तिमी मेरो आँखा छलि छलि हेर्थ्यौ, म पनि नदेखेको जस्तो गरी दिन्थे, म सानी थिए तर मलाई ठुलो मान्छे जस्तो कुरा गर्नु पर्थ्यो, म जे पनि बोल्थे.. म ठुलो हुन चाहन्थे त्यो ताका मलाइ असल गुरु हुन मन लाग्थ्यो, इमान्दार मान्छे हुन मन लाग्थ्यो अनि सबैको प्यारो हुन मन लाग्थ्यो। म एस्तै कुरा गर्थे, तिमी मेरो अछ्छा स्रोता थियौ। एक्छिनको बिछोडको पिडा पनि तिम्रो न्याउरो अनुहारले देखाउथ्यो अनि मलाइ प्रेममा पागल मान्छे देखेर हासो उठथ्यो ।म सबैका हात हेर्थे, तिमि पनि तेहि बहानामा मेरो हात छुन आयौ। तिमो हात हेरेर मैले सबै कुरा भने तिम्रो प्रेमिका चन्द्रमा जस्ति हुन्छ पनि भने सबै भनि सकियो तर तिमीले मेरो हात छोडेनौ मेरा मसिना औला दुख्यो, म ऐया भनेर चिच्याए । सबै जना ले के भयो भनेर म तिर हेरे.. तिमीले ठुला ठुला आखा पार्दै हात छोड्यौ मैले खुच्चिङ् भन्दै मुसुक्क हासेर कौसि तिर दौडे तिमी पनि मलाइ पछाउदै आयौ । चिसो सिर सिर हावा दुबै जना कौसि बाट खेत तिर हेर्दै छौ हावा तिमीतिरै बाट आएको थियो तिम्रो after save को बासना.. हावाले म तिरै ल्याएको छ, मलाइ मन्त्र मुग्ध बनायो मैले लामो सास लिए त्यसपछि म बिस्तारै घर तिर हिडे ।
मेरो हात अझै दुखि राखेको थियो मैले बिस्तारै बिस्तारै आफ्नै हात लाइ मुसारे अनि अन्जान मै चुम्नपुगे तिमि ले छोएका हातहरुलाइ……. मलाइ त्यो दिन हात धुन मन लागेन भोलि बिहान भयो फेरि तिमि सित भेट भयो त्यो दिन मैले आफ्नो चुलबुलापन देखाउन सकिन । म आफुलाइ धेरै ठुलि भए जस्तो लाग्यो, म लाजले तिमिलाइ हेर्न पनि सकिन तेसैले म पछाडि फर्केर बसे ।
मेरो कपाल लामो थियो तिमीले मेरो कपाल बिस्तारै छोयौ अनि भन्यौ यो कपाल काट्यो भने स्मार्ट् देख्छ। मलाइ छोटो कपाल मन पर्छ भन्यौ किन अहिले म राम्रो देखेको छैन र? म सोध्छु
होइन तेस्तो भनेको होइन तिम्रो जे इच्छा छ तेहि गर, मेरो लागि त तिमि जे गरेपनि राम्रि छौ….
म एक दम जिद्दि, हठि, मुडि मान्छे, एक्दमै अटेरि कसैको कुरा नै नसुन्ने तर त्यो दिन किन किन मलाइ उस्को कुरा मान्न मन लाग्यो मलाइ तेहि पल देखि कपाल भारि भो त्यहि दिन घर फर्कदानै मसरूम कट काटेर घर आए, घर आएर ऐना हेरे यसै त डल्लो मन्छे झन् डल्लो भयो जस्तो लाग्यो छ्या.. कत्ति सुहाएको जस्तो लागेन..
भोलि पल्ट आफ्नो मुडुलो कपाल कसैलाइ देखाउननै मन लागेन लाजले स्कार्फ् लगाएर गए.. … पछडिबाट कसैले मेरो टाउकोबाट बिस्तारै स्कार्फ् तान्यो अनि कान नजिक आएर भन्यो you are looking gorgeous.
to be continued.....
ahem !! :)
ReplyDeleteThe saddest thing in life is to have regrets !! :)
inspiring love story
ReplyDeleteIts really daaami story. But when it will complete. I wanna read full story. Yo ta feri uhi tele serials ko jasto suspense bhai halyo ni. Ani mam hajurlai hajurko manchele haat choyako din khanu khanu bhanaki kya ho? Haat dhunu bhayana re. I think u used spoon rite? hehehee
ReplyDeletetyo samateko hand left thiyo
ReplyDeletehe he witty answer , left hand .
ReplyDeletewell nice story, but the use of pronouns confuses a lot. khiley first person view bata lekheko chaa khiley third person view bata.
"तिमी मेरो आँखा छलि छलि हेर्थ्यौ, म पनि नदेखेको जस्तो गरी दिन्थे, म सानी थिए तर मलाई ठुलो मान्छे जस्तो कुरा गर्नु पर्थ्यो, म जे पनि बोल्थ"
"सबै जना ले के भयो भनेर म तिर हेरे उस्ले ठुला ठुला आखा पार्दै हात छोड्यो मैले खुच्चिङ् भन्दै मुसुक्क हासेर कौसि तिर दौडे उ पनि मलाइ पछाउदै आयो"
next time chain dhyan dinu hola hai
tara story chin ramro chaa.
regards
speed
hehehe left hand ta hoina hoina jasto lagyo....
ReplyDeleteलेफ्ट् हात् नै हो conform. तेही भएर अहिले सम्म् पनि दुख्छ. ;)
ReplyDeletespeed, yes i was also thinking the same. thanks.
ReplyDeletekatha ramro chha, as i know. a re yaar . last project ko barema pani story lekhnuna.. :)
ReplyDelete