शुन्यबाट उत्पत्ती भए उनी शिव-शक्ती अर्थात पुरुष र महिला दुबै रुपमा प्रकट भएका थिए तर सृस्टि चलाऊनको हेतु शिव र शक्ती दुबैलाई छुटाउनु परेको थियो । यसबाट पनि प्रस्ट हुन्छ कि हामी मानवमा नारी र पुरुष दुबै तत्व हुन जरुरी छ । हामी सृस्टि चलाऊन लिङ्ग छुट्टीएका हौ तर हामी हरेक समय हाम्रो लिङ्ग पहिचानले सृस्टिनै उथुल पुथुलको अवस्थामा पुगेका छ।
आज नारी दिवस सदा झै सुर्य पुर्वबाट उदाउने छ र पश्चिममा अस्ताउने छ। चरा चुरुङी सदाझै चिर्बिर गर्दै बिहान खाना खोज्न जाने छन र साझमा आफ्नो गूड्मा फर्कने छन् त्यस्तै गरेर संसारमा भएका सबै नारी उठ्ने छन् अरु दिन जस्तै दैनिकी गर्ने छन् । कत्तीलाई त नारी दिवस भनेर था’ पनि हुने छैन। दिवस मनाउनेलाई अर्को दिवस हुनेछ । विश्वको सबै देशमा केही महिला जम्मा हुने छन् , चिया पानी खानेछन, केही पुरस्कार बाढ्ने छन् र भाषण गर्नेछन् र यो दिन पनि सकिने छ ।

तामिलनाडु, भारतका आध्यात्मिक गुरु सदगुरुले भनेका थिए पुरुषले नारीबाट अली कती मात्र करुणा सिकेको भए यो संसारमा पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्ध हुने थिएन अथवा नारीहरु हरेक देशमा प्रमुख नेता भएको भए हरेक देशले हात हतियार जम्मा गर्नु को साटो मानब कल्याण सोच्थे होलान। विश्वमा बढ्दै गएको अशान्ती, स्वार्थ, युद्ध, एकअर्का प्रतीको घिर्णाको अवस्थामा माया,करुणा र एक अर्का बिच सदभाव हुन एकदम जरुरी छ जुन नारी तत्व हुन आजको बिशेष दिनमा नारी दिवस भन्दा पनि नारित्व दिवस भन्न रुचाउछु जुन तत्व हरेक मानब जातीमा हुन जरुरी छ ।
wow, it's a nice article and is strong enough to represent the modern life of Nepali Women who seems strong, self-esteemed and are becoming financially independent.
ReplyDeleteNice Work...
keep blogging!
rmro bishym kura ko uthn garnu vayo..........ani lekha pani rmro cha
ReplyDeleteयकदम सही बिचार
ReplyDeleteयहाँ नेपालमा अर्चना श्रेष्ठको आवश्यकता छ । धेरै नारीलाई सिकाउनु छ । पढाउनु छ । धेरै अर्चनाहरु जन्माउनु छ ।
ReplyDelete