3/28/11

ex-gf ले सोध्लिन नि के काम गर्छ भनी..

it goes with jhalak man gandraba style hai..

आमैले सोध्लिन नि के काम गर्छ छोरो भनी
काम सजिलै छ भन्दिए!!

बाबैले सोध्लान नि के काम गर्छ स्वाठ भनी
काम सिक्दै छ भन्दिए!!

दाईले सोध्लान नि के काम गर्छ लठ्ठु भनी
काम गार्हो छ भन्दिए!!


भाईले सोध्ला नि के गर्नु हुन्छ दा भनी
खर्च कम गर भन्दिए!!

बहिनीले सोध्ली नि के काम गर्नु हुन्छ दादा भनी
तिहारको हिसाब गरी राख भन्दिए!!

साथीभाइले सोध्लान नि के काम गर्छ यार भनी
बिदेश नआउ यार भन्दिए!!


प्रियाले सोध्लिन नि काम गर्छ उ भनी
दुई- चार बर्ष कुर भन्दिए!!

एक्स्-प्रियाले सोध्लिन नि के काम गर्छ भनी
एकदम मोज छ तिमीले मिस ग-र्यो भन्दिए!!

छिमेकीले सोध्लान नि बाबु के काम गर्छ भनी
बैंकमा म्यानेजर छ भन्दिए!!

बिदेशमा पढ्न गएको !!
कहिले cleaning कहिले kitchen hand गरेको!!
कहिले university कहिले housekeeping गरेको!! दु:ख के हो राम्रै सँग बुझेको!!
पढि लेखी ज्ञानी गुनी भै आमा तिमीलाई भेटन आउछु भनी सोचेको!!

7 comments:

  1. रमाइलो लाग्यो कविता। Plz visit my blog: http://myhealthschool.blogspot.com,

    ReplyDelete
  2. Impressive and romantic song...

    ReplyDelete
  3. Impressive and romantic song.....

    ReplyDelete
  4. तेस्तै तेस्तै हो भन्दिए ..........

    ReplyDelete
  5. ha ha ha ...

    Archana di so nice ..

    Aashish @ Nepali Songs Blog

    ReplyDelete
  6. lovely modifications to a nice song.

    ReplyDelete