Fortune favors the creatorमाइक्रोसफ्ट देखी बाहुनडाडासम्म(Leaving Microsoft to Change the World) भन्ने किताब पढ्दै थिए । किताबका हरेक शब्दले मलाई तरङ्गीत् गरी रहेको थियो । मैले केबल १५ पेज मात्र पढेको हुला John Wood को प्रेरणाले म छताछुल्ल भैसकेको थिए
उनको नेपाल प्रती निस्वार्थ रुपले केही गरु भन्ने भावना अनी जोश देखेर म चकित
परिरहेको थिए ।
रातिको समय थियो बत्ती थिएन अध्यारोमा सिरकमा गुट्मुटिएको थिए सोचे आफ्नो कार्य बेस्तताले अरुको लागि गर्न सक्ने काम कुरो पनि भुलिदो रैछ। तेतिनै बेला हेलन केलर को भनाइ याद आयो
“ I cannot do everything but still I can do something,
and because I cannot do everything
I will not refuse to do something that I can do. "
हेलेन मलाई मन पर्छ । उनको यो कुरा सम्झेर त झन मलाई औडाहा बनायो । मलाई त्यो रात काट्न बडा मुस्किल पर्यो । थाहा थिएन किन यस्तो भै रहेको थियो । आफुले के गर्न सकुला भनेर
सोचमा मग्न भए। सात समुन्द्रपारिका जोन आफ्नो देश, माइक्रोसफ्ट जस्तो कम्पनी जस्ले मासिक तलब मात्र $५०,००० दिन सक्थ्यो, छोडेर नेपालका केटाकेटिलाई पढाउन आउछन । अरु देशका मान्छे चाँही सबै कुरा छोडेर नेपालीका लागि मरी मेटेका छ्न् भने हामी त नेपालमै छौ किन यतिबिधी छुच्चो भै रहेका छौ आफ्नै देशलाई बिर्सेंर नेपाली किन बिदेश तिर हानिएका छ्न? जोन आए जस्तै अरु नेपाली बिदेश बाट किन आएका छैनन वा किन आउन चाहदैनन्? बिदेशिलाइ चाहि तेही उकालो उरालो राम्रो लाग्ने हामीलाई चाँही त्यहि घाडो लागेर सुख् सुबिधा खोजेर अन्त अन्त जाने यस्तै यस्तै कुराले मनमा घोची रह्यो। भोली पल्ट करिब २ बजे तिर साप नेपाल कि शिखा जि लाई ईमेल लेख्न पुगे।
शिखा जि,
तपाईं सञ्चै हुनु हुन्छ होला। म निसुल्क कम्प्युटर ट्रैनिङ दिन चाहन्छु जस्मा २०-५० जना बिभिन्न ठाउँको कम्प्युटर भएको गाउबाट एउटा एउटा लिडरलाई लिनेछौ र ग्रफिक्स्, बेभ, साधारण प्रोग्रामैङ्, हार्डवेर सम्बन्धी ट्रैनिङ दिनेछौ । मलाई आशा छ कि ति लिडरहरुले आफ्नो गाउमा फर्केर अरुलाई पनि अवश्य सिकाउने छन् जस्ले गर्दा आजको आधुनिक युगमा कमसेकम कम्प्युटर सँग नजिक हुने छन् र दिनदिनै कम्प्युटर सम्बन्धी परी आउने समस्या हल गर्न पाउने छन्। मलाई विश्वाश छ कि यो काम को लागि पनि अघिल्लो पटक जस्तै यस्का लागि पनि फन्ड उपलब्ध गराइदिनु हुनेछ।
अर्चना
सोचे एक हप्ता भित्र जवाफ पाउने छु त्यसपछी ट्रैनिङ को लागि चाजो पाजो मिलाउने छु। कम्तिमा पनि अहिले ५० जना लाई सिकायौ भने ५० जनाले प्रती बेक्ती १० जना लाई आफ्नो गाउमा सिकाए भने पनि ५०० ले कम्प्युटर शिक्षा पाउथे ति ५०० सय ले फेरी १०-१0- जना लाई सिकाए भने ५००० पुग्थ्यो अहो!!! आफ्नो गुनन हेर्दै आँफै मक्ख पर्दै थिए।
तेस्तैमा साप नेपाल बाट फोन आयो। शर्मिला बहिनीले गरेकी रैछिन उन्ले अघिल्लो पटकको ट्रैनिङमा पनि खुब सहयोग गरिकी थिइन। फोनमा उनको चुनाव पछी ट्रैनिङ गर्ने कि भन्ने कुराले त मलाई दङग् पारी दिइन । फोन राखे पछी ईमेल चेक गर्दा शिखा जि ले ईमेल पठाइ सकेकी रैछन
अर्चना जि,
तपाईं जस्तो मान्छेको सधैं हामीलाई सहयोगको खाचो छ यस कामको लागि हामी सहयोग गर्न तयार छौ। एक दुई जना लाई ईमेल गरेर ट्रैनिङ को लागि पक्का गर्ने छु।
शिखा
मैले सोचेकि पनि थिइन यति चाडो रिप्लाई पाउछु भनेर । अप्ठ्याराहरु त अवस्य आउछन तर मलाई विश्वाश थियो यि गाह्रो सारो अवस्य काटिन्छ । जो शहरमा आएर कम्प्युटर पढ्न नसक्ने थिए उनिहरुको लागि निसुल्क कम्प्युटर प्याकेज सिकाउन पाउने कुराले म हर्षित भए । मलाई यो कुरा कस्लाई सुनाउ कस्लाई सुनाउ भयो तुरुन्त आफ्नो bf लाई फोन गरे उनको बेस्त समयमा पनि ५ मिनेट आफ्नो कुरा सुनी दिन हठ गरी रहे र सुनाए पनि। मेरो कुरा सुने पछी उनी दङ्ग पर्दै भने हो यस्तो काम गर्दै जानु म अझ धेरै माया गर्छु नि। वाह!! वाह!! यो कुरा ले त म झन खुशी भए। नहुनु पनि किन आखिर मैले धेरै माया पाउने वाला थिए । आज दिन राम्रो रैछ राम्रो सोच्नु पर्दो रैछ राम्रो हुने रैछ र भगवान् पनि उनैको साथ हुन्छन जस्तो लाग्यो ।
Wining Horse doesn’t know why it runs in race.
It runs because of BEATS and PAINS.
Life is a race, God is your rider.
So if you are in pain think God wants you to WIN.
Archana jee, you are doing good work at right time; we all have to think what should we can do for our country, without wasting a time. Not only today is good day for you. Effort is important, but knowing where to make an effort in your life makes all the difference.
ReplyDeleteख इ आफुलाई त के भा को हो कुन्नी सानो तीनो काम गर्न मन लाग्दैन ठुलो गर्न सकीदैन
ReplyDeleteयहाँ यस्तै मान्छेहरुको खाँचो छ ! बधाइ छ !!!
ReplyDeletegood work archana jii.motivative piece.other shuld learn sth frm this
ReplyDelete--tek bhatta
All the best Archana didi
ReplyDeleteNice and inspiring!!!
ReplyDeleteI had chance to see a family in here, who had served in Nepal (aap-pipal) for 30 years as surgeon.
It gives you a different pleasure.
DAi
blog
जोन वुडको किताब कहाँ किन्न पाइन्छ होला?
ReplyDeleteEasily available in most of the book store.
ReplyDeleteHI Archan Di,
ReplyDeleteI am really impressed by you, Hajur ko jastai aru ko pani sochai bhaye hamro desh mai europr jasto huna dherai time lagdaina.
Keep on doing & going a head........Hajur jasto manchhe lai Hjur ko BF le matra haina whole world le nai maya ra inspire garchha
Archana jee!
ReplyDeletegreat job
Archana jee!
ReplyDeleteI like your blog.
Great job